देश

पुर्व राजा ज्ञानेन्द्रले गरे मनकामना र बक्रेश्वरीको दर्शन

गोरखाका बिभिन्न धार्मिक स्थलको दर्शन गरी पुर्व राजपरिवारका सदस्य पोखरा फर्किएका छन् । पूर्व राजपरिवारका सदस्यले गोरखाको मनकामना र बक्रेश्वरीको दर्शन सहित पूजाआजा गरेका थिए । पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्व युवराज पारस शाह तथा पूर्व युवराज्ञी हिमानी शाह, छोरी लगायतका राजपरिवारले शनिबार मनकामना र आइतबार बक्रेश्वरीको दर्शन तथा पूजाआजा गरेका हुन् । उनीहरु शनिबार बिहान आठबजे मनकामना पुगेर आधाघण्टासम्म पूजाआजा गरेका मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक अञ्जन बस्न्यातले जानकारी दिए । सो दिन उनीहरु मनकामना रिट्रिट रिसोर्ट एण्ड स्पामा… पुरा पढौ

विषाक्त खानाका कारण चितवनमा ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

भरतपुर महानगरपालिका–४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि ‘फुड पोइजनिङ’ भई बिरामी हुनेको सङ्ख्या ९३ पुगेको छ । तीमध्ये हाल ५० जना विभिन्न अस्पतालमा उपचाररत छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार यही वैशाख २३ गते भोज खाएकाहरू बिरामी हुन थालेका हुन् । बिरामीको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ । केहीको काठमाडौँको निजामति कर्मचारी ९सिभिल० अस्पताल, त्रिवि शिक्षण अस्पताललगायत स्वास्थ्य संस्थामा उपचार भइरहेको उनले जानकारी दिए… पुरा पढौ

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा प्रकाशनको तयारी थालेको छ । गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको उक्त परीक्षाका उत्तरपुस्तिका परीक्षा समाप्त हुनासाथ परीक्षण एवं सम्परीक्षणई थालेको उक्त कार्यालयले यही वैशाख २९ गतेभित्र परीक्षाफल सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले बताएको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार हाल ३५ जना कर्मचारी ‘टेबुलेसन’मा व्यस्त छन् । वैशाख २९ गतेभित्र परीक्षाफल प्रकाशन गर्ने लक्ष्य छ । माध्यमिक शिक्षा परीक्षा ९एसइई० व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका, २०८२’… पुरा पढौ

पोखरामा ग्याङ फाईट गर्ने ६ जना पक्राउ

पोखरामा ग्याङ फाईट गर्ने युवाहरुलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । गत मंगलबार पोखरा २ बाग्लुङ बसपार्कमा एक आपसमा झै झगडा गर्ने एक युवतीसहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय, बगरबाट खट्टिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको हो । उनीहरुलाई बाग्लुङ बसपार्क र बाँझापाटनबाट नियन्त्रणमा लिईएको कास्कीका प्रहरी प्रवक्ता हरीबहादुर बस्नेतले जानकारी दिए । पक्राउ पर्नेमा पोखरा १३ बाँझपाटनका सुजन आले मगर,राजेश परियार, गोरखा घर भई बाँझापाटन बस्ने दिपेश भन्ने दिलेराम गुरुङ,बाग्लुङ बसपार्कका सुजन तामाङ,राजकुमार तामाङ… पुरा पढौ

महेन्द्र मावि,घार्मीको ३६ औं बार्षिकोत्सव सम्पन्न, उत्कृष्ट शिक्षक, अभिभावक सम्मानित

पोखरा १९ घार्मीमा रहेको महेन्द्र माध्यमिक विद्यालयले बिभिन्न कार्यक्रम गरी ३६ औं बार्षिकोत्सव मनाएको छ। कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन स्थानीय अभिभावकको भुमिका महत्वपूर्ण हुने बताए।उनले सामुदायिक विद्यालयमा नै आफ्ना बालबच्चा भर्न गरेर सहयोग गर्न आग्रह गरे । वडाध्यक्ष पाण्डेले विद्यालयको चौतर्फी विकासका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताउँदै, गुणस्तरीय शिक्षा र विद्यार्थी आकर्षणका योजना पेश गर्न सुझाव दिए। पुर्व वडाध्यक्ष शोभा मोहन पौडेलले शिक्षामा गुणस्तर बढाउन शैक्षिक क्रियाकलाप मात्र नभई जीवनोपयोगी अतिरिक्त क्रियाकलाप… पुरा पढौ

गण्डकीका पत्रकारको लागि अन्तिम चरणको डेटा ड्रिभन पत्रकारिता तालिम सुरु

पोखरामा तथ्यांक पत्रकारिता (डेटा ड्रिभन) को अन्तिम चरणको तालिम आइतबारदेखि सुरु भएको छ । प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले आयोजना गरेको तालिमको पहिलो हप्ता भौतिक तालिम त्यसपछिको छ हप्ता अनलाइन र अन्तिम हप्ता पनि भौतिक गरी कुल ८ हप्तासम्म तालिम सञ्चालन हुनेछ । जसमध्ये अन्तिम चरणको भौतिक तालिम आइतबारदेखि सुरु भएको हो । तालिमको उद्धाटन सत्रमा बोल्दै प्रेस रजिष्ट्रार बिमला भण्डारीले पत्रकारकै आवश्यकताको आधारमा तालिम राखिएको बताइन । पत्रकारको दक्षता वृद्धिका लागि अनेकन अड्चन झेलेरै भएतापनि यो प्रकृतिको तालिम आयोजना गरिएको… पुरा पढौ

