देश

बाढी प्रभावित क्षेत्रबाट एक विदेशीसहित २ जनाको जीवितै उद्धार

बाढी प्रभावित क्षेत्र नुवाकोटबाट एक विदेशीसहित २ जनाको जीवितै उद्धार गरिएको छ । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको हो । नेपाली सेना र कोरियाको ‘डिजास्टर’ टोलीले आज दिउँसो आयोजनाको अडिट–४ टनेलबाट चिनियाँ नागरिकको उद्धार गरेको नेपाली सेनाले जनाएको छ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको भीषण बाढीका कारण उक्त आयोजनामा ठूलो क्षति पुगेको थियो । त्यस्तै नुवाकोटको बेत्रावतीमा एक महिलाको पनि सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ । स्थानीय आनन्द श्रेष्ठको… पुरा पढौ

पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्षमा लक्ष्मण थापा

पोखराको अग्रणी साहित्यीक संस्था पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्षमा लक्ष्मण थापा चयन भएका छन् । परिवारको शनिबार पोखरामा सम्पन्न ४३ औं साधारण सभा तथा अधिवेशनले थापाको नेतृत्वमा १० सदस्यीय समिति चयन गरेको हो । परिवारको उपाध्यक्षमा कौशलचन्द्र जिसी,सचिवमा एम.डि. काफ्ले,कोषाध्यक्षमा अमृत क्षेत्री र सहसचिवमा केशु शर्मा चयन भए । त्यस्तै परिवारको सदस्यमा हसिना बस्नेत,रोशन तिमिल्सीना,अव्यग्र अस्मित, आकास लामा र जय चापागाईं रहेका छन् । संस्थाको साहित्य संयोजकमा ढाकामोहन बराल,कला संयोजकमा हेमकान्ति गुरुङ र संगीत संयोजकमा टी. आर. पौडेल छन् । पुरा पढौ

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका १ टुकुचे गाउँ पहिरोको उच्च जोखिममा परेको छ । शुक्रबार राति परेको आंशिक वर्षासँगै मुस्ताङको कालीगण्डकी नदीको सतह उच्च हुँदा टुकुचे गाउँ नदी कटान तथा पहिरोको उच्च जोखिममा परेको हो । थासाङ १ टुकुचेमा योसँगै भदौमा मात्रै चार पटकसम्म कालीगण्डकी नदी कटान भइसकेको छ । कालीगण्डकीको शाखा नदीमा पानीको बहाव उच्च हुँदा टुकुचे गाउँ संरक्षणका लागि लगाइएको तटबन्ध तथा ग्याविन वाल पनि भत्काएर नदीको धार गाउँतर्फ पुगेको थासाङ १ का वडाध्यक्ष सुरेश थकालीले… पुरा पढौ

भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी

रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३४४ जनाको शव फेला परेको छ भने चार हजार ८९८ जना अझै सम्पर्कविहीन छन् । प्रहरी प्रधान कार्यालय नक्सालले आज बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेकामध्ये ५२ बालक, ३३ बालिका, २६९ महिला, ४८९ पुरुष तथा ५०१ वटा शव चिन्न नसकिने अवस्थाका फेला परेका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।उनका अनुसार अझै चार हजार ८९८ जना सम्पर्कविहीन छन् । सम्पर्कविहीनमध्ये स्वदेशी… पुरा पढौ

सन्तानेश्वरमा महायज्ञ जारी, तीन दिनमै एक करोड पाँच लाख संकलन

पोखरा महानगरपालिका–५ प्रस्याङस्थित सन्तानेश्वर महादेव मन्दिर पुनःनिर्माणका लागि आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा तीन दिनमा १ करोड ५ लाख रुपैयाँ संकलन भएको छ। महायज्ञको दोस्रो दिनसम्म ८५ लाख रुपैयाँ संकलन भएकोमा तेस्रो दिन थप २० लाख रुपैयाँ सहयोग प्राप्त भएको अर्थ समिति संयोजक केशवप्रसाद अधिकारीले जानकारी दिए। तेस्रो दिन श्रीकृष्ण जन्माष्टमीसमेत परेकाले महायज्ञमा भक्तजनको उत्साहजनक सहभागिता रहेको थियो।तेस्रो दिन सहयोग गर्नेमा राजेशकुमार–गंगा कार्कीबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ, लोकनाथ शर्मा र सूर्यबहादुर कुँवरबाट जनही ५५ हजार… पुरा पढौ

