देश

विपद्मा परि हालसम्म १४३ जनाको मृत्यु, ४७ जना बेपत्ता

साउन १४ काठमाण्डौं । मनसुनी विपद्मा परी गत जेठ २८ गतेदेखि आजसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी एक सय ४३ जनाको मृत्यु भएको छ भने ४७ जना बेपत्ता रहेका छन् । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार अविरल वर्षाका कारण गत जेठ २८ देखि आजसम्म बाढीपहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा दुई जना, कोशी प्रदेशमा २२ जना, मधेस प्रदेशमा छ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २४ जना, कर्णाली प्रदेशमा आठ… पुरा पढौ

लापरवाहीले पोखरामा प्रहरी भ्यान ठोक्कियो चौतारीमा, बल प्रयोग गरेर रातारात निकालियो भ्यान

पोखरा, साउन १४ जनताको सुरक्षामा खटिने प्रहरीले नै लापरवाही गरेर सवारी चलाउँदा प्रहरी भ्यान दुर्घटनामा परेको छ । जो अगुवा त्यहि बाटो हगुवा भनेझैं गरेर जनताको शान्ति सुरक्षामा खटिने प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा प्रहरी भ्यान पोखरा–६ शान्तिपाटनस्थित चौबाटोमा रहेको चौतारीमा ठोक्किएर दुर्घटनामा परेको हो । वडा प्रहरी कार्यालय बैदामको ग.१झ. ५५१ नम्बरको प्रहरी भ्यान सिधै चौतारीमा गएर धस्सिदा चौतारीमा क्षेती पुगेको ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल गण्डकीका उपाध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए । सो चौतारी टान गण्डकीकै… पुरा पढौ

पोखरामा भएको स्कुल बस दुर्घटनाबारे अध्ययन गर्न पोखरा महानगरले बनायो छानविन समिति

पोखरा, साउन १४ पोखरामा आज विहान भएको स्कुल बस दुर्घटनाबारे अध्ययन गर्न पोखरा महानगरपालिकाले छानविन समिति बनाएको छ । पोखराको फुस्रेखोला आज विहान करीब ९ बजे पोखराको एलपी देवकोटा मेमोरियल स्कुलको बस दुर्घटना सम्बन्धि अध्ययन गर्न महानगरले शिक्षा निर्देशक हेमप्रसाद आचार्यको संयोजकत्वमा छानविन समिति बनाएको हो । छानविन समितिको सदस्यमा उपसचिव कृष्णप्रसाद तिवारी, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा, मे.ई.सरोज चालिसे र शिक्षा अधिकृत रामप्रसाद तिवारी सदस्य सचिव रहेको छानविन समिति बनाएको हो । बस दुर्घटनाबारे अध्ययन गर्न पोखरामा पहिलोपटक छानविन… पुरा पढौ

लघुवित्त संस्थाहरुले कर्जा प्रवाह गर्दा लिन पाउने सेवा शुल्कको सीमा घट्यो

काठमाडौँ । लघुवित्त संस्थाहरुले कर्जा प्रवाह गर्दा लिन पाउने सेवा शुल्कको सीमा घटाएका छन् । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०७९ लाई संशोधन गर्दै सेवा शुल्क घटाइएको हो । “कर्जा प्रवाह गर्दा स्वीकृत कर्जा रकमबाट तोकिएको सेवा शुल्क बाहेक अन्य कुनै प्रकारको रकम कट्टा गरी बचतको रुपमा राख्न पाइने छैन”, एकीकृत निर्देशनको संशोधनमा भनिएको छ, “कर्जा प्रवाह गर्दा संस्थाले स्वीकृत कर्जामा एक दशमलव तीन प्रतिशतसम्म सेवा शुल्क लिन सक्नेछन् । एक वर्षभन्दा कम अवधिका लागि… पुरा पढौ

पोखरामा स्कुल बस दुर्घटना हुँदा आमा र छोराको मृत्यू, २८ घाइते

पोखरा, साउन १४। पोखरामा आज स्कुल बस दुर्घटना हुँदा एकै परिवारका २ जनाको मृत्यू भएको छ । पोखराको एलपी देवकोटा मेमोरियल स्कूलको बस आज विहान पोखराको फुस्रेखोलामा दुर्घटना हुँदा एकै परिवारका आमा र छोराको मृत्यू भएको हो । विद्यार्थी लिएर पोखरा-२१ रामदीबाट बिरौटा फर्कने क्रममा भएको बस दुर्घटनामा स्कुलकी सहयोगी ३१ वर्षीय आरती विक र उनका ५ वर्षिय छोरा प्रिन्स विकको मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ । अन्य २८ जना घाइते भएका छन्। घाइते विद्यार्थी तथा चालकको उद्धार… पुरा पढौ

भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री जोशी दोषी ठहर

साउन १३ काठमाण्डौं । सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको अदालतका सहप्रवक्ता गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार अदालतले पूर्वमन्त्री जोशीलाई दोषी ठहर गर्दै नौ महिना कैद र रु ६९ लाख १५ हजार जरिवानाको सजाय सुनाएको छ । यसअघि विशेष अदालतले जोशीलाई गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै डेढ वर्ष कैद र रु दुई करोड १६ लाख… पुरा पढौ

राइड सेयरिङ सम्बन्धि अध्ययन गर्न कार्यदल गठन, चल्न थाले सार्वजनिक सवारी साधन

पोखरा, साउन १३ गण्डकी प्रदेशमा राइड सेयरिङ सम्बन्धि अध्ययन गर्न कार्यदल गठन भएको छ । आन्दोलनरत यातायात व्यवसायी र गण्डकी सरकारबीच आइतबार राइड सेयरिङ अर्थात नीजि सवारी साधन रातो प्लेटका चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी साधनमा यात्रु ओसारपसार गर्नका लागि बुझाइएको ज्ञापन पत्रबारे अध्ययन गर्न भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव प्रदीपकुमार रेग्मीको संयोजकत्वमा कार्यदल गठन भएको हो । कार्यदल गठन भएसँगै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आह्वानमा यातायात व्यवसायीले गरेको आन्दोलनपनि स्थगित भएको छ । यातायात… पुरा पढौ

पश्चिमाञ्चल माविमा स्वागत र अभिमूखिकरण

पोखरा, साउन १३ पोखरा–४ गैह््रापाटनस्थित पश्चिमाञ्चल माविमा ११ कक्षामा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई एक कार्यक्रमबीच स्वागत तथा अभिमूखिकरण गरिएको छ । विद्यार्थीका लागि आयोजित उक्त कार्यक्रममा विद्यालय संचालक समितिका अध्यक्ष प्राडा रामनाथ ओझाले उज्जवल भविश्यलाई ध्यान दिएर अध्ययन गर्न विद्यार्थीलाई सुझाए । ‘सही समयमा सही विषय छनोट गर्न सकेमा मात्र भविश्य उज्जवल हुन्छ । बेलैमा सही विषय छनोट गर्नुपर्छ,’ उनले भने, ‘अबका दुईवर्ष मेहनत गरेमा विद्यार्थीको जीवन उज्जवल हुनेछ ।’ विद्यालयका प्राचार्य सरोज कोइरालाले अनुशासनमा रहेर अध्ययन गर्न विद्यार्थीलाई सुझाव… पुरा पढौ

एक वर्षमा ३१ अर्बभन्दा बढीको स्मार्टफोन, हेडफोन र चार्जर आयात

साउन १२ काठमाण्डौं । गत आर्थिक वर्ष २०८०/८१ मा स्मार्टफोन, हेडफोन र मोबाइल चार्जरको आयातमा मात्र मुलुकबाट करिब रु साढे ३१ अर्ब बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार नेपालले बढी आयात गर्ने वस्तुहरुमा पेट्रोलियम पदार्थ र फलामजन्य वस्तुपछि तेस्रो स्थानमा स्मार्टफोन छ । गत आवमा स्मार्टफोन आयातमा मात्र रु २८ अर्ब ६६ करोड ६२ लाख ३५ हजार बराबर बाहिरिएको हो । यस अवधिमा १८ लाख ३९ हजार ३५ सेट स्मार्टफोन नेपाल भित्रिएका छन् ।… पुरा पढौ

सिमलताल घटना : बस खोज्न प्रयोग गरिएको १९ किलोको चुम्बक त्रिशूलीमा हरायो

साउन १२ काठमाण्डौं । चितवनको नारायणगढ–मुग्लिङ सडकखण्डस्थित सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा खसेका दुईवटा बस खोज्न प्रयोग भएको एउटा १९ किलोको चुम्बक आज त्रिशूलीले बगाएको छ । नेपाल–भारतका संयुक्त सुरक्षा फौजबाट खोजतलास कार्य जारी रहँदा पनि बस र हराइरहेका यात्रुको अवस्था पत्ता लाग्न नसकेपछि आज भारतबाट मगाइएको दुईवटा चुम्बकको सहयोगमा खोजी गरिएको थियो । खोजी गर्ने क्रममा १९ किलोको चुम्बक त्रिशूलीले बगाएर बेपत्ता भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका सूचना अधिकारी,… पुरा पढौ