र्याण्डममा ‘मगर जातिको इतिहास र भर्तीको फन्दा’को परिचर्चा

पोखरा, २६ बैशाख। र्याण्डम रिडर्स सोसाइटीको नियमित किताब परिचर्चा कार्यक्रमको १२६ औं श्रृङ्खलामा पत्रकार, इतिहासकार, लेखक अधिवक्ता मनोज घर्तीमगरका कृतिहरूमा आधारित रहेर “मगर इतिहासदेखि भर्तीको फन्दासम्म’’ विषयक परिचर्चा कार्यक्रम गरिएको छ ।  पठन संस्कृतिको विकासको लागि लेखक र पाठकलाई बौद्धिक विमर्शको कार्यक्रम मार्फत जोड्न सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार परिचर्चा कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा लेखक मेजन पुनले मनोज घर्तीमगरका दुुई पुुस्तक ‘मगर जातिको इतिहास’ र ‘भर्तीको भन्दा’ किताबामाथि कार्यपत्र प्रस्तुत गरेका थिए । ‘लेखकले गोर्खा भर्तीले नेपाली समाजमा पारेका सकरात्मक र… पुरा पढौ

ओलम्पियन टीकाबहादुर बोगटीलाई लाइफटाइम अचिभ्मेन्ट अवार्ड

पोखरा, २६ वैशाख । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले १० औँ रारा पोखरा स्पोर्टस् अवार्डका अवसरमा ओलम्पियन टीकाबहादुर बोगटीलाई ‘लाइफटाइम अचिभ्मेन्ट अवार्ड’बाट सम्मानित गर्ने भएको छ । वि.सं. २०१९ सालमा गोरखाको ताप्ले गाउँमा जन्मिएका बोगटीले एथ्लेटिक्सको माध्यमबाट नेपालको गौरवलाई अन्तर्राष्ट्रिय जगतमा पु¥याए बापत यो सम्मान पाउन लागेका हुन् । गोरखाका भिराला पाखाहरूमा दौडिँदै हुर्किएका उनले २०३७ सालमा नेपाली सेनामा भर्ना भएपछि खेल जीवनलाई व्यावसायिक रूपमा अगाडि बढाएका थिए । २०४४ सालदेखि अन्तर्राष्ट्रिय ट्रयाकमा पाइला राखेका बोगटीले राष्ट्रिय स्तरका थुप्रै प्रतियोगिताहरूमा स्वर्ण… पुरा पढौ

गण्डकी स्पोर्टस क्लबको अध्यक्षमा दीपकराज मुल्मी

गण्डकी स्पोर्टस क्लबको अध्यक्षमा दीपकराज मुल्मी चयन भएका छन्।क्लबको शनिबार पोखरामा सम्पन्न दोस्रो अधिवेशन तथा चौथो साधारणसभाले आगामी दुई वर्षे कार्यकालका लागि मुल्मीको नेतृत्वमा सर्वसम्मत् १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।जसको वरिष्ठ उपाध्यक्ष मिलन पुन, प्रथम उपाध्यक्ष इनोज रञ्जित र द्वितिय उपाध्यक्ष द्रव्यजंग राणा छन्।त्यसैगरी, सचिव चेतनाथ चालिसे, सह–सचिव बिकी गुरुङ, कोषाध्यक्ष विकास बिजुक्छे र सह–कोषाध्यक्ष सुजन गुरुङ (रेयस) छन्।त्यस्तै, सदस्यहरुमा राजकुमार गुरुङ, अनिरुद्र उदास, गुमबहादुर थापा (ईमान), दमनजंग राणा, नविन थापामगर, सुबिन गुरुङ, मनोजकुमार गुरुङ, बासु जिसी र… पुरा पढौ

नेपाली सिनेमा र कन्टेन्ट क्रिएसनबीचको बहस ः क्यारेक्टर र व्यावसायिकतामा जोड

चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा शनिबार कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ ल्वाङ गाउँमा भएको सिनेमा संवादमा ‘कन्टेन्ट क्रियटर भर्सेस नेपाली सिनेमा’ विषयमा केन्द्रित रहेर गहन छलफल गरिएको छ । संवादको अन्तिम सत्रका रुपमा भएको छलफलमा कन्टेन्ट क्रियटर इस्टु कार्की र महेश भण्डारीसँग चलचित्र पत्रकार सन्ध्या थापाले भलाकुसारी गरेकी थिइन् । छलफलको सुरुमै इस्टु कार्कीले सिनेमा र सामाजिक सञ्जालमा देखिने सामग्री (कन्टेन्ट) लाई फरक रुपमा हेर्न नहुने तर्क गरिन् । उनले भनीन्, ‘मुभी पनि आफैँमा एउटा कन्टेन्ट नै हो, यो अलि लामो… पुरा पढौ