देश

जन्मदर्ता बिग्रियो ? चिन्ता नमान्नूस् ! अब सच्याउन पाईन्छ

१८ साउन, काठमाडौं । के तपाईंको व्यक्तिगत घटना विवरण बिग्रिएको छ । वा आफ्नो व्यक्तिगत घटना विवरण विग्रिएर झञ्झट व्यहोरेर चिन्तामा हुनुहुन्छ ? यदि आफ्नो व्यक्तिगत घटना विवरण बिग्रिएको छ भने अब तपाईंले चिन्ता लिनुपर्दैन । किनकी अब एक पटकलाई व्यक्तिगत घटना विवरण मिलाउन पाईने भएको छ । यसअघि जन्मदर्ता कागजमा भएको नाम, जन्म मिति, जन्म स्थानलगायतका विवरण बिग्रिदा झञ्झट व्यहोर्नुपरेको थियो । जसका कारण नागरिकता, राष्ट्रिय परिचय पत्रमासमेत नाम, ठेगाना वा जन्म मिति बिग्रिएकै बनाउनुपर्ने बाध्यता थियो । तर… पुरा पढौ

क्वाँटी संस्कृति प्रवर्द्धनमा गौंडाकोमुखका नेवार समुदाय

पोखरा, साउन १७ नेवारी समुदायले शुरु गरेको क्वाँटी अहिले सबै जातजातिका लागि सर्वप्रिय बनेको छ । स्वास्थ्यका लागि पनि राम्रो मानिएको यो नेवारी समुदायले जनै पूर्णिमाका दिन खाने चलन रहेको थियो । तर पछिल्लो क्रममा सो दिन सबै जातजातिकाले खाने गरेकाले क्वाँटी हाल लोकप्रिय बनेको हो । नेवारी भाषामा ‘क्वाँ’ भनेको तातो र ‘टी’ भनेको झोल हो । जसको पूरा अर्थ तातो झोल भन्ने लाग्छ । नेवारी समुदायमा जनै पूर्णिमाको दिनलाई क्वाँटी पूर्णिमा भनेर मनाउने चलन छ भने सो दिन… पुरा पढौ

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ गण्डकी प्रदेश अध्यक्षमा जितु

पोखरा, साउन १७ अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ गण्डकी प्रदेश अध्यक्षमा अमरजंग गुरुङ (जितु) चयन भएका छन् । महासंघको शनिबार पोखराको वरपिपल रिसोर्टमा भएको भेलाले गुरुङको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो । महासंघ गण्डकीको वरिष्ठ उपाध्यक्षमा हरि भुजेल, उपाध्यक्षमा शान्ती श्रेष्ठ(उदास) र सुनील न्यौपाने, महासचिवमा चिरञ्जिवी गौतम, सचिवमा प्रसुन्ना भण्डारी र राजकुमार सुनार, कोषाध्यक्षमा पोषराज पौडेल र सह–कोषाध्यक्षमा रुद्र रेग्मीलाई चयन गरेको छ । महासंघ गण्डकीको प्रवक्तामा टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य चयन भएका छन् भने सदस्यहरुमा अस्मिता… पुरा पढौ

पोखरामा आज भएको दौडमा आमा समूहतर्फ श्रेष्ठ, छात्रतर्फ सुनार र छात्रातर्फ जिटी प्रथम

पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार पोखराका आमा समूहहरूको दौड सम्पन्न भएको छ । रजत महोत्सवको अवसरमा १२ महिना १२ कार्यक्रमअन्तर्गत मञ्चले पहिलोपटक आमा समुहको दौड आयोजना गरेको हो । त्यस संगै नियमित मासिक दौड अन्तर्गत हुँदै आएको छात्ररछात्रा दौड समेत सम्पन्न भएको छ । चुलोचौको र खेतबारीमा सीमित रहँदै आएका महिलाहरूलाई खेलकुदमा सचेतना बढाउन विशेष ‘आमा समूह दौड’ आयोजना गरेको मञ्चका पूर्व अध्यक्ष एवं रेश डाइरेक्टर तेज बहादुर गुरूङले बताए । ३ किलोमिटर दूरीको उक्त दौडमा पाँच… पुरा पढौ

सिसुवामा ऐतिहासिक तायाःमचा नृत्य प्रतियोगिता आयोजना हुने

पोखरा, साउन १७ पोखरामा यहि साउन ३१ गते तायाःमचा नृत्य प्रतियोगिता तथा गाईजात्रा महोत्सव आयोजना हुने भएको छ । नेवाःखल कास्कीको आह्वान तथा सिशुवा नेवाः खलको आयोजनामा हुने प्रतियोगिताको तयारी तिव्र पारिएको शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । तायाःमचा नाचको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनका लागि भन्दै हरेक वर्ष पोखरामा हुँदै आएको प्रतियोगिता यस वर्ष यहि साउन ३० गते शनिबार लेखनाथको सिशुवा बजारमा आयोजना हुँदैछ । नेवारी समुदायमा परिवारको सदस्यको मृत्यू भएको एक वर्ष भित्र गाईजात्रा निकाल्ने परम्परा… पुरा पढौ

