देश

आर्यसले श्रीलंकामा एटीएफ यु-१२ टीम टेनिस प्रतियोगिता खेल्ने

जेष्ठ ७,पोखरा पोखरेली उदीयमान खेलाडी आर्यसराज पौडेलले श्रीलंकामा हुने एटीएफ यु–१२ टीम टेनिस प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउने भएका छन् । श्रीलंका टेनिस संघको आयोजनामा यहि जेष्ठ १२ देखि १६ गतेसम्म कोलम्बोमा हुने उक्त प्रतियोगितामा नेपाल सहित बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका खेलाडीले भाग लिनेछन् । यसैविच,कास्की जिल्ला टेनिस संघले बुधबार एक कार्यक्रमको आयोजना गरि आर्यसलाई विदाई गरेको छ । सो अवसरमा बोल्दै संघ कास्कीका अध्यक्ष राजकुमार गुरुङले आर्यसले नेपालमा भएका विभिन्न राष्ट्रिय प्रतियोगिताहरुमा आफ्नों उमेर समुहमा उत्कृष्टता… पुरा पढौ

यु १६ गण्डकी छनौंट क्रिकेट : तनहुँ ४ विकेटले विजयी

जेष्ठ ७,पोखरा पोखरामा जारी यु–१६ गण्डकी प्रदेश छनौंट क्रिकेट प्रतियोगितामा सुप्रिम सुनारले अर्धशतकिय पारी खेलेपछि तनहुँले बाग्लुङलाई ४ विकेटले पराजित गरेको छ । वर्षातले प्रभावित खेलमा टस जितेर ब्याटिङ गरेको बाग्लुङले निर्धारित १५ ओभरमा ६ विकेट गुमाएर १ सय ३ रनको योगफल तयार पारेको थियो । बाग्लुङका रमित कँडेलले ३४ तथा अतित नेपालीले २२ रन हाने । तनहुँका बलरहरु बरदान यादव, सौरभ कुशवाह, अंकति झा, शुभम पौडेल र सुप्रिम सुनार सबैले १÷१ विकेट लिए । जितका लागि १ सय ४… पुरा पढौ

पोखरामा सञ्चालित मातृ शिशु स्वास्थ्यका लागि अविच्छिन्न हेरचाह परियोजना प्रभावकारी

पोखरा, जेठ ७ पोखरा महानगरपालिकामा सञ्चालित मातृ शिशु स्वास्थ्यका लागि अविच्छिन्न हेरचाह परियोजना प्रभावकारी भएको निश्कर्ष निकालिएको छ । दुई वर्ष अघिदेखि पाइलोटिङ प्रोजेक्टको रूपमा महानगरपालिकाको वडा नं.१६, १९, २०, २५ र ३० मा सञ्चालन गरिएको यो परियोजना मातृ शिशु स्वास्थ्य प्रवद्र्धनसहित निरन्तर हेरचाहमा निकै प्रभावकारी भएको निष्कर्ष महानगरले निकालेको हो । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका, सिटिजन्स एसोसिएसन फर नेपाल एक्सचेन्ज, पोखरा–कोमागाने नागरिक मैत्री एसोसिएसन र पोखरा महानगरपालिकाको साझेदारीमा सञ्चालित परियोजना गर्भवती महिला, उत्तर प्रसूति (सुत्केरी भएको ४५ दिनसम्म)… पुरा पढौ

पोखराको सर्वेश्वर व्यवसायी समिति व्यापार प्रवर्द्धन गर्न उत्तरी छिमेकी जिल्लाहरुको भ्रमणमा

पोखरा, जेठ ७ पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरु उत्तरी छिमेकी जिल्लाहरुमा व्यापार प्रवर्द्धनका लागि निस्केका छन् । सो क्षेत्रका व्यवसायीहरुको छाता संस्था सर्वेश्वर व्यवसायी समितिको आयोजनामा त्यस क्षेत्रका २९ जना व्यवसायीहरुको टोली व्यवसायीक भेटघाट, अन्तरक्रिया तथा क्यालेन्डर वितरणका लागि उत्तरी छिमेकी जिल्लाहरुको ५ दिने भ्रमणमा निस्केको हो । समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)को नेतृत्वमा निस्केको सो टोली पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ पुगेर व्यवसाय प्रवद्र्धन गर्ने जनाइएको छ । टोलीले पर्वतको कुस्मा, डिमुवा, पातीचौर… पुरा पढौ

गाउँलाई सहरसँग जोड्न पोखरामा जेठ ९ र १० गते ‘होमस्टे मार्ट’ हुने

पोखरा, जेठ ६ गाउँलाई सहरसँग जोड्न यहि जेठ ९ र १० गते पोखरामा गाउँ पर्यटन मेला (होमस्टे मार्ट) आयोजना गरिने भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना तथा गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकीस्को सह–आयोजनामा पोखरामा दुई दिने होमस्टे मार्ट गरिन लागेको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । गाउँमा रहेका पर्यटन व्यवसायीलाई बजारसम्म जोड्ने प्रयत्न स्वरुप आयोजना गर्न लागेको होमस्टे मार्टमा गण्डकी प्रदेशका २५ वटा होमस्टे सहभागि हुने जनाइएको छ । मार्टमा सहभागी होमस्टे… पुरा पढौ

