देश

पोखरा बहुमुखीको राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न, ४० अनुसन्धानपत्र प्रस्तुत

पोखरा, १६ जेठ । व्यवस्थापन तथा सामाजिक विज्ञानमा उदयमान प्रवृत्तिबारे केन्द्रित प्रथम राष्ट्रिय अनुसन्धान सम्मेलन–२०२६ शनिबार पोखरामा सम्पन्न भएको छ।पोखरा बहुमुखी क्याम्पसले आयोजना गरेको दुईदिने सम्मेलनमा देशभरका विभिन्न विश्वविद्यालय र क्याम्पससँग आबद्ध प्राज्ञिक व्यक्तित्व, अनुसन्धानकर्ता तथा विद्यार्थीको सहभागिता रहेको थियो। सम्मेलनमा व्यवस्थापन र सामाजिक विज्ञानसँग सम्बन्धित ४० वटा अनुसन्धानपत्र प्रस्तुत गरिएका थिए।शुक्रबार सुरु भएको सम्मेलनको उद्घाटन त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रोफेसर डा. महानन्द चालिसेले गरेका थिए। उद्घाटन सत्रमा उनले समाजमा रहेका सामाजिक तथा व्यवस्थापकीय समस्यालाई उजागर गर्न प्राज्ञिक क्षेत्र अझ सक्रिय… पुरा पढौ

युद्ध उपन्यास कर्मवीर लिएर आए सुमलकुमार गुरुङ

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतका पूर्व अध्यक्ष तथा भूतपूर्व भारतीय सैनिक सुमलकुमार गुरुङको युद्ध उपन्यास कर्मवीर एक समारोहका बीच लोकार्पण गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी र तमु सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा पोखरामा आयोजित समारोहमा वरिष्ठ साहित्यकार सरुभक्त, चन्द्रप्रकाश बानियाँ, हरिदेवी कोइरालालगायतले उक्त कृतिको लोकार्पण गरे ।कार्यक्रमका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ साहित्यकार सरुभक्तले नेपाली उपन्यास लेखनको इतिहास सिलसिलेवार लिपिबद्ध हुन नसके तापनि उपन्यास लेखन परम्परामा कर्मवीरले एउटा इटा थपेको बताए । उनले युद्ध… पुरा पढौ

भलाममा भएको आँखा शिविरबाट २ सय बढी लाभाम्वित

पोखराको भलाममा भएको निशुल्क वृहत आँखा शिविरबाट २ सय बढी लाभाम्वित भएका छन् । पद्म नर्सिङ होमको प्राविधिक सहयोगमा वडा कार्यालय पोखरा २० ले आयोजना गरेको शिविरमा त्यस क्षेत्रका २०५ जनाको आँखा जाँच गरिएको हो । नेत्र विशेषज्ञ प्रा.डा सचेत प्रभात श्रेष्ठको नेतृत्वमा खट्टिएको विशेषज्ञ टोलीले आँखा जाँच गरेको थियो । शिविरमा जाँच गरिएका मध्ये करिब १ सय जनामा मोतियाविन्दुको समस्या देखिएपछि थप उपचारका लागि सिफारिस गरिएको वडाध्यक्ष गंगा बहादुर खत्रीले जानकारी दिए ।आँखा जाँचमा आएका ५० जनालाई चश्मा लगाउन… पुरा पढौ

एक सय ११ वर्ष देखिको इतिहासको जीवन्त साक्षी मनकौरी देवी प्रवद्र्धनको पर्खाइमा

तनहुँको तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं २ तार्कुडाँडाको भंगारामा रहेको मनकौरी देवीको मन्दिर यहाँको एक सय ११ वर्ष अघिदेखिको इतिहासको जीवन्त साक्षी हो । यस क्षेत्रमा वस्ती विकास भइरहेका अवस्थामा वि.सं. १९७२ मा साक्षत् रुपमा प्रकट भएकी देवीका रुपमा त्यस समयदेखि अत्यन्त श्रद्धा र विश्वासका साथ मन्दिरमा निरन्तर पूजाआजा हुँदै आएको मनकौरी देवी संरक्षण समितिका अध्यक्ष नेत्रबहादुर गुरुङले जानकारी दिए । श्रद्धा भक्तिपूर्वक पूजाआजा गरेमा मनले चिताएको पुग्ने विश्वासका कारण मन्दिरको महिमा र गरिमा उचो भएपनि आवश्यक प्रचारप्रसारको अभावमा यहाँको… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिकाद्वारा माछापुच्छ्रे माविकी छात्रा गौतम सम्मानित

कास्कीको माछापुच्छ्रे गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा २०८२ मा सामुदायिक विद्यालयतर्फबाट पहिलो पटक चार जिपिए ल्याउने छात्रालाई नगदसहित सम्मान गरेको छ । गाउँपालिकाले शुक्रबार आयोजना गरेको कार्यक्रममा सार्दिखोलास्थित माछापुच्छ्रे माध्यमिक विद्यालयकी छात्रा शोभा गौतमलाई रु ५० हजार नगद र सम्मानपत्र प्रदान गरेको हो । गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमध्ये पहिलो पटक चार जिपिए ल्याउने विद्यार्थीका रूपमा गौतमले यो सफलता हासिल गरेकी हुन् । गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ र प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले उनलाई संयुक्त रूपमा सम्मान गरे । सम्मानपछि छात्रा गौतमले आफ्नो… पुरा पढौ

एमाले केन्द्रीय सदस्यहरूको कार्यविभाजन,गण्डकी इञ्चार्जमा सचिव खगराज अधिकारी,कास्कीका ५ पालिकामा को को ?

नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरिएको छ । आउने स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरेर एमालेले ‘पार्टी जागरण अभियान’ पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रित जिम्मेवारी तोकेको हो ।यही जेठ ११ गते सम्पन्न एमालेको सचिवालयको बैठकले कार्यविभाजनको प्रस्तावलाई अन्तिम रुप दिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेललाई अधिकार दिएको थियो । अध्यक्ष ओलीले शुक्रबार अन्तरपार्टी निर्देशन जारी गर्दै यो अभियान घोषणा र पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनपछिको पहिलो कार्यविभाजन पठाउनुभएको हो । कार्यविभाजनमा जिल्ला इञ्चार्ज र जनसङ्गठनका इञ्चार्ज पनि… पुरा पढौ

नयाँ आर्थिक बर्षको बजेटमा गण्डकी

सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३/८४ को बजेट तथा कार्यक्रममा गण्डकी प्रदेशका महत्वपूर्ण योजना समेटिएका छन् । अर्थमन्त्री डा स्वर्णिम वाग्लेद्वारा सङ्घीय ससंद्को संयुक्त बैठकमा प्रस्तुत गरिएको बजेटमा यहाँका ठूला पूर्वाधार आयोजनादेखि पर्यटन प्रवद्र्धनसम्मका कार्यक्रम समावेश छन् । निर्माण सम्पन्न भएको वर्षौं बितिसक्दा पनि नियमित अन्तरराष्ट्रिय उडान हुन नससेको पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन तथा व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गरिने अर्थमन्त्री वाग्लेले बताए । एक हजार २०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनालाई अधिकार सम्पन्न प्राधिकरण ढाँचामा निर्माण अगाडि बढाइने उनले… पुरा पढौ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ ः प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । आठौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देशमा उनले नेपालको संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै राज्यका सबै निकायमा समानुपातिक तथा समावेशी प्रतिनिधित्व र अर्थपूर्ण सहभागिताको प्रत्याभूति गरेको उल्लेख गरे । प्रधानमन्त्री शाहले बालविवाह, बोक्सी प्रथा, छाउपडी, दाइजो तथा तिलकलगायतका कुप्रथा तथा लैङ्गिक, घरेलु र डिजिटल हिंसाको अन्त्यका लागि कानुनी व्यवस्थासँगै सामाजिक चेतना अभिवृद्धि आवश्यक रहेको बताए… पुरा पढौ

पोखरामा मनसुन अगावै जमिन भाँसियो

मनसुन सुरु नहुँदै पोखराका विभिन्न स्थानमा जमिन भासिन थालेको छ । शुक्रबार बिहान पोखरा महानगरपालिका–३, नदीपुरस्थित बाल मन्दिर स्कुलको गेट अगाडी मुख्य सडकसँगै एउटा घरको आँगन र केही भाग भाँसिएको छ । बिहानको समयमा अचानक जमिन भासिएर करिब १० मिटर जति भ्वाङ परेको छ । त्यस क्षेत्रमा पोखराका लगि खानेपानी वितरणका लागि बिछ्याएको पाइप समेत फुटेकाले अझै खतरा बढेको स्थानीयको भनाइ छ । सो क्षत्रमा पटक–पटक जमिन भासिँदा स्थानीय चिन्तित बनेका छन् ।मुख्य सडक मै भ्वाङ परेपछि सवारी आवागमनको लागि… पुरा पढौ

गण्डकीमा मनाईयो गणतन्त्र दिवस, प्रदेश सरकारद्वारा सशस्त्र प्रहरीका एस पि अरुण शर्मासहित विभिन्न क्षेत्रका व्यक्ति सम्मानित

गणतन्त्र दिवसको अवसरमा बिभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तिहरु पोखरामा सम्मानित भएका छन् । गण्डकी प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा आज (शुक्रबार) पोखरामा आयोजना गरेको कार्यक्रममा प्रदेश भित्रका उत्कृष्ट शिक्षक, किसान, उद्यमी, समाजसेवी, पत्रकार र सुरक्षाकर्मीलाई सम्मान गरेको हो। समारोहमा सशस्त्र प्रहरी बल नेपालबाट नं. २४ गण हेडक्वाटर कालिका गणका तत्कालीन गणपति (हाल तालिम निर्देशनालय लामापाटन) सशस्त्र प्रहरी उपरीक्षक (एस पि) अरुणकुमार शर्मा र प्रहरी वरिष्ठ हवल्दार लोकेन्द्रबहादुर नेगी तथा नं. २३ गण हेडक्वाटर मनकामना तनहुँका सशस्त्र प्रहरी सहायक हवल्दार… पुरा पढौ