देश

कास्की-१ मा नेकपाका उम्मेदवार राजकाजी : पर्यटनबाटै मादीको कायापलट गर्न सकिन्छ

पोखरा, माघ २२ कास्की क्षेत्र नम्बर–१ का नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार राजकाजी गुरुङले पर्यटनको माध्यमबाट मादी गाउँपालिकाको विकासमा कायापलट गर्न सकिने बताएका छन् । जनकल्याण तमु समाजको आयोजनामा नेकपाका उम्मेदवारसँगको साक्षात्कार कार्यक्रममा बोल्दै उनले मादी गुरुङ समुदायको ऐतिहासिक थलो भएको र प्राकृतिक रुपमा पनि भरिपूर्ण भएकाले यसलाई पर्यटनसँग जोडेर स्थानियको आयआर्जन बढाउने र समृद्द बनाउन सकिने बताएका हुन् । कार्यक्रममा बोल्दै उनले भने,‘मादी गुरुङ समुदायको ऐतिहासिक थलो हो, यहाँको क्होँलासोंथर गुरुङको सभ्यता बोकेको पवित्र स्थल हो । अनि प्राकृतिक… पुरा पढौ

‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशबासी’ को संकल्प पूरा गर्नुछः प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संघीयतालाई बलियो बनाउन प्रदेश बलियो बनाउन आवश्यक रहेकोमा जोड दिएका छन् । गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथि भट्टले सम्पूर्ण प्रदेशबासीलाई शुभकामना व्यक्त गर्दै गण्डकी सरकारले लिएको ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशबासी’ को संकल्प पूरा गर्न सबै एक भएर उद्देश्यप्राप्तिमा लाग्न जरुरी रहेको उल्लेख गरे । ‘नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तहलाई आ–आफ्नै कार्यक्षेत्र र अधिकार तोकेको छ ।’ उनले भने– ‘जनताको अधिकारलाई जनताकै घरदैलोमा पु¥याउनु र उनीहरुको जीवनस्तर बदल्न… पुरा पढौ

पोखराका पत्रकार लम्साल पुरस्कृत र सापकोटा सम्मानित

पोखराका पत्रकार रामजीप्रसाद लम्साल र विष्णुप्रसाद सापकोटा पुरस्कृत र सम्मानित भएका छन् । प्रेस चौतारी नेपालको २८ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल कास्की शाखाले स्थापना एवं सञ्चालन गरेको प्रेस चौतारी पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार लम्साल र पत्रकारिता क्षेत्रमै क्रियाशील सापकोटालाई सम्मान अर्पण गरिएको छ । नेकपा एमालेका केन्द्रीय सचिव खगराज अधिकारी, प्रेस चौतारी कास्कीका अध्यक्ष मोतिसागर अधिकारी लगायतले सम्मानपत्र र दोसल्ला ओडाएर पुरस्कृत र सम्मानित गरे । पत्रकार लम्साललाइ नगद २२ हजार २ सय २२ रुपैयाँ समेत… पुरा पढौ

निष्पक्ष र निर्भिक भई आचारसंहिता अनुगमन गर्न सहायक प्रजिअलाई निर्देशन

गृह मन्त्रालयले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतका रुपमा तोकिएका ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आफ्नो जिम्मेवारी प्रभावकारी रुपमा निर्वाह गर्न परिपत्र जारी गरेको छ । निर्वाचनको अवधिमा हुनसक्ने आचारसंहिताका उल्लङ्घनका घटना हुन नदिन आवश्यक कार्य गर्न र सो सम्बन्धमा गरिएका कार्यहरुको प्रतिवेदन नियमित रुपमा मन्त्रालयमा उपलब्ध गराउन निर्देशन जारी गरिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ को जिल्लास्तरमा अनुगमनलाई प्रभावकारी बनाई कार्यान्वयनको सुनिश्चितता गर्न ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आचारसंहिता अनुगमन… पुरा पढौ

अर्थमन्त्री खनाल बागलुङमा,निर्धक्क भएर निर्वाचनमा खटिन आग्रह

अर्थमन्त्री रामेश्वर खनालले निर्धक्क भएर निर्वाचनको तयारी गर्न सरोकारवाला सबैलाई आग्रह गरेका छन् । निर्वाचनको तयारीका विषयमा स्थलगत अनुगमन गर्न बागलुङ पुगेका उनले आमनागरिकले शान्तिपूर्ण वातावरणमा मतदान गर्ने व्यवस्था सरकारले बनाइरहेको जानकारी दिए ।अर्थमन्त्री खनालले निर्धक्क भएर चुनावको तयारीमा जुट्न सबैलाई निर्देशन दिँदै नागरिकले भयरहित वातावरणमा मताधिकार प्रयोग गर्न पाउनेमा विश्वस्त रहन आग्रह गरे । उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङ, जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयको अनुगमन गरे । अनुगमनपछि अर्थमन्त्री खनालले जिल्लास्थित सुरक्षा समितिको बैठकमा निर्वाचनको समयमा… पुरा पढौ

