देश

भुपु विद्यार्थी मञ्च रतन पाण्डे माविको अध्यक्ष सुरेन्द्र

पोखरा १३ आर्बामा रहेको भूतपूर्व विद्यार्थी मञ्च,रतन पाण्डे माविको दोस्रो अधिबेशनले सुरेन्द्रप्रसाद बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । मञ्चको सम्पन्नअधिवेशनले सचिवमा ऋषिराज बराल, सहसचिवमा बिनमबन्धु बराल र कोषाध्यक्षमा सन्तबहादुर थापालाई चयन गरेको हो ।यस्तै मञ्चको सदस्यमा प्रकाश बराल, ममता बराल,दिपेन्द्र सुनार, प्रविन बराल, निशा देवकोटा र सन्तोष सुनार छानिएका छन् । बाँकी आवश्यक पदहरूमा पछि मनोनयन गरिने नवनिर्वाचित अध्यक्ष सुरेन्द्रप्रसाद बरालले जानकारी दिए । यज्ञबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णुप्रसाद बराल, भुपु विद्यार्थी एवं… पुरा पढौ

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि बढाइएका सङ्घीय निजामती, नेपाल प्रहरी र विद्यालय शिक्षाजस्ता विधेयक संसद् विघटनसँगै निष्क्रिय भए । सङ्घीयता कार्यान्वयनसँग प्रत्यक्ष सरोकार राख्ने कर्मचारी व्यवस्थापन, सुरक्षा र शिक्षासँग सम्बन्धित त्यस्ता महत्वपूर्ण विधेयकलाई यसपटक भने टुङ्गोमा पुर्‍याउन संसदीय गणितका हिसाबले सहज देखिएको छ ।जेनजी आन्दोलनबाट उत्पन्न विषम परिस्थितिपछि गत भदौ २७ गते भएको संसद् विघटनपछि ‘शून्य’ अवस्थामा पुगेका ती विधेयकका विषयवस्तु आगामी संसद्का लागि महत्वपूर्ण ‘खुराक’ हुन सक्छन् । सामान्यतः संसद्बाट नयाँ कानुन निर्माणका लागि सामान्य बहुमत… पुरा पढौ

देशका ५२ जिल्लामा पुष्प व्यवसाय बिस्तार

देशभरका ५२ जिल्लामा पुष्प व्यवसाय बिस्तार भएको छ । फ्लोरिकल्चर एशोसिएशन नेपालले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ५२ जिल्लाका २ सय ७० हेक्टर क्षेत्रफलमा फैलिएको पुष्प व्यवसायमा मात्रै आठ अर्ब ८३ करोडभन्दा बढी लगानी रहेको छ । सो व्यवसायमा करिब ५३ हजार ५०० भन्दा बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी समेत पाएको तथ्याङ्क छ । एशोसिएशनका अनुसार पछिल्लो समय विदेशी फूलको आयातमा भने उल्लेख्य गिरावट आएको छ । अघिल्लो वर्ष रु २७ करोड ७९ लाख बराबरको पुष्प तथा पुष्पजन्य वस्तु आयात… पुरा पढौ

मुस्ताङ भन्सारबाट पौने छ अर्ब राजस्व सङ्कलन

नेपाल—चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा पौने छ अर्ब राजस्व सङ्कलन गरेको जनाएको छ । गत भदौ ३१ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आएको कार्यालयले यही चैत ७ गतेसम्म रु पाँच अर्ब ७१ करोड १० लाख राजस्व सङ्कलन गरेको जनाएको छ । कार्यालयका प्रमुख रमेश खड्काले उक्त अवधिमा नाकाबाट रु १२ अर्ब १७ करोड मूल्य बराबरको मालवस्तु आयात भएको छ भने रु २० करोड ३० लाख मूल्य बराबरको मालवस्तु चीनतर्फ निर्यात भएको हो । हालसम्म कोरलानाकाबाट भित्रिएका दुई… पुरा पढौ

चितवन राष्ट्रिय निकुञ्जमा साउन यता १७ गैंडा मरे

चालु आर्थिक वर्षमा मात्रै चितवन राष्ट्रिय निकुञ्जमा १७ वटा गैंडा मरेका छन् । तीमध्ये एउटा विद्युतीय करेन्ट लागेर मरेको हो भने बाँकी प्राकृतिक कारणले मरेका हुन् । यस आर्थिक वर्षमा गैंडासहित ५७ वटा वन्यजन्तु मरेका छन् । साउन यता निकुञ्ज र आसपासका क्षेत्रमा ती वन्यजन्तु मरेका हुन् । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार यस आर्थिक वर्षमा बाघ ४ वटा, हात्ती ३ वटा र १८ वटा चित्तल मरेका छन् । चितुवा, जरायो, मगर गोही तथा घडियाल गोही २/२ वटा, अजिङ्गर,… पुरा पढौ

