देश

पोखराको ॐकारेश्वर मन्दिरमा रु १ लाख ५५ हजार बराबरका सिसिटिभी क्यामेरा हस्तान्तरण

पोखरा । लायन्स क्लब अफ पोखरा इन्फर्मेशन टेक्नोलोजीले पोखरा–१७ स्थित धार्मिक तथा पर्यटकीय स्थल ॐकारेश्वर महादेव मन्दिर परिसरमा जडान गरिएका सिसिटिभी क्यामेरा मन्दिर सञ्चालक समितिलाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ ।बिहीबार मन्दिर परिसरमै आयोजित एक कार्यक्रमका बीच लायन्स क्लब इन्टरनेश्नल डिष्ट्रिक ३२५ आई नेपालका डिष्ट्रिक गभर्नर लायन सूर्य बहादुर केसीको प्रमुख आतिथ्यतामा रु १ लाख ५५ हजार लागतमा जडान गरिएका ८ वटा उच्च प्रविधियुक्त सिसिटिभी क्यामेरा हस्तान्तरण गरिएको हो ।कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक गभर्नर लायन सूर्य बहादुर केसीले लायन्सको यो… पुरा पढौ

मुख्य न्यायाधिवक्ताको कार्यालयद्वारा वार्षिक प्रतिवेदन पेस

पोखरा, २८ साउन । गण्डकी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पेस गरेका छन् ।प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख भट्टले मुख्य न्यायाधिवक्ता मुख्यमन्त्रीका कानुनी सल्लाहकार भएकाले प्रदेश सरकारको न्यायिक कामकारबाहीमा सहयोग गर्नु प्रमुख दायित्व रहेको बताए । प्रदेश सरकारलाई कानुनी सल्लाहसँगै न्यायिक कामकारबाहीमा सहायता प्रदान गर्ने जिम्मेवारी मुख्य न्यायाधिवक्ताको रहेको उनले बताए ।मुख्य न्यायाधिवक्ता पौडेलले कानुनी व्यवस्थाअनुसार कार्यालयले प्रत्येक वर्ष वार्षिक प्रतिवेदन पेस गर्दै आएको बताए । उनले गत… पुरा पढौ

नेपाली कांग्रेसका पूर्व सभापति देउवा स्वदेश फिर्ता, विमानस्थलमा नेता, कार्यकर्ताद्वारा भव्य स्वागत

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन् । गत फागुन १३ मा श्रीमती आरजु राणासहित सिंगापुर उडेका देउवा करिब ६ महिनापछि बिहीबार नेपाल फर्किएका हुन् । उनी उपचारका लागि भन्दै सिंगापुर गएका थिए । उनलाई विमानस्थलमा बाजागाजा र झाँकीसहित भव्य स्वागत गरिएको छ ।देउवाको स्वागतमा पुगेका कार्यकर्ताले उनको समर्थनमा नाराबाजी समेत गरेका छन् ।उनको स्वागतमा कांग्रेस संस्थापन इतरका नेताको विमानस्थलमा भिड लागेको थियो । राष्ट्रिय भेलामा सहभागी हुन काठमाडौं पुगेका देशभरका कार्यकर्ता पनि उनको स्वागतका लागि विमानस्थल पुगेका थिए… पुरा पढौ

जनताका चाहना असीमित छन्, स्रोत भने सीमित छः अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा आज मतदातासँगको भेटघाटमा उनले सीमित स्रोतसाधनकाबीच जनताका अपेक्षा पूरा गर्न सरकार क्रियाशील रहेको जानकारी दिए । अर्थमन्त्री वाग्लेले भने, “बजेटका सीमाहरु छन्, रकम थोरै छ । जनताका अपेक्षा धेरै छन् । जुन बस्तीमा पुगेपनि जनताले खानेपानी, सडक, विद्यालय, स्वास्थ्यचौकी, तटबन्धन, खेलमैदानका माग गर्नुहुन्छ, सरकारले सक्दो त्यसलाई सम्बोधन गर्न प्रयास गरिरहेको छ ।” उनले तनहुँको विकासका लागि आफू प्रतिबद्ध रहेको बताउँदै यसपटकको… पुरा पढौ

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर बेपत्ता भएका १० मध्ये एक जनाको शव फेला परेको छ । घटनास्थलबाट स्थानीय ७१ वर्षीया मनरखी पुन मगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी कार्यालयका अनुसार पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । उक्त पहिरोमा परी बेपत्ता हुनेमा ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन… पुरा पढौ

