देश

पोखरामा आयोजित रोजगार मेलामा जागिर खोज्नेहरुको लर्को

पोखरा,१९ असार । पोखरामा शुक्रबार आयोजना भएको रोजगार मेलामा जागिरमा भाग्य अज्माउनेहरुको ठूलो भिड देखियो । पोखरा महानगरपालिकाको प्रवद्र्धन एवं पोखरा उद्योग वाणिज्य संघ तथा ग्रोथ सेलर्स प्रालिको आयोजनामा भएको मेलामा सयौंले जागिर पनि सुनिश्चित गरे ।पोखरा महानगरपालिकाअन्तर्गत व्यवसाय प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज अधिकारीका अनुसार पोखरा जब फेयर २०२६ मा आफूले चाहेको जागिरका निम्ति अनलाइनबाट पनि आवेदन माग गरिएीको थियो । उनका अनुसार करिव १८ सय जनाले अनलाइनबाट आवेदन दिएका थिए भने ५ हजारको हाराहारीमा युवायुवतीहरु त्यहाँ रहेका ५१… पुरा पढौ

‘एलजी एसेन्सियल सिरिज’ पोखरामा पनि सार्वजनिक

पोखरा, असार १९ – एलजी इलेक्ट्रोनिक्सले नेपाली उपभोक्ताको आवश्यकता र जीवनशैलीलाई लक्षित गर्दै ‘एलजी एसेन्सियल सिरिज’ अन्तर्गतका नयाँ घरेलु उपकरण सार्वजनिक गरेको छ। कम्पनीले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा पोखरामा आयोजित विशेष कार्यक्रममा उक्त उत्पादन शृंखलाको औपचारिक अनावरण गरेको हो। कार्यक्रममा कम्पनीका जनरल म्यानेजर सन्देश भुर्तेल, जीको पोखराका लागि आधिकारिक विक्रेता न्यू साण्ड एण्ड भिजनका सञ्चालक मनोहर श्रेष्ठ, डेपुटी जनरल म्यानेजर सचिन गुप्ता लगायतले अनावरण गरेका थिए।‘हरेक घरको खुसी, घर–घरमा एलजी’ अभियानअन्तर्गत सार्वजनिक गरिएको नयाँ शृंखलामा आधुनिक प्रविधि, उच्च… पुरा पढौ

एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए

सन् २०२६ को जुन महिनामा ८० हजार २५३ विदेशी पर्यटक मुस्ताङ पुगेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना जोमसोमका अनुसार सन् २०२६ को जुन महिनामा ७८ हजार ६७० जना सार्क राष्ट्रबाट र एक हजार ५८३ जना अन्य राष्ट्रका पर्यटक मुस्ताङ भ्रमणमा पुगेका हुन् । कूल भित्रिएका विदेशी पर्यटकमध्ये ९८ दशलमव ०२ प्रतिशत सार्क राष्ट्र तथा एक दशमलव ९७ प्रतिशत अन्य राष्ट्रका पर्यटक रहेका एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए। जुन महिनामा मुस्ताङ भित्रिएका विदेशी… पुरा पढौ

कर्णालीमा गाडी दुर्घटना: नदीमा बेपत्ताहरुको खोजी गर्न गोताखोर परिचालन

कर्णाली नदीमा खसेको यात्रुवाहक माईक्रो बस र यात्रुको खोजी कार्य आज पनि जारी रहेको छ । बिहिबारदेखि हराएको गाडी र यात्रुको खोजी गर्न सशस्त्र प्रहरी बल नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका छ जना गोताखोरको टोली आजबाटै पुनःपरिचालन भएका छन् । बिहिबार बिहान ८ः०० बजे सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क प्र ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी ११ः३० बजेको समयमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ दैलेखको साङ्गेतडास्थित दुर्घटनाग्रस्त भई कर्णाली नदीमा खसेको थियो । बिहीबार पाँच घण्टासम्म गोताखोरले खोजी गर्दा नभेटाएपछि आज… पुरा पढौ

‘टर्बाइन’ बिग्रिएपछि म्याग्दीका दुई गाउँमा अन्धकार

म्याग्दीका सिस्नेरी र खवाङका स्थानीय बासिन्दा दुई दिनदेखि अन्धकारमा बस्न बाध्य भएका छन् । पाँच किलोवाट क्षमताको महखोला लघुजलविद्युत् परियोजनाको टर्बाइन बिग्रिएपछि ती बासिन्दा अन्धकारमा बस्न बाध्य भएका हुन् । गत सोमबारदेखि बिग्रिएको टर्बाइन आजसम्म मर्मत नहुँदा दुई गाउँका सर्वसाधारणले बिजुली उपभोग गर्न नपाएका खवाङका स्थानीय चामबहादुर पुनले दुखेसो पोखे । नेपाल विद्युत् प्राधिकरणको बेनीस्थित वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बिग्रेको टर्बाइन मर्मतसम्भार वा नयाँ प्रतिस्थापन गरेर ती गाउँमा बत्ती बाल्ने प्रयासमा आफूहरू रहेको जानकारी दिए । पुरा पढौ

