देश

कण्डम दिवसमा पत्रकारसँग अन्तरक्रिया

पोखरा, २९ माघ ।अन्तर्राष्ट्रिय कण्डम दिवसका अवसरमा एड्स हेल्थकेयर फाउण्डेसन (एएचएफ) नेपालले पोखराका पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ ।प्रादेशिक जनस्वास्थ्य केन्द्र, गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको सहकार्यमा आयोजना गरिएको अन्तरक्रियामा कण्डम र यस दिवसको महत्वका बारेमा चर्चा गरिएको थियो । अन्तरक्रियामा प्रादेशिक जनस्वास्थ्य केन्द्र, गण्डकी प्रदशका क्षयरोग÷एचआइभी फोकल पर्सन लक्ष्मण बसौलाले एएचएफ नेपालले प्रणय दिवसको अवसर पारेर सन् २०११ देखि युवाहरुलाई लक्षित गरि नेपालमा पनि विविध कार्यक्रम गरि अन्तरराष्ट्रिय कण्डम दिवस प्रत्येक वर्ष मनाउदै आएको बताए । ‘अन्तरराष्ट्रिय रुपमा फेब्रुअरी १३… पुरा पढौ

एपीएफबिरुद्द मनाङको कठीन जित

सन्देश श्रेष्ठपोखरा, माघ २९ पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपमा मनाङमस्र्याङ्दी क्लवले बिजयी शुरुवात गरेको छ । पोखरा रंगशालामा विहीबार भएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लवलाई एककाबिरुद्द दुई गोलको संघर्षपूर्ण जित निकाल्दै मनाङमस्र्याङ्दीले बिजयी यात्रा शुरु गरेको हो । पहिलो जित निकालेको मनाङमस्र्याङ्दी क्वाटरफाइनलमा प्रवेश गरेको छ । मनाङले अब भारतको थन्डरबोल्ट नर्थ युनाईटेडसँग फागुन ४ गते सोमबार सेमीफाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्नेछ । एपीएफले अग्रता जोगाउन नसक्दा पहिलो खेलबाटै बाहिरिन पुगेको छ । खेलको ११ औं मिनेटमै… पुरा पढौ

इटालीलाई नेपालले दियो १२४ रनको लक्ष्य

नेपालले इटालीलाई १२४ रनको लक्ष्य दिएको छ। टि-२० विश्वकपको दोस्रो खेलमा नेपालले इटालीलाई १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १२४ रनको लक्ष्य दिएको हो । मुम्बईको वान खेडे मैदानमा भएको खेलमा नेपालले एकपछि अर्को गर्दै विकेट गुमाउँदा झिनो लक्ष्य प्रस्तुत गर्यो । नेपालका लागि सर्वाधिक आरिफ शेखलेस २४ बलमा २७ रन कप्तान रोहित पौडेलले १४ बलमा २३ रन करण केसीले ११ बलमा १८ रन र आसिफ शेखले २० बलमा २० रन बनाउनु बाहेक अन्यले दोहोरो अङ्कमा रन बनाउन सकेनन्… पुरा पढौ

निर्वाचन रिपोर्टिङ सम्बन्धी तालिम सम्पन्न

निर्वाचन रिपोर्टिङ सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ कास्कीको आयोजना र प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा बुधबारदेखि सुरु भएको तालिम सम्पन्न भएको हो । तालिमको समापन गर्दै गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीले निर्वाचन लोकतन्त्रको उत्सव भएको बताउदै पत्रकारले निर्वाचनका बेला सवेंदनशिल भएर निष्पक्ष समाचार जनतामाझ पस्कन पर्ने बताईन् । उनले निर्वाचन स्वच्छ, शान्त र निष्पक्ष बनाउन आम सञ्चारको भूमिका लाई ध्यानमा राखेर तालिम आयोजना गरेकोमा महासंघ कास्कीलाई धन्यवाद दिईन् । तालिममा सहभागीहरु मध्येबाट… पुरा पढौ

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । चीनको ‘चाइना जियोलोजिकल सर्वे’ कम्पनीले नेपाल सरकारलाई बुझाएको अन्तिम अन्वेषण प्रतिवेदनअनुसार जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण रहेको पाइएको हो । खानी तथा भूगर्भ विभागका प्रवक्ता धर्मराज खड्काका अनुसार चिनियाँ टोलीको विस्तृत अध्ययन पछि यो तथ्याङ्क सार्वजनिक गरिएको हो । यसअघि गरिएको प्रारम्भिक प्रतिवेदनमा सो क्षेत्रमा एक अर्ब १२ करोड घनमिटर ग्यास हुनसक्ने अनुमान गरिएको थियो । थप परीक्षण… पुरा पढौ

मतभेद भए पनि राष्ट्रलाई अप्ठेरो परेका बेला दलहरूबीच सहकार्य हुँदै आएको छ:संयोजक दाहाल

