देश

तीजलाई मनोरञ्जनमा मात्र सिमित नगरौं, बरु महिला सशक्तिकरणको रुपमा लैजाऔं : सभापती रुचाल

सन्देश श्रेष्ठपोखरा, भदौ ७ गण्डकी प्रदेश कृषि तथा सामाजिक विकास समिति सभापती दमयन्ती रुचालले तीजलाई महिला सशक्तिकरणसँग जोड्नुपर्ने बताएकी छन् । दलित महिला संघ (फेडो) कास्कीले आयोजना गरेको तीज गीत तथा नृत्य प्रतियोगितामा बोल्दै उनले तीजलाई मनोरञ्जनको रुपमा मात्र सिमित गर्न नहुने बताएकी हुन् । तीजलाई मनोरञ्जनको रुपमा मात्रै मनाउनु हुँदैन,उनले भनिन्,‘शरु यसलार्य महिला सशक्तिकरण, आर्थिक, सामाजिक तथा राजनीतिक सशक्तिकरणका रुपमा लैजानुपर्छ ।’ सभापती रुचालले महिला कानून बनाउन आवश्यक रहेको बताईन् । महिला कानूनको अभावमा महिलाले विभेद र हिंसा सहनुपरेको… पुरा पढौ

सराङकोटमा भोलिदेखि तीज मेला, तयारी पूरा

पोखरा, भदौ ७ पोखराको पर्यटकीय गन्तव्य सराङकोटमा भोलिदेखि तीज मेला आयोजना हुँदैछ । भदौ १० गतेसम्म हुने तीज महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । सराङकोट धार्मिक क्षेत्र विकास समितिको आयोजना तथा वडा कार्यालयको संरक्षणमा आयोजना हुने महोत्सवको आईतबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने तय भएको सराङको धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले जानकारी दिए । मेलामा खुल्ला तीज गीत प्रतियोगिता आयोजना हुनेछ । प्रतियोगितामा प्रथम हुनेले ६१ ह्जार, द्वितीय हुनेले ४१ हजार, तृतीय हुनेले ३१… पुरा पढौ

ऋषि पञ्चमीमा महिलालाई गण्डकीमा छैन विदा

सन्देश श्रेष्ठपोखरा, भदौ ७ नेपाली महिलाहरुको महान चाँड तिजको अवसरमा मनाईने ऋषि पञ्चमीको दिन गण्डकी प्रदेशमा सार्वजनिक विदा नदिइएको गण्डकी प्रदेश सरकारले स्पष्ट पारेको छ । सामाजिक सञ्जालमा ऋषि पञ्चमीमा महिलालाई मात्र विदा दिइएको भनेर भ्रम फैलाइएपछि गण्डकी सरकारले शनिबार एक विज्ञप्ती निकालेर ऋषि पञ्चमीको दिन आउँदो भदौ १२ गते विहीबार गण्डकी प्रदेशमा कसैलाई पनि (महिलालाई समेत) सार्वजनिक विदा नदिइएको स्पष्ट पारेको हो । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सूचना अधिकारीसमेत रहेका उपसचिव प्रवीण ढकालले शनिबार विज्ञप्ती… पुरा पढौ

अखिल नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा वामदेव

पोखरा, भदौ ७ अखिल नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा बामदेव सुवेदी चयन भएका छन् । महासंघ कास्कीको हालै भएको तेस्रो जिल्ला सम्मेलनले सुवेदीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । महासंघ कास्कीको उपाध्यक्षमा प्रकाश मल्ल, सचिवमा स्वयम्भु कुँवर, सहसचिवमा मेनुका अधिकारी, कोषाध्यक्षमा सुनील रावल चयन भएका छन् । सम्मेलनको उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज नेत्रनाथ अधिकारीले अखिल नेपाल महासंघलाई समग्र खेलकुदको नेतृत्व गर्न सुझाव दिए । नेकपा माओवादी केन्द्र कास्की जिल्ला संयोजक… पुरा पढौ

ऐतिहासिक टुँडिखेल तीज महोत्सव सुरु

पोखरा ६ भाद्रनेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीज नेपाली महिलाहरुको सम्मानको पर्व रहेको बताएका छन् । “हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा शुक्रबारदेखि सुरु तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ को उद्घाटन गदै प्रचण्डले सो कुरा बताएका हुन् । टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजना र विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीकोे… पुरा पढौ

