देश

कास्कीमा प्रहरीलाई निर्वाचन सुरक्षा सम्बन्धी अभिमुखीकरण

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षार्थ खटिने कास्की मातहतका प्रहरी चौकी र युनिट इञ्चार्जलाई निर्वाचन सुरक्षा, आचारसहिंतालगायतका विषयमा अभिमुखीकरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक नवीन कार्कीको उपस्थितिमा जिल्लाको सुरक्षा अवस्था र आगामी दिनमा तय गर्नुपर्ने रणनीतिका विषयमा अन्तरक्रिया एवं छलफल भएको कार्यालयका प्रहरी नायब उपरीक्षक हरीबहादुर बस्नेतले जानकारी दिए । “कार्यालयको नेतृत्वबाट मातहतका कार्यालय र युनिटका प्रमुखलाई निर्देशन प्राप्त भएको छ, निर्वाचन सुरक्षालाई कसरी चुस्त र प्रभावकारी बनाउने विषयमा अभिमुखीकरण गरिएको छ”,… पुरा पढौ

निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरिएको बताएका छन् । निर्वाचन सुरक्षा र आचारसंहिता कार्यान्वयनबारे बुझ्न नुवाकोट पुगेका अर्यालले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जानकारी लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै भयरहित वातावरणमा चुनाव गराउन सुरक्षाको सुदृढ प्रबन्ध गर्न सरकार प्रतिबद्ध रहेको बताए । “वर्तमान सरकारको प्रमुख दायित्व चुनाव गराउनु भएकाले हाम्रो ध्यान शान्तिपूर्ण वातावरणमा त्यो सम्पन्न गर्नेमा नै केन्द्रित छ, उनले भने । मतदातालाई निर्भीक भएर मतदानमा सहभागी हुन अनुरोध गर्दै गृहमन्त्री अर्यालले देशभर निर्वाचनको वातावरण बनेको दावी… पुरा पढौ

लेखक संघ कास्कीले गर्यो कृति र स्रष्टा सम्मान

नवलपुरका स्रष्टा कवि गोविन्दराज विनोदी लेखक कृति पुरस्कार २०८१ बाट पोखरामा पुरस्कृत भएका छन् । नेपाली लेखक सङ्घ कास्कीले स्थापना गरेको नगद २५ हजार रुपैंया राशीको सो सुरस्कार शनिबार पोखरामा आयोजित कार्यक्रममा कवि विनोदीद्वारा लिखित अलङ्कार इन्द्रेणीलाई लेखक कृति पुरस्कार प्रदान गरिएको हो । त्यस्तै पोखरेली कवि तारा पाखेलाई स्रष्टा सम्मान गरिएको छ। गण्डकी प्रदेशमा जन्मले वा कर्मले क्रियाशिल स्रष्टाको पुस्तकलाई पुरस्कृत गर्ने अभिप्रायले सो पुरस्कार स्थापना गरिएको संघले जनाएको छ । दुवै स्रष्टालाई कार्यक्रमका प्रमुख अतिथि नेपाली लेखक सङ्घ… पुरा पढौ

रास्वपा कास्की–२ का बिभिन्न स्थानमा सम्पर्क कार्यालय स्थापना

राष्ट्रिय स्वतन्त्र पार्टीले कास्की निर्वाचन क्षेत्र नम्बर २ अन्तरर्गत बिभिन्न स्थानमा सम्पर्क कार्यालय स्थापना गरेकोे छ । आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीको संगठन विस्तार, जनसम्पर्क सुदृढीकरण तथा नागरिकसँग प्रत्यक्ष संवाद गर्न सहज बनाउने उद्देश्यले सम्पर्क कार्यालयहरू सञ्चालनमा ल्याएको हो।जस अन्र्तरगत पोखरा ८ आलुमाइला चोक र पोखरा–३३ मा सम्पर्क कार्यालय स्थापना गरि उद्घाटन गरिनुका साथै बिभिन्न ठाउँहरुमा सुझाव संकलन जारी रहेको रास्वपा कास्की–२ को सचिवालयले जनाएको छ । कार्यालय स्थापनाको अवसरमा केन्द्र ,प्रदेश ,जिल्ला र क्षेत्रका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता… पुरा पढौ

समाजसेवी इन्द्रदेवी तुलाचनको निधन

पोखराकी समाजसेवी इन्द्रदेवी तुलाचनको निधन भएको छ । ९३ बर्षिया तुलाचनको शुक्रबार साँझ आफ्नै निवास पोखरा महानगरपालिका वडा नं ३ नदीपुरमा निधन भएको कान्छा छोरा डा बालमुकुन्द तुलाचनले जानकारी दिए । स्वर्गीय इन्द्रदेवी स्व डा प्रकाश तुलाचनको धर्मपत्नी हुन् । स्व डा प्रकाश पोखरा र आसपासका जिल्लाहरुका विरामीहरु माझ निकै परिचित थिए । प्रकाश डाक्टर भनेपछि नदीपुर क्षेत्रमा मानक नै बनेको छ । कोहि विरामी भएपछि प्रकाश डाक्टरलाई देखाउ भन्ने भनाई आम जनमानसमा रहेको थियो। स्वर्गिय इन्द्रदेवीको पार्थिव शरिरलाई शनिवार… पुरा पढौ