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न कांग्रेस महामन्त्री पौडेलको माग

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गौरीबहादुर कार्की नेतृत्वले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । महामन्त्री पौडेलले आज सामाजिक सञ्जालमा एक वक्तव्य जारी गरी जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गतेका घटना छानविनका लागि गठित आयोगबाट प्राप्त भएको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् । “आयोगले प्रतिवेदन बुझाएको लामो समय भइसक्यो प्रतिवेदन सार्वजनिक नगरी गुपचुप राखिनु विडम्बना हो, यसले आशंका जन्माएको छ”, महामन्त्री पौडेलले भने । आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी भएको… पुरा पढौ

गण्डकी प्रदेश सभाको नवौं अधिवेशनको पहिलो बैठकमा दलका नेताहरुको सम्बोधन : भने ,’विगतमा राज्य सञ्चालनमा कमजोरी भयो, अब सुध्रिन्छौं’

सन्देश श्रेष्ठपोखरा, चैत ८ गण्डकी प्रदेश सभामा दलका नेताहरुले राज्य सञ्चालनमा भएको कमजोरी स्वीकारेका छन् । गण्डकी प्रदेश सभाको आईतबारदेखि शुरु भएको नवौं अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुले विगतमा राज्य सञ्चालन गर्दा भएका कमीकमजोरीका कारण वर्तमान अवस्था आएको स्वीकारेका हुन् । देशमा भ्रष्टाचार मौलाएको, सुशासन कायम नभएको, परिवारवाद मौलाएको तथा सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धलगायतकाविरुद्द जेनजी पुस्ताले गत भदौ २३ र २४ गते आन्दोलन गरेको थियो । सो आन्दोलनले तत्कालीन केपी ओली नेतृत्वको सरकार अपदस्त… पुरा पढौ

त्रिवेणी कलेजमा ६४ युनिट रगत संकलन

त्रिवेणी इन्टरनेशनल कलेज पोखरा २७ ले आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ प्वाइन्ट रगत संकलन भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका वडा नंं २७ का वडाध्यक्ष पूर्ण कुमार गुरुङ्गले पहिलो रक्तदाता पोखरा विश्वविद्यालयका सिनेटर एवं ३८ औं पटक रक्तदान गरेका सुरजजंग राणालाई ब्लड व्याग हस्तान्तरण गरेर शुभारंभ गरेका थिए । अध्यक्ष गुरुङ्गले पहिलो पटक रक्तदान गर्नेहरुलाई हौसला र सकरात्मक धारणा बनाउन सहयोग पुग्ने गरी सचेतता अभियान चलाउनु पर्नेमा जोड दिए । रक्तदाताको लगत राखी दुर्लभ रक्त समूहलाई रिजर्भमा राख्न वडाध्यक्ष… पुरा पढौ

आर्थिक गणना बैशााख २ देखि शुरु हुने

आगामी बैशाख दुई गते देखि देशभर आर्थिक गणना हुने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालय कास्कीको आयोजनामा आइतबार भएको छलफल कार्यक्रममा राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ऋषिराम सिग्देलले आगामी बैशाख २ गतेदेखि असार ७ गते सम्म देशैभर आर्थिक गणना हुने जानकारी दिए । उनले यस गणनाले आर्थिक क्रियाकलापका बारेमा ठोस तथ्यांक ल्याउने विश्वास व्यक्त गरे । राष्ट्रिय तथ्यांक कार्यालय कास्कीका प्रमुख नन्दलाल सापकोटाले गणनाको लागि गणक तथा सुपरिबेक्षकहरू प्रतिष्ठानहरूमा भौतिकरूपमा नै उपस्थित भएर गणना गरिने उल्लेख गर्दै सबै पक्षको सहयोगमा गणना… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरण: पूर्वसचिवसहित २१ जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियार प्रवक्ता सुरेश न्यौपानेका अनुसार, तत्कालीन पर्यटन सचिव ,नागरिक उड्डयन प्राधिकरणका तीन पूर्वमहानिर्देशकसहित २१ जना व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।अख्तियारले तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारी, प्राधिकरणका तत्कालीन महानिर्देशकहरू संजिव गौतम, राजन पोखरेल र प्रदीप अधिकारीलाई प्रतिवादी बनाउँदै अख्तियारले दोस्रो मुद्दा दायर गरेको हो। उनीहरूमाथि सार्वजनिक सम्पत्तिको हानीनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको अभियोग लागेको छ। विमानस्थल निर्माणमा राजस्व… पुरा पढौ