देश

आर्वाको गनगने खानेपानीको उपभोक्ता भेला सम्पन्न

पोखरा १३ आर्वामा रहेको वास्थला, गनगने र पँधेराखोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिको २१ औं साधारण सभा तथा उपभोक्ता भेला शनिवार सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि संस्थापक अध्यक्ष नरबहादुर बरालले खानेपानी जस्तो संवेदनशील विषयमा प्रत्येक उपभोक्ताहरू सचेत , जागरुक र चेतनशील भएर पिउने पानीको संरक्षणमा लाग्न आग्रह गरे । ठूलो जोखिम मोलेर आर्वालीलाई पिउने पानी सहज रुपमा उपलब्ध गराएको प्रसङ्ग कोट्याउँदै उनले झण्डै १७ वर्ष उपभोक्ता समितिको नेतृत्व गर्दा पाएको दुख , हण्डर र झेलेका कैयौं… पुरा पढौ

ग्यासको सट्टा विद्युतीय चुल्हो प्रयोग गर्न कास्की प्रशासनको आग्रह

सन्देश श्रेष्ठपोखरा, फागुन ३० जिल्ला प्रशासन कार्यालय कास्कीले ग्यास चुल्होको विकल्प अप्नाउन कास्केली जनतालाई आग्रह गरेको छ । पोखरालगायतका ठाउँहरुमा ग्यास तथा पेट्रोलियम पदार्थ पदार्थको अभाव देखिन थालेपछि कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा हालै बसेको आपूर्ती समन्वय बैठकले कास्केली जनतालाई एलपी ग्यासको विकल्पमा विद्युतीय चुल्हो प्रयोग गर्न आग्रह गर्ने निर्णय गरेको हो । बैठकपश्चात जारी कास्की प्रशासनले जारी गरेको सूचनामा भनिएको छ,‘विद्युतीय चुल्हो प्रयोग गरि एलपी ग्यासमाथिको निर्भरता कम गर्न आम उपभोक्तामा अनुरोध गरिन्छ ।’ त्यस्तै, प्रशासनले सर्वसाधारणलाई… पुरा पढौ

आमाको डे केयर मन्टेश्वरी स्कुलमा अभिभावक दिवस सम्पन्न

पोखरा १९ लामाचौरमा संचालित आमाको डे केयर मन्टेश्वरी स्कुलले बिबिध कार्यक्रमसहित अभिभावक दिवस मनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बालबालिकाको पहिलो विद्यालय भनेकै आफ्नै घर हुने र त्यसपछि मात्रै औपचारिक शिक्षाको आरम्भ विद्यालयबाट हुने बताए । उनले बालबालिकालाई अनुशासित र मर्यादित बनाउन मन्टेश्वरी शिक्षाको भुमिका महत्वपुर्ण रहेको बताए । पोखरा महानगर शिक्षा महाशाखाका शिक्षा अधिकृत जीवनप्रसाद रेग्मीले विद्यार्थीको जग राम्रो भए मात्र उनीहरु असल र सक्षम बन्न सक्ने बताए । विद्यालय व्यवस्थापन समितिका जेष्ठ… पुरा पढौ

एमालेले छान्यो १६ जना समानुपातिक सांसद,संसदिय दलको नेता अर्को बैठकले तोक्ने

नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने सांसदको नाम टुंगो लगाएको छ । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले १६ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको बताए। एमालेले समानुपातिकबाट १६ सीट जितेको छ। जस अनुसार जनजाति महिलातर्फ भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ, पुरुषमा रामबहादुर थापा मगर,कुलभक्त शाक्य खस आर्यतर्फ महिलामा पद्मा अर्याल र टुकाभद्रा हमाल,एशुदा कुमारी बराल पिछडिएको क्षेत्र, पुरुषमा गुरु प्रसाद बराल र… पुरा पढौ

पोखराका पूर्व मेयर थापाको गरियो अन्त्येष्टि

सन्देश श्रेष्ठपोखरा, फागुन ३० पोखराका मेयर कृष्ण थापाको आज सम्मानका साथ अन्येष्टि गरिएको छ । विहीबार निधन भएका पोखराका पूर्व मेयर तथा एमाले नेता थापाको आज सम्मानका साथ अन्त्येष्टि गरिएको हो । उनको आज अपराह्न थापा निवास बाटुलेचौरबाट शवयात्रासहित लामाचौरहुँदै गोस्तेघाटमा अन्त्येष्टि गरिएको हो । स्वर्गिय थापालाई उनका छोरा प्रतीक थापा र भाई मोहन थापाका छोराहरुले दागवत्ती दिएका थिए । अन्येष्टि अघि स्वर्गिय थापाको पार्थिव शरिर अन्तिम विदाईका लागि नेकपा एमाले कास्कीको पार्टी कार्यालय, पोखरा महानगरपालिका कार्यालय र थापा निवास… पुरा पढौ

