देश

सप्तरीको राजविराजमा कर्फ्यु आदेश जारी, सिरहाको अवस्था सामान्य बन्दै

सुनसरीको कप्तानगञ्जमा भएको घटनालाई लिएर प्रदर्शन हुन थालेपछि सप्तरीको राजविराज क्षेत्रमा कफ्र्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा आज बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कफ्र्यु आदेश जारी गरेको हो । कार्यालयले आज सूचना जारी गर्दै जिल्लामा शान्तिसुरक्षा कायम गर्न जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कफ्र्यु आदेश जारी गरिएको जनाएको छ ।घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ ।प्रदर्शनकारीले चोकमा टायर बालेका छन् । प्रदर्शनका क्रममा बजार पसल बन्द छ । यातायात सेवा पनि अवरुद्ध… पुरा पढौ

सोमकुमार तामाङको कुवेतमा ड्रोन आक्रमणमा परि निधन

कुवेतमा ड्रोन आक्रमणमा परि मृत्यु हुनेमा नेपाली युवा सोमकुमार तामाङ रहेका छन् । कुवेतस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै बिहीबार भएको ड्रोन आक्रमणमा परी ज्यान गुमाउनेमा त्यहाँ सवारी चालकको रुपमा कार्यरत तेह्रथुमका ४४ वर्षीय तामाङ भएको पुष्टि गरेको छ । विज्ञप्तिमा राजदूतावासले मृतक तामाङको पार्थिव शरीर कानुनी प्रक्रिया पुरा गरी यथाशीघ्र नेपाल पठाउन आवश्यक समन्वय भईरहेको जनाएको छ । यसका लागि त्यहाँका सरकारी निकायसँग सहकार्य गरेर अघि बढाइएको बताईएको छ ।राजदूतावासले मृतक तामाङको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति… पुरा पढौ

एसियाली खेलकुदमा सहभागी हुने खेलाडी, प्रशिक्षक, म्यानेजर र अफिसियललाई दिइयो सुरक्षा अभिमुखीकरण

पोखरा,साउन १४जापानको आइची नागोया सहरमा आयोजना हुने २० औँ एसियाली खेलकुदका सहभागी खेलाडि,प्रशिक्षक,टिम म्यानेजर,अफिसियल र जजको लागि काठमाडौँमा सुरक्षा अभिमुखीकरण कार्यक्रम आयोजना भएको छ ।नेपाल ओलम्पिक कमिटी एनओसी सँगको सहकार्यमा नेसनल ओलम्पिक एकेडेमी नेपाल (एनओए) ले आगामी सेप्टेम्बर र अक्टोबरमा हुने एसियाली खेलकुदको तयारीमा रहेका खेलाडी र अफिसियलहरूका लागि मंगलबार अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।कार्यक्रममा नेशनल ओलम्पिक एकेडेमी नेपालका अध्यक्ष तेजबहादुर गुरुङले खेलकुदमा संलग्न खेलाडी, प्रशिक्षक, अफिसियललगायत सबैका लागि सुरक्षा सचेतना अपरिहार्य रहेको बताएका थिए । उनले प्रत्येक खेलाडीले… पुरा पढौ

गण्डकीमा सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ता ३३ हजार ३ सय ३३

पोखरा, साउन १३ गण्डकी प्रदेशमा सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेको संख्या ३३ हजार नाघेको छ । गण्डकीमा असार मसान्तसम्ममा १ हजार ३ सय ७ वटा रोजगारदाता कम्पनी आबद्धहुँदा ३३ हजार ३ सय ३३ जना योगदानकर्ता आबद्ध भएको सामाजिक सुरक्षा कोष गण्डकी प्रदेश प्रमुख डि.पी. सुन्दर पराजुलीले जानकारी दिएका हुन् । गण्डकीमा गत वर्ष ४ सय ८ वटा रोजगारदाता संस्था थप भएका छन् भने ३ हजार ४ सय १ योगदानकर्ता थपिएका छन् । गण्डकीमा ९९ वटा सरकारी कार्यालयसमेत आबद्ध भएको प्रमुख… पुरा पढौ

एक आपसमा एकता र सद्भाव कायम राख्न पुर्वराजा ज्ञानेन्द्र शाहको आग्रह(सन्देशसहित)

पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकका विभिन्न भागमा सामाजिक र धार्मिक सद्भाव खलबल्याउन खोजिएकोप्रति चिन्ता व्यक्त गरेका छन् । निर्मल निवासबाटजारी सन्देशमा उनले कोसी र तराइका विभिन्न भूभागमा जनजीवन नै अशान्त हुने गरी भएको घटना सुन्दा दुःख लागेको बताएका छन् । पुर्वराजा शाहले परम्परा देखि नै नेपालीहरूबीच एकता र मेलमिलाप रही आएको स्मरण गर्दै, यो बिशिष्ट परिस्थितीमा मेलमिलाप नै आजको प्रमुख आवश्यकता रहेको बताएका छन् । नेपाली समाजको बहुजातीय र बहुभाषिक विशिष्टताका साथै आ आफ्नो धर्म र संस्कृतिको सम्मान गर्ने परम्पराले नै… पुरा पढौ

