देश

स्थानीयवासीको सक्रियतामा भानुभक्तको प्रतिमास्थल संरक्षण

तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घास्थित आदिकवि भानुभक्त आचार्यको प्रतिमास्थललाई स्थानीयवासीले संरक्षण गरेका छन् । भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घास्थित प्रतिमास्थलको कम्पाउण्ड जीर्ण भएपछि स्थानीयवासीकै सक्रियतामा कम्पाउण्ड मर्मत गरिएको छ । विसं २०३६ मा तत्कालीन राजाले उक्त ठाउँमा भानुभक्त आचार्यको अर्धकदको प्रतिमा निर्माण गरेको स्थानीय युवा सन्देश आचार्यले जानकारी दिए । राज्यस्तरबाटै चरम उपेक्षामा परेको यस ठाउँ झाँडी भएपछि स्थानीयवासीले झाँडी सरसफाइ गर्दै जीर्ण कम्पाउण्डको मर्मत गरेको आचार्यले बताए ।उनले भने, “हाम्रो पहिचानको श्रेय राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यलाई जान्छ । हामीले चुँदीरम्घाली… पुरा पढौ

ठूलाकोट कृषि सहकारी संस्थाको साधारणसभा सम्पन्न

पोखरा–२८ कालिकामा रहेको ठूलाकोट कृषि सहकारी संस्था लिमिटेडको १६औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै पोखरा २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले यहाँका बासिन्दा कृषि क्षेत्र केन्द्रित रहेको हुनाले कृषि सहकारीको ठूलो महत्व रहेको बताउँदै ठूलाकोट कृषि सहकारीले उत्कृष्ट काम गरिरहेको बताए । वडा अध्यक्ष लामिछानेले कृषिमा राज्यले ठूलो अनुदान खर्च गरिरहेकोले पोखरा २८ मा कृषि सहकारी मार्फत सहकार्य गरेर काम गर्नको लागि वडा कार्यालय सकारात्मक रहेको बताए । सहकारीका अध्यक्ष श्याम प्रसाद तिमिल्सेनाको अध्यक्षतामा भएको सधारणसभामा… पुरा पढौ

कास्की पोखरा हस्तकला संघको १५ औं साधारण सभा सम्पन्न

कास्की पोखरा हस्तकला संघको १५ औं साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं १ का अध्यक्ष सहारा प्रधानले यस क्षेत्रको उद्यमशिलता, सिप हस्तान्तरण र विकासका लागि संघको महत्वपूर्ण योगदान रहेको बताए । अहिले पोखरा महानगर तथा वडाहहरुले विभिन्न सिप सिकाईका तालिमहरु ल्याईरहेको बताउँदै सिप सिकेर आत्मनिर्भर हुने बाटोमा लाग्न आग्रह गरे । पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले स्थानिय हस्तकलाका सामग्रीको वजारिकरण र गुणस्तरिय उत्पादनमा जोड लिईन् । भदौ २३ र… पुरा पढौ

होटल मिस्टिक माउण्टेनको सेवा अब पोखरामा पनि

नगरकोटबाट सेवा दिँदै आएको होटल मिस्टिक माउण्टेनले आफ्नो सेवा पोखराबाट पनि सुरु गरेको छ । हस्पिटालिटि क्षेत्रमा आठ वर्ष देखि उत्कृष्ट होटल मिस्टिक माउण्टेनलाई हिली भ्याली प्रालीले फ्रेन्चाइचका रुपमा पर्यटकीय राजधानी पोखरामा ल्याएको हो । फेवाताल छेउमा अवस्थित होटलबाट पोखराका रमाणिय क्षेत्रहरुको दृश्यावलोकन गर्न पाइन्छ । प्राकृतिक हरियाली र स्वच्छ वातावरणमा बस्न चाहने पाहुनाका लागि होटल उपयुक्त रहेको होटेलका सेल्स एण्ड मार्केटिङ म्यानेजर अमिता श्रेष्ठले बताइन् । विशेष गरी पोखरा आउने पर्यटकहरु प्रकृतिसँग रम्न आउने भएकाले त्यसलाई मध्यनजर गर्दै पोखराको… पुरा पढौ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले दिगो प्रतिफल दिन सक्दैन:सुझाव समिति

नागरिक उड्डयन क्षेत्र सुधारका लागि गठित सुझाव समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले दूरगामी रूपमा सञ्चालन भएर प्रतिफल दिनसक्ने अवस्था नरहेको निष्कर्ष निकालेको छ । समितिले गत असोज १२ गते अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको प्रतिवेदनमा सो निष्कर्ष निकालिएको छ । समितिले विमानस्थलको डिजाइन फिचरमै प्रश्न उठाएको छ । अहिलेको रनवे संरचना र अप्रोच पाथ नै गलत भएकोले यसले दिगो र प्रतिफलयुक्त विमानस्थल बन्नै नसक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।विमानस्थलको रनवे अहिले २५०० मिटर मात्रै छ जुन पोखराको भू(बनोटमा अन्तर्राष्ट्रिय… पुरा पढौ

राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ

राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ । शनिबार बिहान जेन–जी प्रतिनिधिसँग शीतलनिवासमा छलफल गर्दागर्दै अवस्थ भएपछि पौडेललाई महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।आफुलाई असहज भएको महशुस भएपछि जेन जीसँगको छलफल दुई दिन पर सारेर अस्पताल गएका हुन् ।अहिले उनको स्वास्थ्य परीक्षण भइरहेको अस्पताल स्रोतले जनाएको छ। राष्ट्रपति कार्यालय स्रोतकाअनुसार उनको अवस्था स्थिर छ। पुरा पढौ

सरकारले राहतदेखि पुनःनिर्माणसम्मको कामलाई प्राथमिकता दिनेः मन्त्री घिसिङ

भौतिक योजना तथा यातायात मन्त्री कुलमान घिसिङले सरकारको प्राथमिकतामा राहत र पुनःनिर्माण रहेको बताउनुभएको छ । आज बाढीपहिरो प्रभावित इलामको स्थलगत निरीक्षणपछि उहाँले भन्नुभयो, “सरकार प्रभावित नागरिकसँगै छ, तत्कालीन राहत र दीर्घकालीन पुनर्निर्माणका काम अघि बढाइनेछ ।”रोङ गाउँपालिका, सूर्योदय नगरपालिका हुँदै इलाम नगरपालिका–१० राजदुवाली पुग्नुभएका मन्त्री घिसिङले इलाम, सन्दकपुर, माईजोगमाई र वरपरका बस्तीमा पुगेर स्थानीयवासीसँग क्षति र राहत व्यवस्थाबारे जानकारी लिनुहुनेछ । उहाँले राजदुवाली सडक, मिल घुम्तीलगायतका क्षतिग्रस्त सडक र संरचनाको अवस्था अवलोकन गर्नुभएको छ । गत असोज १८ गते… पुरा पढौ

मन्त्रीको चर्चामा रहेकी टासी ल्हाजोमको नाममा जेनजी समुहभित्रै विवाद

मन्त्री बन्ने चर्चा गरिएकी टासी ल्हाजोमको नामलाई लिएर जेनजी समुहभित्रै विवाद बढेको छ । तेस्रोपटक विस्तार हुन लागेको मन्त्रिपरिषद्‍मा मन्त्री बन्ने चर्चा भएकी ल्हाजोम विवादमा तानिएकी छन् । सोमबारसम्म विस्तार गर्ने तयारी भएको मन्त्रिपरिषद्मा टासी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्ने समाचार सार्वजनिक भएका थिए ।मन्त्री बन्ने सूचीमा उनको नाम आएपछि उनी विवादित बनेकी हुन् । जेनजीहरूले नै उनलाई स्वीकार्न नसकिने बताएका छन् । टासीलाई मन्त्रीमा नियुक्त गर्ने विषयमा विशेषगरी कर्णाली जेनजी समूहले नै आपत्ति जनाएको छ। जेनजीका तर्फबाट… पुरा पढौ

अध्यक्ष ओली बिरामी भएपछि एमालेको सचिवालय बैठक स्थगित,केन्द्रिय कमिटीको बैठक असोज २९ मा

नेकपा एमालेको सचिवालय बैठक अन्तिम समयमा आएर स्थगित भएको छ। शुक्रबार भक्तपुरस्थित ओली निवासमा सुरु भएको सचिवालय बैठक दोस्रो दिन आज पनि जारी रहने तालिका थियो।तर अचानक अध्यक्ष केपी शर्मा ओली बिरामी भएको खबर आएपछि बैठकमा सहभागी हुन जाँदै गरेका नेताहरू बिच बाटैबाट फर्किएका छन्। एमाले सचिव पद्मा अर्यालले आजलाई सचिवालय बैठक स्थगन गरिएको जानकारी दिइन्। ‘अध्यक्ष बिरामी हुनु भो, अब बैठक भोलि आइतबार बिहान ११ बजे मात्र बस्छ’,उनले भनिन्।बैठकको पहिलो दिन राति अबेरसम्म खटेकाले ओली अस्वस्थ भएको बताइएको छ।… पुरा पढौ

पोखरामा विज्ञ नक्साकंन सहित प्रशिक्षक प्रशिक्षण तालिम

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान,पोखराको आयोजनामा पाँच दिने प्रशिक्षक प्रशिक्षण तालिम पोखरामा संचालन भएको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान,जावलाखेल,ललितपुरको सहकार्यमा सोमबारसम्म संचालन हुने तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका प्रमुख सचिव डण्डुराज घिमिरेले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै गाउँ गाउँमा प्रयोगात्मक ढङ्गले समुदायसम्म पुर्‍याउनुपर्नेमा जोड दिएका छन।गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले २०७५ सालदेखि नै नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको स्तरमा तालिमहरू सञ्चालन गर्दै आएको उल्लेख गरेका थिए। ३२ जना सहभागि तालिममा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका वरिष्ठ अध्ययन निर्देशक विनोदकुमार विष्ट लगायतले सहजीकरण… पुरा पढौ