देश

ब्रोडपिक हिमपहिरोमा ज्यान गुमाएका पर्वतारोहीको सम्झनामा दीप प्रज्वलन

पोखरा, २७ साउन । लायन्स क्लब अफ पोखरा बाराही टाउनले ब्रोडपिक हिमपहिरोमा ज्यान गुमाएका पर्वतारोहीको सम्झनामा दीप प्रज्वलन गरेको छ।लायन्स डिस्ट्रीक्ट ३२५ आई नेपालअन्तर्गतको क्लबले श्रावण महिनाको अन्तिम सोमबार पोखराको सहिदचोकमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको हो।क्लब अध्यक्ष लायन लक्ष्मी शाह न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रीक्ट ३२५ आई नेपालका पूर्व गभर्नर लायन विनोद ढुंगाना प्रमुख अतिथि थिए।कार्यक्रममा डिस्ट्रीक्ट एसिस्टेन्ट चिफ एडभाइजर लायन शान्ति थापा, लायन सूर्यनारायण बराल, डिस्ट्रीक्ट चिफ कोर्डिनेटर लायन विष्णुप्रसाद ढुंगाना, डिस्ट्रीक्ट एक्जुकेटिभ लायन रोजी श्रेष्ठ,… पुरा पढौ

अन्तर्राष्ट्रिय युवा दिवसमा पोखरा जेसीजले दुई कार्यक्रम गर्ने

पोखरा, २७ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले बुधबार पोखरामा थिम सेमिनार र साहित्यिक कार्यक्रम आयोजना गर्ने भएको छ।‘परिवर्तनलाई गति दिऔँ, नेतृत्व सशक्त बनाऔँ, युवा रूपान्तरण गरौँ’ भन्ने सन्देशसहित आयोजना हुने थिम सेमिनारमा गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. इन्द्रप्रसाद तिवारी, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठ र जेनेरेशन जेडका युवा नेतृत्वकर्ता रक्षा वम वक्ताका रूपमा सहभागी हुनेछन्।कार्यक्रममा युवाको नेतृत्व विकास, बदलिँदो परिवेशमा युवाको भूमिका तथा युवालाई नेतृत्वमा स्थापित गर्ने विषयमा छलफल हुने आयोजकले जनाएको छ।यस्तै, पोखरा जेसीजले अन्तर्राष्ट्रिय… पुरा पढौ

मन्त्रिपरिषद् बैठकः सुनसरी र सिरहा घटनामा मृत्यु भएकालाई सहिद घोषणा

सरकारले सुनसरी र सिरहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्रकुमार मेहता तथा सिरहाका गनेशकुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए । बैठकले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा बाराका निर्मलकुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै, पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय खोल्न… पुरा पढौ

पोखरामा हुने च्यारिटी समर हाइकिङको पूर्व अवसरमा सरसफाइ तथा पुष्परोपण

पोखरामा हुने समर हाइकिङको पुर्व संन्ध्यामा पोखरा–९ स्थित फल्चा तथा अन्तर्राष्ट्रिय झण्डा पार्कमा सरसफाइ तथा पुष्परोपण गरिएको छ । सहारा एकेडेमीको सहयोगार्थ आउँदो शनिबार पोखरामा ‘समर हाइकिङ फर च्यारिटी–२०८३’ को आयोजना हुँदैंछ । सहारा क्लब पोखराको आयोजना तथा पोखरा महानगरपालिका–९ को समन्वयमा हुने हाइकिङको प्रचारप्रसारसँगै पर्यटकीय क्षेत्रको संरक्षण र सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले सरसफाइ तथा पुष्परोपण गरिएको क्लवले जनाएको छ । कार्यक्रममा विभिन्न जातका एक सय भन्दा बढी फूलका बिरुवा रोप्नुका साथै फलफूल तथा अन्य रुखका बिरुवाको गोडमेल र पार्क… पुरा पढौ

कास्कीका पालिकालाई सिमांकन पुनरावलोकनको लागि प्रस्ताव पठाउन भदौं १ सम्मको म्याद

कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताव पठाउन थप सात दिनको म्याद दिईएको छ । गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेर र नगरपालिका वर्गीकरणको पुनरावलोकन सम्बन्धि मापदण्ड ,२०८३ अनुसार गठित कास्की जिल्लास्तरिय पुनरावलोकन अध्ययन समितिले पालिकाहरूलाई सिमांकन पुनरावलोकनका लागि प्रस्ताव पठाउने म्याद भदौं १ गतेसम्मलाई थप गरिएको जनाइएको छ।समितिले साउन ११ गतेको पत्र मार्फत पन्ध्र दिन भित्र अध्ययन समिति समक्ष प्रस्ताव पठाउन आग्रह गरेको थियो। सो अबधिमा अन्नपूर्ण गाउपालिकाको मात्रै प्रस्ताव प्राप्त भएको हुँदा बाँकी पालिकाहरूलाई प्रस्ताव पठाउन… पुरा पढौ

