देश

विश्राम लिनुपर्ने नेताहरूका कारण कम्युनिस्टहरु विभाजित भए ः महासचिव भुसाल

नेकपा एकीकृत समाजवादी पार्टी महासचिव घनश्याम भुसालले शिर्ष नेताहरुकै कारण कम्युनिस्ट पार्टीहरू विभाजित हुन पुगेको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गरेर उनले अहिलेको अवस्थामा राजनीतिबाट बिदा लिएर विश्राम गर्नुपर्ने शीर्ष नेताहरू, नेतृत्वको हानथापमै लागेकाले यो स्थिती आएको बताए ।समाज नयाँ हिसाबले पुनर्गठित भए पनि पुराना पार्टीको नेतृत्व बदलिन नसकेको बताउँदै, महासचिव भुसालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी ओली अहिले पनि पार्टीको बहुमतमा रहेको दावी गरे। उनले पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा लागेपछि पार्टीमा आफ्नो हैसियत पुनर्विचार… पुरा पढौ

माओवादी र समाजवादीको एकता नेताहरुको ओत लाग्ने कुरामात्र : झाँक्री

पोखरा, कात्तिक १९ नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले दुई पार्टी मिल्नु भनेको पार्टी भित्रको लोकतान्त्रिक संस्कारको अन्त्य गर्नु भएको बताएकी छन् । पार्टीसँग असन्तुष्ट झाँक्री र किसान श्रेष्ठलगायतले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीहरु मिल्दा लोकतान्त्रिक संस्कारको अन्त्य हुने बताएकी हुन् । हिजो एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनायौं, त्यतिबेला एक नेतामा भएको अधिकार दुई नेतामा केन्द्रीत भयो,उनले भनिन्,‘फेरी पनि वाम दलहरु एकीकृत हुँदैछन् । र फेरी ईतिहास पनि दोहोरिदै छ लोकतान्त्रिक संस्कारको चीरहरण गरेर ।’ नेतृ झाँक्रीले… पुरा पढौ

रोल्वालिङ हिमपहिरो अपडेटः पाँच जनाको उद्धार,सात अझै बेपत्ता

दोलखाको रोल्वालिङ हिमश्रृङ्खलामा पहिरोमा परी घाइते भएका पाँच जनाको उद्धार गरिएको छ । दुई विदेशी र तीन नेपाली नागरिकको आज हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । सात जना अझै बेपत्ता छन् । पाँचै जनालाई यलुङरी हिमालको आधार शिविरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए । उनका अनुसार हिमपहिरोबाट जोगिएका थप तीन नेपाली पथप्रदर्शकलाई ना गाउँमा सुरक्षितरुपमा राखिएको छ । डोल्मा खाङ र यलुङरी हिमाल आरोहणका लागि दुई ट्राभल कम्पनीमार्फत आधार शिविर पुगेका पाँच विदेशीसहित १५ आरोही टेन्ट टाँगेर… पुरा पढौ

पक्राउ परे निकोलस भुसाल

हिंसा भड्काउने अभिव्यक्ति दिएका डा निकोलस भुसाल पक्राउ परेका छन् । उनलाई मंगलबार गोरखाबाट प्रहरीले पक्राउ गरेको हो । भुसाललाई गोरखा नगरपालिका वडा नम्बर–८ स्थित सरस्वती आश्रमबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखा प्रहरीसितको सहकार्यमा पक्राउ गरेको हो । उनलाई गोरखाबाट काठमाडौँ लैजाने तयारी गरेको छ । यसअघि भुसालले आफूलाई कारबाही गरेर देखाउन सरकारलाई चुनौती दिएका बेला समातिएका हुन् । भुसालले सामाजिक सञ्जालमा अराजक अभिव्यक्ति दिएर हिंसा भड्काउन… पुरा पढौ

करेन्ट लागेर तनहुँमा एक जनाको मृत्यु

तनहुँको व्यास नगरपालिका–१ छाब्दीखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर सोमबार राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २८ वर्षीय अमित सुयाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। राति ११ः४५ बजे ४० वर्षीय रामबहादुर घर्ती, निजका दाइ ५४ वर्षीय शुक्र घर्ती र २८ वर्षीय अमित सुयालले रामबहादुर घर्तीको घरबाट बिजुलीको प्लगमा तार जोडी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा अमितलाई एक्कासी करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते अमितलाई तत्कालै प्रदेश अस्पताल दमौली लगिएकामा चिकित्सकले आज बिहान… पुरा पढौ

