पोखरा, साउन १५ पोखरामा हालसालै भएको कोटिहोममा प्रयोग गरिएका वर, पिपलका दाउरा प्रक्रिया नपुर्याई काटेको आरोपमा ७ जनाबिरुद्द मुद्दा दायर भएको छ । जिल्ला वन कार्यालय कास्कीले पोखराका विभिन्न ठाउँका वर, पिपलका दाउरा प्रक्रिया नपुर्याई काटेको आरोपमा मानवसेवा फाउण्डेशन नेपालका प्रवन्धक विष्णुराज गिरीसहित ७ जनाबिरुद्द कास्की जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । जिल्ला वन कार्यालय कास्कीले मुद्दा दायर गरेकाहरुमा पोखरा–१४ शुभ मार्ग टोलका ताराप्रसाद तिवारी, योगमाया बराल, पोखरा–१४ राधाकृष्ण टोलका अर्जुनबहादुर कार्की, रामकृष्ण अधिकारी, पोखरा–१४ साधना मार्गका ज्ञानेन्द्र सार्की…
पुरा पढौ