देश

युवा संघको महाधिवेशन शुक्रबारदेखि पोखरामा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

पोखरा । नेकपा (एमाले)निकट युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि पोखरामा सुरू हु“दैछ । महाधिवेशनको पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मध्यान्ह १२ः१५ बजे उद्घाटन गर्नुहुने कार्यक्रम छ । उहाँ बिहान ११ः३० बजे पोखरा आउनुहुने तयारी छ ।प्रधानमन्त्री ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ पनि शुक्रबार नै पोखरा आउने एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । जनसंगठन समन्वय संयन्त्र प्रमुखसमेत रहेका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल पोखरा आइसकेका… पुरा पढौ

पोखरा लेडी जेसिजको ‘जेसिज सप्ताह’ शनिबारदेखि

पोखरा लेडी जेसीजले बैशाख १० गते शनिबारदेखि जेसीज सप्ताह आयोजना गर्ने भएको छ । पोखरा लेडी जेसीजले विहीबार पोखरामा पत्रकार सम्मेलन गरी यहि वैशाख १० देखि १६ गतेसम्म जेसीज सप्ताह गर्ने जानकारी दिएको हो । सप्ताहव्यापी कार्यक्रम बनाएको लेडी जेसीजले सात दिन सात फरक प्रकारका कार्यक्रम गर्ने कार्यतालिका तय गरेको पोखरा लेडी जेसीजकी अध्यक्ष जेसी अनिता थापा खड्काले जानकारी दिए । पोखरा लेडी जेसीजका अनुसार जेसीज सप्ताहको पहिलो दिन कन्या क्याम्पसमा औपचारिक उद्घाटन कार्यक्रम हुनेछ भने त्यसलगत्तै सोहि विद्यालयमा अध्ययनरत… पुरा पढौ

‘कान्छी’ले दर्शक, श्रोताको मन जितेपछि ‘कान्छी २’ ल्याउँदै रोहनजंग

श्रृष्टि भट्ट पोखरा, जेठ ८ पोखरेली गायक रोहनजंग कार्कीको ‘कान्छी २’ बोलको गीत चाँडै आउने भएको छ । यसअघि २०७७ सालमा ‘कान्छी’ गीत रेकर्ड गरेका कार्कीले ‘कान्छी २’ रेकर्ड गरेका हुन् । विराज गौतमको रचना, कम्पोज र एरेन्जमा तयार भएको गीतमा गायक कार्कीले स्वर भरेका छन् । सिजन बज्राचार्यले गीतको रेकर्ड गरेको उनले बताए । रोमान्टिक शैलिमा निर्माण गरिएको ‘कान्छी’ गीतले दर्शक, श्रोताको मन जितेकाले ‘कान्छी २’ निर्माण गरेको उनको भनाई छ । ‘कान्छी २’ गीतको चाँडै नै भिडियो बनाईने… पुरा पढौ

पोखराको प्याराग्लाईडिङको टेकअफ र ल्याण्डिङ पुरानै ठाउँमा, व्यवसायपनि पुरानै लयमा फर्किने आशा

पोखरा, जेठ ८ अढाईवर्ष अघि पोखराको प्याराग्लाइडिङको ‘टेकअफ’ (उडानस्थल) र ‘ल्याण्डिङ’ (अवतरणस्थल) क्षेत्र सराङकोटबाट सारेर झन्डै पाँचकिलोमिटर पश्चिमको मान्द्रेढुंगा लगियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि त्यसको हवाई उडानमा जोखिम बढ्ने भन्दै प्याराग्लाइडिङको उडानस्थल सराङकोटबाट मान्द्रेढुंगा सारिएको थियो भने अवतरणस्थल पनि खपौंदीबाट पामेखोलाको पारिपट्टि सरेको थियो । सराङकोटको आकाशमा दिनहुँ चरा उडे झैं रंगीचंगी स्वरुपमा देखिने प्याराग्लाइडिङ उडान मान्द्रेढुंगा सरेसँगै गुमनाम बन्यो । यतिसम्मकी अवतरणस्थल पनि फेवातालको सिरानक्षेत्रको माथिल्लो क्षेत्रमा सरेको थियो । अरुबेला फेवातालमा डुंगा सयर गर्दा सराङकोटको प्याराग्लाइडिङ देख्दा… पुरा पढौ

आर्यसले श्रीलंकामा एटीएफ यु-१२ टीम टेनिस प्रतियोगिता खेल्ने

जेष्ठ ७,पोखरा पोखरेली उदीयमान खेलाडी आर्यसराज पौडेलले श्रीलंकामा हुने एटीएफ यु–१२ टीम टेनिस प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउने भएका छन् । श्रीलंका टेनिस संघको आयोजनामा यहि जेष्ठ १२ देखि १६ गतेसम्म कोलम्बोमा हुने उक्त प्रतियोगितामा नेपाल सहित बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका खेलाडीले भाग लिनेछन् । यसैविच,कास्की जिल्ला टेनिस संघले बुधबार एक कार्यक्रमको आयोजना गरि आर्यसलाई विदाई गरेको छ । सो अवसरमा बोल्दै संघ कास्कीका अध्यक्ष राजकुमार गुरुङले आर्यसले नेपालमा भएका विभिन्न राष्ट्रिय प्रतियोगिताहरुमा आफ्नों उमेर समुहमा उत्कृष्टता… पुरा पढौ

