देश

प्रज्ञा संस्कृति सम्मानबाट नेवा खलः कास्की र तमु प्ये ल्हुँ संघ सम्मानित

पोखरा, बैशाख १४ नेवा खलः कास्की र तमु प्ये ल्हुँ संघ कास्की प्रज्ञा संस्कृति सम्मानबाट सम्मानित भएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानले संस्थाको स्थापना दिवसको अवसरमा आईतबार नेवा खलः कास्की र तमु प्ये ल्हुँ संघ कास्कीलाई प्रज्ञा संस्कृति पुरस्कारबाट सम्मान गरेको हो । दुबै संस्थाले आ–आफ्नो जातीय संस्कृति संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेकाले सम्मान गरेको प्रतिष्ठानले जनाएको छ । पुरस्कारको राशी नगद ५०/५० हजार रहेको प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । प्रतिष्ठानको स्थापना दिवसको अवसरमा प्रज्ञा… पुरा पढौ

गण्डकीमा श्रम विवाद : ६१ उजुरी, ४८ मा सहमति

पोखरा, बैशाख १४ गण्डकी प्रदेशमा पछिल्लो एक वर्षमा ६१ वटा श्रम सम्बन्धि विवादका उजुरी परेका छन् । गण्डकी प्रदेशका ११ जिल्लाबाट श्रम तथा रोजगार कार्यालय पोखरामा आर्थिक वर्ष २०८०÷८१ मा १४६ जनाले श्रम सम्बन्धि ६१ वटा उजुरी परेको हो । जसमध्ये ४८ वटा उजुरीमा वातामार्फत सहमति भई मेलमिलाप गराइएको कार्यालयले आईतबार पोखरामा एक कार्यक्रम गरी जानकारी गराएको हो । त्यसबाहेक ३ वटा उजुरीमा निर्णय गराइएको छ भने १० वटा उजुरीमा फछ्र्यौट हुन बाँकी रहेको कार्यालयका प्रमुख तथा श्रम बरिष्ठ अधिकृत… पुरा पढौ

कास्कीको अन्नपूर्ण गाउँपालिकामा चट्याङ लागेर २ जनाको मृत्यू, खराब मौषमका कारण शव भोलिमात्र पोखरा ल्याईने

पोखरा, बैशाख १४ कास्कीको अन्नपूर्ण गाउँपालिकामा चट्याङ लागेर २ जनाको ज्यान भएको छ । अन्नपूर्ण गाउँपालिका वडा नम्बर–११ स्थित त्रिवेणी ताल (हिडन लेक) पदमार्गमा आईतबार दिउँसो २ जना मजदुरको चट्याङ लागेर मृत्यू भएको हो । मृतकहरु संखुवासभाको सिलिचुङ गाउँपालिका–२ का भरतकुमार राई र महेश राई रहेको अन्नपूर्ण गाउँपालिकाका प्रमुख विष्णुबहादुर केसीले जानकारी दिए । उनका अनुसार समुन्द्री सतह भन्दा झण्डै ३ हजार ८ सय मिटर उचाईमा रहेको त्रिवेणीताल पदमार्गको चिमाङ्गीमा पदमार्ग फराकिलो बनाउने तथा सिंढी हाल्ने र रेलिङ निर्माण कार्य… पुरा पढौ

पोखरामा प्रतिरक्षा तथा बाल बाथरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट ६९ जना लाभान्वित

पोखरा १३, वैशाख पोखरामा आज (शनिबार) सम्पन्न भएको प्रतिरक्षा तथा बाल बाथरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट ४ जिल्लाका ६९ जना लाभान्वित हुनु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ९ को समन्वयमा, म्याक्स सुपर स्पेसियालिटी हस्पिटलको प्राविधिक सहयोगमा पोखरा क्लिक प्रा.लि.को आयोजनामा शनिबार पोखरामा भएको उक्त कार्यक्रमबाट कास्की सहित ४ जिल्लाका ६९ जना लाभान्वित भएको प्रा.लि.ले जनाएको छ । पोखरा नयाँबजारमा सञ्चालनमा आउँदै गरेको म्याक्स सुपर स्पेसियालिटी हस्पिटलको प्राङ्गणमा सञ्चालन भएको उक्त शिविरमा कास्की सहित, पर्वत, जमजुङ, र बागलुङका गरी… पुरा पढौ

