देश

ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै कास्कीका गुरुङ दाजुभाइ

कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ भुर्जुङखोलास्थित मुलखेत कुनैबेला हिलो र झाडीले भरिएको थियो । धानबालीसमेत खासै फस्टाउँदैनथ्यो । तर हिजोआज त्यही ठाउँ प्रकृतिसँग रमाउँदै ट्राउट माछाको स्वाद लिने आकर्षक पर्यटकीय गन्तव्य बनेको छ । ‘ज्ञान र सीप सिकेर स्वदेशमै फर्क साथी, त्यही सीपले देश उठाउनुछ माथि’ भन्ने सन्देशमूलक सोचका साथ २०६७ सालमा जापान र बेलायतको सेवासुविधा त्यागेर स्वदेश फर्किएका दुई दाजुभाइले सुरु गरेको ‘गण्डकी ट्राउट फार्म’ पछिल्लो समय मनग्य आम्दानी र रोजगार सृजनाको आधार बनेको हो । भारतीय सेनाबाट अवकाशप्राप्त भई लामो… पुरा पढौ

प्रतिनिधिसभा बैठक सुरु, श्रम संस्कृतिले देखायो पर्चा

प्रतिनिधिसभाको बैठकमा आज पनि श्रम संस्कृति पार्टीका सांसद्ले पर्चा देखाएर विरोध जनाएका छन् । प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै श्रम संस्कृतिका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङ पोस्टर हातमा लिएर उठेका थिए । सभामुख डोलप्रसाद अर्यालले यो विषयमा ध्यानाकर्षण भएको छ भनेपछि श्रम संस्कृति पार्टीका सांसदहरू बल्ल बसेका थिए ।बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका छन् । त्यस्तै, बैठकको कार्यसूचीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहने र अन्त्यमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले… पुरा पढौ

मितेरी सहरबाट उपहार पाएको अत्याधुनिक एम्बुलेन्स साढे ३ वर्षपछि पोखरा आईपुग्यो

पोखरा महानगरपालिकाले चीनको मितेरी सहर लिञ्जीबाट उपहारस्वरुप पाएका स्वास्थ्य सामग्री अन्ततः साढे तीन वर्षपछि पोखरा ल्याएको छ। करिब ३ करोड ५० लाख रुपैयाँ बराबरका ती सामग्री २०७९ सालमै नेपाल आइपुगेका थिए। तर कानुनी जटिलता, भन्सार छुटको सीमा र प्रशासनिक प्रक्रियाका कारण रसुवा–केरुङ नाकामै रोकिए। लामो पहलपछि मात्रै ती सामग्री पोखरा भित्रिएका हुन्। लिञ्जीले पोखरालाई अत्याधुनिक उपकरण जडित एम्बुलेन्स, भेन्टिलेटर, अक्सिजन सिलिन्डर तथा अक्सिजन इन्सिनेटरलगायत सामग्री उपहार दिएको थियो। पोखराका मेयर धनराज आचार्य नेतृत्वको टोली २०७९ सालमा चीन भ्रमणमा गएका बेला… पुरा पढौ

एनटिएचएमसीमा ५ दिने विशेष तालिम सुरु ,पोखराको पर्यटन समय सापेक्ष हुनुपर्छ: मेयर आचार्य

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराको पर्यटन क्षेत्रलाई समय सापेक्ष अनुरुप बनाउनु पर्नेमा जोड दिएका छन् । पोखरा छिनेडाँडामा रहेको होटल म्यानेजमेन्ट कलेजमा आयोजित होटल व्यवसायी तथा पर्यटन क्षेत्रका प्रतिनिधिहरूका लागि ‘पाँच दिने विशेष ‘ट्रेन द ट्रेनर’कार्यक्रमको उद्घाटन गर्दै मेयर आचार्यले यहाँको पर्यटनलाई केवल परम्परागत रूपमा मात्र नभई समयसापेक्ष र व्यावसायिक ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन् । उनले ले सैद्धान्तिक ज्ञानसँगसँगै व्यावहारिक ज्ञान र यहाँको भूगोल सुहाउँदो पर्यटनको विकास हुनुपर्ने बताए ।उनले यहाँको मौलिक हस्पिटालिटीलाई जोगाइराख्न सम्बद्ध सबै पक्षलाई… पुरा पढौ

पोखरा घुम्न आउने रुकुमेलीलाई पोखरेलीको निम्तो

सन्देश श्रेष्ठपोखरा, जेठ ४ पोखराले रुकुमेली पाहुना आकर्षित गर्ने जमर्को गरेको छ । यसअघि पूर्वी, दक्षिण र पश्चिमी क्षेत्रका पर्यटकलाई आकर्षित गर्ने प्रयास गरिरहेको पोखराले पहिलो पटक रुकुमेलीलाई पोखरा घुम्न आउन निम्तो दिएर त्यहाँको पाहुना आकर्षित गर्ने जमर्को गरेको हो । पोखराले प्राय पूर्वी क्षेत्रहरु बीरगञ्ज, विराटनगर, काकडभिट्टा, ईलाम, चितवन तथा पश्चिमी क्षेत्रहरु भैरहवा, बुटवल, नेपालगञ्ज, धनगडी, सुर्खेतलगायतका ठाउम पुगेर पर्यटन प्रवद्र्धन गर्ने गरेको थियो । तर यसपटक भने पृथ्वी होटल व्यवसायी समिति पोखराको आयोजनामा मध्यपहाडी लोकमार्ग केन्द्रीत गन्तव्यहरुमा पुगेर… पुरा पढौ

