देश

अन्नपूर्ण हिमाल आरोहणको ७५ वर्ष : नर्थ अन्नपूर्ण र साउथ अन्नपूर्ण दुबैतर्फ छुट्टाछुट्टै हिरक महोत्सव मनाईने

पोखरा, जेठ १२ अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पुरा भएको अवसरमा अन्नपूर्ण हिमालको दुबै क्षेत्रतर्फ छुट्टाछुट्टै हिरक महोत्सव मनाईने भएको छ । फ्रान्सेली पर्वतारोही मौरिस हार्जोग नेतृत्वको टोलीले सन १९५० जुन ३ तारिखका दिन ८ हजार ९१ मिटरको अन्नपूर्ण प्रथम हिमाल सफलतापूर्वक आरोहण गरेको थियो । ८ हजार भन्दा माथिको हिमालमा पाईला परेको सोहि दिनको सम्झनामा अन्नपूर्ण हिमालको उत्तरी र दक्षिणी मोहडामा दुबैतर्फ छुट्टाछुट्र्ट हिरक महोत्सव मनाउने तयारी गरिएको हो । अन्नपूर्ण हिमालको उत्तरी क्षेत्रलाई नर्थ अन्नपूर्ण र दक्षिणी… पुरा पढौ

संस्थाले सञ्चालन गरेको ‘शिशु स्याहार परामर्श तथा विकास परियोजना’बारे नेलम्बो नेपालले गर्यो छलफल

पोखरा, जेठ १२ नेलम्बो, नेपालद्वारा सञ्चालित शिशु स्याहार परामर्श तथा विकास परियोजनाबारे छलफल भएको छ । नेलम्बो नेपालले सञ्चालन गर्दै आएको सो परियोजनाबारे टोल विकास संस्था, आमा समूह तथा महिला स्वास्थ्य स्वयम्सेविकाहरुसँग परियोजनाको उद्देश्य र कार्यक्रमबारे अन्तरक्रियात्मक छलफल गरिएको हो । परियोजनाबारे सुझाव संकलन गर्ने हेतुले आयोजित कार्यक्रममा परियोजनाका प्रमुख एवम् संस्थाका पार्टनरसिप तथा कम्युनिकेसन संयोजक निर्मला देवकोटाले सहजीकरण गर्दै शिशु स्याहार परामर्श तथा विकास परियोजनाबारे जानकारी दिएकी थिईन् । परियोजनाले शिशुको जन्म पूर्व (गर्भावस्था) र जन्मेको ६ बर्ष सम्मका… पुरा पढौ

अन्नपूर्ण हिमाल आरोहणको ७५ वर्षः ‘अन्नपूर्ण हिरक महोत्सव’ मनाइने

पोखरा । अन्नपूर्ण प्रथम हिमाल (८,०९१ मी) आरोहणको ७५ वर्ष पुरा भएको छ । ७५ वर्ष पुरा भएको सन्दर्भमा यस वर्ष हिरक महोत्सव मनाइने भएको छ । सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हार्जोगको नेतृन्वले अन्नपूर्ण प्रथम हिमालयको सफल आरोह गरेको थियो । हर्जोगसगै लुइस लचेनल र दुई नेपाली शेर्पा उक्त आरोहणमा सहभागि भएका थिए । ८ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको, ट्रेकिङ एजेन्सिज एसोसिएसन… पुरा पढौ

खेलाडी उत्पादनमा गण्डकी टेनिस संघ : ‘ग्रो टेनिस’का लागि ‘टेनिस ट्यालेन्ट हन्ट’ सञ्चालन गरिने

सन्देश श्रेष्ठपोखरा, जेठ ११ गण्डकी प्रदेश टेनिस संघले खेलाडी उत्पादनका लागि ‘ग्रो टेनिस’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । संघले आईतबार पोखरामा पत्रकार सम्मेलन गरेर खेलाडी उत्पादनका लागि दीर्घकालीन योजना अन्तर्गत ‘ग्रो टेनिस’ कार्यक्रम सञ्चालन गर्ने जनाएको हो । सो सञ्चालनका लागि एक महिनापछि ‘टेनिस ट्यालेन्ट हन्ट’ कार्यक्रम गर्न लागेको संघका अध्यक्ष बिनोद कायस्थले जानकारी दिए । संघले राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्य राखेर ‘ग्रो टेनिस’ कार्यक्रम सञ्चालन गर्न लागेको अध्यक्ष कायस्थको भनाई छ । दीर्घकालीन र महत्वकांक्षी योजना अन्तर्गत… पुरा पढौ

जन्मदर्ता र नागरिकता सिफारिसका लागि पोखराका एक वडा सचिवले मागे तीन लाख घुस !

