देश

पोखरामा मिडिया तथा सूचना साक्षरता र मानवअधिकार विषयक अन्तक्र्रिया

पोखरा, साउन १४ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा ‘मिडिया तथा सूचना साक्षरता र मानवअधिकार’ विषयक अन्तक्र्रिया कार्यक्रम बुधबार पोखरामा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको समन्वयमा भएको कार्यक्रममा मिडिया, सूचना साक्षरता र मानवअधिकारका विविध आयाममा गहन छलफल भएको थियो । कार्यक्रममा पत्रकार सन्तोष पोखरेलले मिडिया साक्षरताबारे प्रस्तुति दिँदै डिजिटल युगमा नागरिकले पाउने सूचनाहरूको स्रोत, विश्वासनीयता र उपयोगको बारेमा सचेत हुनुपर्ने बताए । ‘सूचनाको बाढीमा नागरिक अलमलमा पर्न सक्छन्। त्यसैले मिडिया साक्षरता भनेको सहित सूचनाको… पुरा पढौ

पत्रकार गुरुङ र श्रेष्ठलाई कञ्चन पत्रकारिता पुरस्कार

पोखरा ।नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीद्वारा सञ्चालित कञ्चन पत्रकारिता पुरस्कारबाट कास्कीका फोटो पत्रकार राम गुरुङ र गोरखाका पत्रकार सुशिलबाबु श्रेष्ठ (कैलाश) सम्मानित हुने भएका छन् ।पोखराका व्यवसायी बिमलमान गुभाजुसहित उनको परिवारद्वारा स्वर्गीय बुवाआमा वेदमान गुभाजू र नेत्रकुमारी गुभाजूको स्मृतिमा स्थापित यस पुरस्कार यो वर्ष पत्रकारद्वय गुरुङ र श्रेष्ठलाई प्रदान गरिने भएको हो । प्रतिभा छनोट समितिले गरेको सिफारिस गरेको गुरुङ र श्रेष्ठको नाम फोनिज गण्डकीको मंगलबारको बैठकले अनुमोदन गरेको फोनिज गण्डकी अध्यक्ष खिमा गुरुङले जानकारी दिइन ।अधिवक्ता सुरेन्द्र… पुरा पढौ

नेपाली सिनेमा ‘शिवांश: च्याप्टर -१’ को छायांकन सकियो 

 पोखरा, साउन १४ पोखरा नेपाली कथानक चलचित्र ‘शिवांश: च्याप्टर–१’को छायांकन सकिएको छ। सुटिङ थालेको ३६ औं दिनमा सम्पुर्ण छायांकन सकिएको निर्माता अञ्जान केसीले जानकारी दिए। जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा फिल्मको शुभ मुहुर्त गरी सुरु भएको सुटिङ ३६ औं दिनमा सकिएको हो।पोखराका लामाचौर, घार्मी, महेन्द्र गुफा, अमला बिसौनी लगायतका  आसपासमा फिल्मको दृश्य खिचिए पछि पुर्ण रुपमा छायांकन सम्पन्न भएको निर्माता  केसीले बताए। अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको यस चलचित्रको निर्देशक सन्तोष कुमार आत्रेय हुन्। उनको यो डेब्यु निर्देशकीय… पुरा पढौ

पोखराको मालेपाटनमा खुल्ला लाखे नाच प्रदर्शन हुँदै, २० टिम सहभागी हुने

पोखरा, साउन १४ पोखराको मालेपाटनमा खुल्ला लाखे नाच प्रदर्शन हुने भएको छ । नेवा खलः कास्की अन्तर्गतको ताया मचाः नाच समिति मालेपाटनको आयोजनामा यहि साउन १६ गते शुक्रबार दोस्रो मालेपाटन खुल्ला लाखेनाच प्रदर्शन तथा सांस्कृतिक कार्यक्रम–२०८२ हुने भएको हो । पोखरा–५ मालेपाटनस्थित खेलमैदानमा हुने कार्यक्रममा नेवाः मिसा पुचः एकाई मालेपाटन, ल्याम्हः पुचः मालेपाटन र मालेपाटन नेवा गुठी सहआयोजकका रुपमा रहेको जनाइएको छ । त्यस्तै, पोखरा महानगरपालिका वडा नम्बर–१, २, ३, ४, ६। ७, ८, ९, ११ र १८ सहयोगीका रुपमा… पुरा पढौ

पोखराको ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ परराष्ट्रमन्त्री देउवाद्वारा उदघाटन

पोखरा । पोखराको लेकसाइडमा आधुनिकता, परम्परा र प्रकृतिको समिश्रणका साथ निर्मित बगैँचा रिसोर्ट एण्ड स्पाको भव्य उद्घाटन गरिएको छ । अंशुभरा ग्रुपद्वारा प्रवद्र्धित यो पर्यावरणमैत्री लक्जरी रिसोर्टको उद्घाटन नेपाल सरकारकी परराष्ट्रमन्त्री माननीय डा। आरजु राणा देउवाले गरेकी हुन् । उनले दीगो पर्यटन, स्थानीय उत्पादनको प्रयोग र सामाजिक उत्तरदायित्वमा आधारित उद्यमहरू देशको भविष्य निर्माणमा महत्वपूर्ण बन्ने उल्लेख गरिन्। उनले पछिल्लो पुस्ताले व्यवसायमा देखाएको सक्रियता प्रशंसायोग्य भएको बताउँदै देशमै अवसर र सम्भावनाको खोज गर्न आग्रह गरिन् । “अहिलेको जेनेरेसन व्यवसायमा लागिरहेको देख्दा… पुरा पढौ

