देश

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका १७ जनाको शव आफन्तले बुझे

साउन  १२  काठमाण्डौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव आफन्तले बुझेका छन् । विमान दुर्घटनामा मृत्यु भएका १८ मध्ये आज साँझसम्म १७ जनाका आफन्तले शव बुझेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनकानुसार मृतक एक विदेशीको प्रक्रिया पु¥याएर शव व्यवस्थापन गरिनेछ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शव शवपरीक्षणपछि शुक्रबार र शनिबार आफन्तले शव बुझेका हुन् । शुक्रबार पाँचजना र आज १२ जनाले शव बुझेका हुन् । यही साउन ९ गते… पुरा पढौ

जनताले प्राप्त गरेको अधिकार कसैले खोस्न सक्दैन : अध्यक्ष प्रचण्ड

साउन १२ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताले प्राप्त गरेको अधिकार खोस्ने जमर्काे भए त्यसको प्रतिवाद गरिने बताएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म शताब्दीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानसभाबाट निर्माण भएको संविधानमा प्राप्त भएका जनताका अधिकार कोही कसैले पनि खोस्न नसक्ने उल्लेख गरे । उनले आदिवासी, जनजाति, महिला, दलित, अल्पसङ्ख्यक समुदायलाई थप अधिकार सम्पन्न बनाउन संविधान संशोधन गर्नुपर्ने आफूहरुको मत रहेको र पछिल्लोपटक संसद्मा सम्बोधन गर्दासमेत त्यही विषयलाई… पुरा पढौ

गञ्जिमै मन्त्रालय गएपछि मन्त्री मनाङे फेरी विवादमा

पोखरा, साउन १२ गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङे फेरी विवादमा तानिएका छन् । कहिले खेलकुदका पदाधिकारीलाई लात्तले हानेर त कहिले मन्त्रालयकै कर्मचारी कुटेर बारम्बार विवादमा आइरहने मन्त्री मनाङे अहिले फेरी भित्री बस्त्र (गञ्जी) मात्रै लगाएर मन्त्रालय गएपछि पुनः विवादमा तानिएका हुन् । गुण्डा नाईकेको छवी संग्ल्याउन राजनीतिमा प्रवेश गरेका उनी आफ्नो पुरानै शैलीका कारण बारम्बार विवादमा आइरहन्छन् । यस पटक भने उनी कर्मचारी वा कसैलाई कुटेर नभई गञ्जीमात्रै लगाएर मन्त्रालय गएपछि आलोचना भइरहेको छ ।… पुरा पढौ

लायन्स क्लव अफ पोखरा तालवाराहीको रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन

पोखरा, साउन १२ लायन्स क्लव अफ पोखरा तालवाराहीले शनिबार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । डिष्ट्रिक्ट ३२५ आई, क्लष्टर २, रिजन ४ र जोन ७ अन्तर्गतको सो क्लवले शनिबार विहान पोखरा–१८ सेदीबगरमा ‘रक्तदान जीवन दान, जीवनदान महादान’ भन्ने नारासहित रक्तदान कार्यक्रम गरेको थियो । सो रक्तदान कार्यक्रमको पोखरा–१८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले पहिलो रक्तदातालाई व्लड व्याग हस्तान्तरण गरेर उद्घाटन गरेका थिए । कार्यक्रममा वडाध्यक्ष तिमिल्सिना, विशेष अतिथि डिष्ट्रिक्ट ३२५ आईका क्याविनेट सेक्रेटरी अमृतप्रसाद तिवारीले… पुरा पढौ

संगीतकार सुनिल थापालाई मातृशोक

पोखरा, साउन १२ पोखरा सांगीतिक कलाकार संघका निवर्तमान अध्यक्ष सुनिल थापालाई मातृशोक परेको छ । संगीतकार तथा कन्दरा व्याण्डका सदस्य थापाकी ममतामयी आमा मायादेवी थापाको ७३ वर्षको उमेरमा आज अपराह्न ४ः२० बजे निधन भएको हो । उनी लामो समयदेखि पेट, छाती र मुटु सम्बन्धि समस्याबाट पीडित थिईन् । रोगले च्याप्दै लगेपछि एक हप्ताअघि पोखरा महेन्द्रपुलस्थित ओम हस्पिटलमा भर्ना गरेर उपचार गरिदै आएको थियो । उपचारकै क्रममा आमाको निधन भएको छोरा सुनिल थापाले जानकारी दिए । स्वर्गिय आमाको शव थापा निवास… पुरा पढौ

मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छ : प्रधानमन्त्री ओली

साउन ११ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा आज सार्वजनिक मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत पाएको बताएका छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रा डा शिवराज अधिकारीको सपथ समारोहमा उनले उक्त भनाइ राखे । “आज सार्वजनिक मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत मिल्नु राम्रो कुरा हो । हामीले अब तीव्र गतिका साथ काम गरेर सबै नेपालीको क्षमता वृद्धि गर्नुपर्छ”, आयोगका नवनियुक्त उपाध्यक्ष तथा सदस्यहरुलाई बधाई र शुभकामना दिँदै उनले भने,… पुरा पढौ

विमान चालक शाक्यको स्वास्थ्यमा सुधार

काठमाडौँ । काठमाडौँ मेडिकल कलेजमा उपचाररत रहेका सौर्य एयरलाइन्सका विमान चालक मनिषरत्न शाक्यको स्वास्थ्यमा सुधार आएको छ । कलजेका निर्देशक प्रा.डा. मीना थापाले चालकको स्वास्थ्यमा सुधार आएको बताए । उनले ढाडको एउटा हड्डीका साथै देव्रे पट्टीको तीनवटा करङ भाँचिएकाले पूर्णरुपमा आराममा राखिएको बताए। “ढाडको हड्डी भाँचिएकाले हामीले पूर्णतया आराममा राखेका छौँ”, उनले भने, “घर परिवारका बाहेकलाई भेटन दिएका छैनौँ ।” यही साउन ९ गते काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा सौर्य एयरको ९ एन एएमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा विमानमा… पुरा पढौ

मौद्रिक नीति २०८१/८२ : बजेटका पाँच कार्यक्रमलाई प्राथमिकता

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको बजेटमा समावेश भएका विभिन्न प्रबन्धलाई कार्यान्वयन गर्ने लक्ष्यका साथ मौद्रिक नीतिमा केही विशेष व्यवस्था गरेको छ । चालु आवको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कृषिउपजको धितोमासमेत सहज रुपमा कर्जा प्रवाह हुने व्यवस्था मिलाइने जानकारी दिए । चालु आवको बजेटमा सो व्यवस्था छ । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई नवप्रवर्तनमा प्रवाह गर्न प्रोत्साहन गर्ने र वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिनाधितो… पुरा पढौ

गण्डकी आउने पर्यटकको प्रमुख गन्तव्य मनाङ, औसत बसाई अवधी १२ दिन, दैनिक खर्च ८ हजार

पोखरा, साउन ११ गण्डकी प्रदेशमा पर्यटकको औषत बसाई अवधी १२ दिन रहेको पाइएको छ । नेपाल राष्ट्र बैंक, पोखरा कार्यालय अन्तर्गतको अनुसन्धान इकाइले गरेको अध्ययन प्रतिवेदन अनुुसार गण्डकी प्रदेश भ्रमणमा आउने विदेशी पर्यटकको नेपाल बसाई अवधी कुल २२ दिन भएपनि गण्डकीमा भने १२ दिन हुनेगरेको पाइएको हो । घुम्न आउने पर्यटकमध्ये पुरुषको भन्दा महिलाको बसाई अवधी बढी हुनेगरेकोपनि देखिएको छ । नेपाल भ्रमणमा आउने पर्यटकमध्ये पुरुषको बसाई अवधी २० दिन हुँदा महिलाको २५ दिन पाइएको छ भने गण्डकीमा पुरुषको बसाई… पुरा पढौ

तोलामा तीन सयले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला रु एक लाख ४५ हजारमा कारोबार भएकामा आजका लागि रु एक लाख ४४ हजार सात सय निर्धारण भएको छ । तेजाबी सुन बिहीबार प्रतितोला रु एक लाख ४४ हजार तीन सयमा कारोबार भएकामा आज रु एक लाख ४४ हजार निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले घटेको छ । बिहीबार प्रतितोला रु एक… पुरा पढौ