देश

विश्वकप क्रिकेटः बङ्गलादेशलाई ५३ रनको लक्ष्य

आईसीसी यू-१९ टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगिताको आजको खेलमा नेपालले जितका लागि बङ्गलादेश सामू ५३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको बाङ्गीमा रहेको युकेएम ओभल क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १८ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर ५२ रन मात्रै बनाउन सक्यो । नेपालका लागि ओपनर साना प्रविनले ३२ बलमा १९ रन जोडिन । त्यस्तै सिमाना केसीले १० रन बनाइन् । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । नेपाललाई सस्तैमा समेट्ने क्रममा… पुरा पढौ

आकर्षक रोजगारीको प्रलोभनमा नपर्न नेपाली दूतावास बैंककको आग्रह

नेपाली दूतावास बैंककले आकर्षक रोजगारीको प्रलोभनमा परी कम्वोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायतका देशमा नआउन आग्रह गरेको छ । दूतावासले ती देशमा आकर्षक रोजगारीको नाममा नेपाली नागरिकले दुःख पाएको र बन्धकसमेत बन्नुपरेको भन्दै एक सूचनामार्फत उक्त आग्रह गरेको छ । दूतावासले म्यानमारको गोल्डन ट्रयाङ्गलमा लगी गैरकानुनी काम गर्न बाध्य पारिएका र सो स्थानबाट भागेर थाइल्याण्ड छिरेका एक नेपाली नागरिकलाई थाइ सरकारी निकायको सहयोगमा शुक्रबार नेपाल फर्काइएको छ । सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र बैदेशिक रोजगारीमा जान तथा कसैको… पुरा पढौ

पोखरामा दाईं महोत्सव हुने

पोखरा, माघ ४ पोखरामा दाईं महोत्सव हुने भएको छ । पोखरा पर्यटन परिषदको आयोजनामा यहि माघ ६ गते आईतबार पोखरामा प्रथम दाईं महोत्सव हुन लागेको हो । दाईं महोत्सव पोखरा–२३ फेवा फाँट, मार्गी (पामे)मा हुने पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले जानकारी दिए । दाईं महोत्सव हुने स्थल रोपाईं महोत्सव भएकै स्थान भएको उनले बताए । गत असार १५ मा सोहि स्थानमा पोखरा पर्यटन परिषदकै आयोजनामा रोपाईं महोत्सव भएको थियो । सो दिन विहान ८ बजेदेखि हुने दाईं महोत्सवको गण्डकी… पुरा पढौ

पक्षघात उपचारका लागि दुर्लभ र महँगो औषधी निःशुल्क उपलब्ध गराउने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले नेपालमा निकै दुर्लभ पक्षघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधी निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन् । हरेक वर्ष झण्डै आठ सय जनाको ज्यान गैरहेको पक्षघातको उपचार गरी जीवनरक्षा गर्न अमेरिकी सहयोगमा प्राप्त औषधी संघीय तथा प्रदेश अस्पतालमार्फत निःशुल्क वितरण गरिने मन्त्री पौडेलले बताए । ‘उपचार गर्न सकिने भए पनि औषधी दुर्लभ र महँगो हुँदा धेरैको ज्यान जाने गैरहेको पायौं’, पोखरामा आयोजित एक कार्यक्रममा उनले भने, ‘यसलाई रोक्न सरकारले नै औषधी प्राप्त गरेर… पुरा पढौ

पोखरामा कक्षा ८ को परीक्षा एसईई मोडलमा : ३७ केन्द्र तोकियो

पोखरा, पोखरा महानगरपालिकाले कक्षा ८ को परीक्षा एसईई मोडलमा लिने भएको छ । यसअघि नै सो मोडलमा परीक्षा लिने निर्णय गरेको पोखरा महानगरपालिका शिक्षा महाशाखाले त्यसका लागि ३७ वटा परीक्षा केन्द्रहरु तोकेको छ । विद्यालयका परीक्षार्थीहरुलाई सहज हुने तरीकाले परीक्षा केन्द्र तोकिएको पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जानकारी दिए । महानगरले पोखरा–३२ मा गोगन मावि गगनगौडा र ब्रह्मरुपा मावि राजाको चौतारा, जनप्रकाश मावि पोखरा–२९ भण्डारढीक, लक्ष्मी आदर्श मावि पोखरा–२७ अर्घौं, पोखरा–२६ अर्घौंको लक्ष्मी मावि, पोखरा–२६ को भवानी कालिका… पुरा पढौ

अवस्था परिवर्तन भएन भन्नेलाई प्रधानमन्त्रीको टिप्पणी : आँखा देख्दैनन् कि कान सुन्दैनन् ?

