देश

कास्कीमा रात्रिकालीन व्यवसाय सोमबारदेखि राति ९ बजेसम्म मात्र

प्रतिनिधिसभा सदस्य चुनावको सुरक्षा संवेदनशिलतालाई दृष्टिगत गरी आगामी सोमबारदेखि कास्कीमा रात्रिकालीन व्यवसाय सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि राति ९ः०० बजेसम्म मात्र होटल, रेष्टुराँ, दोहारी साँझ, क्लब, डान्स बार, मदिरा पसलगायत रात्रिकालीन व्यवसाय सञ्चालन गर्न सार्वजनिक रुपमा सूचित गरेको हो । कार्यालयले जारी गरेको सूचनामा चुनावका अवधिमा सार्वजनिक शान्ति सुरक्षा र समाजिक सद्भाव कायम राख्न सम्बद्ध सबै पक्षबाट सहयोगका लागि अनुरोध गरिएको छ । उक्त नियम कार्यान्वयन भए÷नभएकाबारे अनुगमन हुने र कसैले सूचनाको… पुरा पढौ

शेरबहादुर देउवाबाट सम्पती छानविन सुरु गर्ने सभापती थापाको उद्घोष

सन्देश श्रेष्ठ पोखरा, फागुन १५ नेपाली कांग्रेसका सभापती गगनकुमार थापाले कांग्रेस नेतृत्वमा सरकार बनेपछि सबैभन्दा पहिले शेरबहादुर देउवाको सम्पती छानविन गर्ने बताएका छन् । नेपाली कांग्रेस कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । देउवा नेपाली कांग्रेसका निवर्तमान सभापती तथा पाँच पटक प्रधानमन्त्री भइसकेका छन् । २०४६ पछिको उच्च ओहोदामा रहेका सबैको एक, एक छानविन गर्ने बताउँदै उनले भने,‘सबैभन्दा पहिला पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको सम्पती छानविन गरिनेछ । मन्त्री भएको गगन थापाको सम्पती छानविन… पुरा पढौ

मदरल्याण्ड माविमा रक्तदान, १९४ यूनिट रगत संकलन

पोखरा–७, मासबारस्थित मदरल्याण्ड माविले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ९४ यूनिट रगत संकलन भएको छ । विद्यालयको नेपाल जुनियर रेडक्रस सर्कलले रेडक्रस कास्कीसँगको संयोजनमा विद्यालयमा आयोजना गरेको कार्यक्रममा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी सहित शिक्षक, कर्मचारी, अभिभावकले रक्तदान गरेको प्राचार्य डा. नारायण बरालले जानकारी दिए ।विद्यालयमा संकलित रगतले कोही न कोहीको जीवनलाई बचाउन मद्दत गर्नेछ ।’ विद्यार्थीलाई समाज र राष्ट्रप्रतिको योगदान बुझाउनका लागि पनि यो कार्यक्रम महत्वपूर्ण रहेको उनले बताए ।सो कार्यक्रमको पोखरा–७ का अध्यक्ष राममोहन आचार्यले… पुरा पढौ

निर्वाचनका लागि ११ दल र एक हजार ६७० उम्मेदवारले मात्र खोले बैंक खाता

यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ६७० जना उम्मेदवारले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगले जनाएको छ । यसैगरी निर्वाचनमा भाग लिएका ६५ दलमध्ये ११ दलले मात्र खाता खोलेका छन् । हालसम्म खाता खोल्ने दलमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाली कम्युनिष्ट पार्टी नेकपा, नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी जसपा, संयुक्त नागरिक पार्टी, मितेरी पार्टी, नेपाल जनता संरक्षण पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय… पुरा पढौ

हेमजाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

पोखरा –२५ हेमजामा सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । वडा कार्यालय हेमजाको आयोजना, वडा शिक्षा समितिको व्यवस्थापन तथा एन आर एन जापानको सहयोगमा करिव ३३ हजार बराबरको विभिन्न सामाग्री वितरण गरिएको हो। कार्यक्रममा एन आर एनका पूर्व अध्यक्ष एवं संरक्षक शिवप्रसाद पौडेलले सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको अध्ययनलाई सहज बनाउने उद्देश्यले वडा कार्यालयको रोहबरमा करिब ३ लाख ४० हजारको अक्षयकोष स्थापना गरी सहयोग गर्न पाएकोमा खुसी व्यक्त… पुरा पढौ

