देश

सुनको मूल्य बढ्यो , आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला रु सात सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा आज छापावाला सुन प्रतितोला रु सात सयले वृद्धि भई रु एक लाख ३७ हजार पाँच सय निर्धारण भएको छ । शुक्रबारको तुलनामा आइतबार रु दुई हजार दुई सयले ओरालो लागेको छापवाला सुन आज भने पुनः उकालो लागेको हो । यस्तै, तेजाबी सुन आज प्रतितोला रु एक लाख ३६ हजार आठ सय ५० निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला… पुरा पढौ

प्राज्ञिकहरूद्वारा प्रधानमन्त्री दाहाललाई धन्यवाद: ‘मेरिटोक्रेसी लागू गर्नुभयो, खुसी छौँ’

प्राध्यापक एवं प्राज्ञिकहरूले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र रजिष्टार मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकामा खुसी व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सामूहिकरूपमा धन्यवाद व्यक्त गरेका हुन । आज बिहान प्रधानमन्त्री दाहालसँग बालुवाटारमा भेट गर्दै प्राध्यापक एवं प्राज्ञिकहरूले खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति गरेसँगै विश्वविद्यालयको प्राज्ञिक छविमा सकारात्मक सन्देश गएको उल्लेख गरे । भेटमा प्रधानमन्त्री दाहालले आफू विश्वविद्यालय र शिक्षा क्षेत्र सुधारमा गम्भीर भएको जानकारी दिँदै मेरिटोक्रेसीको अवधारणा थप दृढताका साथ बाँकी ठाउँमा पनि अवलम्बन गरिने बताए । प्रधानमन्त्री दाहालले भने, ‘‘विश्वविद्यालय सुधार्ने… पुरा पढौ

राजतन्त्र फर्कने कुरा असम्भवः सभापति देउवा

वैशाख २ काठमाण्डौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान र अभ्यासमा रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र सबल बनाएर लैजानुपर्ने खाँचो औँल्याएका छन् । पूर्वप्रधानमन्त्री एवं संविधानसभा सदस्य सूर्यबहादुर थापाको नवौँ स्मृति दिवसका अवसरमा सूर्यबहादुर थापा प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा उनले अहिलेको व्यवस्थालाई अझ सर्वस्वीकार्य बनाएर लैजानुपर्ने बताए । “अहिलेको राजनीतिक व्यवस्थालाई अझ बढी सुदृढ र सबल बनाएर लैजानुपर्छ, संविधानमा रहेका केही कमजोरीलाई सुधारेर अहिलेको व्यवस्थालाई प्रभावकारी बनाउन सकिन्छ”, सभापति देउवाले भने । पूर्वप्रधानमन्त्री देउवाले अहिलेको… पुरा पढौ

आवेश र उत्तेजनाले समस्या सुल्झदैनः अध्यक्ष ओली

वैशाख २ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आवेश र उत्तेजनामा नआइ संयमित ढङ्गले विधिअनुरुप समस्याको समाधान खोज्न आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा उनले कांग्रेसका कारण सदन सञ्चालन अवरुद्ध भएको र विधेयक अघि बढाउने कार्य प्रभावित भएको प्रतिक्रिया दिए । अध्यक्ष ओलीले भने, “कांग्रेसले आक्रोस र पीडाले जेपायो त्यही बोलिरहेको छ । यसो गर्नु हुन्न । संसदीय शासन प्रणालीलाई प्रणालीकारुपमा रक्षा गर्नुपर्छ, यसको मूल्य र मान्यतालाई संरक्षण गर्दै अघि बढ्ने… पुरा पढौ

