देश

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि

सङ्घीय संसद्को दुवै सदनको बर्खे अधिवेशन भोलि शुक्रबारदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्रिपरिषद्को सिफारिसमा संसद्को दुवै सदनको अधिवेशन आह्वान भएकाले भोलि दिउँसो १ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अधिवेशन सुरु हुनेछ । नेपालका संविधानको धारा ९३ मा राष्ट्रपतिले समय–समयमा दुवै वा कुनै सदनका अधिवेशन आह्वान गर्ने व्यवस्था छ । तर एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भबीचको अवधि छ महिना भन्दाबढी हुन नहुने सवैधानिक व्यवस्था छ । संसद्को हिउँदे अधिवेशन गत चैत १८ गते अन्त्य भएको थियो… पुरा पढौ

आजदेखि विश्व खोप सप्ताह, आजै ‘इन्टरनेशनल गर्ल्स आइसिटी डे’

आजदेखि विश्व खोप सप्ताह प्रारम्भ हुँदैछ । आजै ‘इन्टरनेशनल गर्ल्स आइसिटी डे’ पनि परेको छ । खोप सप्ताह र इन्टरनेशनल ग्रल्स आइसिटी डे संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष एप्रिल २२ मा आयोजना हुने गरेको छ । विश्व खोप सप्ताहको उद्देश्य आवश्यक सबै उमेरका मानिसलाई रोगबाट जोगाउनु तथा खोपको प्रयोगलाई प्रवद्र्धन गर्नु हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विगत ५० वर्षमा खोपका १५ करोड ४० लाख जीवन जोगिएको छ । शिशुको बाँच्ने अवस्थामा ४० प्रतिशतले योगदान पुगेको तथा बचाइएका जीवनको ६०… पुरा पढौ

आज १९औँ लोकतन्त्र दिवस

आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको विसं २०६३ वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइने गरिएको छ । त्यस दिन पूर्वराजा शाहको घोषणामा भनिएको थियो, “राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा नै निहित रहेको… पुरा पढौ

ईस्लामिक कंकोरस बन्यो क्लासिक सुईट्स टि–२० वुमन्स सुपर कपको च्याम्पीयन

पोखरा, बैशाख १० क्लासिक सुईट्स टि–२० वुमन्स सुपर कप क्रिकेट प्रतियोगितामा ईस्लामिया कंकोरस च्याम्पीयन बनेको छ । पोखरा महानगरपालिका क्रिकेट संघले आयोजना गरेको प्रतियोगिताको उपाधि ईस्लामिया कंकोरसले जितेको हो । समान खेल जितेर अंक बराबर भएपनि नेट रनरेटमा अन्य दुई टिमलाई पछि पार्दै ईस्लामिया कंकोरस च्याम्पीयन बन्न सफल भएको आयोजक पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए । च्याम्पीयन बनेको ईस्लामियाको प्लस २.४३ रनरेट थियो भने उपबिजेता बनेको पोखरा फोनिक्सको प्लस ०.१४ र अन्तिम बनेको फिस्टेल अप्मस्टको माइनस… पुरा पढौ

कास्की कांग्रेसले भन्यो : पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र अनियमितता छानविन गर

पोखरा, १० वैशाख । नेपाली काँग्रेस कास्कीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा क्रममा भएको भ्रष्टाचार र अनियमितता छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ ।विमानस्थल निर्माणका क्रममा १० अर्व भन्दा बढी भ्रष्टाचार र अनियमितता भएको सार्वजनिक भैरहेका बेला कास्की काँग्रेसले उच्चस्तरीय निष्पक्ष छानविन आयोग गठन गरी स्वदेशी वा विदेशी जो कोही भएपनि कारवाही गर्न माग गरेको सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।कास्की काँग्रेसका सभापति किशोरदत्त बरालको अध्यक्षतामा आज बसेको बैठकले शिक्षकहरुले उठाएका जायज मागहरु तुरुन्तै पूरा गरी पठनपाठनको… पुरा पढौ

