देश

वृहृत फेदीखोला पोखरा सम्पर्क समाजको अध्यक्षमा पौडेल

बृहत फेदीखोला पोखरा सम्पर्क समाज पोखरा कास्कीको छैठौँ साधारण सभा तथा तेस्रो अधिवेशनले विजय पौडेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समाजको प्रथम उपाध्यक्षमा लाल कार्की (अन्जान), द्धितीय उपाध्यक्षमा कुलबहादुर रानाभाट(मन), सचिवमा मीन प्रसाद सुवेदी, सहसचिवमा जीत बहादुर क्षेत्री (राजकुमार), कोषाध्यक्षमा सुर्य प्रसाद गौतम (अनिष), र सदस्यहरुमा नरेन्द्र कुमार कार्की, देविका कार्की अधिकारी, गंगा कुमारी शर्मा कुँवर, प्रेमनाथ पौडेल, दिपेन्द्र पौडेल, सारदा रानाभाट, डिल बहादुर अधिकारी (रामचन्द्र), र उदयराज पौडेल (मनोनित) रहेका छन् ।कानुनी सल्लाहकार टंक… पुरा पढौ

विपन्नका लागि म्याग्देमा चालु आवमा १२ वटा आवास निर्माण गरिने

तनहुँको म्याग्दे गाउँपालिकाले चालु आर्थिक वर्षमा आर्थिक रुपमा विपन्न वर्गलाई नमुना आवास निर्माण गर्ने भएको छ । म्याग्देले कूल ६० नमुना आवास निर्माण गर्ने घोषणा गरेबमोजिम गत आवसम्म ४८ घर निर्माण गरी लाभग्राहीलाई हस्तान्तरण गरिसकेको छ । सोही योजनाबमोजिम चालु आवमा १२ वटा घर निर्माण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । हालका जनप्रतिनिधि निर्वाचित भएर आएदेखि पाँच वर्षभित्र विपन्न वर्गलाई ६० वटा घर बनाउने लक्ष्यसहित पालिका अगाडि बढेको उनको भनाइ छ । चालु आर्थिक वर्ष २०८२÷८३… पुरा पढौ

विश्वकप छनोटको सुपर सिक्समा युएईसँग भिड्दै नेपाल

आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटको सुपर सिक्समा पुगेको नेपालले आज यूएईसँग खेल्दैछ । खेल ओमानमा नेपाली समयअनुसार अपरान्ह सवा ४ बजे शुरु हुनेछ ।समूह चरणमा तुलनात्मक रूपमा कमजोर टोलीसँग खेलेको नेपालले आज पहिलो खेलमै आफ्नो चिरपरिचित प्रतिद्वन्द्वी यूएईको सामना गर्न लागेको हो । सुपर सिक्समा नेपालले यूएईसहित कतार, ओमान र सामोआसँग खेल्ने छ । सुपर सिक्समा समूह ‘ए’ बाट यूएई र कतार, समूह ‘बी’ बाट नेपाल र जापान तथा समूह ‘सी’ बाट ओमान र सामोआ पुगेका… पुरा पढौ

हमासको जीवित बन्धकहरूको नयाँ सूचीमा विपिन जोशीको नाम पनि समावेश,रिहा गर्ने समय अनिश्चित

हमासले सार्वजनिक गरेको जीवित बन्धकको सूचीमा नेपालका विपिन जोशीको नाम पनि समावेश भएको बताईएको छ । गाजामा हमासको नियन्त्रणमा रहेका २२ जना जीवित बन्धकको सूची सार्वजनिक भएको र उक्त सूचीमा नेपालका विपिन जोशीको नाम पनि समावेश भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने जनाईएको छ । तर यस अवधिमा सबै बन्धक हस्तान्तरण गर्न नसकिने भन्दै हमासले थप समय मागेको हो। योसँगै बन्धक रिहा गर्ने समय अनिश्चित बनेको… पुरा पढौ

स्थानीयवासीको सक्रियतामा भानुभक्तको प्रतिमास्थल संरक्षण

तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घास्थित आदिकवि भानुभक्त आचार्यको प्रतिमास्थललाई स्थानीयवासीले संरक्षण गरेका छन् । भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घास्थित प्रतिमास्थलको कम्पाउण्ड जीर्ण भएपछि स्थानीयवासीकै सक्रियतामा कम्पाउण्ड मर्मत गरिएको छ । विसं २०३६ मा तत्कालीन राजाले उक्त ठाउँमा भानुभक्त आचार्यको अर्धकदको प्रतिमा निर्माण गरेको स्थानीय युवा सन्देश आचार्यले जानकारी दिए । राज्यस्तरबाटै चरम उपेक्षामा परेको यस ठाउँ झाँडी भएपछि स्थानीयवासीले झाँडी सरसफाइ गर्दै जीर्ण कम्पाउण्डको मर्मत गरेको आचार्यले बताए ।उनले भने, “हाम्रो पहिचानको श्रेय राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यलाई जान्छ । हामीले चुँदीरम्घाली… पुरा पढौ