संसद्को चालु अधिवेशनबाट तीन विधेयक पारित, आजदेखि अधिवेशन अन्त्य

वैशाख २ काठमाण्डौं । प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरिएको छ । सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त सोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । अधिवेशन आज वैशाख २ गते राति १२ बजेदेखि स्वतः अन्त्य हुने सभामुखले जानकारी गराए । बैठकमा उनले प्रतिनिधिसभाको चालु अधिवेशनमा भएका कामबारेमा जानकारी गराए । चालु अधिवेशन गत माघ २ गतेदेखि प्रारम्भ भएको थियो । यस अवधिमा २३ दिनमा २३ पटक गरी कूल ८१ घण्टा ५५ मिनेट बैठक बसी संसदीय काम कारबाही व्यतित भएको… पुरा पढौ

पढ्ने उमेरका बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रूपमा विद्यालय पठाउन आह्वान गरेका छन् । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका साथ नयाँ वर्ष २०८१ को सुरूआतसँगै शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान शुभारम्भ भएको सन्दर्भमा प्रधानमन्त्रीले विद्यालय जाने उमेरका आफ्ना सन्तानलाई पाठशाला पठाउन अभिभावकरूलाई आह्वान गरेका छन् । शिक्षा पाउनु हरेक बालबालिकाको संविधानप्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार भएकाले यसलाई कार्यान्वयन गर्न नेपालको संविधान… पुरा पढौ

सदनको अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयप्रति कांग्रेसको आपत्ति

वैशाख २ काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले गरेको निर्णयप्रति आपत्ति जनाएको छ । कांग्रेस संसदीय दलको आज बसेको बैठकले बजेट अधिवेशनको लागि पर्याप्त समय हुँदाहुँदै चालु अविधेशन अन्त्य गर्न सरकारले गरेको सिफारिसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । बैठकका निर्णयबारे जानकारी दिँदै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सरकारको यो निर्णय अलोकतान्त्रिक र संसदीय मूल्य मान्यता विपरीत भएको बताए । उनका अनुसार कांग्रेसले सरकारको निर्णयको भत्र्सना र निन्दा गरेको छ । “सदनमा… पुरा पढौ

सुनको मूल्य प्रतितोला दुई हजार दुई सयले घट्यो

वैशाख २ काठमाण्डौं । आइतबार पहेँलो धातु सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोला रु दुई हजार दुई सयले घटेर रु एक लाख ३६ हजार आठ सय कायम भएको छ । त्यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला रु दुई हजार दुई सयले घटेर रु एक लाख ३६ हजार एक सय ५० कायम भएको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु ५० ले घटेर… पुरा पढौ

आजदेखि विद्यार्थी भर्ना अभियान शुरु

वैशाख २ काठमाण्डौं । ’सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ शैक्षिकसत्र–२०८१ का विद्यार्थी भर्ना अभियान आजदेखि देशभर शुरु भएको छ । अभियानको पहिलो दिन आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका शिक्षा तथा मानवस्रोत विकास केन्द्रले अभियान सफल बनाउन स्थानीय तह र सम्बन्धित निकायलाई आग्रह गरेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठको उपस्थितिमा भर्चुअल माध्यमबाट अन्तरक्रिया गरी केन्द्रले सबै स्थानीय तहका शिक्षा प्रमुख, इकाइ प्रमुख, नगरपालिका महासङ्घ, गाउँपालिका महासङ्घलाई आग्रह गरेको हो । मन्त्री श्रेष्ठले शिक्षा… पुरा पढौ

दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनमा नेपाल ३२ रनले विजयी

वैशाख १ काठमाण्डौं । एसिसी मेन्स प्रिमियर कप अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा आज भएको खेलमा जितका लागि दुई सय ११ रनको लक्ष्य पछ्याएको कतार निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७८ रनमा समेटियो । उसका लागि कप्तान मुहम्मद तनभिरले अर्धशतकीय पारी खेले । उनले ३३ बलमा चार चौका र छ छक्काको सहयोगमा ६३ रन बनाए । साथै मोहम्मद अहनाफले २३, हिमांशु राठोरले २२, अदनान मिर्जाले… पुरा पढौ