देश

तनहुँ १ का उम्मेदवार ढकालको चुनावी अभियान तिब्र,जित्नेमा ढुक्क छु ः ढकाल

आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि तनहुँ क्षेत्र नं. १ का उम्मेदवार विद्यानाथ ढकालले चुनावी मैदानमा जनताको अथाह माया र विश्वास प्राप्त भइरहेको बताएका छन् । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट ‘तारा’ चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका ढकालले घरदैलो र चुनावी अभियानका क्रममा देखिएको जनलहरले आफूलाई उत्साहित तुल्याएको बताए । चुनावी अभियानका क्रममा आँबुखैरेनीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले भने, ‘जनताले हामीलाई निकै माया र साथ दिनुभएको छ । त्यो माया र साथ मतमा बदलिनेछ र हामी विजयी बन्नेछौं ।’तनहुँमा तारा… पुरा पढौ

मिथिला मध्यमा परिक्रमाको महोत्तरी यात्रा पूरा,यात्री धनुषा प्रस्थान

मिथिला मध्यमा परिक्रमाका यात्रीले महोत्तरी जिल्लाको यात्रा पूरा गरेका छन् । जिल्लाको भङ्गाहा–९ कञ्चनवनमा आठौँ दिनको रात्रिबास गरेका यात्री आज नवौँ दिन धनुषातिर प्रस्थान गरेका छन् । कञ्चनवन यस यात्रामा होली महोत्सवका लागि प्रसिद्ध छ । कञ्चनवन यो यात्राको आठौँ रात्रिबास हो भने महोत्तरीको पाँचौँ हो । यसअघि यात्राको चौथो दिन महोत्तरी प्रवेश गरेका यात्रीले जिल्लाका मटिहानी, जलेश्वर, मडै र ध्रुवकुण्डमा रात्रिबास गरिसकेका छन् । जनकपुरधामलाई केन्द्र बनाएर जम्मा १३३ किलोमिटरको बृत्तमा गरिने १५ दिने यो परिक्रमामा धनुषामा छ र… पुरा पढौ

तनहुँ-१ : वौधिक व्यक्तित्व विद्या ढकालको प्रवेशले हेभिवेट उम्मेदवारहरु दवाबमा

दमौली । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी बढेको छ । राष्ट्रिय राजनीतिमा चर्चित अनुहारहरू चुनावी मैदानमा उत्रिए पनि यसपटक स्थानीय स्तरमा भिजेका, निष्कलङ्क र बौद्धिक व्यक्तित्वको पहिचान बनाएका विद्यानाथ ढकालको चर्चाले नयाँ मोड लिएको छ ।नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट ‘तारा’ चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले, नेपाली कांग्रेसका गोविन्द भट्टराई र एमालेकी भगवती न्यौपानेलाई कडा चुनौती दिइरहेका छन् । रास्वपाका स्वर्णिमको उम्मेदवारीले बढी चर्चा… पुरा पढौ

एमाले शान्तिपूर्ण राजनीति र स्थायित्वको पक्षमा छ: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टी शान्तिपूर्ण राजनीति र स्थायित्वको पक्षमा रहेको बताएका छन् । दमकमा आज आयोजित कार्यक्रममा उनले नेसनल भोलेण्टियर फोर्स चुनावका लागि मात्रै नभई दीर्घकालीन रूपमा राष्ट्रको सुरक्षाका लागि गठन गरिएको बताए । अध्यक्ष ओलीले आन्दोलनको नाममा विगतमा जस्तो देश जलाउन र प्रहरीको अतियार खोस्न अब कसैले नसक्ने दाबी गरे । नेसनल भोलेण्टियर फोर्स राष्ट्रको पक्षमा समर्पित हुने र प्रहरी प्रशासनलाई सहयोग गर्ने उनको भनाइ छ । अध्यक्ष ओलीले एमाले शान्तिपूर्ण निर्वाचनको पक्षमा दृढ… पुरा पढौ

तनहुँ–१ मा विद्या ढकाल ः हेभिवेट उम्मेदवारलाई कडा चुनौती

यही फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी बढेको छ । राष्ट्रिय राजनीतिमा चर्चित अनुहारहरू चुनावी मैदानमा उत्रिए पनि यसपटक स्थानीय स्तरमा भिजेका, निष्कलङ्क र बौद्धिक व्यक्तित्वको पहिचान बनाएका विद्यानाथ ढकालको चर्चाले नयाँ मोड लिएको छ ।नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट ‘तारा’ चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले, नेपाली कांग्रेसका गोविन्द भट्टराई र एमालेकी भगवती न्यौपानेलाई कडा चुनौती दिइरहेका छन् । रास्वपाका स्वर्णिमको उम्मेदवारीले बढी चर्चा कमाएको तनहुँ… पुरा पढौ

