देश

मौषम नखुलेसम्म अन्नपूर्ण बेसक्याम्प, मर्दी हिमाल, खुमैडाँडा र कोरी पदयात्रामा नजान कास्की प्रशासनको आग्रह

सन्देश श्रेष्ठपोखरा, कात्तिक १२ जिल्ला प्रशासन कार्यालय कास्कीले अन्नपूर्ण बेसक्याम्प,मर्दी हिमाल र खुमैडाँडा पदयात्रामा नजान आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले मंगलबार एक विज्ञप्ती निकाल्दै कास्कीलगायतका क्षेत्रमा मौषम खराब भएकाले मौषम नखुलेसम्म ती क्षेत्रहरुमा पदयात्रामा ननिस्कन आग्रह गरेको हो । उसले गण्डकी प्रदेशका उच्च हिमाली तथा पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको रहेकाले सतर्कता अपनाउन पनि पर्यटकहरुलाई अपिल गरेको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले सोमबारदेखि बुधबारसम्म हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी क्षेत्रमा… पुरा पढौ

जेनजी आन्दोलनका क्रममा कास्कीका विभिन्न प्रहरी कार्यालयमा आगजनी, तोडफोड तथा लुटपाट गरेको आरोपमा १८ जना पक्राउ

सन्देश श्रेष्ठपोखरा, कात्तिक १२ गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा कास्कीका विभिन्न प्रहरी कार्यालयमा भएको आगजनी, तोडफोड तथा लुटपाटमा संलग्न १८ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । भ्रष्टाचार र नेपोबेबीबिरुद्द तथा सुशासनको माग गर्दै भएको सो आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका कार्यालयहरुमा गरिएको आगजनी, तोडफोड तथा लुटपाटमा संलग्न १० जना तथा प्रहरीको बर्दी दूरुपयोग तथा हुलहुज्जत गर्ने ८ जना गरेर कुल १८ जनालाई पक्राउ गरी कास्की प्रहरीले अनुसन्धान गरेको मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी… पुरा पढौ

गीतकार सम्मान आरजु विष्ट ‘सल्यानी’लाई

यस वर्षको गीतकार सम्मान आरजु विष्ट ‘सल्यानी’लाई प्रदान गरिने भएको छ । गीतकार प्रतिष्ठान, नेपालले आफ्नो तेस्रो अधिवेशन तथा पाँचौँ साधारण सभाको अवसर पारेर यही कार्तिक १५ गते शनिवार पोखरामा गीतकार सल्यानीलाई ५ हजार ५ सय ५५ रुपियाँ, दोसल्ला र सम्मानपत्रसहित गीतकार सम्मान २०८२ प्रदान गर्ने भएको हो । प्रतिष्ठानका संस्थापक अध्यक्ष हरिहर खनियाको संयोजकत्वमा गीतकार सरस्वती श्रेष्ठ ‘सरू’ र सुरज उपाध्याय सदस्य तथा अध्यक्ष शीतल गिरी र सचिव रुपिन्द्र प्रभावी पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसलाई प्रतिष्ठानको कार्यसमितिले… पुरा पढौ

राष्ट्रियसभाका सचिव अर्यालद्वारा राजीनामा

राष्ट्रपति रामचन्द्र पौडेल, सङ्घीय संसद्का महासचिव र प्रतिनिधिसभाका सचिवसमक्ष राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले आजदेखि लागू हुनेगरी राजीनामा दिएका हुन । राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिअनुसार सचिव अर्यालले राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन २०७५ को दफा (६) को खण्ड ‘क’ बमोजिम आजैदेखि लागू हुनेगरी राजीनामा स्वीकृत हुन पदबाट लिखित राजीनामा दिएको जनाइएको छ । रासस पुरा पढौ

नेप्से परिसूचक ६२ अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६२ दशमलव २९ अङ्कले बढेर दुई हजार ५७१ दशमलव ३४ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव ४८ प्रतिशतको वृद्धि हो । आज ३१४ कम्पनीको ९२ लाख ४३ हजार ७२३ कित्ता शेयर ४७ हजार ९४ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ५७ करोड ३९ लाख ४३ हजार ४०५ बराबरको कारोबार भएको छ । व्यापार समूह बाहेक आज अन्य सबै समूहको उपसूचक बढेको छ । आजको कारोबारमा न्यादी हाईड्रोपावर लिमिटेड र बुटवल पावर कम्पनी… पुरा पढौ