हैसियत जोगाउन पदाधिकारीलाई कांग्रेस नेता देवराज चालिसेको सुझाव

नेपाली कांग्रेसका नेता देवराज चालिसेले नियमित महाधिवेशनको मिति घोषणा नगरिए विशेष महाधिवेशन हुने बताएका छन् । विशेष महाधिवेशनका निम्ति हस्ताक्षर अभियानका अभियन्ता समेत रहेका उनले विशेष महाधिवेशनले पार्टीलाई थप मजबुत बनाउने बताउँदै, केन्द्रिय समितिले नगरे आफुहरुले मिति घोषणा गर्ने बताएका हुन् । काठमाडौंको थापागाउँमा विशेष महाधिवेशन पक्षधरले आयोजना गरेको भेलामा बोल्दै नेता चालिसेले हरेकपटक कांग्रेसले जनताको भावनाको प्रतिनिधित्व गरेको बताए । तर, पहिलोपटक कांग्रेसले जनताको असन्तुष्टिको सामना गर्नुपरेको उनले उल्लेख गरे । चालिसेले ००७ देखि हालसम्म आफूहरू हमेसा विरोध, विद्रोह… पुरा पढौ

पुनःनिर्माण कोषमा छ करोड २४ लाख सङ्कलन

सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’मा हालसम्म रू छ करोड २४ लाख सङ्कलन भएको छ । गत भदौ २३ र २४ गते देशभर भएका जेन–जी प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड र अतिक्रमणका कारण क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माणका लागि सरकारले कोष स्थापना गरेको हो । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयकाअनुसार सोमबार बेलुकासम्म सो कोषमा उक्त रकम जम्मा भएको हो । जेन–जी प्रदर्शनका क्रममा विभिन्न सार्वजनिक संरचना, सरकारी कार्यालय तथा स्थानीय निकायका भौतिक संरचनामा क्षति पुगेको थियो । त्यस्ता संरचनाको… पुरा पढौ

पोखरामा आरोग्य पर्यटन : अवसर र चुनौति……

सन्देश श्रेष्ठपोखरा, कात्तिक १८ पोखरामा आरोग्य पर्यटनको खोजी गर्न शुरु भएको छ । पर्यटनको राजधानी पोखरालाई बहु पर्यटनको हब बनाउने उद्देश्यले स्वास्थ्य विज्ञान तथा आरोग्ययताको क्षेत्रमा क्रियाशील विज्ञहरू सम्मिलित मेडिकनेक्टको आयोजना तथा व्यवस्थापनमा पोखरामा चिकित्सकीय तथा आरोग्य पर्यटन सम्बन्धी छलफल भएको हो । छलफलमा सरोकारवालाहरुले पोखरा चिकित्सकीय तथा आरोग्य पर्यटनको हब बन्न सक्ने सम्भावनाको खोजी गरेका थिए । प्राकृतिक हिसाबले धनी पोखरालाई चिकित्सकीय तथा आरोग्य पर्यटनको हब बनाउन सके दीगो पर्यटनमा टेवा पुग्ने उनीहरुको भनाई थियो । कार्यक्रममा बोल्दै पोखरा… पुरा पढौ

गोरखाको पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ । पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटोको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । दुवै जनाको शव हिउँले पुरिएको अवस्थामा फेला परेको उनले बताए । आरोहीको शव हेलिकोप्टर मार्फत सामागाउँ ल्याइएको छ । पाङबारीे हिमालबाट फर्कने क्रममा तीन इटालियन नागरिक र एक नेपाली सहयोगी गत बुधबारदेखि पहिलो शिविर… पुरा पढौ

माओवादी केन्द्रको बैठक बस्दै, जनार्दन शर्मा पत्रकार सम्मेलनको तयारीमा

एकता प्रक्रियामा असन्तुष्ट नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पार्टीको सचिवालय बैठकमा नजाने बताएका छन्। आज दिउँसो काठमाण्ठौको कमलादीमा बैठक राखेर माओवादीले एकिकृत समाजवादी सहितका दलसँग हुने एकताको सहमतिलाई अनुमोदन गर्दै छ। सचिवालय समितिका सदस्य समेत रहेका शर्माले एकता प्रक्रिया रोक्न यसअघि बसेको बैठकमा माग गरेका थिए । आफ्नो मागमा कुनै सुनुवाई नभएपछि उनले बैठकमा आफू नजाने बताएका हुन् ।शर्माले यो एकता प्रक्रियामा आफू सहभागी नहुने भन्दै प्रचण्डसँग अलग भएको घोषणा गरिसकेका छन् ।बैठकबाट अरू पार्टीसँगको एकता प्रस्ताव अनुमोदन गरिने… पुरा पढौ