देश

गण्डकी प्रदेशमा थुप्रै काम भए तर जनतालाई बुझाउन सकेनौं: मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले भौतिक पूर्वधारमा ठूलो फड्को मारेको बताएका छन् । बुधबार बागलुङ नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले चारवर्षे कार्यकाल पूरा गरेको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशभर ९० प्रतिशत भौतिक पूर्वाधार विकास प्रदेश सरकारमार्फत भएको उनले दाबी गरे । प्रदेश सरकारमार्फत थुप्रै महत्त्वपूर्ण काम भए पनि जनतालाई बुझाउन नसकेको मुख्यमन्त्री पाण्डेको भनाइ छ । जनतामा केही भएन भन्ने भाष्य निर्माण भएको भन्दै अब हरेक जनप्रतिनिधिले गरेको काम जनतालाई बुझाउनुपर्ने उनले बताए । हरेक जनप्रतिनिधिले नागरिकमा भएको… पुरा पढौ

सरकार परिवर्तनबारे गण्डकीमा ‘तैं चुप मै चुप’

पूर्व सहमती अनुसार गण्डकीमा साउनमा सरकार परिवर्तन गर्नुपर्नेछ । कांग्रेस–एमाले गठबन्धन बनेपछि गण्डकीमा पहिलो कार्यकाल वर्तमान सुरेन्द्रराज पाण्डे र दोस्रो कार्यकाल खगराज अधिकारी मुख्यमन्त्री बन्ने सहमती भएको थियो । सो सहमती अनुसार पाण्डे हाल मुख्यमन्त्री छन् भने आगामी साउनमा अधिकारी मुख्यमन्त्री बन्नुपर्ने हो । तर गण्डकीमा सो सहमती अनुसार सरकार फेरबदल हुने कुनै गुञ्जायस छैन । किनकी गण्डकीमा एमालेबाहेक पनि कांग्रेसले बहुमत पु¥याउनसक्ने अंकगणित छ । गण्डकी प्रदेश सभामा कांग्रेसको २८, एमालेको २२, नेकपाको ७, राप्रपाको २ र प्रलोपाको १… पुरा पढौ

एक महिनाका लागि बुद्ध एयरको नेपालगञ्ज पोखरा उडान स्थगन

करिब पाँच वर्षदेखि सञ्चालन हुँदै आएको बुद्ध एयरको नेपालगञ्ज पोखरा–सिधा उडान केही समयका लागि स्थगित भएको छ । भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या न्यून भएको र इन्धन खर्च बढी भएका कारण पोखरा नेपालगञ्ज सिधा उडान एक महिनाका लागि स्थगन भएको बुद्धएयर, नेपालगञ्ज स्टेशनका प्रमुख विनितविक्रम शाहले जानकारी दिए । एक महिना लामो मलमास परेकाले भारतबाट आउने भारतीय पर्यटक नआएका कारण र इन्धन मूल्य पनि महँगो भएका कारण नेपालगञ्ज पोखरा उडान केही महिनाका लागि स्थगित भएको उनको भनाइ छ । पर्यटन… पुरा पढौ

फिर्के खोलाको खोलाघर भित्रका संरचना हटाउन पोखरा महानगरको ताकेता (पत्रसहित)

पोखरा महानगरपालिकाले फिर्के खोलाको खोलाघर भित्र निर्माण भएका सबै संरचना हटाउन पुन सुचना जारी गरेको छ । महानगरले यसअघि गत बैशाख ४ गते ३५ दिने सुचना जारी गरि संरचना हटाउन निर्देशन दिएको थियो । आज एक सुचना जारी गरि खोला घरभित्रका स्थायी तथा अस्थायी संरचना जेठ ९ गते शनिबारभित्र हटाउन आग्रह गर्दै अटेर गरेमा महानगर स्वयंले हटाउने चेतावनी दिएको छ । सो संरचना हटाउँने क्रममा लाग्ने सम्पुर्ण खर्च सम्वन्धित व्यक्ति वा संस्थासँग असुल उपर गरिने समेत जनाएको छ ।फिर्के खोला… पुरा पढौ

संसदमा श्रम संस्कृतिको पर्चा विरोध जारी, बैठकमा मर्यादित हुन सांसदलाई सभामुखको आग्रह

सभामुख डोलप्रसाद अर्यालले संसद बैठकमा मर्यादित भई प्रस्तुत हुन श्रम संस्कृति पाटीलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठक सुरु भए लगत्तै श्रम संस्कृतिका सांसदले पर्चा लिएर विरोध गरेपछि सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली २०७९ को दफा ३० बमोजिम ध्यानाकर्षण गराउँदै यस्ता अभद्र व्यवहार नगर्न चेतावनी दिए ।उनले पाटीृका अध्यक्ष समेत रहेका सांसद हर्क साम्पाङसहितका सांसदलाई आफ्नो क्रियापलाप र व्यवहार सच्याउन सुझाव दिए । बैठकको आरम्भमै श्रम संस्कृति पार्टीका सदस्यहरूले उठेर संसद्प्रति सरकार जवाफदेही हुनुपर्नेमा जोड दिए । अध्यक्ष साम्पाङले जनताको… पुरा पढौ

