देश

सराङकोट तीजमेलामा सहनशील दिदीबहिनी समूह प्रथम

पोखरा, ११ भदौं। पोखरा–१८, सराङकोटधाममा तीजमेला सम्पन्न भएको छ ।मेला अन्तर्गत तीजगीत तर्फ पोखरा २३ स्थित सहनशील दिदीबहिनी समूह प्रथम हुन सफल भयो।उक्त प्रतियोगितामा पोखरा १८ स्थित बौद्ध तामाङ दिदीबहिनी समूह द्वितीय, पोखरा २५ स्थित कमल जँैसी आमा समूह तृतीय एवम् पोखरा १८ कै नमुना जागृति आमा समूह सान्त्वना भए।प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएसँगै ति समूहले क्रमश नगद रु.६१ हजार, ४१ हजार, ३१ हजार र २१ हजार साथमा प्रमाणपत्र पुरस्कार प्राप्त गरे।त्यस्तै तोरीपानी दिदीबहिनी समूहको भेषभुषा तथा महिला साना… पुरा पढौ

चीनको हुआङशान सहरसँग पोखराको भगिनी सम्बन्ध स्थापित

सन्देश श्रेष्ठपोखरा, भदौ ११ पर्यटकीय राजधानी पोखरा र चीनको हुआङशान सहरबीच भगिनी सम्बन्ध स्थापित भएको छ । काठमाडौंमा बुधबार आयोजित एक औपचारिक कार्यक्रममा दुई सहरबीच भगिनी सम्बन्ध स्थापित गर्ने सम्बन्धि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको हो । पोखरासँग भगिनी सम्बन्ध स्थापित गर्ने चीनको हुआङशान सहर युनेस्कोको सम्पदा सुचिमा सुचिकृत सहर हो । पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले चीनको हुआङशान सहरसँग भगिनी सम्वन्ध स्थापित गरिएको जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन्,‘आज चीनको हुआङशान सहर र पोखरा महानगरबीच मित्रता… पुरा पढौ

आर्वामा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा अनु समुह प्रथम 

पोखरा  पोखरा महानगरपालिका वडा नं १३ आर्वामा आयोजना भएको खुल्ला तीज गीत प्रतियोगितामा अनु क्षेत्रीको समुह प्रथम भएको छ। नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा रतन पाण्डे युवा क्लवले आयोजना गरेको १८ औं संस्करणको प्रतियोगितामा संगीता बरालको समुह द्वितीय, पुर्णिमा बराल र सीता बरालको समुह तृतीय भएको क्लवका सचिव सन्दीप वरालले जानकारी दिए। प्रतियोगितामा उत्कृष्ट भेषभुषा पुर्णिमा बरालको समुह र उत्कृष्ट नृत्य अनु क्षेत्रीको समुहले प्राप्त गर्यो। विजयी समुहलाई क्लवका अध्यक्ष विजय सुनार,वडा सदस्य रजनी परियार ,संस्थापक उपाध्यक्ष धने… पुरा पढौ

टेवानको ‘तेस्रो तीज सांस्कृतिक महोत्सव’ सुरु

पोखरा, १० भदौ ।पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजनामा मंगलबारदेखि पोखराको लेकसाइडस्थित बाराहीघाट चौरमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव—२०८२’ सुरु भएको छ । हरितालिका तीजको अवसरमा आयोजित महोत्सवको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकमार थापाले गरे । उद्घाटन समारोहमा उनले संस्कृति संरक्षणमा यस्ता महोत्सव महत्त्वपूर्ण हुने बताए । महोत्सवमा प्रदेश सांसद प्रकाश बराल, कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, पोखरा महानगरपालिका—२ का वडाध्यक्ष दिवसमान प्रधानांग, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, कलाकार हरिदेवी कोइराला, महिला सञ्जाल… पुरा पढौ

ऐतिहासिक बाटुलेचौर तीज मेला सम्पन्न,परम्परागत कला र संस्कृति संरक्षणमा प्रदेश सरकार प्रतिबद्द : मन्त्री थापा

पोखरा पोखराको बाटुलेचौरमा २ दिन सम्म चलेको ऐतिहासिक तीज मेला( २०८२ सम्पन्न भएको छ। तीज मेला व्यवस्थापन समितिले आयोजना गरेको मेलाको समापन गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दु कुमार थापाले परम्परागत कला, संस्कृतिको संरक्षण गर्ने कार्यमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले नेपाली कला, संस्कृति विश्वमा नै उत्कृष्ट रहेको बताउँदै, यसको जगेर्ना गर्ने कार्यमा सामाजिक संघ संस्थाको भुमिका महत्वपुर्ण हुने विश्वास व्यक्त गरे। तीज मेला व्यवस्थापन समितिका संयोजक राजकुमारी बानियाँको अध्यक्षतामा भएको समापन कार्यक्रममा मन्त्री… पुरा पढौ

