देश

एनआरएनएका वरिष्ठ उपाध्यक्ष शेरचनलाई गण्डकी टेनिसको सम्मान

गैरआवासीय नेपाली संघको १२औं महाधिवेशनबाट नव–निर्वाचित वरिष्ठ उपाध्यक्ष रोविन प्रशाद शेरचनलाई गण्डकी प्रदेश टेनिस संघले स्वागतसहित सम्मान गरेको छ । पोखरा रंगशालास्थित टेनिस कम्प्लेक्समा बिहीबार आयोजित एक कार्यक्रममा शेरचनलाई सम्मान प्रदान गरिएको हो । वरिष्ठ उपाध्यक्षमा निर्वाचित शेरचन गण्डकी प्रदेश टेनिस संघले सञ्चालन गर्दै आएको ग्रास(रुट टेनिस कार्यक्रमका सहयोगी पनि हुन्। साथै, कार्यक्रममा एनआरएनए महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित तथा खेलकुद विभाग प्रमुख मनोज गोर्खालीलाई पनि टेनिस संघले स्वागत गरेको थियो । सो अवसरमा बोल्दै वरिष्ठ उपाध्यक्ष शेरचनले गण्डकीमा टेनिस खेलको विकास… पुरा पढौ

कुमुदिनी होम्समा चाईनिज भाषा शिक्षक इनको बिदाई

पोखरा महानगरपालिका वडा नं ४ मा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यायमा चाईनिज भाषा अध्यापन गराईरहेकी शिक्षक हाउ सिङ इनलाई बिहिबार बिदाई गरिएको छ । बिगत ५ वर्षदेखि कक्षा ३ देखि कक्षा ७ सम्मका विद्यार्थीलाई चाईनिज भाषाको सिकाई चल्दै आएको विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले जानकारी दिए । हरेक वर्ष चाईनिज शिक्षक आएर चाईनिज भाषा सिकाउने क्रम चलिरहेको र एउटा शिक्षक एक वर्षभन्दा बढी बस्न नपाउने चाईनिज अन्तराष्ट्रि भाषा केन्द्रको नीति अनुसार इन चाईना फिर्ता हुन लागेको बताए ।नेपालमा चाईनिज भाषा… पुरा पढौ

६३ जना सांसदले मातृभाषामा शपथ लिने

आज ६३ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिने भएका छन्। हालसम्म ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिने जानकारी संघीय संसद् सचिवालयमा गराएका हुन्। सचिवालयका अनुसार उनीहरुले इमेल र भौतिक रुपमा उपस्थित भएर यसबारे जानकारी गराएका हुन्। नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ आज दिउँसो २ बजे सिंहदरबारस्थित नयाँ भवनमा हुँदैछ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन्। उनले हिजो राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेर हिजै कार्यभार सम्हालेका थिए। रासस पुरा पढौ

म्याग्दीमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि फुलबारी–च्युरीबोट–सिस्नेरी हुदै बागलुङको तमानखोला जोड्ने सडक स्तरोन्नति थालिएको छ । मालिका गाउँपालिकाले यस सडकको बतासे–फुलबारी खण्डमा स्तरोन्नतिका लागि आयोजना शुरु गरेको हो । विसं २०६६ मा मार्ग खुलेको यस सडक सामान्य मर्मतको भरमा सञ्चालन हुदै आएको थियो । प्रदेश समपुरक शीर्षकमा गाउँपालिकाले चालु आर्थिक वर्षमा रु एक करोड बजेट बिनियोजन गरेको यस आयोजना निर्माणका लागि मंगला कन्ट्रक्सन बाबियाचौरले रु ६५ लाख २३ हजार चार सय ३२ मा गत माघ २६ गते ठेक्का सम्झौता गरेको छ… पुरा पढौ

कच्चा पदार्थको अभावले पोखरामा प्रशोधित खानेपानी उद्योगहरू सङ्कटमा

कच्चा पदार्थको अभावले पोखरामा प्रशोधित पानी उत्पादनमा समस्या पैदा भएको छ । यसका कारण उद्योगहरुको उत्पादन ठप्प हुने स्थित उत्पन्न हुन लागेको बताइएको छ । प्रशोधित पानी उद्योग व्यवसायी संघ, कास्कीमा आवद्ध भएका व्यवसायीहरुको पूर्ण भेलाले मध्यपुर्वमा मा जारी युद्धको कारण पानी प्रशोधनका लागि चाहिने कच्चा पदार्थको अभाव र मूल्यवृद्धिका कारण खानेपानी उत्पादनमा समस्या उत्पन्न भएको निष्कर्ष निकालेको छ । संस्थाका अध्यक्ष प्रेम बहादुर क्षेत्रीको अध्यक्षता भएको भेलाले यस्तो असहज परिस्थितमा व्यवसायीहरूलाई संयमित रहन आग्रह समेत गरिएको छ । भेलामा… पुरा पढौ

