देश

यातायात व्यवसायी राष्ट्रिय महासंघमा नयाँ नेतृत्वको लागि मतदान जारी

पोखरामा जारी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयन हुँदैछ। पोखरामा भेला भएका देशभरका यातायात व्यवसायीहरू महासंघको नयाँ नेतृत्व चयनका लागि अहिले मतदान प्रक्रियामा सहभागि भईरहेको महासंघका उपमहासचिव पुरुषोत्तम सिंखडाले जानकारी दिए । बिहान ७ बजेदेखि मतदान कार्य प्रारम्भ भएको हो । उपमहासचिव सिंखडाका अनुसार, आगामी तीन वर्षको कार्यकालका लागि नयाँ नेतृत्व चयन हुनेछ ।महाधिवेशनमा देशभरका १ हजार ५ सयभन्दा बढी प्रतिनिधिहरू मतदानमा सहभागि भएका छन् । मतदान प्रक्रियालाई सहज र छिटो बनाउन विद्युतीय माध्यमको… पुरा पढौ

रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुने भएको छ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा आज बसेको कार्यसमिति बैठकले प्रथम अधिवेशनको मिति तय गरेको पार्टीका संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए । यसअघि सभापति रवि लामिछानेले असार ६, ७ र ८ गते गर्ने प्रस्ताव गरेका थिए । रास्वपा २०७९ साल असार ७ गते स्थापना भएको थियो । रासस पुरा पढौ

विन्ध्येश्वरी आदर्श स्कुलमा चित्रकला प्रतियोगिता सम्पन्न

पोखराको मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको वार्षिक क्यालेण्डर अनुसार आयोजित प्रतियोगितामा कक्षा नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीहरूले सहभागिता जनाएका थिए । विभिन्न शीर्षकमा आयोजित गरिएको प्रतियोगितामा कक्षा नर्सरीबाट रियाशा अधिकारी प्रथम, इरिक परियार द्वितीय र साहस नेपाली तृतीय भएका छन् । कक्षा एलकेजीबाट इशानी बाबर प्रथम, मुन भौमिक द्वितीय र स्टेला मानन्धर तृतीय भए भने कक्षा युकेजीबाट अंशु दाहाल प्रथम, सुबासना तामाङ द्वितीय र नोआ गुरुङ तृतीय भएका छन् । यसैगरी… पुरा पढौ

एमाले संसदीय दलको उपनेतामा पद्मा अर्याल मनोनित

नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दलको उपनेतामा पार्टीका सचिव तथा पूर्वमन्त्री पद्मा अर्याललाई मनोनित गरेको छ । एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले उपनेतामा पूर्वमन्त्री अर्याललाई मनोनयन गरेको प्रमुख सचेतक ऐन महरले बताए । पार्टीले यसअघि दलको प्रमुख सचेतकमा महर र सचेतकमा नीता घतानी मनोनित गरेको थियो । एमाले सचिव अर्याल समानुपातिक कोटाबाट सांसद बनेकी हुन् । रासस पुरा पढौ

घुमाउने पुल निर्माणमा ढिलासुस्ती भएपछि १२ वर्षपछि ‘तोडियो’सम्झौता

तराई र पहाडी क्षेत्र जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको पोखरा–नारायणगढ सडक बुद्धसिंह मार्गअन्तर्गत घुमाउनेस्थित त्रिशूली नदीमा निर्माणाधीन मोटरेबल पुलको ठेक्का सम्झौता अन्त्य गरिएको छ । निर्माण सुरु भएको १२ वर्षपछि काम सम्पन्न नभएको र निर्माण व्यवसायीले पटक–पटकको निर्देशन अटेर गरेपछि सडक डिभिजन कार्यालय दमौलीले आज सार्वजनिक सूचना जारी गर्दै ठेक्का अन्त्य गरेको हो । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ स्थित घुमाउने पुल बनाउन सडक डिभिजन कार्यालयले निर्माण कम्पनी ‘मृत सञ्जीवनी निर्माण सेवा’सँगको सम्झौता अन्त्य गर्दै प्रचलित कानुनबमोजिम कारबाही… पुरा पढौ