पोखरामा १० मोडिफाइड मोटरसाइकल नियन्त्रणमा

पोखरा — जिल्ला प्रहरी कार्यालय कास्की ले सञ्चालन गरेको “अपरेशन ३६५” अभियान अन्तर्गत मोडिफाइड मोटरसाइकलविरुद्ध कडाइ गरिएको छ। अभियानकै क्रममा पोखराका विभिन्न स्थानबाट ठूलो आवाज निकाल्ने गरी परिमार्जन ९मोडिफाइ० गरिएका १० वटा मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने, ध्वनि प्रदूषण फैलाउने तथा सर्वसाधारणलाई त्रास हुने खालका गतिविधि बढ्दै गएको गुनासो आएपछि विशेष निगरानी थालिएको हो। यही क्रममा कास्की प्रहरी तथा मातहतका वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले पोखरा–६ लेकसाइड क्षेत्रबाट ती मोटरसाइकल नियन्त्रणमा… पुरा पढौ

हिल प्वाईन्टमा पठन संस्कृति,विद्यार्थीले सिर्जना गरे साहित्यीक रचना

शिशिर उजाडपोखरा आफैले रचना गरेका सिर्जना आफ्नै अभिभावकलाई सुनाउन पाउँदा पोखराको हिल प्वाईन्ट स्कुलका विद्यार्थी मख्ख परेका छन् । पोखरा १२ माटेपानीमा रहेको हिल प्वाईन्ट स्कुलले विद्यार्थीको फरक क्षमता विकास गर्ने उद्धेश्यले संचालन गरेको पठन संस्कृति अभियान मार्फत विद्यार्थीले साहित्यका बिभिन्न विधाको लेखन प्रशिक्षण लिएका थिए । सोही प्रशिक्षणमा सहभागी कक्षा ४ र ५ का विद्यार्थीले रचना गरेका सिर्जना शुक्रबार विद्यालयमा आयोजित ज्ञान सिर्जना उत्सव कार्यक्रममा प्रस्तुत गरिएको छ । विद्यालयका उत्कृष्ट विद्यार्थी प्रत्युस अधिकारीलाई नै सभाध्यक्ष बनाएर गरिएको कार्यक्रममा… पुरा पढौ

वायु प्रदूषणले ज्यान गुमाउनेको संख्या बढ्दो, नेपालमा बर्सेनि ४२ हजारको मृत्यु

वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले तीमध्ये २१ प्रतिशत मृत्यु पाँच वर्षमुनिका बालबालिका रहने गरेका बताए । वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी दम, मुटुरोग तथा हृदयघात, मस्तिष्कघात, उच्च रक्तचाप, मधुमेह, क्यान्सर र स्मरणशक्ति कमजोर हुने समस्या देखिने गरेको उनले बताए । प्रदूषणका कारण बालबालिकालाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिनु, मुटुसम्बन्धी रोग हुने सम्भावना बढ्नु, शिशु बिरामीदर बढ्नु, बाल्यकालमा क्यान्सरको जोखिम हुनु, मस्तिष्क विकासमा ढिलाइ र असामान्य व्यवहार… पुरा पढौ

केही दिनयता बढेको वायु प्रदूषण वर्षा भएसँगै घट्यो

केही दिनयता काठमाडौँ उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घट्न थालेको छ । बिहीबार मध्याह्नसम्म प्रदूषण वायु गुणस्तर सूचकाङ्क १७८ हाराहारीमा रहेकामा आज मध्याह्नसम्म वायु गुणस्तर सूचकाङ्क १४९ कायम भएको एयर क्वालिटी इन्डेक्स एक्युआइको तथ्याङ्कले देखाएको छ । बिहीबार मध्याह्नसम्म काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहरका रूपमा सूचीकृत भएकामा आज सोही समयमा बाह्रौँ स्थानमा झरेको छ । केही दिनयता मौसम धुम्मिँदै जाँदा वायु प्रदूषण बढेको थियो । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले बिहीबार भएको वर्षाका कारण आज वायु प्रदूषण पनि कम भएको… पुरा पढौ

महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति लागुऔषध मुद्दामा ३ पटक सजाय पाएका व्यक्ति

पोखरा, फागुन २८ नवनिर्वाचित सांसद महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा–९ पृथ्वीचोकमा सोमबार पुस्तक बेचिरहेका प्रतिनिधि सभा सदस्यमा हालैमात्र बिजयी भएका सांसद पुनलाई अभद्र व्यवहार गर्ने पोखरा–१३ बाँझापाटनका ४३ वर्षिय विकास गुरुङलाई कास्की प्रहरीले पक्राउ गरेको हो । उनलाई आज महेन्द्रपुलबाट पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । गत सोमबार पुस्तक बेचिरहेका सांसद पुनलाई गुरुङले गालीगलौज गर्दै थुकेका थिए । जवाफमा पुनले पनि थुकेको भिडियो सामाजिक… पुरा पढौ