पोखरा, माघ ३ प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अवस्था परिवर्तन भएन भन्नेप्रति कडा टिप्पणी गरेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई विहीबार पोखरामा सम्बोधन गर्दै उनले अवस्था परिवर्तन भएन भन्नेहरु आँखा नदेख्नेहरु हुन् कि कान नसुन्ने हुन् भनेर टिप्पणी गरेका हुन् । कोहि मान्छेहरु व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन, जस्ताको तस्तै छ भनिराख्या छन्,उनले भने,‘उनीहरु आँखा देख्दैनन् कि कान सुन्दैनन् ? मलाई थाहा छैन ।’ उनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमडी एमएस उत्तिर्ण भएकोलाई जनताको अवस्था… पुरा पढौ

शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत रहेको बताए छन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले मुलुकमा अनेक क्षेत्रमा परिवर्तन र प्रगति हासिल हुँदै गएकाले ऋषिमुनीले भन्दै आएको ‘सर्वे भवन्तु सुखिनः’को आधुनिक रुप ‘समृद्ध नेपाल, सुखी नेपाली’को गन्तव्यलाई ध्यानमा राखेर आफूले काम गरिरहेको स्पष्ट गरे । उनले व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्नेलाई प्रतिष्ठानको स्थापना र पोखरामै रहेर जनशक्ति उत्पादन हुनु एक दृष्टान्त भएकाले पोखरामा १४ जना बिरामीको… पुरा पढौ

समाजवादी मोर्चाले माघ १६ गते राजधानीमा कार्यक्रम गर्ने

माघ २ काठमाण्डौं । समाजवादी मोर्चा नेपालले मोर्चा गठनको आश्यकता र औँचित्यता प्रष्ट्याउन यही माघ १६ गते राजधानीमा कार्यक्रम गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा आज बसेको मोर्चाको बैठकले सो निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादृर विश्वकर्माले जानकारी दिए । बैठकले समाजवादी मोर्चाको गतिविधि, सीमा र आगामी कार्यक्रमसम्बन्धी प्रतिवेदनलाई पूर्णता दिने निर्णय गरेको छ । यही माघ १० देखि १२ गतेसम्म उक्त प्रतिवेदनलाई अन्तिमरुप दिएर शीर्ष नेतासमक्ष हस्तान्तरण गर्ने निर्णय गरेको उनले जानकारी… पुरा पढौ

अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने पार्टीको सदस्य भए कारबाही गर्छौँ : रास्वपा

माघ २ काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको हातपातमा आफ्ना पार्टी सदस्यको संलग्नता भएमा कारबाही गर्ने बताएको छ । आज काठमाडौँ जिल्ला अदालत परिसरभित्र सहकारी बचत अपचलन विषयको बहस भएपश्चात अदातलबाट निस्किने क्रममा त्रिपाठीमाथि हातपात भएको थियो । उक्त घटनाप्रति ध्यानार्कषण जनाउँदै रास्वपाले प्रेस विज्ञप्ति जारी गरेको छ । रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले राजनीतिक दलको लागि यस किसिमको व्यवहार स्वीकार्य नभएको भन्दै यस विषयमा पार्टीको अनुशासन विभागको ध्यानार्कषण भएको बताएका छन् । “यस विषयमा पार्टीको… पुरा पढौ

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री ओली

माघ २ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका लागि जरुरी भएकाले विभिन्न अध्यादेश ल्याइएको बताएका छन् । सरकारमा रहेका प्रमुख दलका शीर्ष नेता, विज्ञ तथा सरोकार भएका पक्षसँगको सघन छलफलपछि अध्यादेश ल्याइएको बताए । सरकारको सिफारिसमा हालै राष्ट्रपति रामचन्द्र पौडेलबाट जारी भएका अध्यादेशका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले जारी गर्नैपर्ने भएकाले बहुतै सावधानी र मेहनताका साथ अध्यादेश सिफारिस गरिएको बताए । “सरकार टिकाउने मात्रै हाम्रो काम होइन, सरकार त आफँै… पुरा पढौ