पोखरा रंगशालाभित्र खेलाडी र दर्शकका लागि शुद्ध खानेपानी

पोखरा उद्योग वाणिज्य संघले पोखरा रंगशालामा अत्याधुनिक पानी ट्याङ्की फिल्टर मेसिन स्थापना गरेको छ । संघले आफ्नो ७२ औं वार्षिकोत्सवको अवसर पारेर जिल्ला खेलकुद विकास समितिमार्फत् सो पानी ट्याङ्की निर्माण गरेको हो । सोमबार नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सो पानी ट्याङ्कीको अनावरण गरे । अनावरणसँगै करिब १ लाख ५० हजारको लागतमा निर्मित सो पानी ट्याङ्की जिल्ला खेलकुद विकास समिति कास्कीलाई हस्तान्तरण गरिएको संघका अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए । अध्यक्ष कार्कीका अनुसार पानी फिल्टर मेसिन बहुस्तरीय… पुरा पढौ

पोखरामा काँग्रेसको चुनावी सभा फागुन १५ मा

नेपाली काँग्रेसले फागुन १५ गते शुक्रबार पोखराको अमरसिंहचौरमा चुनावी सभा गर्ने भएको छ । नेपाली काँग्रेस कास्कीका सभापति किशोरदक्त बरालको अध्यक्षतामा बसेको बैठकले सभाको तयारी अघि बढाउने निर्णय गर्दै चुनावी सभा व्यवस्थापन समिति गठन गरेको सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिए । सभालाई नेपाली काँग्रेसका सभापति गगन थापा र उपसभापति विश्व प्रकाश शर्माले सम्बोधन गर्ने छन् । नेपाली काँग्रेसका महासमिति सदस्य दीपक गुरुङ माइलाको संयोजकत्वमा गठित समितिको सदस्यहरुमा माया बराल क्षेत्री , दुर्गा लामिछाने, मदन बस्नेत, पुजन थकाली, विजय… पुरा पढौ

घादिङ बस दुर्घटनामा मृतक १९ मध्ये ९ जनाको मात्रै सनाखत (नामावलीसहित)

पोखराबाट काठमाडौं जाँदै गरेको बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ । दुर्घटनामा मृत्यु भएकामध्ये ९ जनाको सनाखत भएको र १० जनाको अझै पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रवक्ता प्रकाश दाहालले जानकारी दिए। गएराति धादिङ बेनिघाट रोराङ गाउँपालिकाको चरौंदी नजिक भैंसेडाँडा भन्ने स्थानमा माछापुच्छ्रे टुर्स एन्ड ट्राभल्सको ग २ ख १२३१ नम्बरको बस दुर्घटना भएको थियो ।प्रहरीका अनुसार ट्रमा सेन्टरमा १४ जना, नेशनल अस्पताल कलंकीमा १० जना र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा एक जना… पुरा पढौ

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ८५ लाई आयोगले सोध्यो स्पष्टीकरण, ५४ वटाको जवाफ

केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८५ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकामा ५४ वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । हालसम्म ७९ जनालाई स्पष्टीकरण र छ जनालाई पुनः स्पष्टीकरण सोधिएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले जानकारी दिए । आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी उजुरी परेका राजनीतिक दल, उम्मेदवार, सरकारी एवं गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई पनि स्पष्टीकरण सोधेको हो । दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ आबद्ध पत्रकारलाई भने प्रेस काउन्सिल नेपालमार्फत स्पष्टीकरणलगायत… पुरा पढौ

पोखरा १७ का भूमिहीन भन्छन्–‘जग्गाको मालिक कहिले बन्ने’

प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिदै गर्दा उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगेर मत माग्न व्यस्त देखिन्छन् । तर प्रत्येक निर्वाचनमा हजुर बाबुदेखि नाति पुस्तासम्म पनि एउटै आवाज सुनिने गरेकोे छ जग्गा धनी पुर्जा कहिले पाइन्छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि कास्की निर्वाचन क्षेत्र नं. २ नेकपा एमालेका उम्मेदवार रश्मी आचार्य पोखरा महानगरपालिका वडा नं. १७ हनुमान टोलको वस्तिमा पुग्दा स्थानीयवासिन्दाको एउटै प्रश्न थियो जग्गाको मालिक बन्ने कहिले ।२०३६ सालदेखि कित्ता नंम्वर २९९ र ३०० मा लगभग ५८… पुरा पढौ