बेनी–जोमसोम सडकको म्याग्दी खण्डको सडकमा पहिरो रोकथाम योजना सुरु

चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डको सडकमा पहिरो रोकथाम योजना निर्माण थालिएको छ । बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले रु २५ करोडको लागतमा सडकमा खस्ने पहिरो र नदी कटान रोकथाम गर्न योजना निर्माण थालेको हो । पहिरो र कटानका कारण सडकमा नियमित यातायात सञ्चालनमा समस्या हुुने गरेको छ । ठेक्का सम्झौता गरेका निर्माण कम्पनीले चालुु आर्थिक वर्षभित्र नै सम्पन्न गर्ने लक्ष्यसहित परिचालित भएका योजना कार्यालयका सवइञ्जिनियर बहादुर शाहले बताए । उनका अनुसार रघुगङ्गा गाउँपालिका–२ तल्लो र माथिल्लो… पुरा पढौ

सुनील थापा उर्फ ‘राते काइँला’रहेनन्

बरिष्ठ कलाकार सुनील थापाको निधन भएको छ । गएराति घरमै ६८ वर्षको उमेरमा उनको निधन भएको हो । कलाकार संघका अध्यक्ष मोहन निरौलाले थापाको निधन भएको पुष्टि गरेका छन् । “अहिले उहाँको शव थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा राखिएको छ,” संघका अध्यक्ष निरौलाले भने, “परिवारका सदस्य आएपछि थप प्रक्रिया अगाडि बढ्नेछ ।”उनका श्रीमती र छोरा मुम्बाईमा बस्दै आएका छन् । दर्जनौं चलचित्रमा अभिनय गरेका उनी खलपात्रमा पहिलो रोजाईका कलाकार थिए ।नेपाली चलचित्र ‘चिनो’मा ‘राते काइँला’को भुमिका निर्वाह गरेपछि थापाको चर्चा चुलिएको… पुरा पढौ

महिनाको अन्तिम शनिबार सर्वेश्वर मार्ग-पराजुली मार्गका व्यवसाय बन्द रहने

पोखरा, माघ २३ पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्गका होलसेल व्यवसाय अबदेखि हरेक महिनाको अन्तिम शनिबार बन्द हुने भएका छन् । कोरोना कालमा संकटमा परेको व्यवसाय ब्यूँताउन भन्दै सातामा सातै दिन सञ्चालन गर्ने निर्णयबाट पछि हट्दै सर्वेश्वर व्यवसायी समितिले अबदेखि चिप्लेढुंगास्थित सर्वेश्वर मार्ग, तेर्सो गल्ली र पराजुली मार्गका व्यवसाय हरेक महिनाको अन्तिम शनिबार खोल्ने निर्णय भएको सचिव श्याम कुँवरले जानकारी दिए । यो निर्णय हालै सम्पन्न संस्थाको साधारण सभाबाट पारित भई त्यसपश्चात बसेको समितिको बैठकले लागु गर्ने निर्णय गरेको उनले… पुरा पढौ

नेपाली काँग्रेसको हेमजामा दुई सम्पर्क कार्यालय स्थापना

नेपाली काँग्रेस कास्की क्षेत्र नं. ३ ले विभिन्न ठाउँमा सम्पर्क कार्यालय स्थापना सँगै घरदैलो र भेटघाट कार्यक्रमलाई तीव्र पारेको छ । यसैबिच शुक्रवार कास्की क्षेत्र नं. ३ को पोखरा महानगर पालिका वडा नं. २५ हेमजाको मिलन चोक र सुइखेतमा चुनाव प्रचार प्रसारका लागि सम्पर्क कार्यालय स्थापना गरिएको छ ।सम्पर्क कार्यालयको क्षेत्र नं. ३ कास्कीका प्रतिनिधि सभा सदस्य उम्मेदवार मनोज गुरुङ र समानुपातिक उम्मेदवार आई बहादुर गुरुङले संयुक्त रूपमा गरेका थिए ।कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य उम्मेदवार मनोज गुरुङले यस क्षेत्रको… पुरा पढौ

प्रतिभा सुपर लिग क्रिकेट : फाइनल प्रवेशका लागि प्रतिभा र बाल मन्दिर, मदरल्याण्ड र छोरेपाटन भिड्ने

सन्देश श्रेष्ठपोखरा, माघ २३ प्रतिभा सुपर लिग क्रिकेटमा सेमीफाइनल समीकरण पूरा भएको छ । लिगको अन्तिम खेलमा शुक्रबार गुरुकुल विद्या सदनलाई पराजित गर्दै मदरल्याण्ड सेमीफाइनलमा प्रवेश गरेसँगै प्रतिभा सुपर लिग क्रिकेटको सेमीफाइनल समीकरण पूरा भएको हो । यसअघि आयोजक प्रतिभा माविसँगै छोरेपाटन मावि र बाल मन्दिर मावि प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरिसकेका छन् । प्रतियोगिताको सेमीफाइनल खेलहरु शनिबार हुनेछन् । सेमीफाइनलको पहिलो खेलमा मदरल्याण्डबिरुद्द छोरेपाटन मावि तथा दोस्रो खेलमा बाल मन्दिर माविबिरुद्द आयोजक प्रतिभा मावि प्रतिष्पर्धामा उत्रिनेछन् । प्रतियोगिता अन्तर्गत शुक्रबार… पुरा पढौ