पोखरामा स्व.रवीन्द्र अधिकारीको स्मरण, सातौं स्मृति दिवस मनाईयो

नेकपा एमालेका नेता स्वर्गीय रवीन्द्र अधिकारीलाई शुक्रबार पोखरामा स्मरण गरिएको छ । रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले स्वर्गीय अधिकारीको सातौं स्मृति दिवसका अवसरमा उनीप्रति श्रद्धाञ्जली सहित उनको योगदानको चर्चा गरेको हो । पोखरा महानगरपालिका वडा नं १८, ग्यारजातिस्थित सहिद तथा बिभूति पार्कमा स्मृतिमा रवीन्द्र कार्यक्रम मार्फत स्वर्गीय अधिकारीको स्मरण गरिएको हो । प्रतिष्ठानका अध्यक्ष विद्या भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमका एमाले नेता जगत विश्वकर्मा, केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण बहादुर थापा, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, एमाले कास्की क्षेत्र नं २… पुरा पढौ

मतदानमा दुई लाख २१ हजार कर्मचारी खटाइने

यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा दुई लाख २१ हजार कर्मचारी खटिने भएका छन् । ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३ हजार ११२ केन्द्र र समानुपातिकमा मात्र मत हाल्ने १४३ अस्थायी केन्द्रमा गरी उक्त सङ्ख्यामा कर्मचारी खटाउने भएको हो । निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले पाँच सयभन्दा बढी मतदाता भएका केन्द्रमा नौ जना र ५०० भन्दा कम मतदाता भएका केन्द्रमा आठ जना कर्मचारी खटाउने व्यवस्था मिलाइएको बताए । मतदान केन्द्रमा खटिने मतदान… पुरा पढौ

एमाले कास्की २ का उमेद्वार आचार्य भन्छन्– ‘वर्तमान शिक्षा प्रणालीलाई सुधार गर्छु’

नेकपा एमाले कास्की क्षेत्र नं. २ का उम्मेदवार रश्मि आचार्यले वर्तमान शिक्षा प्रणालीमा आमुल परिवर्तन आवश्यक रहेको बताएका छन् । अहिलेको शिक्षा प्रणालीले शैक्षिक बेरोजगार उत्पादनलाई प्राथामिकता दिएको बताउँदै, उनले प्राविधिक धारको शिक्षालाई विस्तार गर्नुपर्नेमा जोड दिए ।शुक्रबार पोखरा महानगरपालिका वडा नं. ४ मा आयोजित मतदाता भेटघाट अन्तरक्रियामा उम्मेदवार आचार्यले व्यवसायिक शिक्षालाई आफ्नो मुख्य प्राथमिकतामा राखेका छन् । प्राविधिक शिक्षा हासिल गरेपछि युवा स्वतः व्यवसाय गर्न सक्षम हुने, उद्यमशीलतामा जोडिन सक्ने र आत्मनिर्भर बन्न सक्ने वातावरण तयार हुने आचार्यको तर्क… पुरा पढौ

सुनको मूल्य केही घट्यो, चाँदीको बढ्यो

आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मोलमा सामान्य बढोत्तरी भएको छ । बिहीबारको तुलनामा सुनको मूल्य रु ५०० ले घटेको छ भने चाँदीको मोल रु १५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १४ हजार ९०० र एक तोलाको चाँदीको मोल रु पाँच हजार ७४० कायम भएको छ । बिहीबार प्रतितोला सुन रु तीन लाख १५ हजार ४०० र एक तोला चाँदीको मोल रु… पुरा पढौ

बागलुङको कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी

नेपालकै पुरानो मेला मध्येको एक चैतेदसैँको तयारी बागलुङमा थालिएको छ । कालिका मन्दिरको ऐतिहासकितासँग जोडिएको चैतेदसैँ मेलाको तयारीमा बागलुङ कालिका मन्दिर व्यवस्थापन समिति जुटेको छ । चैतेदसैँको अवसरमा हेरक वर्ष कालिका मन्दिर परिसरमा परम्पराकालदेखि ठूलो मेला लाग्ने गर्दछ । नेपालकै महत्वपूर्ण मेलामध्येको एक चैत्राष्टमी मेला यस वर्ष आगामी चैत १० गतेदेखि १४ गतेसम्म आयोजना गरिएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिए । धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा चिनिएको बागलुङ कालिका भगवती मन्दिर परिसरमा कालिका मन्दिर… पुरा पढौ