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न कम्युनिष्ट पार्टीमा राजनीतिक मतभेद भए पनि राष्ट्रलाई अप्ठेरो परेका बेला सहकार्य हुँदै आएको बताएका छन् । आज बागलुङको गलकोटमा आयोजना गरिएको नेकपा र राष्ट्रिय जनमोर्चाको संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै उनले देशभर एकताको सन्देश दिने गरी बागलुङमा सहकार्य गरिएको बताए । संयोजक दाहालले जनमोर्चासँगको चुनावी तालमेलले नेपालभर एकताको सन्देश दिएको र यो सहकार्य चुनावपछि पनि कायम रहने बताए । “विभिन्न कम्युनिष्ट पार्टीमा राजनीतिक मतभेद छन्, तर राष्ट्रलाई अप्ठेरो पर्दा विगतमा पनि सहकार्य गर्दै… पुरा पढौ

आहा ! रारा पोखरा गोल्डकपमा जाउलाखेलको बिजयी शुरुवात

सन्देश श्रेष्ठपोखरा, माघ २८ पोखराको प्रतिष्ठित प्रतियोगिता आहा ! रारा पोखरा गोल्डकपमा जाउलाखेल यूथ क्लवले बिजयी शुरुवात गरेको छ । सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा भइरहेको प्रतियोगिताको दोस्रो दिन जाउलाखेलले मच्छिन्द्र क्लवलाई शून्यकाबिरुद्द दुई गोलले पराजित गर्दै सुखद शुरुवात गरेको हो । बुधबारको खेलमा जाउलाखेलले दुबै गोल दोस्रो हाफमा गर्यो । जाउलाखेलका लागि विदेशी खेलाडी द्वय निकोलास ओडाने हामिल्टन र बौबसर सिस्सोखोले गोल गरे । प्रतिष्पर्धात्मक रुपमा भएको खेलमा पहिलो हाफमा दुबै टिमले गोल गर्न असमर्थ रहे । तर… पुरा पढौ

पोखराको फोहोर ७२ घण्टा भित्रमा उठाउन शुरु गरिने, फोहोर उठाउन महानगरलाई सघाउने दल र नागरिक समाजको प्रतिबद्दता

सन्देश श्रेष्ठपोखरा, माघ २८ पोखराको फोहोरमा राजनीति नगर्ने दलहरुले प्रतिबद्दता जनाएका छन् । एक महिनादेखि पोखरामा फोहोर उठाउन नसकेपछि निकास खोज्न पोखरा महानगरपालिकाले बुधबार आयोजना गरेको सर्वपक्षीय बैठकमा दलहरुले फोहोरमा राजनीति नगर्ने घोषणा गरेका हुन् । फोहोरका कारण पर्यटनको राजधानी पोखरा दुर्गन्धित बनेको तथा यहि अवस्थामा पानी परेको खण्डमा हैजाजन्य महामारीको जोखिमसमेत निम्तिन सक्ने भन्दै उनीहरुले फोहोर व्यवस्थापनमा सघाउने वचन दिए । त्यसका लागि महानगरलाई अल्पकालीन र दीर्घकालीन नीति बनाउन आग्रह गर्दै सो नीति कार्यान्वयनमा सघाउने पनि उनीहरुको प्रतिबद्दता छ… पुरा पढौ

जिल्ला समन्वय समिति कास्कीद्वारा अर्धबार्षिक समिक्षा सम्पन्न

जिल्ला समन्वय समिति कास्कीले, विकास निर्माण सम्बद्ध कार्यालयहरूको चालु आर्थिक बर्ष २०८२–८३ को अर्धबार्षिक समिक्षा सम्पन्न गरेको छ । कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उदघाटन गरे । उनले बिगतको कार्यसम्पादनको स्थिति र भाबी कार्यसम्पादनलाई प्रभाबकारी बनाउने उद्देश्यले नियमित कार्यतालिका मुताबिक कार्यक्रम आयोजना गरिएको उल्लेख गरे । प्रमुख पौडेलले बिकासमा भएका बाधा व्यवधान हटाउन र कार्यसम्पादनको स्थिति सुधार गर्न कार्यक्रम फलदायी भएको उल्लेख गर्दै निरन्तर हुने समीक्षाले कमीकमजोरी सुधार्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले बिगतका कमीकमजोरी… पुरा पढौ

निर्वाचनमा परिणाम ल्याउने गरी खट्टिन कार्यकर्तालाई संयोजक प्रचण्डको निर्देशन

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ले तोकिएको मितिमै निर्वाचन हने भएकाले निर्वाचन प्रक्रियामा जुट्न निर्देशन दिएका छन् । पोखरामा आज आयोजित पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै संयोजक दाहालले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन सुनिश्चित भएकाले प्रचारप्रसार अभियानमा सक्रिय हुन काममा जुट्न निर्देशन दिएका हुन् । निर्वाचन हुँदैन की भन्ने द्विविधाबाट मुक्त भई अबको तीन हप्ता पार्टीलाई दिन अनुरोध गर्दै उनले भने, “जेनजी आन्दोलनपछि मुलुकमा विकसित असाधारण परिस्थितिमा हुन लागेको निर्वाचनको परिणाम नेकपाको पक्षमा ल्याउन देशभरका नेता, कार्यकता… पुरा पढौ