‘कानूनले महिला र पुरुषलाई समान भनेपनि व्यवहारमा छैन’

पोखरा, बैशाख १० गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महिला र पुरुषबीच विभेद जारी रहेको बताएका छन् । लैंगिक न्याय सम्बन्धमा स्थानीय सरकारका न्यायिक समितिसँग बुधबार पोखरामा आयोजित प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको संविधान र कानूनले महिला र पुरुषलाई समान मानेर अधिकार दिएपनि व्यवहारमा विभेद रहेको स्विकारेका हुन् । नेपालको संविधान २०७२ ले महिला र पुरुषलाई समान अधिकार दिएको छ,उनले भने,‘तर व्यवहारमा त्यो लागू छैन । अर्थात महिलामाथि हिंसा र विभेद कायम छ ।’ यद्वपी समान न्याय तथा… पुरा पढौ

तेक्वान्दो टोली जापान जाँदै

काठमाडौँ । अन्तरराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको २१ औँ संस्करणमा सहभागी हुन पाँच खेलाडीसहित सात सदस्यीय नेपाली टोली भोलि जापानको ओसाका प्रस्थान गर्दैछ । यही वैशाख १२ देखि १४ गतेसम्म हुने प्रतियोगितामा खेलाडीले ग्योरोगी र पुम्से स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । हृदयणी बस्नेतले ३० केजीमुनि, जोलिना बस्नेतले ३४ केजीमुनि, सोहन पाठकले २४ केजीमुनि तथा यु–१२ एकल पुम्सेमा सक्षम श्रेष्ठ र यु–१४ एकल पुम्सेमा आश्रय उपाध्यायले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा सरोज तामाङ रहेका छन् । तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता… पुरा पढौ

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ३२ दशमलव ३९ अङ्कले घटेर दुई हजार छ सय ५५ दशमलव ९४ को बिन्दुमा कायम भएको हो । यो साताको कारोबारमा नेप्से परिसूचक लगातार चौथो दिन पनि घटेको हो । आज तीन सय आठ कम्पनीको एक करोड ८४ लाख ७७ हजार सात सय तीन कित्ता शेयर ६४ हजार एक सय ४० पटक खरिदबिक्री हुँदा रू सात अर्ब ५७ करोड ५५ लाख १७ हजार दुई… पुरा पढौ

प्रधानमन्त्रीद्वारा आतङ्कवादी हमलाको निन्दा

प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको निन्दा गरेका छन । सामाजिक सञ्जाल एक्समा उहाँले उक्त हमलामा परी ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गरे । “दुःखको यो घडीमा नेपाल सरकार भारत सरकारका साथ दृढतापूर्वक उभिएको छ, आत¬ङ्कवादका कुनै पनि रूप र प्रकटीकरणको नेपाल सरकार भत्र्सना गर्दछ ।” उक्त आक्रमणमा एक जना नेपाली नागरिक पनि परेको भन्ने विवरणहरूलाई पुष्टि गर्न सम्बन्धित निकायहरूसँग सरकार निकट सम्पर्क एवं समन्वयमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट हरसम्भव… पुरा पढौ

विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा

विश्वकै दुर्लभ अवस्थामा मानिएको हिउँचितुवाको नयाँ तथ्याङ्क सार्वजनिक गरिएको छ । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालका अनुसार नेपालमा हिउँचितुवाको सङ्ख्या तीन सय ९७ भएको पाइएको छ । विश्वको कूल दुई प्रतिशत हिउँचितुवाको बासस्थान रहेको नेपालमा १० प्रतिशत हिउँचितुवा भेटिएका आइयूसिएनको भनाइ छ । नेपालका उच्च हिमाली क्षेत्रको ३० हजार पाँच सय वर्गकिमी क्षेत्रफलमा यसको बासस्थान रहेको छ । अमेरिकामा रहेको ‘स्नो लियोपार्ड ट्रष्ट’ का अनुसार हाल विश्वको २० लाख किलोमिटर क्षेत्रमा तीन हजार २० देखि पाँच हजार तीन सय ९०… पुरा पढौ