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषण वैशाख १७ गते

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच यही वैशाख १७ गते पार्टी एकीकरण घोषणा हुने भएको छ । जनमत पार्टीका प्रवक्ता डा शरदसिंह यादवले पार्टी एकीकरणको मिति तय भएको जानकारी दिए । उनका अनुसार पार्टी एकीकरणको विषयमा थप छलफलका लागि पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक यही १६ गते मङ्गलबार बोलाएको छ । बेलुका ६ बजे मध्यबानेश्वरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा आ–आफ्नो नागरिकता र मतदाता परिचय पत्र लिएर उपस्थित हुन जनमतले नेताहरुलाई सूचीत समेत गरेको छ । बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा… पुरा पढौ

आजको मौसम पूर्वानुमान: यी चार प्रदेशका पहाडी भू-भागमा आंशिक बदली

हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।… पुरा पढौ

शिक्षक महासङ्घलाई वार्ताका लागि नवनियुक्त शिक्षामन्त्री पन्तको आह्वान

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले शिक्षक महासङ्घलाई वार्ताका लागि आह्वान गरेका छन । उनले सरकारका तर्फबाट आज पत्राचार गरी लामो समयदेखि आन्दोलनरत शिक्षक महासङ्घ राष्ट्रिय समितिलाई वार्ताका लागि आह्वान गरेका हुन। मन्त्री पन्तले शिक्षकहरूसँग विगतमा झैँ निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि आग्रह गरे । उनले शिक्षक प्रतिनिधिहरूसँगको यथोचित छलफल र परामर्शबाट विधेयकको मस्यौदा तयार गरिएकाले विद्यालय शिक्षा विधेयक चाँडै जारी होस् भन्ने शिक्षक तथा कर्मचारीको चासो र अपेक्षा रहनु स्वाभाविकै भएको उल्लेख गरे… पुरा पढौ

बजेट अधिवेशन आजदेखि

सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आज अपराह्न १ः०० बजेदेखि आरम्भ हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्का दुवै सदनको अधिवेशन आह्वान भएको हो । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट सदनको अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी पत्रबारे सभामुख देवराज घिमिरेले जानकारी दिने छन । बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन हुने सम्भावित कार्यसूचीमा उल्लेख छ । अधिवेशनको पहिलो दिन भएकाले विभिन्न राजनीतिक दलका नेतालाई दलीय आधारमा मन्तव्य व्यक्त… पुरा पढौ

आज भूकम्प स्मृति दिवस

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहीबार साँझ सात बजेर ३४ मिनेटको समयमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गयो । रुकुमपूर्वको रन्मामैकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प पश्चिम नेपालमा लगातार गइरहेको भूकम्पमध्येको पछिल्लो हो । भूकम्प स्मृति दिवस मनाउन लागिएको अघिल्लो दिन नै रुकमुपूर्वमा सामान्य प्रकृतिको भूकम्प गएको हो । पश्चिम नेपालमा पछिल्ला दिनमा साना प्रकृतिका भूकम्प लगातार गइरहेका छन् । विसं २०८० कात्तिक १७ गते जाजरकोटको बारेकोटलाई केन्द्रबिन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पनि… पुरा पढौ

नेप्से परिसूचक दुई अङ्कले बढ्यो

काठमाडौँ । अघिल्ला चार कारोबार दिन लगातार घटेको शेयर बजार आज दुई दशमलव शून्य आठ अङ्क बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दुई दशमलव शून्य आठ अङ्कले बढेर दुई हजार ६५८ दशमलव शून्य दुईको विन्दुमा कायम भएको हो । आज तीन सय आठ कम्पनीको एक करोड ९७ लाख ५४ हजार २४५ कित्ता शेयर ७० हजार ७०३ पटक खरिदबिक्री हुँदा रु सात अर्ब ८७ करोड ९३ लाख ८१ हजार २६८ दशमलव २८ को कारोबार भएको छ । कूल… पुरा पढौ