देश

चौथो हिसान गण्डकी प्रदेश स्तरीय फुटसल प्रतियोगिता शुक्रबारदेखि, टाइसिट सार्वजनिक

पोखरा, १४ फागुन उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा हुने चौथो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको खेलको खेलतालिका सार्वजनीक भएको छ । उद्घाटन खेलमा गुरुकुल विद्यासदन र स्टेप बाई स्टेप सेकेन्डरी स्कुल बिच हुनेछ । शुक्रबार देखी हुने प्रतियोगितामा प्लस टु तर्फ १६ टिमको सहभागीता रहेको छ भने कलेज फुटसल तर्फ ८ टिमको सहभागीता रहेको छ । फागुन १५ देखी १७ गते सम्म पोखरा रंगशालाको कर्भडहलमा प्रयियोगिता सञ्चालन हुने छ । प्रतियोगितामा हिसानमा आवद्ध विद्यालयहरुलाई सहभागीता… पुरा पढौ

गाउँ नगर मिडिया सेन्टर नेपालद्वारा रवीन्द्र अधिकारीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना

गाउँ नगर मिडिया सेन्टर नेपालद्वारा रवीन्द्र अधिकारीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना१४ फागुन, पोखरा । गाउँ नगर मिडिया सेन्टर नेपालले रवीन्द्र अधिकारीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गरेको छ ।पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीको सातौं स्मृति दिवस अवसरमा संस्थाले सक्रिय पत्रकारलाई हरेक वर्ष प्रदान गर्ने गरी उक्त पुरस्कार स्थापनाको घोषणा गरेको हो । पुरस्कारको नाम ‘रवीन्द्र स्मृति पत्रकारिता पुरस्कार’ रहनेछ । जसको राशि ११ हजार १११ रुपैयाँ र सम्मानपत्र रहेको छ ।पुरस्कारका लागि हाल एक लाखको अक्षयकोष स्थापना गरिएको… पुरा पढौ

काँग्रेसको बृहत् आमसभा भोलि, सभापती गगन थापा र उपसभापती विश्वप्रकाशले सम्बोधन गर्ने

पोखरा, १४ फागुन । नेपाली काँग्रेस कास्कीको आयोजनमा भोलि पोखरामा बृहद आमसभा हुने भएको छ । पोखराको अमरसिंहचौरमा हुने विशाल आमसभाको तयारी पूरा भएको नेपाली कांग्रेस कास्कीले जनाएको छ । आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी आमसभा गर्न लागिएको नेपाली काँग्रेस कास्कीका सहसचिव एवं प्रवक्ता नविन सिग्देलले जानकारी दिए । आमसभालाई नेपाली काँग्रेसका सभापति गगन थापा तथा उपसभापति विश्वप्रकाश शर्मालगायतले सम्बोधन गर्ने उनले बताए । ‘बदल्यौ काग्रेस, बदल्छों देश’ भन्ने दृढ संकल्पका साथ आयोजना हुन लागेको आमसभा… पुरा पढौ

एमाले उम्मेदवारको चुनावी अभियानमा सहभागी गाडीमा भएको तोडफोडप्रति कांग्रेसको आपत्ति

नेपाली काँग्रेस कास्कीले विज्ञप्ति निकाली कास्कीको मादी गाऊँ पालिका वडा नं.११, उपल्लो साप्लेमा नेकपा एमालेद्वारा आयोजित निर्वाचन सभाको क्रममा गाडीमा ढुङ्गा प्रहार गरी क्षति पु¥याईएको भन्ने घटनाप्रति गम्भीर ध्यानाकर्ष भएको जनाएको छ । विज्ञप्तिमा कुनै पनि राजनीतिक दलको कार्यक्रमस्थल वा सम्पत्तिमाथि आक्रमण हुनु दुःखद विषय भएको उल्लेख छ । नेपाली काँग्रेस कास्कीका सभापति किशोदत्त वरालद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाप्रति दुःख व्यक्त गर्दै शान्तिपूर्ण र मर्यादित राजनीतिक अभ्यासका लागि सवै पक्षलाई संयमता अपनाउन आग्रह गरिएको छ ।घटनाको निष्पक्ष छानविन भई सत्य तथ्य… पुरा पढौ

रास्वपा कास्की उपसभापति राइले छाडे पार्टी, रास्वपालाई लाग्ला धक्का ?

सन्देश श्रेष्ठपोखरा, फागुन १४ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की उप–सभापती राजु राईले पार्टी छाडेका छन् । २०७९ को प्रतिनिधि सभा सदस्यको चुनावमा कास्की–१ का रास्वपा उम्मेदवार राईले विहीबार सामाजिक सञ्जालमा दुःखेसो पोख्दै पार्टी छाडेका हुन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्,‘ आजदेखि राजनीति र पार्टीको लागि एक कौडी पैसो र एक सेकेन्ड समय पनि खेर फाल्ने छैन । अब स्वतन्त्र नागरिक भएर समाज सेवामा लाग्नेछु ।’ प्रतिनिधि सभा सदस्यको निर्वाचन–२०८२ मा पार्टीले गरेको उम्मेदवार चयनप्रति उनी असन्तुष्ट थिए । अघिल्लो… पुरा पढौ

कास्की-१ : एमाले उम्मेदवार अधिकारीको चुनावी अभियानमा प्रयोग गरिएको दुई वटा गाडीमा तरुण दलको तोडफोड