कप्तानगंज घटनामा मृत्यु हुनेको संख्या २ पुग्यो, सिरहा र जनकपुरमा पनि कर्फ्यु आदेश जारी

सुनसरी घटनालाई लिएर मधेश प्रदेशका बिभिन्न जिल्लामा प्रदर्शन चर्कदै गएका छन् । सुनसरीको देवानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर घाइते भएका अर्का एकजनाको पनि उपचारका क्रममा मृत्यु भएपछि प्रदर्शन थप चर्किएको हो । विराटनगरको न्यूरो अस्पतालमा उपचाररत् देवानगञ्ज ३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो मृत्यु भएको हो । मेहतालाई दिउँसो चिकित्सकले मृत घोषणा गरेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।योसँगै उक्त घटनामा मृतकको संख्या २ पुगेको छ ।उक्त घटनामा गोली लागेर घाइते भएका अन्य ८… पुरा पढौ

प्रतिनिधि सभामा विपक्षीदलद्वारा सरकारको आलोचना, एमालेले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा

प्रतिनिधिसभाको जारी बैठकमा विपक्षी दलका सांसदहरुले सरकारको आलोचना गरेका छन् । झण्डै दुई सातापछि बसेको बैठकमा सांसदहरुले सुनसरीमा भएको घटनामा सरकारको भूमिका नदेखिएको भन्दै, सरकार पुर्ण रुपमा असफल भएको दावी गरे । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सुनसरीको कप्तानगञ्जमा गोली चलाउनुपर्ने अवस्था किन आयो भन्दै सरकारलाई प्रश्न गरेकी छन् । उनले एकजना युवाको मृत्यु हुँदा संवेदनशीलता कहाँ हरायो भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरिन् । प्रधानमन्त्रीको मौनताले नागरिकमा भरोसा हराएको पनि उनले बताइन् ।एमाले संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले सुनसरी घटनालाई… पुरा पढौ

दुई दिनपछि देशभरका अस्पताल संचालनमा, चिकित्सक संघ र सरकारबिच ५ बुँदे सहमति

दुई दिनपछि देशभरका स्वास्थ्य संस्था संचालनमा आएपछि सेवाग्राहीको भीड लागेको छ । चिकित्सकको आन्दोलनका कारण मंगलबार र बुधबार देशभरका सरकारी तथा निजि अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द भएको थियो ।नेपाल चिकित्सक संघ र सरकारबीच ५ बुँदे सहमति भएपछि डाक्टरहरुको देशव्यापी आन्दोलन फिर्ता भएसँगै सबै सेवा संचालनमा आएको हो । वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरू आन्दोलित बनेका थिए। सरकार र संघबीच स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन, २०६६ को दफा २, ३ र १५ तथा मुलुकी अपराध… पुरा पढौ

लागु औंषधसहित २ जना कास्की प्रहरीको नियन्त्रणमा

कास्की प्रहरीले लागु औंषधको कारोवारमा संलग्न २ जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय, रामबजार र लागू औषध नियन्त्रण व्यूरोबाट खट्टिएको टोलीले भोजपुर घर भई पोखरा १४ बस्ने ३३ बर्षका मनोज कुमार मग्राती र हाल पोखरा मिलनटोल बस्ने म्याग्दीको अन्नपुर्ण गाउँपालिका घर भएका बिश्वास पुनलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नगद २ लाख ८१ हजार ५०० रुपैयाँ र २३ ग्राम ९३ मिलिग्राम लागू औषध खैरो हिरोईन बरामद भएको कास्कीका प्रहरी प्रवक्ता वीरेन्द्र कुमार पासवानले जानकारी… पुरा पढौ

गुरु पुर्णिमाको अवसरमा विन्ध्यवासिनीका गुरुहरु सम्मानित,शिक्षालाई जीवनको सर्वोच्च मूल्यका रुपमा ग्रहण गर्नु नै सच्चा सम्मान: प्रदेश प्रमुख भट्ट

गुरु पुर्णिमाको अवसरमा पोखरामा शिक्षा प्रदान गर्ने गुरुहरु सम्मानित भएका छन् । भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्च, बाटुलेचौरले विन्ध्यवासिनी माध्यमिक विद्यालयमा अध्यापन गराएका स्थापनाकाल देखि २०४० सालसम्मका गुरुहरुलाई एकै ठाउँमा सम्मान गरेको हो ।सम्मानित हुनेमा कर्मकुमारी गुरुङ, सुरेन्द्रराज रेग्मी, रुद्रनाथ पौडेल,भानुभक्त पौडेल,हरिलाल तिमिल्सीना,रुद्रमणि पराजुली, नरहरि भट्टराई,शिवप्रसाद पराजुली, बेनीबहादुर बस्नेत, एकनाथ गौतम, छविलाल आचार्य, कुलबहादुर बस्नेतसहितका १७ जनालाई सम्मान गरिएको मञ्चका पुर्व अध्यक्ष रामबहादुर बानियाँले जानकारी दिए । उनीहरुलाई गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट र मञ्चका अध्यक्ष हरिबहादुर वरुवालले दोसल्ला, सम्मानपत्रसहित सम्मान… पुरा पढौ