‘कम्युनिष्ट पार्टी नेपाल’ दल दर्ताका लागि निवेदन

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ‘कम्युनिष्ट पार्टी नेपाल’ले निर्वाचन आयोगमा आज दल दर्ताका लागि निवेदन दिएको छ । आयोगको कार्यालयमा, पुगेर सो पार्टीका नेता सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहितले दल दर्ताको निवेदन दिएका हुन् । आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीले निर्वाचनमा गएर दलहरुको समर्थन लिने लोकतान्त्रिक अभ्यासमा लागेकामा सो दलका नेता–कार्यकर्तालाई धन्यवाद दिए । आयुक्त भण्डारीले विशेष परिस्थितिमा आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभाको निर्वाचनलाई सफल तुल्याउन राजनीतिक दल र सम्बद्ध पक्षसँगको परामर्शमा आयोगले काम गर्ने… पुरा पढौ

पोखरामा अचेत अवस्थामा भेटिएका प्रहरी हवल्दारको मृत्यु

पोखरामा ड्युटीमा खटिएका प्रहरी हवल्दारको मृत्यु भएको छ । विशेष सुरक्षा योजना अन्तर्गत पोखरा १३ गौंडाकोमुखमा खटिएका प्रहरी हवल्दार ओमकुमार थापा अचेत अवस्थामा भेटिएका थिए ।अचेत अवस्थामा रहेका उनलाई तत्काल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो । अस्पताल पुर्‍याइए लगत्तै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय,कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए ।नवलपुरको विनय त्रिवेणी गाउँपालिका ६ शिवपुरगढी घर भएका थापा जिल्ला अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाइ कास्कीमा दरबन्दी भई हाल सिआरभी भद्रकालीमा कार्यरत थिए । उनको… पुरा पढौ

तनहुँको एक्लेफाँटमा माइक्रो दुर्घटना हुँदा १४ जना घाइते

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आज माइक्रो दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । चितवनबाट लमजुङतर्फ जाँदै गरेको बाप्र ०३–००१ ज ०९३७ नम्बरको विद्युतीय माइक्रो चालकले नियन्त्रण गुमाई सडक छेउको भित्तामा ठोक्किँदा माइक्रोमा सवार १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । त्यसक्रममा उक्त माइक्रो सडक छेउमा रोकिराखेको नेपाल विद्युत् प्राधिकरणको बा१ञ १२८७ नम्बरको गाडीसँग समेत ठोक्किएको थियो । घाइते हुनेहरुमा माइक्रो चालक लमजुङको बेँसीसहर नगरपालिका–८ बस्ने ४२ वर्षीय ईश्वरकुमार श्रेष्ठ, चितवनको भरतपुर महानगरपालिका–१६ बस्ने ४५… पुरा पढौ

पोखरामा घुम्ती साहित्य उत्सव, महानायक हमाल पनि सहभागी हुने

प्रकाशन संस्था फाइनप्रिन्टद्वारा आयोजित घुम्ती साहित्य उत्सव ‘फाइनप्रिन्ट फिभर’ बुधबार पोखरामा हुँदैछ । एकदिने उक्त साहित्य उत्सवमा विभिन्न लेखक तथा कलाकारले पाठकसँग प्रत्यक्ष संवाद गर्नेछन् । कार्यक्रममा महानायक राजेश हमाल, लेखक सुविन भट्टराई र डा नवराज केसी सहभागी हुने स्थानीय आयोजक ¥यान्डम रिडर्स सोसाइटीले जनाएको छ । महानायक हमालको हालै प्रकाशित पुस्तक ‘युगदेखि युगसम्म’, लेखक भट्टराईको ‘चमेलीको फूल, बैजनी रुमाल’ र डा केसीको ‘स्वस्पर्श’बारे विभिन्न सत्रमा छलफल हुनेछ । महानायक हमालसँग अपिल त्रिपाठी, लेखक डा केसीसँग उपेन्द्र पौडेल र सुविन… पुरा पढौ

सतर्कता अपनाउन कास्की प्रशासन र मादी गाउँपालिकाको आग्रह

जिल्ला प्रशासन कार्यालय, कास्कीले बिभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार सोमबार देखि बुधबारसम्म गण्डकी प्रदेशका उच्च हिमाली तथा पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी क्षेत्रमा भारी हिमपात हुन सक्ने भएकोले पदयात्रा र पर्यटनसम्बन्धी गतिविधिमा सावधानी अपनाउन प्रशासनले आग्रह गरेको हो।प्रशासनले आज सुचना जारी गर्दै पदयात्राका क्रममा पर्यटकहरुमा ‘लेक लाग्ने’ समस्या देखिएको साथै मृत्यु र आपतकालीन उद्धारका घटनाहरू बढेका भन्दै यात्रु तथा पर्यटन व्यवसायीहरूलाई थप… पुरा पढौ