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गए राति खसेको पहिरोले चङ्खेली–५ डाँफेस्थित आधारभूत विद्यालय भवनमा क्षति पु¥याएको छ । एक्कासी असिनापानी परेपछि खसेको पहिराले विद्यालय भवनसहित खेतीयोग्य जग्गा र गोठ पनि क्षति पु¥याएको चङ्खेली–५ का बासिन्दा छक्कबहादुर तामाङले जानकारी दिए । चङ्खेली–५ वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ पनि पहिरोले पुरेको छ । त्यहाँ रहेका भेँडाबाख्रामा क्षति पुगेको छ । पहिरोले गोठ पुरिए पनि के कति क्षति भयो भन्ने एकिन विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक… पुरा पढौ

अन्ततः हटे पोखरा अमरसिंहचोकका टहरा, सम्याउन चल्यो डोजर

पोखरा, जेठ ५ पोखराको अमरसिंहचोकमा वर्षौंदेखि उभिएका टिनका अस्थायी टहरा अन्ततः हटाइएका छन्। मंगलबार अमरसिंह नमूना माध्यमिक विद्यालयअगाडिका ५१ वटा व्यवसायिक टहरा हटाइएपछि क्षेत्र खुला देखिन थालेको छ। अमरसिंह नमूना माध्यमिक विद्यालय को खेलमैदानको दक्षिणपट्टि बनाइएका ती टहरामा लामो समयदेखि व्यवसाय सञ्चालन हुँदै आएको थियो। पृथ्वी राजमार्गसँगै जोडिएको उक्त क्षेत्र पोखरा भित्रिने मुख्य प्रवेशमार्ग मानिन्छ। विद्यालयले पटक–पटक आग्रह गरेपछि व्यवसायीले अन्ततः टहरा हटाएका हुन्। यसअघि विद्यालयले १५ दिने सूचना जारी गर्दै संरचना खाली गर्न भनेको थियो। सूचना नमाने विद्यालय आफैंले… पुरा पढौ

पोखरा बसपार्कका सुकुम्बासीलाई दलहरुको साथ

सन्देश श्रेष्ठपोखरा, जेठ ५ पोखरा बसपार्कमा रहेका भूमिहीन, सुकुमबासीलाई घर, टहरा छाड्न भन्दै पोखरा महानगरपालिकाले निकालेको ३५ दिने सार्वजनिक सूचनाको म्याद सकिन अब जम्मा ४ दिन बाँकी छ । महानगरले पोखरामा बनेका अनधिकृत घर, टहरा हटाउन भन्दै बैशाख पहिलो साता ३५ दिने सूचना निकालेको थियो । सो सूचनाको म्याद यहि जेठ ८ गते सकिदैछ । तर पोखरा बसपार्कका भूमिहीन, सुकुम्बासीले तत्काल बासस्थान नछाड्ने भएका छन् । भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार समिति बनाएका उनीहरु वैकल्पिक व्यवस्था नभएसम्म सो ठाउँ नछाड्ने… पुरा पढौ

मेलामा २० हजार किलो तरबुजा विक्रि, चार जना कृषक सम्मानित

पोखराको १३ नम्बर वडामा भएको तरबुजा मेलामा करिब २० हजार किलो तरबुजा विक्रि भएको छ । तरबुजा र खरबुजाखेती गर्ने किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषि सञ्जाल पोखरा १३ को आयोजना तथा वडा कार्यालयको समन्वयमा आयोजना भएको एक दिने मेलामा दर्शकको उल्लेख्य सहभागिता रहेको र करिब २० हजार किलो तरबुजा विक्रि भएको सञ्जालका अध्यक्ष नरेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।मेलामा ३२ वटा स्टल राखिएको र सो स्टलबाट विक्रि वितरण गरिएको थियो । मेलामा बिभिन्न वडाका कृषकले आफुले उत्पादन गरेको तरबुजाको प्रदर्शनीसहित विक्रि… पुरा पढौ

विन्ध्येश्वरी आदर्शमा सदन विभाजन

विद्यार्थीहरूको नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले पोखराको मोहरियाटोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा सदन विभाजन गरिएको छ । साप्ताहिक रुपमा हुने कार्यक्रममा विद्यार्थीको आर्कषण बढाउन र सदन मार्फत सहभागिता जनाउन सदन बिभाजन गरिएको अतिरिक्त क्रियाकलाप विभागका प्रमुख राजु बयलकोटीले जानकारी दिए । विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा कक्षा २ देखि १० सम्मका विद्यार्थीहरूको उपस्थितिमा गरिएको कार्यक्रममा विद्यार्थीहरूलाई विभिन्न ४ वटा सदनमा विभाजन गरिएको छ । जसमा रातो सदनको क्याप्टेनमा अर्चना रत्न र बिनायक गिरी, निलो सदनमा सिमोन तामाङ र उपासना रेग्मी, हरियो… पुरा पढौ