लामाचौर तीज महोत्सवमा सम्पन्न, तीज गीतमा महिला सामुदायिक विकास समिति प्रथम

पोखरा पोखराको लामाचौरमा भएको तीज महोत्सव २०८२ मंगलबार सम्पन्न भएको छ। नव आदर्श सामुदायिक विकास समाजको २९ औं वार्षिकोत्सवका अवसरमा आयोजित २७ औं संस्करणको तीज महोत्सवको अन्तिम दिन पनि उल्लेख मात्रमा दर्शकको सहभागिता रहेको समाजले जनाएको छ। ३ दिन सम्म संचालन भएको महोत्सवको एक कार्यक्रमका बिच गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले समापन गरे । समापन कार्यक्रममा बोल्दै मन्त्री थापाले पोखरा प्राकृतिक रूपमा मात्र नभएर कला, साहित्य र संस्कृतिको क्षेत्रमा समेत सुन्दर रहेको बताए।… पुरा पढौ

तीजगीत प्रतियोगिताले मौलिक र परम्परागत भाकाहरु जीवन्त राख्न सघाउ पुग्छः प्रदेश प्रमुख भट्ट

पोखरा, १० भदौ गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले परम्परागत तीज गीत प्रतियोगिताले मौलिक तीजे भाकाहरू जीवन्त राख्न सघाउ पुग्ने बताएका छन् । पोखराको मालेपाटन स्थित सूर्यचन्द्र विकास समाजले आयोजना गरेको ११ औं मालेपाटन तीज गीत प्रतियोगिताको शुभारम्भ गर्दै प्रदेश प्रमुख भट्टले पछिल्लो प्रविधियुक्त समयमा तीजको मौलिकतालाई पनि असर गरिरहेको सन्दर्भमा यस्ता प्रतियोगिताहरुको महत्व रहने उल्लेख गरे । ‘निराहार व्रत बस्नुअघि माइत गएर खाइने दर हप्तौंअघि होटल तथा पार्टी प्यालेसहरुमा खाने प्रचलन बढ्दो छ । सुसभ्य तीज गीतहरु सुन्नै मुस्किलको… पुरा पढौ

प्रथम कास्की जिल्ला अन्तर विद्यालय उसु प्रतियोगिता सम्पन्न

लेखनाथ उसु क्वान र भद्रकाली उसु क्वानको संयुक्त आयोजनामा कास्की जिल्लामा उसु खेलको प्रबर्द्धन गर्न यही भदौ ६ र ७ गते प्रथम कास्की जिल्ला अन्तर विद्यालय उसु प्रतियोगिता सम्पन्न गरिएको छ । पोखरा रङ्गशालामा भएको उक्त प्रतियोगितामा विद्यालय स्तरमा प्रशिक्षण लिइरहेका २२ ओटा विद्यालयका खेलाडीहरूको सहभागिता थियो । प्रतियोगितामा ताओलु र सांस्यौं विधामा कुल १६० खेलाडीहरूले २४ स्वर्ण, २४ रजत र ४८ काश्य पदक गरी कुल ९६ ओटा पदकका लागि प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा समग्र पदकका हिसाबले बाल मन्दिर… पुरा पढौ

लामाचौर तीज महोत्सव : जिएम र ढुंगे देउराली भलिबलको फाइनलमा

पोखरा, भदौ ९ गते । जिएम समाज र ढुंगेदेउराली क्लब लामाचौर भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । रोचक त के भने लिग चरणका समूह विजेता टिम सेमिफाइनलबाटै यात्रा टुंगाउन पुगे । सोमबार लामाचौर कप खुला पुरुष भलिबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आयोजकलाई सोझो सेटमै पराजित गर्दै जि।एम। समाज फाइनल पुगेको हो । समूह ‘बि’ को उपविजेता कावासोतीको जि।एम। समाज समूह ‘ए’ को विजेता आयोजक नवआदर्श सामुदायिक विकास समाजविरुद्ध फाइनल प्रवेशका लागि कोर्ट उत्रिएकोमा ३–० सेटमा सहजै हराउन सफल भएको हो… पुरा पढौ

सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष बमजनलाई सेटिङमा १० लाख धरौटी लिएर छाडेको सहकारी पीडितको आशंका

सन्देश श्रेष्ठपोखरा, भदौ ९ सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष ज्ञानबहादुर बमजनलाई सेटिङ मिलाएर धरौटीमा छाडेको सहकारी पीडितहरुले आशंका गरेका छन् । सूर्यदर्शन सहकारी पीडितहरुले सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर यस्तो आशंका व्यक्त गरेका हुन् । बमजन सहकारी ठगीको प्रमुख योजनाकार मानिएका जिवी राईका नातेदार (जेठान) हुन् । जिल्ला अदालत कास्कीले आईतबार बमजनलाई १० लाख धरौटीमा छाड्ने आदेश गरेको थियो । अमेरिकामा रहेका उनी आईतबार जिल्ला अदालतमा उपस्थित भएका थिए । बमजनलाई एकै दिनमा थुनछेक बहस सकेर धरौटीमा छाडिएको थियो । सहकारी… पुरा पढौ