माओवादीको मध्यपहाडी लोकमार्ग जनजागरण अभियान: प्रचण्ड नेतृत्वको टोलीलाई जेठ ९ गते नयापुलमा स्वागत गरिने, १० गते पोखरामा जनसभा

जेठ २ गतेदेखि शुरु भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियानको टोली यहि जेठ ९ गते कास्की प्रवेश गर्ने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सो टोली जेठ ९ गते अपराह्न कास्की प्रवेश गर्ने भएको हो । सो टोलीलाई कास्की पार्टीले नया पुलमा स्वागत गर्ने तयारी गरिएको नेकपा माओवादी केन्द्र कास्कीका ईञ्चार्ज नेत्रनाथ अधिकारीले जानकारी दिए । स्वागतलगत्तै अध्यक्ष प्रचण्डलाई ढिकुरपोखरीमा रहेको प्राविधिक शिक्षालयको अनुगमन गराईने उनले बताए । प्रचण्डको जन्मथलोमा निर्माण गरिएको… पुरा पढौ

कांग्रेस र एमाले माओवादीलाई देखाएर एकले अर्कोलाई तसाईरहेका छन् : पुन

पोखरा, जेठ ६ नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले कांग्रेस र एमाले दुबैले माओवादीलाई देखाएर एकले अर्कोलाई तर्साईरहेको टिप्पणी गरेका छन् । प्रेस सेन्टर कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले भने,‘कांग्रेसलाई तर्साउनु प¥यो भने एमालेले माओवादी नेताहरुसँग कुराकानी भएको छ भनेर प्रचार गर्छन्, एमालेलाई तर्साउनु प¥यो भने कांग्रेसले माओवादी नेताहरुसँग कुरा कुरा भएको छ भनेर प्रचार गर्छन् ।’ तर माओवादी पार्टी सरकारको खेलमा नभएको उनले स्पष्ट पारे । उपमहासचिव पुनले सरकार माओवादीको कारण… पुरा पढौ

पोखरामा कार्जस्पा स्टुडियो सञ्चालनमा

पोखरा, ५ जेठ । उच्च गुणस्तरको कार हेरचाह सेवाहरूलाई लक्षित गरी पोखराको जिरो किलोमिटरमा कार्जस्पा स्टुडियो सञ्चालनमा आएको छ ।पोखरा एक जीवन्त अर्थतन्त्र र बलियो अटोमोटिभ बजारको साथ द्रुत रुपमा बढीरहेको सहर रहेको भन्दै कारहरूको हेरचाह सेवालाई लक्षित गरी कार्जस्पा सञ्चालनमा ल्याइएको हो ।यो सँगै कार्जस्पाले पोखरामा गाडीको सौन्दर्यलाई जोगाउन, अभिबृद्धि गर्न र कायम राख्न डिजाइन गरिएको प्रिमियम कार हेरचाह सेवाहरूको विस्तृत दायरा प्रदान गर्ने कार्यक्रममा जानकारी गराइयो ।कार्जस्पा मार्फत पेन्ट प्रोटेक्सन फिल्म स्थापना गरिने जनाइएको छ । यसका माध्यमबाट… पुरा पढौ

रानीपौवामा नि:शुल्क स्वास्थ्य शिविर

पोखरा, ५ जेठजगत जननी महिला समूह पोखरा ११ रानीपौवाले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्रविधिक सहयोगमा शनिबार निशुल्क शिविर आयोजना गरेको छ । शिविरमा १ सय ५२ जनाको सित्तैमा मधुमेह, रगतमा हुने खराब वोसो (टिजी०) तथा थाइराडसम्बन्धी रगत जाँच गरिएको छ ।गण्डकी प्रदेशको पहिलो र एकमात्र आइएसओ प्रमाणित रेफरेन्स ल्याब युआरएलले विभिन्न संघ, संस्थासँगको समन्वयमा आयोजना गरेको यो १ सय ९६ औं शिविर हो । कार्यक्रममा युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थले स्थापनाको एक दशकमा दुई लाखभन्दा बढीलाई सित्तैमा सेवा उपलब्ध गराएको तथ्यांक… पुरा पढौ

शुक्ला साहित्य प्रतिष्ठानले कविता प्रतियोगिता गर्ने

पोखरा मोफसलको सबैभन्दा पुरानो साहित्यीक संस्था शुक्ला साहित्य प्रतिष्ठान,पोखराको आयोजनामा सामुदायिक विद्यालय स्तरीय कविता प्रतियोगिता हुने भएको छ । पोखराका १६ र १९ नम्वर वडाका सामुदायिक विद्यालयका ८ वटा तथा माछापुच्छ्रे गाउँ पालिका २ सार्दिखोलामा रहेको माछापुच्छ्रे मा वि गरी ९ वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाउने कार्यक्रमका संयोजक पत्रकार यदुनाथ बन्जाराले बताए ।यही जेठ ९ गते तल्लाकोटमा रहेको बिन्ध्येश्वरी माविमा हुने प्रतियोगितामा पोखरा १६ मा रहेको विन्ध्यवासिनी मावि बाटुलेचौर , इन्द्रराज्यलक्ष्मी मा वि, लामाचौर , अन्नपूर्ण आ वि, अर्मला ,… पुरा पढौ