मानव सेवा आश्रमको‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’ सुरु

मानव सेवा आश्रमले सडकपेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न नपरोस् भनेर ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८३’ सुरु गरेको छ । पूर्वीनाका काँकरभिट्टास्थित मेची पुलमा सोमबार साँझ दीप प्रज्ज्वलन गरी सुरु भएको उद्धार यात्रा जेठ २२ गतेसम्म देशव्यापी रूपमा सञ्चालन हुने जनाइएको छ । आनी छोइङ डोल्मा फाउन्डेसनकी संस्थापक एवं गायिका आनी छोइङ डोल्मा, मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारी र मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले शुभारम्भ समारोहलाई संक्षिप्त सम्बोधन गरेका थिए । मानव सेवा आश्रमले विगत १३ वर्षदेखि सहयोगापेक्षी सडकआश्रित… पुरा पढौ

विद्यार्थी सङ्गठन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन आदेश

सर्वोच्च अदालतले विश्वविद्यालयलमा विद्यार्थी सङ्गठन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले आज विश्वविद्यालय समन्वय समितिले गत चैत २० गते गरेको निर्णय तत्काल कार्यान्वयन नगर्नुरनगराउनु भनि अल्पकालीन आदेश गरेको हो । अदालतले उक्त विषयमा आगामी जेठ ४ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । आदेशमा आधार र कारणसहित बाटोको म्यादबाहेक सूचना पाएका मितिले १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न र रिट निवेदनको एकरएकप्रति नक्कलसमेत साथै राखी पेस… पुरा पढौ

विपदबाट यसवर्ष १९ लाख बढी प्रभावित हुन सक्ने अनुमान

यसवर्षको मनसुन अवधिमा देशभर औसतभन्दा कम वर्षा हुने सम्भावना रहे पनि तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण मनसुनजन्य विपद्को जोखिम उच्च रहने आकलन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिरकणले आज सार्वजनिक गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३ को मस्यौदामा १९ लाखभन्दा बढी जनसङ्ख्या प्रभावित हुन सक्ने अनुमान गरिएको हो । मस्यौदाअनुसार उच्च हिमाली क्षेत्रमा हिमताल विस्फोटको जोखिम बढेको छ भने तराई तथा तल्लो भेगमा बाढी, पहिरो, डुबान, भूक्षय र आकस्मिक बाढीका घटना बढ्न… पुरा पढौ

जापानी नागरिक ईशेले गरे ,सहारा स्कुललाई सहयोग

पोखरा घुम्न आएका जापानीज नागरिक इशे चुसिमाले सामुदायिक विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । पोखरा ९, बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयलाई उनले नगद ३० हजार सहयोग गरेका हुन् । इशे विद्यालयमा गत शैक्षिक सत्रदेखि जाइकाको सहयोगमा स्वयम् सेवा गरिरहेकी शिक्षक अन्‍ना चुसिमाका भाइ हुन् ।ईशेले सो रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालीलाई हस्तान्तरण गरे । दुई हप्ताका लागि नेपाल घुम्न आएका इशेले विद्यालयका विद्यार्थी र विद्यालयमा आफुले पाएको न्यानो आतिथ्यले निकै प्रफुल्लित भएको बताए । सोहि क्रममा विद्यालयलाई… पुरा पढौ

विश्वमा महिला सुरक्षाको दृष्टिले नेपाल १२० औं स्थानमा

विश्वमा महिला सुरक्षाको दृष्टिकोणले नेपालको स्थान खस्किएको छ । रिपोर्टअनुसार नेपालको अवस्था युद्धग्रस्त देशहरूको तुलनामा धेरै राम्रो रहेता पनि चुनौतीहरू अझै कायम छन् ।हालै सार्वजनिक सूची अनुसार नेपाल १२०औँ स्थानमा छ । सन् २०२३ को तुलनामा नेपालको स्थान खस्किएको हो । नेपालको स्कोर ० दशमलव ६४४ बाट घटेर ० दशमलव ६३१ पुगेको बताइएको छ । अफगानिस्तान सबैभन्दा असुरक्षित देशको रुपमा रहेको छ । ‘वर्ल्ड पपुलेसन रिभ्यू’को रिपोर्टअनुसार सन् २०२१ मा तालिबान सत्तामा आएपछि अफगानिस्तान महिलाका लागि संसारकै सबैभन्दा असुरक्षित देश… पुरा पढौ