देश

सञ्चारमा वेलनेस हिलिङको महत्वबारे अन्तरक्रिया तथा प्रशिक्षण सम्पन्न

सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको आयोजना तथा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, जरेवर–६ शाखाको सहकार्यमा ‘सञ्चारमा वेलनेस हिलिङको महत्व’ विषयक एकदिने अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख प्रशिक्षक ब्रह्माकुमार विजयराज सिग्देलले सञ्चार क्षेत्रमा कार्यरत व्यक्तिहरूले दैनिक रूपमा उच्च कार्यचाप, मानसिक तनाव तथा चुनौतीहरूको सामना गर्नुपर्ने भएकाले मानसिक सन्तुलन, सकारात्मक सोच र ध्यान (मेडिटेसन) लाई जीवनशैलीको हिस्सा बनाउनुपर्नेमा जोड दिए । उनले वेलनेस हिलिङले मानसिक शान्ति, आत्मविश्वास, निर्णय क्षमता र कार्यदक्षता अभिवृद्धि गर्दै जिम्मेवार तथा सकारात्मक सञ्चार… पुरा पढौ

मदरल्याण्ड माविमा संयुक्त राष्ट्रसंघको नमूना सभा

पोखराको मासवारस्थित मदरल्याण्ड माविले नमूना युएन (संयुक्त राष्ट्र संघ) सभा आयोजना गरेको छ । विद्यालय तहका विद्यार्थी सहभागि मदरल्याण्ड नमूना युएन सभामा भाग लिन कास्की सहित विभिन्न आठवटा जिल्लाका विद्यार्थी पोखरा आएका छन् । विद्यालयले आयोजना गरेको यो आठौं नमूना सभा हो । विद्यालय तहका विद्यार्थी सहभागि भएको यो नमूना सभामा विभिन्न विषयमा दुईदिनसम्म बहस हुनेछ ।मदरल्याण्ड माविको आयोजना र नेपाल–अमेरिका अलुम्नाई नेटवर्क (नुसान)को संयोजनमा भएको यो कार्यक्रममा कक्षा १२ सम्मका विद्यार्थी सहभागि छन् । उनीहरुले विभिन्न मुलुकको प्रतिनिधित्व गर्दै… पुरा पढौ

दोस्रो कोदो महोत्सव कोदीमा सम्पन्न, कोदो उत्पादक कृषक सम्मानित

पोखरामा दोस्रो कोदो महोत्सव सम्पन्न भएको छ । पोखरा २२ कोदीमा आयोजित महोत्सवमा कोदो उत्पादक कृषकहरूलाई सम्मान समेत गरिएको छ । १७ रोपनी क्षेत्रफलमा कोदो खेती गरेका पोखरा २२ का कृषक खगी घर्ती, ११ रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा २० का कृषक दुर्गा बहादुर सुनार, १० रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा २८ का कृषक शोभा भण्डारी र ९ रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा २३ का कृषक होम बहादुर गुरुङलाई नगद र सम्मान पत्रले सम्मान गरिएको हो ।… पुरा पढौ

राष्ट्रिय भेलाका लागि कांग्रेस इतर समुहद्वारा डा. शशांक कोइरालाको संयोजकत्वमा समिति गठन

नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टी एकताको लागि संस्थापन पक्ष गम्भिर नभएको निष्कर्ष निकालेको छ । उक्त समुहले शनिबार चुनदेवीको सम्पर्क कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै, संस्थापन पक्ष जिम्मेवार नभएकाले आफुहरु राष्ट्रिय भेला गर्न बाध्य भएको स्पष्ट पारेको छ । यही साउन २९ देखि ३१ गतेसम्म काठमाण्डौंमा इतर समुहले भेलाको आयोजना गरेको छ । भेला सम्पन्न गर्न पुर्व महामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ५ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको घोषणा गरिएको छ । भेलालाई थप व्यवस्थित गर्न… पुरा पढौ

आज दोस्रो राष्ट्रिय कोदो दिवस, पोखराको कोदीमा कोदो बिशेष कार्यक्रम

आज दोस्रो राष्ट्रिय कोदो दिवस। नेपालमा आज विभिन्न कार्यक्रम गरी कोदो दिवस मनाइँदैछ। सरकारले कोदोजन्य बालीको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले गते वर्षदेखि कोदो दिवस मनाउन सुरु गरेको हो। कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। कोदो विसको अवसरमा यसवर्ष ‘कोदोबाली संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा संवर्द्धन’ तय गरिएको छ। यसैबिच कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दोस्रो राष्ट्रिय कोदो दिवसको अवसरमा कोदोजन्य बालीको संरक्षण, उत्पादन र… पुरा पढौ