गण्डकी प्रदेशमा गुरुङ समुदायद्वारा ट्होटेँ पर्व मनाइँदै

गण्डक क्षेत्रका कास्की, पर्वत, तनहुँ, स्याङ्जालगायत जिल्लामा गुरुङ समुदायको मौलिक पर्व ट्होटेँ पर्व आज हर्षोउल्लासपूर्वक मनाइँदैछ । गुरुङ समुदायमा मौलिक सांस्कृतिक पर्वका रुपमा बर्सेनि साउन र चैतको अन्तिम मङ्गलबार यो पर्व हर्षोल्लासपूर्वक मनाउने चलन छ । ट्होटेँका अवसरमा कास्कीको अन्नपूर्ण, मादी, माछापुछे्र गाउँपालिकालगायत स्थानीय तहले आज सार्वजनिक बिदा समेत दिएका छन् । उक्त समुदायले आफ्नो पुस्तैनी पर्वलाई धान्दै आएको छ । परापूर्वकालमा तमु राज्य जोगाउन बैरीलाई सीमा कटाएको सम्झनास्वरुप यस पर्वको सुरुआत भएको मानिन्छ । तमु धिँ नेपालका अध्यक्ष हुम… पुरा पढौ

कास्कीको अन्नपूर्णवासीको निःशुल्क स्वास्थ्य बिमा

कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमाको दायरामा ल्याउने भएको छ । यसअघि दलित, अपाङ्गता भएका तथा अशक्त नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको गाउँपालिकाले यस वर्षदेखि भने सबै नागरिकको स्वास्थ्य बिमा गर्ने कार्यक्रम अघि बढाएको हो । गाउँपालिकाले स्वास्थ्य बिमाका लागि रु ९० लाख बजेट विनियोजन गरेको छ ।गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार अन्नपूर्ण गाउँपालिकामा करिब छ हजार ५०० घरधुरी छन् । सबै नागरिकको स्वास्थ्य बिमा गर्न विनियोजित बजेट अपुग भए आवश्यकताअनुसार थप बजेटको व्यवस्था… पुरा पढौ

सुक्खा पहिराले म्याग्दीमा विद्युतगृहमामा क्षति: एक जना बेपत्ता ,एक जना घाइते

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युत गृहमा आज बिहान पहिरोले पुरिँदा एक जना बेपत्ता र एक जना घाइते भएका छन् । विद्युत गृहमाका कामदार अन्नपूर्ण–६ का ५५ वर्षीय दीपक बरुवाललाई पहिरोले पुरेर बेपत्ता बनाएको र गौरीगङ्गा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विक घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको टोलीले बेपत्ता बरुवालको खोजी गरिरहेका र विकलाई घाइते अवस्थामा उद्धार तथा प्राथमिक उपचार गरी थप उपचारका लागि प्रदेश अस्पताल… पुरा पढौ

नेवार समुदायमा घण्टाकर्ण पर्व मनाइँदै

सांस्कृतिक परम्पराअनुसार आज घण्टाकर्ण पर्व मनाइँदै छ । श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई गठामङ्गल पनि भनिन्छ । परापूर्वकालदेखि नेवार समुदायले मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप आज हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन छ । पर्वको तयारीका लागि आज बिहानै स्नान, घर–आँगन सफा गरी पूजापाठ गरिन्छ । केटाकेटीले बाटामा डोरी टाँगेर पैसा ९जगात्० माग्ने र राति राँको बाली गठामङ्गल नामक राक्षसको प्रतीकलाई घिसार्दै… पुरा पढौ

खेलकुद पदक वितरणमा भएको अनिमितता : सचिवको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन

सन्देश श्रेष्ठपोखरा, साउन २५ गण्डकी खेलकुद परिषद (गखेप)को पदक वितरणमा भएको अनियमितताको छानविन हुने भएको छ । गखेपले गत असार ३० गते वितरण गरेको खेलकुद पदकमा चरम लापरवाही र मिलेमतोको छानविन गर्न गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले ३ सदस्यीय छानविन समिति बनाएको हो । मन्त्री स्तरीय निर्णयले बनेको छानविन समितिको संयोजकमा मन्त्रालयका सचिव डा.शेषनारायण पौडेल रहेका छन् भने सदस्यमा मन्त्रालयका प्रवक्ता तथा खेलकुद महाशाखा प्रमुख घनश्याम पौडेल र मन्त्रालयका युवा महाशाखा प्रमुख नारायणप्रसाद बास्तोला रहेको गण्डकी प्रदेश… पुरा पढौ