ठूलाकोट कृषि सहकारी संस्थाको साधारणसभा सम्पन्न

पोखरा–२८ कालिकामा रहेको ठूलाकोट कृषि सहकारी संस्था लिमिटेडको १६औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै पोखरा २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले यहाँका बासिन्दा कृषि क्षेत्र केन्द्रित रहेको हुनाले कृषि सहकारीको ठूलो महत्व रहेको बताउँदै ठूलाकोट कृषि सहकारीले उत्कृष्ट काम गरिरहेको बताए । वडा अध्यक्ष लामिछानेले कृषिमा राज्यले ठूलो अनुदान खर्च गरिरहेकोले पोखरा २८ मा कृषि सहकारी मार्फत सहकार्य गरेर काम गर्नको लागि वडा कार्यालय सकारात्मक रहेको बताए । सहकारीका अध्यक्ष श्याम प्रसाद तिमिल्सेनाको अध्यक्षतामा भएको सधारणसभामा… पुरा पढौ

कास्की पोखरा हस्तकला संघको १५ औं साधारण सभा सम्पन्न

कास्की पोखरा हस्तकला संघको १५ औं साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं १ का अध्यक्ष सहारा प्रधानले यस क्षेत्रको उद्यमशिलता, सिप हस्तान्तरण र विकासका लागि संघको महत्वपूर्ण योगदान रहेको बताए । अहिले पोखरा महानगर तथा वडाहहरुले विभिन्न सिप सिकाईका तालिमहरु ल्याईरहेको बताउँदै सिप सिकेर आत्मनिर्भर हुने बाटोमा लाग्न आग्रह गरे । पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले स्थानिय हस्तकलाका सामग्रीको वजारिकरण र गुणस्तरिय उत्पादनमा जोड लिईन् । भदौ २३ र… पुरा पढौ

होटल मिस्टिक माउण्टेनको सेवा अब पोखरामा पनि

नगरकोटबाट सेवा दिँदै आएको होटल मिस्टिक माउण्टेनले आफ्नो सेवा पोखराबाट पनि सुरु गरेको छ । हस्पिटालिटि क्षेत्रमा आठ वर्ष देखि उत्कृष्ट होटल मिस्टिक माउण्टेनलाई हिली भ्याली प्रालीले फ्रेन्चाइचका रुपमा पर्यटकीय राजधानी पोखरामा ल्याएको हो । फेवाताल छेउमा अवस्थित होटलबाट पोखराका रमाणिय क्षेत्रहरुको दृश्यावलोकन गर्न पाइन्छ । प्राकृतिक हरियाली र स्वच्छ वातावरणमा बस्न चाहने पाहुनाका लागि होटल उपयुक्त रहेको होटेलका सेल्स एण्ड मार्केटिङ म्यानेजर अमिता श्रेष्ठले बताइन् । विशेष गरी पोखरा आउने पर्यटकहरु प्रकृतिसँग रम्न आउने भएकाले त्यसलाई मध्यनजर गर्दै पोखराको… पुरा पढौ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले दिगो प्रतिफल दिन सक्दैन:सुझाव समिति

नागरिक उड्डयन क्षेत्र सुधारका लागि गठित सुझाव समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले दूरगामी रूपमा सञ्चालन भएर प्रतिफल दिनसक्ने अवस्था नरहेको निष्कर्ष निकालेको छ । समितिले गत असोज १२ गते अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको प्रतिवेदनमा सो निष्कर्ष निकालिएको छ । समितिले विमानस्थलको डिजाइन फिचरमै प्रश्न उठाएको छ । अहिलेको रनवे संरचना र अप्रोच पाथ नै गलत भएकोले यसले दिगो र प्रतिफलयुक्त विमानस्थल बन्नै नसक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।विमानस्थलको रनवे अहिले २५०० मिटर मात्रै छ जुन पोखराको भू(बनोटमा अन्तर्राष्ट्रिय… पुरा पढौ

राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ

राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ । शनिबार बिहान जेन–जी प्रतिनिधिसँग शीतलनिवासमा छलफल गर्दागर्दै अवस्थ भएपछि पौडेललाई महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।आफुलाई असहज भएको महशुस भएपछि जेन जीसँगको छलफल दुई दिन पर सारेर अस्पताल गएका हुन् ।अहिले उनको स्वास्थ्य परीक्षण भइरहेको अस्पताल स्रोतले जनाएको छ। राष्ट्रपति कार्यालय स्रोतकाअनुसार उनको अवस्था स्थिर छ। पुरा पढौ