सिरहा घटनामा मृत्यु भएका यादवको आज अन्त्येष्टि गरिदैं, परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका युवाका परिवार र सरकारबिच ७ बुँदे सहमति भएको छ । सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो । सहमति पछि यादवको शव बुझेर अन्त्येष्टि गर्न परिवार तयार भएको छ । सहमति अनुसार आज अपरान्ह अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । अन्त्येष्टिका लागि आवश्यक खर्चसमेत सरकारले उपलब्ध गराउने बताईएको छ । यादवको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान… पुरा पढौ

सामाजिक सद्भाव र शान्ति कायम गर्न गण्डकीका प्रदेश सभा सदस्यहरुको अपिल

पोखरा, साउन १५ गण्डकी प्रदेश सभा सदस्यहरुले धार्मिक सहिष्णुता कायम गर्न अपिल गरेका छन् । गण्डकी प्रदेश सभाको शुक्रबार बसेको बैठकमा बोल्दै प्रदेश सभा सदस्यहरुले सुनसरीको देवानगञ्ज घटनाबाट उत्पन्न परिस्थितिलाई मत्थर पार्नका लागि सामाजिक सद्भाव र शान्ति कायम गर्न अपिल गरेका हुन् । प्रदेश सभामा बोल्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले देवानगञ्ज घटनापछि उत्पन्न परिस्थितिलाई सम्हाल्न एकताको सन्देश दिदै धार्मिक सहिष्णुता फैलाउनुपर्नेमा जोड दिए । घटनालाई धार्मिक र साम्प्रदायिक बनाउनु हुँदैन… पुरा पढौ

प्रदेश प्रमुखबाट फिर्ता गाँजा विधेयकमा पुनर्बिचार भएन, हुबहु पारित

पोखरा, साउन १५ गण्डकी प्रदेश सभाले प्रदेश प्रमुखबाट फिर्ता भएको गाँजा विधेयक हुबहु पुनः पारित गरेको छ । औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक नेपालको संविधान र संघीय कानूनसँग बाझिएको भन्दै सन्देशसहित साउन ८ गते फिर्ता पठाएका थिए । तर शुक्रबार बसेको प्रदेश सभा बैठकले सो विधेयक प्रदेशको एकल अधिकार भित्र पर्ने भएकाले पुनर्बिचार गर्नुपर्ने कारण नभएकोभन्दै हुबहु पारित गरेर प्रमाणिकरणका लागि पठाउने निर्णय गरेको हो । यसअघि गण्डकी प्रदेश… पुरा पढौ

मधेशमा विकसित समस्या समाधान गर्न प्रधानमन्त्री शाह सक्रिय, मधेशवादी नेताहरु र रास्वपा सांसदसँग छलफल

प्रधानमन्त्री बालेन्द्र शाहले तराई मधेशका केही जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न सरकार लागिपरेको बताएका छन् । आइतबार राती सुनसरीमा दुई पक्षबिचको झडप र त्यसबाट उत्पन्न समस्या अन्य जिल्लामा पनि बढ्दै गएपछि आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूसँग भएको छलफलमा उनले नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागिपरेको बताएका हुन्।प्रधानमन्त्री शाहले राज्य संयन्त्रका सम्पूर्ण अंगहरू उच्च सतर्कताका साथ परिचालित भइसकेकाले… पुरा पढौ

ट्याक्सी र स्कुटर ठोक्किदा पोखरामा एक किशोरको मृत्यु

पोखरामा आज बिहान भएको सडक दुर्घटनामा परि एक किशोरको मृत्यु भएको छ । पोखरा १४ अनुपम टोलमा आज बिहान ट्याक्सी र स्कुटर एक आपसमा ठोकिँदा म्याग्दी रंघुगंगा घर भई पोखराको विजयपुर बस्दै आएका १७ वर्षीय संयोग भण्डारीको मृत्यु भएको हो।घटनामा परी गम्भीर घाइते भएका भण्डारीको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ। ग १ ज ९९३ नम्बरको ट्याक्सी र ग १५ प ५०५ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाएका हुन्। कार चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको… पुरा पढौ