पोखरामा ‘दोस्रो वाडा अटो सो’ शुरु, भिन्टेज कार मुख्य आकर्षण

सन्देश श्रेष्ठपोखरा, चैत ११ पोखरामा ‘नाडा प्रेजेन्ट्स दोस्रो वाडा अटो शो’ शुरु भएको छ । पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसियसन (वाडा)को आयोजनामा पोखराको लेकसाइडमा रहेको तालबाराही चोकस्थित खेल मैदानमा चैत १५ गतेसम्म हुने वाडा अटो सो को गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले उद्घाटन गरे । वाडा अटो शो मा २० वटा स्टलहरु राखिएका छन् । जहाँ १६ ब्राण्डका चार पाङग्रे, ६ वटा ब्राण्डका लाइट कमर्सियल, १० वटा ब्राण्डका २ पाङग्रे, एउटा हेभी कमर्सियललगायत लुब्रिकेन्ट, टायर, ग्यारेज… पुरा पढौ

सहज सेवा प्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मन जित्न सक्नुपर्छः प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मन जित्नुपर्ने बताएका छन् । प्रदेश लोक सेवा आयोग गण्डकीको पाँचौ वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि भट्टले कर्मचारीतन्त्रले जबसम्म नागरिकका निम्ति सहज पहुँच दिन सक्दैन, तबसम्म जनता खुशी हुन सक्दैनन् भन्ने वास्तविकतालाई बिर्सन नहुनेमा जोड दिए । ‘स्व–उत्प्रेरित, उच्च नैतिकवान, अनुशासित, जिम्मेवार र राष्ट्रप्रति सद्भाव भएका कर्मचारीले मात्र मुलुकमा प्रभावकारी रुपमा कार्यसम्पादन गर्न सक्दछन् भन्ने यथार्थलाई हामीले बिर्सन हुँदैन ।’ उनले भने – ‘वर्तमान समयमा सरकारी… पुरा पढौ

गण्डकीमा हिंसा : गैरराज्य पक्षबाट ६४४ जना, राज्य पक्षबाट ५४ जना पीडित

सन्देश श्रेष्ठपोखरा, चैत ११ गण्डकी प्रदेशमा पछिल्लो एक वर्षमा ७ सय जना हिंसामा परेको प्रतिवेदन सार्वजनिक भएको छ । ईन्सेकले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा गण्डकीमा सन २०२५ मा ५ सय २६ जना महिला र १ सय ७४ जना पुरुष हिंसामा परेको उल्लेख गरेको हो । हिंसामा परेका ७ सयमध्ये राज्य पक्षबाट ५४ जना र अन्य पक्षबाट ६ सय ४४ जनामा हिंसामा परेर पीडित भएको देखिएको छ । सबैभन्दा धेरै महिला अधिकार सम्बन्धि हिंसामा परेको प्रतिवेदनले औंल्याएको छ । जसमा ४… पुरा पढौ

फागुन २१ गतेको निर्वाचन मानकः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न गराउने क्रममा निर्वाचन आयोगले कायम गरेको मानक आगामी निर्वाचनमा पनि यथावत् हुँदै जानुपर्नेमा जोड दिएकी छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न भएको अवसरमा निर्वाचन आयोग नेपालले आज बहादुरभवनस्थित कार्यालय परिसरमा आयोजना गरेको जलपान समारोहमा प्रधानमन्त्री कार्कीले देशभरका कुनै पनि मतदान केन्द्रमा पुनःमतदान गर्नु नपर्ने र शान्तिपूर्ण रुपमा निर्वाचन सफल भएको मानक आगामी निर्वाचनमा पनि यथावत् राख्नुपर्ने बताईन् । “यसपटकको निर्वाचनले अन्तरराष्ट्रियस्तरमा नेपालको छवि राम्रो भएको छ, यसबाट नेपालप्रतिको सम्मान बढेको छ,… पुरा पढौ

निर्वाचन लोकतन्त्रको मेरुदण्ड:राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले जनप्रतिनिधिको काँधमा ठूलो दायित्व आएको बताएका छन् । निर्वाचन आयोग नेपालद्वारा आज आयोग परिसर बहादुर भवनमा आयोजित जलपान कार्यक्रमलाई सम्बोधन गदैं उनले स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र मुलुकको समृद्धिका लागि सबैले एकजुट भएर काम गर्नुपर्नेमा जोड दिए । “निर्वाचनमार्फत जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र मुलुकको समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने दायित्व अब जनप्रतिनिधिको काँधमा आएको छ, लोकतन्त्रमा मत फरक हुन सक्छन्, तर राष्ट्र निर्माणको साझा लक्ष्यमा… पुरा पढौ