सन्देश श्रेष्ठपोखरा, जेठ ११ पोखरा महानगरपालिका वडा नम्बर–३ का वडा सचिव मोहन ढुंगानामाथि घुस मागेको आरोप लागेको छ । अदालतको आदेश अनुसार छोरीको जन्मदर्ता गर्न र नागरिकताका लागि सिफारिस माग्न वडा कार्यालय पुगेका सेवाग्राही मिरा पुनसँग वडा सचिव ढुंगानाले ३ लाख घुस मागेको आरोप लागेको हो । घुस मागिएकी सेवाग्राही एकल महिला हुन् । जिल्ला अदालत र उच्च अदालत धाएको ६ वर्षपछि श्रीमानसँग उनको नाता प्रमाणित भएको थियो भने मानाचामल भराउने आदेश आएको थियो । सोहि आदेशका आधारमा छोरीको जन्मदर्ता… पुरा पढौ

सञ्चारिका पत्रकारिता पुरस्कारबाट दुर्गा र जमुना पुरस्कृत, गुरुङ व्यूटी एकेडेमी जर्नालिज्म अवार्ड जिसीलाई

श्रृष्टि भट्ट पोखरा, जेठ १० सञ्चारिका पत्रकारिता पुरस्कारबाट पोखरेली पत्रकारहरु दुर्गा भण्डारी र जमुना शर्मा पुरस्कृत भएका छन् । सञ्चारिका समूह गण्डकी प्रदेशद्वारा सञ्चालित सो पुरस्कारबाट भण्डारी र शर्मा पुरस्कृत भएका हुन् । सञ्चार तथा सूचना, प्रविधि मन्त्रालय र सञ्चारिका समुह गण्डकीको संयुक्त आयोजनामा ‘पत्रकार महिलाको क्षमता अभिवृद्धि कार्यक्रम तथा पुरस्कार अर्पण’ कार्यक्रममा नगद २०/२० हजार रुपैयाँ राशीको सो पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, मन्त्रालयकी सचिव राधिका अर्याल, सञ्चारिका समूह गण्डकीकी… पुरा पढौ

बेनीका व्यवसायी पोखराबाटै सामान खरिद गर्न ईच्छुक, तर ढुवानी सहज बनाउन सुझाव

पोखरा, जेठ १० म्याग्दीको बेनीका व्यवसायीहरु पोखराबाटै सामान खरिद गर्न ईच्छुक देखिएका छन् । प्रायः काठमाडौंबाटै सामान ल्याउने गरेका उनीहरु पोखराबाटै सामान खरिद गर्न ईच्छुक देखिएका हुन् । उत्तरी छिमेकी जिल्लाहरुको भ्रमणमा गएको पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरुको साझा संस्था सर्वेश्वर व्यवसायी समितिसँगको छलफलमा बेनीका व्यवसायीहरुले ढुवानीमा सहजता भए पोखराबाटै सामान खरिद गर्न आफूहरु तयार रहेको बताए । पोखरा दुरीका हिसाबले नजिक भएकाले पोखरामा सामान खरिद गर्दा समयपनि बचत हुने उनीहरुको भनाई थियो ।… पुरा पढौ

प्रधानमन्त्री ओलीलाई प्रचण्डको सुझाव : मेन्टल हस्पिटल गएर जचाउनूस्

पोखरा, जेठ ९ नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानसिक अस्पताल (मेन्टल हस्पिटल) गएर स्वास्थ्य जाँच गराउन सुझाव दिएका छन् । युवा संघको महाधिवेशनलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माओवादी र प्रचण्डको अभियान राजावादीसँग मिल्ने अभियान भएको टिप्पणीबारे प्रतिक्रिया दिदै उनले यस्तो बताएका हुन् । प्रेस सेन्टर गण्डकी प्रदेशले शुक्रबार साँझ पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको नाम नलिई भने,‘म सुन्दै छु राजासँग मिल्ने अभियान हो प्रचण्ड… पुरा पढौ

पोखराको सर्वेश्वर मार्ग–पराजुली मार्गलाई सामान खरिदको गन्तव्य बनाउन बागलुङका व्यवसायीलाई सर्वेश्वर व्यवसायी समितिको आग्रह

पोखरा, जेठ ९ पोखराको चिप्लेढुंगास्थित सर्वेश्वर व्यवसायी समिति र बागलुङका उद्योगी व्यवसायीहरुबीच अन्तरक्रियात्मक छलफल भएको छ । उत्तरी छिमेकी जिल्लाहरुको भ्रमणमा गएको पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरुले बागलुङका उद्योगी, व्यवसायीहरुसँग व्यापार प्रवद्र्धनबारे अन्तरक्रियात्मक छलपल गरेका हुन् । छलफलमा सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरुले काठमाडौंकै मूल्यमा पोखरामै होलसेलमा सामान बिक्री भइरहेको जानकारी दिएका थिए । कार्यक्रममा सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)ले चीन, हङकङ, थाईल्याण्ड, भारत, बंगलादेश लगायतका देशहरु तथा उद्योगहरुबाटपनि सिधै… पुरा पढौ

प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा गण्डकी प्रदेश प्रमुख समक्ष प्रतिवेदन पेश

पोखरा, ८ जेठराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गण्डकी प्रदेश प्रमुखसमक्ष छैटौं वार्षिक प्रतिवेदन पेश गरेको छ।बिहीबार आयोगका कार्यबाहक अध्यक्ष जुद्ध बहादुर गुरूङ नेतृत्वको टोलीले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रतिवेदन पेश गरेको हो । नेपालको संविधानको धारा २९४ को उपधारा ९३० बमोजिम प्रदेश प्रमुख भट्ट समक्ष गुुरूङले प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।प्रदेश प्रमुख भट्टले नेपाल सानो क्षेत्रफलमा पर्याप्त प्राकृतिक श्रोत भएको देश भएपनि यसको उपयोगिताका सन्दर्भमा उचित नीति र योजना नहुँदा उपभोग गरी लाभ लिन नसकिएको उल्लेख गर्नुभयो ।‘मुलुकमा वित्तीय… पुरा पढौ