जिवित भेटिने आशा मरेपछि कुशको प्रतिमा बनाएर पोखराका अधिकारीको अन्त्येष्टि

सन्देश श्रेष्ठपोखरा, भदौ १९ पोखरा–१४ समावेशीटोलका गोविन्द अधिकारी रसुवा टिमुरे भन्सारका कर्मचारी थिए । भोटेकोशीमा आएको बाढीमा परेर सम्पर्कविहीन् भएको १० दिन बित्दासमेत उनको अत्तोपत्तो भएन । बाढी आएकै दिनदेखि सम्पर्कविहीन् उनलाई जिवित भेटिने आश मरेमछि दशौं दिनमा आफन्तले कुशको प्रतिमा बनाएर अन्त्येष्टि गरेका छन् । उनको कुशको शव शुक्रबार रामघाटस्थित सेती नदीमा सेलाइएको हो । अनेक प्रयत्नका बाबजुद नभेटिएपछि परिवारले आश मारेर कुशको शव बनाएर अन्त्येष्टि गरेको छिमेकी घनश्याम पाण्डेले जानकारी दिए । सम्पर्कविहीन् भएको दिनदेखि नै खोजी शुरु… पुरा पढौ

अग्रज गायक–संगीतकार धनबहादुर गुरुङलाई ‘लोक बहादुर गुरुङ स्मृति’ सम्मान

अग्रज गायक एवं संगीतकार धनबहादुर गुरुङ पोखरामा सम्मानित भएका छन् । लोक बहादुर गुरुङ स्मृति प्रतिष्ठानले आयोजना गरेको वरिष्ठ संस्कृतिकर्मी स्व. लोक बहादुर गुरुङको १२ औँ स्मृति दिवसका अवसरमा उनलाई सम्मान गरिएको हो । पोखरामा शुक्रबार आयोजित कार्यक्रममा गुरुङ समुदायका चर्चित गायक तथा संगीतकार गुरुङलाई ५१ हजार नगद, दोसल्ला, फेटा र सम्मानपत्र प्रदान गर्दै सम्मान गरिएको हो । गुरुङ समुदायको भाषा, संस्कृति, कला र संगीतको संरक्षण तथा प्रवद्र्धनमा पु¥याएको योगदानको कदरस्वरूप सम्मान गरिएको संस्थाले जनाएको छ। कार्यक्रममा स्व. लोक बहादुर… पुरा पढौ

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रमलाई समयसापेक्ष, व्यावहारिक, जीवनोपयोगी तथा प्रभावकारी बनाउन सातै प्रदेशमा सरोकारवालासँग प्रत्यक्ष छलफल गरी सुझाव तथा पृष्ठपोषण सङ्कलन गरिने भएको छ । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि पाठ्यक्रम विकास केन्द्रको सहजीकरणमा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदलले भदौ २४ देखि ३० गतेसम्म सातै प्रदेशका २८ जिल्लामा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक, विज्ञ, नीतिनिर्माता तथा अन्य सरोकारवालासँग अन्तर्क्रिया गर्ने भएको हो । सातवटा टोली प्रदेशगत रूपमा परिचालन हुनेछ । पहिलो चरणमा २८ जिल्लामा सरोकारवालासँग अन्तक्र्रिया गरिनेछ ।… पुरा पढौ

कास्की प्रहरी परिसरमा एकिकृत सेवा सुरु(विज्ञप्तिसहित)

डि एन ए प्रोफाईलका लागि जिल्ला प्रहरी कार्यालय,कास्कीले एकिकृत सेवा संचालनमा ल्याएको जनाएको छ । रसुवा बाढीका कारण हराएका व्यक्तिहरुको खोजतलास, शव पहिचानका निम्ति नजिकको आफन्तबाट डि एन ए प्रोफाईलिङ्को लागि निवेदन, मञ्जुरीनामा फाराम भर्ने, रगतको नमूना संकलन कार्य यस अघि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हुने गरेको थियो । तर रगतको नमुना कार्यलाई सहज र सरल बनाउने भन्दै कास्की प्रहरीले आजदेखि आफ्नै कार्यालय परिसरबाट सेवा सुरु गरेको जनाएको हो । यस सेवाबाट पिडित आफन्तले सरल रुपमा सेवा पाउन सक्ने अपेक्षा… पुरा पढौ

भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला,हालसम्म ९२६ जनाको शव जमिनमा व्यवस्थापन

रसुवा बाढीमा परी ज्यान गुमाएकामध्ये हालसम्म एक हजार २९० जनाको शव फेला परेको छ । बाढीपछि सम्पर्कविहीन भएका चार हजार ७९८ जना अझै बेपत्ता छन् । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार फेला परेको शवमध्ये ३४ बालक, ४५ बालिका, २५० महिला र ४२७ पुरुषको रहेको छ । आंशिक अङ्गसहितका ५३२ जना शव फेला परेको प्रहरीले जनाएको छ । उपचारका क्रममा अस्पतालमा दुई जना मृत्यु भएकोे थियो । त्यस्तै, बाढीमा परी अझै चार हजार ७९८… पुरा पढौ