यु १६ गण्डकी छनौंट क्रिकेट : तनहुँ ४ विकेटले विजयी

जेष्ठ ७,पोखरा पोखरामा जारी यु–१६ गण्डकी प्रदेश छनौंट क्रिकेट प्रतियोगितामा सुप्रिम सुनारले अर्धशतकिय पारी खेलेपछि तनहुँले बाग्लुङलाई ४ विकेटले पराजित गरेको छ । वर्षातले प्रभावित खेलमा टस जितेर ब्याटिङ गरेको बाग्लुङले निर्धारित १५ ओभरमा ६ विकेट गुमाएर १ सय ३ रनको योगफल तयार पारेको थियो । बाग्लुङका रमित कँडेलले ३४ तथा अतित नेपालीले २२ रन हाने । तनहुँका बलरहरु बरदान यादव, सौरभ कुशवाह, अंकति झा, शुभम पौडेल र सुप्रिम सुनार सबैले १÷१ विकेट लिए । जितका लागि १ सय ४… पुरा पढौ

पोखरामा सञ्चालित मातृ शिशु स्वास्थ्यका लागि अविच्छिन्न हेरचाह परियोजना प्रभावकारी

पोखरा, जेठ ७ पोखरा महानगरपालिकामा सञ्चालित मातृ शिशु स्वास्थ्यका लागि अविच्छिन्न हेरचाह परियोजना प्रभावकारी भएको निश्कर्ष निकालिएको छ । दुई वर्ष अघिदेखि पाइलोटिङ प्रोजेक्टको रूपमा महानगरपालिकाको वडा नं.१६, १९, २०, २५ र ३० मा सञ्चालन गरिएको यो परियोजना मातृ शिशु स्वास्थ्य प्रवद्र्धनसहित निरन्तर हेरचाहमा निकै प्रभावकारी भएको निष्कर्ष महानगरले निकालेको हो । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका, सिटिजन्स एसोसिएसन फर नेपाल एक्सचेन्ज, पोखरा–कोमागाने नागरिक मैत्री एसोसिएसन र पोखरा महानगरपालिकाको साझेदारीमा सञ्चालित परियोजना गर्भवती महिला, उत्तर प्रसूति (सुत्केरी भएको ४५ दिनसम्म)… पुरा पढौ

पोखराको सर्वेश्वर व्यवसायी समिति व्यापार प्रवर्द्धन गर्न उत्तरी छिमेकी जिल्लाहरुको भ्रमणमा

पोखरा, जेठ ७ पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरु उत्तरी छिमेकी जिल्लाहरुमा व्यापार प्रवर्द्धनका लागि निस्केका छन् । सो क्षेत्रका व्यवसायीहरुको छाता संस्था सर्वेश्वर व्यवसायी समितिको आयोजनामा त्यस क्षेत्रका २९ जना व्यवसायीहरुको टोली व्यवसायीक भेटघाट, अन्तरक्रिया तथा क्यालेन्डर वितरणका लागि उत्तरी छिमेकी जिल्लाहरुको ५ दिने भ्रमणमा निस्केको हो । समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)को नेतृत्वमा निस्केको सो टोली पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ पुगेर व्यवसाय प्रवद्र्धन गर्ने जनाइएको छ । टोलीले पर्वतको कुस्मा, डिमुवा, पातीचौर… पुरा पढौ

गाउँलाई सहरसँग जोड्न पोखरामा जेठ ९ र १० गते ‘होमस्टे मार्ट’ हुने

पोखरा, जेठ ६ गाउँलाई सहरसँग जोड्न यहि जेठ ९ र १० गते पोखरामा गाउँ पर्यटन मेला (होमस्टे मार्ट) आयोजना गरिने भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना तथा गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकीस्को सह–आयोजनामा पोखरामा दुई दिने होमस्टे मार्ट गरिन लागेको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । गाउँमा रहेका पर्यटन व्यवसायीलाई बजारसम्म जोड्ने प्रयत्न स्वरुप आयोजना गर्न लागेको होमस्टे मार्टमा गण्डकी प्रदेशका २५ वटा होमस्टे सहभागि हुने जनाइएको छ । मार्टमा सहभागी होमस्टे… पुरा पढौ

माओवादीको मध्यपहाडी लोकमार्ग जनजागरण अभियान: प्रचण्ड नेतृत्वको टोलीलाई जेठ ९ गते नयापुलमा स्वागत गरिने, १० गते पोखरामा जनसभा

जेठ २ गतेदेखि शुरु भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियानको टोली यहि जेठ ९ गते कास्की प्रवेश गर्ने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सो टोली जेठ ९ गते अपराह्न कास्की प्रवेश गर्ने भएको हो । सो टोलीलाई कास्की पार्टीले नया पुलमा स्वागत गर्ने तयारी गरिएको नेकपा माओवादी केन्द्र कास्कीका ईञ्चार्ज नेत्रनाथ अधिकारीले जानकारी दिए । स्वागतलगत्तै अध्यक्ष प्रचण्डलाई ढिकुरपोखरीमा रहेको प्राविधिक शिक्षालयको अनुगमन गराईने उनले बताए । प्रचण्डको जन्मथलोमा निर्माण गरिएको… पुरा पढौ