पोखरा, साउन १९ बहुविवाह मान्दैनौं भन्दै पोखरामा प्रदर्शन भएको छ । बहुविवाहलाई मान्यता दिनेगरी बनेको कानून्को मस्यौदाबिरुद्ध कास्केली अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय कास्की अगाडि रहेको सहिद पार्कमा प्रदर्शन गरेका हुन् । शान्तिका लागि नागरिक समाज कास्की र महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीको आह्वानमा भएको प्रदर्शनमा सहभागीहरुले बहुविवाहबिरुद्द लेखिएका प्लेकार्ड बोक्नुका साथै नाराबाजीसमेत गरेका थिए । उनीहरुले ‘बहुविवाह मान्दैनौं’, ‘बहुविवाहलाई कानूनी मान्यता दिने मस्यौदा खारेज गर’, ‘नेपाल सरकार खबरदार !’, ‘महिला हिंसा अन्त्य गर, महिलाको संवैधानिक अधिकार सुनिश्चित गर’, ‘संविधानले…
पुरा पढौ