पूर्वप्रधानमन्त्री भट्टराईलाई पितृशोक

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई पितृशोक परेको छ । उनका पिता भोजप्रसाद भट्टराईको आज बिहान ९७ वर्षको उमेरमा काठमाडौँस्थित न्यूरो अस्पताल बाँसबारीमा निधन भएको भट्टराईकी छोरी मानुषी यमी भट्टराईले जानकारी दिईन् । भट्टराईको शव अहिले पशुपतिस्थित ब्रह्मनालमा राखिएको र विद्युतीय शव गृहमा दाहसंस्कार गरिने छ । स्वर्गीय भट्टराईका दुई छोरा र दुई छोरी छन् । रासस पुरा पढौ

साफ महिला यू–१९ च्याम्पीयनसीपको उपाधिका लागि बंगलादेश र भारत भिड्ने

सन्देश श्रेष्ठ पोखरा, माघ २१ साफ महिला यू–१९ च्याम्पीयनसीपको उपाधिका लागि बंगलादेश र भारत भिड्ने भएका छन् । पोखरा रंगशालामा भइरहेको प्रतियोगितामा बंगलादेश लिगको बिजेता र भारत उपबिजेता बनेर फाइनलमा प्रवेश गरेका हुन् । चार देश सहभागी प्रतियोगितामा बंगलादेशले शतप्रतिशत नतिजा निकाल्दै ९ अंकसहित लिग बिजेता बन्यो । पहिलो खेलमा भुटानलाई १२–०, दोस्रो खेलमा भारतलाई २–१ र तेस्रो खेलमा आज नेपाललाई ४–० ले पराजित गर्दै बंगलादेशले फाइनल यात्रा सुनिश्चित गर्यो । घरेलु टोली नेपाललाई १–० ले पराजित गरेको भारतले भने… पुरा पढौ

नेकपा उम्मेदवारलाई स्थानियको आग्रह : देशमै बस्ने वातावरण बनाईदिनूस्, हामी नेकपा जिताउँछौं

पोखरा, माघ २१ पोखरा–२२ पुम्दीभुम्दीका स्थानियले नेकपाप्रति आफूहरु आशावादी रहेको बताएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेका कारण देशमा बस्ने वातावरण नभएको भन्दै उनीहरुले अब नेकपाबाट मात्रै आशा रहेको बताएका हुन् । कास्की क्षेत्र नम्बर ३ का नेकपाका उम्मेदवार गोपाल गिरी घरदैलो तथा भेटघाटका लागि पुगेका बेला उनीहरुले सामुहिक रुपमा भने,‘कांग्रेस एमालेका कारण जेनजी आन्दोलन भयो, उनीहरुको कुशासनका कारण भदौ २३ गते देशमा ७६ जना जेनजीको जेनजीको हत्या भयो, अर्को दिन नया भनौदाहरुले सिंहदरबारदेखि अदालतसम्म जलाए । यसले गर्दा… पुरा पढौ

कास्की-१ : गनेस पौडेलको संवाद यात्रामा जनताको भरोसा

माघ २१, पोखरा । कास्की क्षेत्र नम्बर १ मा यतिबेला चुनावी माहोलसँगै उत्साहको लहर देखिएको दाबी गरेको छ ।। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा उम्मेदवार गनेस पौडेलको “स्थानियसँग संवाद यात्रा” क्रममा टोल–टोलमा नागरिकको सक्रिय सहभागिता र आशावादी आवाज सुनिन थालेको छ। बुधबार रुपा गाउँपालिकामा संवाद यात्रा सञ्चालन भएको छ । बिहान ८ बजे खोलाको छेउबाट शुरु भएको संवाद यात्रा १० बजे तालबेसी, मध्यान्ह १२ बजे काउरे, २ बजे हंसपुर र साँझ ४ बजे हाँस पोखरी क्षेत्रमा पुग्दा स्थानीयहरू खुलेरै आफ्ना… पुरा पढौ

चाउथेमा एमालेको सम्पर्क कार्यालय, जेनजीले गरे उद्घाटन

पोखरा, २१ माघआगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले कास्की क्षेत्र नम्बर १ को सम्पर्क कार्यालय स्थापना गरेको छ । एमालेले पोखरा–१४ चाउथेमा निर्वाचन परिचालन कमिटीको सम्पर्क कार्यालय बुधबार उद्घाटन ग¥यो ।यो कार्यालय उद्घाटनको दृश्य भने फरक देखियो । पार्टीका केन्द्रीय सचिव खगराज अधिकारीबाट यो कार्यालय उद्घाटन गराउने तयारी थियो ।रिबन काट्न हातमा कैंची पाएपछि अधिकारीले सोधे, ‘यहाँ जेन्जी पुस्ता को हुनुहुन्छ ?’ आफ्नो दायाँबायाँ हेरे । कास्की रुपा गाउँपालिकाका आदर्श सुवेदी अगाडिपट्टि उभिएका थिए । अधिकारीले सोधे, ‘बाबु, जेन्जी होइन… पुरा पढौ