सन्देश श्रेष्ठपोखरा, फागुन १४ नेकपा एमाले कास्की क्षेत्र नम्बर १ का उम्मेदवार वैनबहादुर अधिकारी क्षेत्रीको चुनावी अभियानमा प्रयोग भएको दुई वटा गाडीमा ढुंगा प्रहार भएको छ । आफ्नो चुनावी अभियानका क्रममा मादी–११ उपल्लो साप्लेमा कार्यक्रम भइरहँदा तरुण दल सम्बद्द युवाहरुले ग.४ च.१०१५ र बा.९ च.८९ नम्बरको दुई वटा कारमा ढुंगा प्रहार गरेको उम्मेदवार अधिकारीले जानकारी दिए । उनका अनुसार स्थानिय तरुण दलका नेता रिदम गुरुङलगायतका ४ जनाको समूहले गाडीमा तोडफोड गरेका हुन् । चुनावी अभियानमा सहभागी हुन पोखरा पव्लिक स्कुलका… पुरा पढौ

देशलाई जर्बरजस्ती चुनावमा लगियो:राप्रपा अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देशलाई जर्बरजस्ती चुनावमा धकेलेको बताएका छन् । पोखराको बाटुलेचौरमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष लिङदेनले जर्बरजस्ती हुन लागेको निर्वाचनबाट आफुहरु नभागेको स्पष्ट पार्दै, यो चुनावलाई पार्टीले आन्दोलनको रुपमा प्रयोग गरेको बताए ।उनले केही दिनभित्रै राजा, ठुला दलहरु र नवयुवाबिच राष्ट्रिय सहमति गरेर अगाडी बढ्नुपर्ने प्रस्तावलाई दोहोर्याएका छन् । एक फरक प्रसगंमा अध्यक्ष लिङदेनले अहिलेसम्म आफुले एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको स्पष्ट पार्दै ,कसैले भ्रष्टाचार गरेको प्रमाणित गरे राजनीतिक जीवनबाटै टाढा रहने दावी गरे ।… पुरा पढौ

कास्की २ मा एमालेको विजयसँगै झन तेजिलो बनाउछौ–कास्की इन्चार्ज कृष्ण थापा

नेकपा एमालेका केन्द्रीय सदस्य कृष्ण थापाले आउँदो प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र नं.२ का एमाले उम्मेदवार रश्मि आचार्यको विजयले झन तेजिलो बनाउने बताएका छ्न् । एमालेको गढ उचो र झन बलियो बनाउनेमा स्वयं जनता र कार्यकर्ता लागिसकेको भन्दै थापाले जनसाथका अगाडि संसारको जुनसुकै शक्ति आए पनि एमालेलाई परास्त गर्न नसक्ने दाबी गरे । बुधबार पोखरा ९ मा उम्मेदवार आचार्यको मतदाता भेटघाट कार्यक्रमको अवसरमा कास्की इन्चार्ज समेत रहेका थापाले अहिलेको पोखरा महानगरको विकासको जग र आधार ‘श्रम सीप जुटाऔ,पोखरालाई उठाऔं’ भन्ने… पुरा पढौ

मर्दी र अन्नपूर्ण संरक्षण क्षेत्रका व्यवसायीलाई उत्साहित बनाउने कांग्रेस उमेद्वार मनोज गुरुङको अठोट

मर्दी हिमाल ट्रेक र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना भित्रका विभिन्न स्थानमा स्थानीयले विगतदेखि भोगचलन गर्दै आएका ठाउँमा होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका छन्। पितापुर्खाले चरनका लागि गोठ बनाएका ठाउँहरू समयसँगै व्यवसायमा परिणत भए पनि संरक्षण क्षेत्रभित्र परेकाले धेरै व्यवसाय अझै कानूनी मान्यताविहीन छन्। मर्दी ट्रेक क्षेत्रमा केही मापदण्ड बनाएर आंशिक रूपमा वैधानिक बनाउने प्रयास भए पनि व्यवसायीहरू सन्तुष्ट देखिँदैनन्।कास्की क्षेत्र नं ३ का उम्मेद्वार मनोज गुरुङले संरक्षण क्षेत्रभित्र रहेका व्यवसायलाई वैधानिकता दिलाउन संसदबाटै पहल गर्ने प्रतिबद्धता जनाएका छन्।मत माग्न… पुरा पढौ

कास्कीमा निर्वाचन आचारसंहिता उल्लघंनका घटना न्युनःमुख्य निर्वाचन अधिकृत बेल्वासे

शिशिर उजाडपोखरा कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्वासेले स्वच्छ, निष्पक्ष र भयरहित बाताबरणमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघले पोखरामा आयोजना गरेको निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिताका विष्यमा आयोजना गरेको कार्यक्रममा उनले निर्वाचनलाई सफलतापुर्वक सम्पन्न गर्ने दायित्व सबैको भएको बताए । कास्की जिल्ला अदालतका माननीय न्यायधिश समेत रहेका बेल्वासेले लोकतन्त्रको मेरुदण्ड नै निर्वाचन भएको बताउँदै, निर्वाचन बिथोल्ने कार्यले लोकतन्त्र धरापमा पर्ने संकेत गरे । सामाजिक संजालको भरमा परेर गलत सुचना सम्प्रेषण नगर्न आग्रह गदै उनले… पुरा पढौ