आरयू फेष्ट : फोहोरलाई अवसर देखाउँदै

पोखरा, साउन १५ पर्यटकीय राजधानी पोखरामा आरयू फेष्ट शुरु भएको छ । रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत उत्पादन भएका सामग्रीहरुको प्रदर्शनीसँगै उत्पादनको प्रत्यक्ष अवलोकन गराउने कार्यक्रम आरयू फेष्ट शुरु भएको हो । पोखरा–६ बुलौंदीस्थित पोखरा इभेन्ट सेन्टरमा शनिबारसम्म आयोजना हुने फेष्टको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । फेष्टमा फोहोरबाट उत्पादन भएका सामग्रीहरुको प्रदर्शनी गरिएको छ । जहाँ दर्जन भन्दा बढी कम्पनीहरुले आफूले फोहोरबाट उत्पादन भएका सामग्रीहरु प्रदर्शनीमा राखेका छन् । कसैले हिमालमा छाडिएका प्लाष्टिकजन्य सामग्रीबाट उत्पादित गरेका सामग्री फेष्टमा… पुरा पढौ

पोखरा–१२ को वडा कार्यालयको प्रवेशद्वार, बगैंचा र फल्चाको उद्घाटन

पोखरा । पोखरा महानगर पालिका वडा नम्बर १२ को कार्यालयमा बनाइएको प्रवेशद्वार तथा बगैंचाको उद्घाटन गरिएको छ । वडा कार्यालयमा बनाइएको प्राचिन शैलीमा निर्माण गरिएको प्रवेश द्वार, बगैंचा, कम्पाउण्ड र फल्चाको आज पोखरा महानगरका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् । वडा कार्यालयले प्रवेश द्वार ३० लाख, बगैंचा ३० लाख, फल्चा १५ लाख र कम्पाउण्ड ६५ लाख गरेर कुल एक करोड ४० लाखको लागतमा संरचना बनाएको हो । वडा कार्यालयको प्रवेशद्वार फगत इट्टा, सिमेन्ट वा कंक्रिटको प्रयोग मात्र नभई ऐतिहासिक… पुरा पढौ

तमु धिं नेपाल मादी गाउपालिका अध्यक्षमा याङ्जाकोटका इन्द्रबहादुर गुरुङ

पोखरा, १५ साउन तमु धिं नेपाल मादी गाँउपालिका भेला तथा भाषिक अधिकार समबन्धी अन्तरक्रिया कार्यक्रम बिहिवार मादी ३ याङ्जाकोटस्थित गाउपालिकाको सभाहलमा सम्पन्न भएको छ।भेलाले मादी ३ याङ्जाकोटका युवा समाजसेवी इन्द्रबहादुर गुरुङको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिती सर्वसम्मत निर्वाचित गरेको छ ।उपाध्यक्षहरुमा मादी ६ का नारायण गुरुङ , मादी १२ का चित्रबहादुर गुरुङ , मादी २ कि अनुराधा गुरुङ, सचिवमा मादी १ का टिकाराम गुरुङ, सहसचिव मादी ३ का हेमाकुमारी गुरुङ, कोषाध्यक्षमा वडा ५ का क्याप्टेन प्रेमबहादुर गुरुङ, सहकोषाध्यक्षमा वडा नं १०… पुरा पढौ

१२ कक्षाको नतिजा २५ साउनभित्र सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा २५ साउनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । शैक्षिक क्यालेन्डर अनुसार १५ साउनभित्र नतिजा सार्वजनि हुनुपर्ने हो । तर गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिकमा १० दिनजति ढिलाइ हुने भएको हो । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माकाअनुसार परीक्षा ढिलागरी भएकाले नतिजा सार्वजनिकमा ढिलाइ हुने भएको हो ।‘प्राविधिक पाटोमा धमाधम काम भइरहेको छ । २५ साउनभित्र नतिजा सार्वजनिक गर्ने तयारी छ,’ उनले भने । गत ११ वैशाखका… पुरा पढौ

आज राष्ट्रिय कोदो दिवस मनाइँदै

सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाउने भएको छ । कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन लागिएको हो । कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा प्रथम राष्ट्रिय कोदो दिवस मूल आयोजक समिति गठन गरी ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारा तय गरिएको हो । देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनवाट हुने असर कम… पुरा पढौ