पोखरामा लागु औषधसहित ६ जना पक्राउ

पोखराका बिभिन्न स्थानबाट लागु औषधसहित ६ जना युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा १० उत्तमचोक घर भई पोखरा १५ मा स्नुकर हाउस संचालन गर्ने जोन नाम गरेका गोविन्द थापा र जीवन भनिने रुमबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय, कास्की, वडा प्रहरी कार्यालय रामबजार र लागु औषध नियन्त्रण व्युरो पोखराबाट खट्टिएको टोलीले घर कोठा खान तलासी गर्दा लुकाई छिपाई राखेको १३ ग्रामब्राउन सुगर र स्रोत नखुलेको ६ लाख ७ हजार रुपैयाँ बरामद… पुरा पढौ

नेपालीको बानी : सस्तो कफी पिउने, महङ्गोमा बेच्ने

सन्देश श्रेष्ठपोखरा, असार १९ चियाका लागि प्रख्यात नेपाल पछिल्लो समय कफीको हब बन्दै गएको छ । चिया उत्पादन मात्रै होईन, उपभोगका लागि पनि अगाडि रहेको नेपाल पछिल्लो समय कफीका लागि पनि प्रख्यात बन्दै गएको हो । मूल्य उच्च हुँदै जानु र उत्पादित कफीले सहज रुपमा बजार पाउन थालेपछि कफी उत्पादनमा नेपाली युवाको झुकाव बढ्दै गएको हो । नेपालमा २०८१÷८२ मा ५ हजार ५ सय १ एक हेक्टर जमिनमा कफी लगाउँदा ६ सय ४२ मेट्रिक टन कफी उत्पादन भएको थियो ।… पुरा पढौ

कास्की पूर्ण खोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा

कास्कीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन जिल्लाको रुपमा घोषणा गरिएको छ। पूर्णखोप सुनिश्चितता निर्देशिका २०७१ बमोजिम सम्पूर्ण प्रक्रिया पूरा गरि बिहीवार जिल्ला समन्वय समिति कास्कीमा एक समारोहका बिच सो घोषणा गरिएको हो। यस अघि कास्कीका पाँचवटै पालिकाहरू पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा भएका थिए। उक्त अवसरमा जिल्ला समन्वय प्रमुख लिलाधर पौडेलले सो अभियानलाई सफल पार्न महत्त्वपूर्ण भुमिका निर्बाह गर्ने सबै पक्षहरूलाई आभार व्यक्त गर्दै सबै तहका जन प्रतिनिधिहरू र आम जनताको साथले नै अभियान सफल भएको बताए । स्वस्थ… पुरा पढौ

पोखराका ६ क्रियाशील युवालाई पोखरा यूथ एक्सेलेन्स अवार्ड २०८३ प्रदान

बिभिन्न क्षेत्रमा क्रियाशील पोखराका ६ जना युवाहरूलाई पोखरा यूथ एक्सेलेन्स अवार्ड २०८३ प्रदान गरिएको छ । नगर युवा परिषद्ले आयोजना गरेको यूथ फेस्टिभलका अवसरमा युवा उद्यमशीलता, सशक्तीकरण र सीप विकासको क्षेत्रमा क्रियाशील युवालाई सम्मान गरेको नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष न्यौपानेले जानकारी दिए । सम्मानित हुनेमा पत्रकारिता क्षेत्रमा क्रियाशील दुर्गा राना मगर, पर्यटन तर्फ प्रतीक पहारी, समाज सेवा तर्फ सदिस पुन, युवा उद्यमशीलता, नवप्रवर्द्धन तथा रोजगारी तर्फ नव ज्योति सुवेदी, खेलकुद तर्फ नारायणी भण्डारी र अपाङ्गता क्षेत्रको सशक्तीकरणमा क्रियाशील… पुरा पढौ

देशभर बिचैमा पढाई छाड्ने बालबालिकाको संख्या बढ्दै, आधारभुत तहमा शिक्षक दरवन्द्धी पर्याप्त

शिशिर उजाडपोखरा देशभर बाल विकासमा भर्ना भएका बालबालिका मध्ये अधिकाशंले विचैमा कक्षा छाड्ने गरेको तथ्यांक सार्वजनिक भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक गरेको तथ्यांक अनुसार बिचैमा पढाई छाड्ने विद्यार्थीको संख्या डर लाग्दो रुपमा बढ्दै गएको हो । केन्द्रले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा १ मा भर्ना भएका करिब ९ लाख विद्यार्थी मध्ये माध्यमिक शिक्षा परीक्षामा करिब ५ लाख मात्रै विद्यार्थी सहभागि हुने गरेका छन् । यो तथ्यांकलाई हेर्दा करिब ५०… पुरा पढौ