हायु परिवारको छैन घर फर्किने चाहना

पोखरा, साउन १३ सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भनिएका हायु परिवार अहिले पोखरामा छन् । चार दिनसम्म सम्पर्कमा नआएका हायु परिवार पोखरा–३० गगनगौंडामा भेटिएका हुन् । व्यापक खोजीपछि सोमबार साँझ फेला परेका उनीहरुलाई पोखरा–३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीको रोहवरमा ज्वाईं नाता पर्ने आफन्त धनबहादुर तामाङको जिम्मा लगाइएको थियो । धनबहादुर हायु परिवारकी छोरी कमला हायुका पती हुन् । उनी तनहुँको शुक्ला गण्डकी नगरपालिका–२ का बासिन्दा हुन् । सिन्धुलीबाट २० हजार रुपैयाँमा हायस गाडी रिजर्भ गरेर उनीहरु पोखरा आएका थिए ।… पुरा पढौ

बेपत्ता भनिएका हायु परिवार फेवाताल घुम्दै, गरे ताल वाराही मन्दिरको दर्शन

पोखरा, साउन १३ सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता हायु परिवारले फेवाताल घुमघाम गरेका छन् । चार दिनदेखि वेपत्ता भएर खोजी भइरहेका उनीहरु हिजो साँझ पोखरा–३० गगनगौंडामा फेला परेका थिए । व्यापक खोजीपछि फेला परेका उनीहरुलाई ज्वाई नाता पर्ने आफन्त धनबहादुर तामाङको जिम्मा लगाइएको थियो । घरबाट हिंड्दा १६ जना भनिएपछि बिचमा थपिएर २२ जनाको समूह बनेको हायु परिवारले मंगलबार विहान फेवाताल घुमफिर गरेका हुन् । फेवाताल घुमफिरका क्रममा उनीहरुले फेवातालको बिच भागमा रहेका ताल वाराही मन्दिरको दर्शनसमेत गरे । ताल… पुरा पढौ

पोखरामा लागूऔषध सहित ३ जना पक्राउ

पोखरा, साउन १२ पोखरामा लागूऔषध सहित ३ जना पक्राउ परेका छन् । पोखरा–२७ तालचोकस्थित पृथ्वी राजमार्गमा सवारी साधन चेकजाँच गर्दा लुकाईछिपाई ब्राउनसुगर जस्तो देखिने ४ ग्राम ३ सय मिलिग्राम पदार्थ पोखरा ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई कास्की प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट ३ थान मोवाइलसमेत बरामद गरिएको प्रहरीको भनाई छ । पक्राउ पर्नेहरुमा तनहुँ म्याग्दे गाउँपालिका वडा नं. १ गुणादीका ३८ वर्षिय कमल थापा, धादिङ स्थायी घर भई पोखरा–१४ चाउथे बस्ने वर्ष ३१ को राजन क्षेत्री र मोरङ सुन्दरहरैचा… पुरा पढौ

चीनको तिव्वत भ्रमण सकेर फर्किए गण्डकीका मुख्यमन्त्री पाण्डे

पोखरा, साउन १२ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे एक हप्ते चीव्वत भ्रमण सकेर स्वदेश फर्किएका छन् । नेपाल चीन कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्ष प्रवेशको अवसरमा चीनको स्वशासित प्रान्त तिब्बत सरकारद्वारा आयोजित कार्यक्रममा सहभागी हुन गएका मुख्यमन्त्री सोमबार पोखरा फर्किएका हुन् । भ्रमणका क्रममा मुख्यमन्त्री पाण्डेले तिब्बत स्वायत्त क्षेत्रका लागि सिपिसीका महासचिव वाङ झुङजनसँग भेटवार्ता गरेका थिए । भेटका क्रममा मुख्यमन्त्री पाण्डेले तिव्वतसँग जोडिएको कोरला नाका नियमित सञ्चालन गर्नका लागि सहकार्यको प्रस्ताव गरेको मुख्यमन्त्री पाण्डेको सचिवालयले जनाएको छ… पुरा पढौ

मलेसियाली ईभी प्रोटोनको सोरुम पोखरामा, ईमास ७ सार्वजनिक

पोखरा, १३ साउन प्रोटोनले आफ्नो तेस्रो सोरुम पोखरामा बिस्तार गरेको छ । नेपालका लागि प्रोटोन ईभीको आधिकारिक वितरक जगदम्बा मोटर्सले देशभर विद्युतीय सवारी (ईभी) को प्रयोगलाई तीव्र पार्ने क्रममा काठमाडौं बाहिर पहिलोपटक पोखराको बुद्धचोकमा सोरुम स्थापना गरेको हो । सोरुमको सोमबार पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन (वाडा) का अध्यक्ष दीपेन्द्र कोइरालाले उद्घाटन गरे । सोरुममा प्रोटोनको प्रमुख विद्युतीय सवारी साधन प्रोटोन एसयूभी ईमास ७ लञ्चिङ गरिएको छ । उद्घाटनको अवसरमा एक हप्ताका लागि प्रोटोन ईमास ७ खरिद्मा शून्य प्रतिशत ब्याजदरमा फाईनान्सको… पुरा पढौ