कार्यालय खारेज गर्ने गण्डकी सरकारको निर्णय संघीयताको मर्म विपरित : मन्त्री गुरुङ

सन्देश श्रेष्ठपोखरा, भदौ ६ नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जिल्लास्थित कार्यालय खारेज गर्नु संघीयताको मर्मविपरित भएको टिप्पणी गरेका छन् । प्रेस चौतारी कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री गुरुङले जनताको सेवा गर्न भनेर स्थापना गरिएको जिल्लास्थित कार्यालय खारेज गर्ने गण्डकी सरकारको निर्णय संघीयता विपरित भएको बताएका हुन् । उनले भने,‘सिंह दरबारको अधिकार घर घरमा ल्याउने भन्ने तर जिल्ला जिल्लाको कार्यालय खारेज गरेर प्रदेशको राजधानी पोखरामा सबै अधिकार केन्द्रीत गर्दा कसरी… पुरा पढौ

जीवनदान र विश्वबन्धुत्व सन्देशसहित ब्रह्माकुमारीको राष्ट्रव्यापी रक्तदान अभियान प्रारम्भ

पोखरा, ६ भाद्र ।विश्वबन्धुत्वको भाव र विश्व एकताको भावलाई जागृत गर्ने उद्धेश्यका साथ प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका पूर्व मुख्य प्रशासीका दादी प्रकाशमणिजीको १८औं पुण्य तिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा संस्थाको नेपालको केन्द्रीय कार्यालय फुलबारी, पोखराद्वारा राष्ट्रव्यापी वृहत रक्तदान अभियान शुरु भएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको मूल्य र मान्यताअनुसार, यस अभियानको मूल उद्देश्य गम्भीर अवस्था वा मृत्युमुखमा पुगेका बिरामीलाई जीवनदान प्रदान गर्नुका साथै समाजमा दया, सहयोग र विश्व बन्धुत्वको सन्देश फैलाउनु रहेको बजनाइएको छ । गण्डकी प्रदेश… पुरा पढौ

देवीस्थान भजन महिला समुहले जित्यो सिटीवानको तीज गीत प्रतियोगिताको उपाधि

पोखरा ।सिटीवान टेलिभिजनले आयोजना गरेको चौथो संस्करणको तीज गीत प्रतियोगिता २०८२ मा पोखरा २५ हेम्जाको देवीस्थान भजन महिला समुह प्रथम भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु सभाहलमा आयोजना गरिएको प्रतियोगितामा सहभागी ४० समूह मध्य अब्बल बन्दै प्रथम भएको देवीस्थानले नगद ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर पुरस्कार स्वरुप हात पार्न सफलभयो । प्रतियोगितामा पोखरा २५ को कमल जोशी आमा समुह द्वितीय, बराह माध्यमिक विद्यालय तृतीय र हेम्जा आमा समुह सान्त्वना भयो । उनीहरूले क्रमश ३० हजार, २० हजार र १०… पुरा पढौ

निजी विद्यालयका बस सडकमा गुडाएर देशभर विरोध प्रदर्शन

पोखरा । नेपाल सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनको विरोधमा यतिवेला देशभरका निजी तथा आवासीय विद्यालय आन्दोलित भएका छन् । संघीय शिक्षा ऐनमा ल्याउन लागिएको निजी तथा आवसीय विद्यालयलाई गैर नाफा मुलक बनाउने र पूर्ण छात्रवृत्तिलाई हटाउन माग गर्दै आन्दोलित वनेका हुन् । प्याव्सन, एन प्याव्सन, हिसान र अपेनले संयुक्तरुपमा आन्दोलनका कार्यक्रम घोषणा गरी आन्दोलन गरेका छन् । पूर्ण छात्रावृत्ति भन्ने शव्द हटाइनु पर्ने, विद्यालयहरुमा उत्पादन नहुने सामाग्रीहरु जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामाग्री, खाना, खाजा प्रावधान खारेज गुर्नपर्ने, कम्पनी ऐन… पुरा पढौ

सञ्चारिका गण्डकी : निर्णायक तहमा चाहियो भूमिका

पोखरा,पोखरामा जेसी नीति र महिला अधिकार सम्बन्धी अभिमुखीकरण तथा तीज विशेष कार्यक्रम भएको छ।सञ्चारिका समूह गण्डकीको आयोजनामा र असल छिमेकी सहयोग सङ्घ गोनेसाको सहयोगमा बुधबार कार्यक्रम भएको हो। गण्डकी प्रदेशका उपसभामुख बिना कुमारी थापाले महिला अधिकार र समानताका सवालमा खुलेर आवाज उठाउनुपर्नेमा जोड दिइन्। उनले महिलाहरुले अझै पनि समाजमा विभेद, हिंसा र अन्याय सहनुपरेको बताउँदै यसका विरुद्ध आवाज उठाउनुपर्ने उनको भनाइ छ । सञ्चारिका समूह गण्डकीकी अध्यक्ष कविता श्रेष्ठले महिलाका विचार र आवाजलाई निर्णायक भूमिकामा स्थान दिनुपर्ने बताइन्। उनले समावेशीतालाई… पुरा पढौ