सरकारी कार्यालयमा दिइने निवेदनको ढाँचामा एकरूपता ल्याइने, सरकारद्वारा मागर्दशन जारी

सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि प्रयोग हुने निवेदनको ढाँचामा एकरूपता ल्याउने उद्देश्यले मागर्दशन जारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ जारी गर्दै सबै सरकारी कार्यालयमा यसको कार्यान्वयन गर्न निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हेमराज अर्यालले जानकारी दिए । सरकारी कार्यालयबाट प्रदान गरिने समान प्रकृतिका सेवाका लागि फरक–फरक निवेदन ढाँचा प्रयोग भइरहेको अवस्थालाई अन्त्य गर्दै सेवा प्रवाहलाई सरल, सहज, प्रभावकारी, सेवाग्राहीमैत्री तथा सूचना प्रविधिमा… पुरा पढौ

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राष्ट्रिय खेलकुद परिषद्को बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व भएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पछिल्लोपटक धनीराम चौधरी र ललिता नाथलाई मनोनयन गरेपछि बोर्डमा खेलाडीको उपस्थिति बढेको हो ।राष्ट्रिय खेलकुद विकास ऐनबमोजिम रिक्त सदस्य पदमा मन्त्री पोखरेलले मन्त्रीस्तरीय निर्णयबाट उनीहरुलाई मनोनयन गरेका हुन् । हाल प्रशिक्षकका रूपमा कार्यरत धनीराम पूर्वराष्ट्रिय धावक हुन् भने ललिता नाथ पूर्वराष्ट्रिय भलिबल खेलाडी हुन् । हाल राखेपको उपाध्यक्षमा विशाल श्रेष्ठ छन् । उनी पूर्वफुटबल खेलाडी, बोर्ड सदस्य सिक्का सुवाल श्रेष्ठ पनि पूर्वटेबल टेनिस खेलाडी, र… पुरा पढौ

अन्तरराष्ट्रिय युवा दिवस मनाइँदै, पोखरामा पनि जेसिज र युवा परिषद्को कार्यक्रम

विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तरराष्ट्रिय युवा दिवस मनाइँदैछ । यस वर्षको अन्तरराष्ट्रिय युवा दिवसको मूल नारा ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ रहेको छ । युवाको भूमिकाको महत्वलाई दर्शाउने उद्देश्यका साथ दिवस मनाउने गरिएको छ । सन् २००० देखि संयुक्त राष्ट्र सङ्घको आह्वानमा अगस्त १२ तारिखका दिन यो दिवस मनाइँदै आएको छ । अन्तरराष्ट्रिय युवा दिवस मनाउनुको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा युवा केन्द्रित बहस पैरवी गर्ने, नीति निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता बढाउनु रहेको छ । यस्तै, साझेदारी एवम्… पुरा पढौ

बागलुङमा चक्कु प्रहारबाट मजदुरको मृत्यु

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा चक्कु प्रहारबाट एक मजदुर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीका अनुसार ढोरपाटन नगरपालिका–५ का २५ वर्षीय अर्जुन घर्तीले आपसी विवादमा चक्कु प्रहार गर्दा सोही नगरपालिका–७ का ४० वर्षीय अशोक खत्रीको घटनास्थलमै मृत्यु भएको हो । हत्या अभियोगमा घर्तीलाई हिरासतमा लिइएको छ । घटना गए राति भएको हो । हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमतिका निम्ति निजलाई जिल्ला अदालत पुर्याइएको छ । रासस पुरा पढौ

पोखरामा ग्यास आपूर्ति निरन्तर, अभाव भने कायमै

विभिन्न कम्पनीले नियमितरुपमा ग्यास बजारमा पठाइरहेको दाबी गरिरहँदा पोखरामा साउनको पहिलो सातादेखि सुरु भएको खाना पकाउने एलपी ग्यासको अभाव अझै सहज हुनसकेको छैन । ग्यासका लागि कतिपय उपभोक्ता लामो समयदेखि पर्खाइमा छन् भने कतिपयले लाइनमा बस्दासमेत नपाएको गुनासो गरिरहेका छन् । अर्कातर्फ ग्यास कम्पनीहरूले भने विगतका वर्षकोे परिमाणमभन्दा बढी ग्यास आपूर्ति भइरहेको दाबी गरेका छन् । ती कम्पनीले उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर भण्डारण गरेकाले बजारमा अभाव देखिएको जनाएका छन् । गृहलक्ष्मी ग्यास कम्पनीले गत आवको साउनमा कास्कीमा ३७ हजार सिलिन्डर… पुरा पढौ