जङ्गली भ्याकुर खाँदा पश्चिम बागलुङमा एकको मृत्यु, आठ जना बिरामी

निगुरो टिप्न जङ्गल गएकाहरुले ल्याएको भ्याकुर खाँदा पश्चिम बागलुङको बडिगाडमा एक जनाको मृत्यु भएको छ । जङ्गली भ्याकुर खाँदा अन्य आठ जना बिरामी परेका छन् । घर नजिकैको जङ्गलबाट ल्याएको भ्याकुर खाँदा बडिगाड गाउँपालिका–५ दाग घर भई खार बजार बस्ने ७२ वर्षीय फिरमकुमारी घिमिरेको ज्यान गएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए । प्रहरी निरीक्षक मानन्धरका अनुसार, दीर्घरोगी घिमिरेको घरमै ज्यान गएको हो भने अन्य आठ जना भ्याकुर खाएपछि बिरामी परेका छन् । बिरामी हुनेहरुमा… पुरा पढौ

प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध जनाएका छन् । बैठक प्रारम्भ हुनासाथ सो पार्टीका अध्यक्ष हर्कराज राईसहितका सदस्यहरुले आफ्नो स्थानबाट उठेर सरकारको विरोध गरिएका ‘प्ले कार्ड’ देखाउँदै सभामुखको वेल घराउ गर्न पुग्दा मर्यादापालकले रोकेका थिए ।प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने नारा लेखिएका पर्चा पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सबै सांसदहरूले प्रदर्शन गरेका हुन् । उक्त पार्टीको विरोधप्रति ध्यानाकर्षण गराउँदै सभामुख डोलप्रसाद अर्यालले पर्चा देखाएर सदनमा विरोध गर्ने शैली संसदीय अभ्यास र मर्यादाविपरीत भएको बताए । उनले यस प्रकारको विरोध आगामी दिनमा… पुरा पढौ

पोखरा १३ मा हुने तरबुजा मेलाको तयारी पुरा, गर्मी लागेसँगै माग बढ्दो

पोखरा महानगरपालिका–१३ बगरकोट कसेरीस्थित विजयपुर खोलाको किनारमा गत फागुनमा रोपिएका तरबुजाका लहरामा अहिले फल लागेको छ । लामो समयदेखि बाँझो रहेको यहाँको २५ रोपनी बलौटे जमिनमा पोखरा–२२ पुम्दीभुम्दीका ३२ वर्षीय सुन्दर बरालले व्यावसायिक तरबुजाखेती सुरु गरेका थिए । उनले फागुनमा सरस्वती जातका तीन हजार ५०० बिरुवा लगाउनुभएको थियो । अहिले औसतमा दैनिक २०० केजी तरबुजा बिक्री गरिरहेका छन् । उनका अनुसार प्रतिकेजी रु ६० का दरले दैनिक रु १२ हजारको कारोबार भइरहेको छ । बरालका अनुसार यस वर्ष रु १५… पुरा पढौ

तमु धिं नेपालद्वारा उपचारका लागि ४ लाख रुपैया सहयोग

तमु धिं नेपालको ४२ औं स्थापना दिवस आगमनको अवसरमा आइतवार तमु धिं नेपालले बिरामीहरुलाई उपचारकालागि ४ लाख रुपैया सहयोग हस्तान्तरण गरिएको छ । तमु धिं साँस्कृतिक भवन निर्माण गरिदिनुहुने तमु धिं नेपालका परम आदरणीय मेजर जयबहादुर / मेजरनी रुपकुमारी गुरुङको परिवार द्वारा स्थापित र तमु धिं नेपालद्वारा संचालित एक करोड रुपैयाको मेजर जयबहादुर - उदय चन्द्र - मेजरनी रुपकुमारी गुरुङ स्वास्थ्योपचार कोषको व्याज बाट बिरामीहरुलाई उपचार सहयोग हस्तातरण गरिएको हो । सहयोग रकम तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, वरिष्ठ… पुरा पढौ

तमु धिं युवा समिति द्वारा ५६ पिन्ट रक्त संकलन

तमु धिं नेपालको ४१औं स्थापना दिवस‌को अवसरमा तमु धिं नेपाल केन्द्रिय युवा समितिद्वारा आयोजित रक्तदान कार्यक्रममा ५६ जनाले रक्तदान गरेका छन। रक्तदान जीवनदान नाराका साथ पोखरा ९, महेन्द्र‌पुलमा आयोजित रक्तदान कार्यक्रमका प्रमुख अतिथी गुरुड ब्युटि पार्लर एण्ड एकेडेमीकी संचालक, वरिष्ठ ब्युटिसियन, तमु धिं नेपालकी केन्द्रीय सदस्य चिनु गुरु‌ले प्रथम रक्तदाता तमु धिं कास्कीका अध्यक्ष प्रेमबहादुर गुरु‌ङ्गलाई ब्लड‌ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गर्नुभएको थियो I प्रमुख अतिथि गुरुङले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु हुदै अत्यन्तै गर्बिलो संख्या तमु धिं नेपाल स्थापनाको… पुरा पढौ