देश

पोखरा-३३ का वडाध्यक्षले गरे आन्दोलनकारी माथि खुकुरी प्रहारको प्रयास

सन्देश श्रेष्ठपोखरा, पुस २५ पोखरा महानगरपालिका वडा नम्बर–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले प्रदर्शनकारी माथि खुकुरी प्रहार गर्ने प्रयास गरेका छन् । पोखरा–३३ स्थित पुँडीटारमा प्रस्तावित ल्याण्डफिल साईडको विरोधमा वडा कार्यालय अगाडि प्रदर्शन गर्न पुगेका प्रदर्शनकारीलाई उनले खुकुरी प्रहारको प्रयास गरेका हुन् । पोखरा महानगरपालिकाले पुँडीटारमा ल्याण्डफिल साईड बनाउने भनेदेखि नै त्यहाँका स्थानिय विरोधमा छन् । बारम्बार आवाज उठाउँदा पनि अटेर गरेपछि उनीहरु शुक्रबार वडा कार्यालय घेराउ गर्न पुगेका थिए । सो क्रममा उनीहरुले गेटमा ताला लगाएर प्रदर्शन गरिरहेका थिए ।… पुरा पढौ

जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर पार्टीका जनसङ्गठनहरुलाई सक्रिय हुन निर्देशन दिएका छन् । एमालेको केन्द्रीय कार्यालयमा आज भएको जनसङ्गठन समन्वय संयन्त्रको बैठकमा महासचिव पोखरेलले जनसङ्गठनहरू निर्वाचन अभियानको अग्रपङ्क्तिमा उभिनुपर्ने बताए । संसद् पुनःस्थापनाको मागका साथै निर्वाचनलाई पनि जनाधिकार र प्राप्त उपलब्धिको रक्षाका रुपमा लिइएको उनको भनाइ थियो ।बैठकमा सामाजिक सञ्जालको प्रभावकारी परिचालनमार्फत पार्टीका पक्षमा जनमत निर्माण गर्नुपर्नेमा विशेष जोड दिइएको छ । पार्टीको ‘सर्कुलर’अनुसार सबै जनसङ्गठनहरू परिचालित भई युवासहित… पुरा पढौ

१४ औं पोखरा महोत्सवलाई बिभिन्न संघ संस्थाको साथ

१४ औं पोखरा महोत्सव भब्य र सभ्य बनाउन पोखरामा रहेका विभिन्न संघ संस्थाले साथ दिने भएका छन । आगामी पुषको २९ देखि माघको ११ सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ औं संस्करणको पोखरा महोत्सवलाई पोखरामा रहेका विभिन्न संघ संस्थाले आ आफ्नो झाँकी तथा र्याली सहभागी गराएर सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन । उनीहरुले पोखरा महोत्सवको उद्घाटन पूर्व पोखराको रंगशाला गेटदेखि आयोजना गरिने झांकी तथा र्यालीमा स्व स्फुर्त रुपमा सहभागी भई महोत्सवको सोभा बढाउने समेत निर्णय गरेका छन ।महोत्सव… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिकामा सार्वजनिक सुनवाइ सम्पन्न

कास्कीको माछापुच्छ्रे गाउँपालिकाले सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । उक्त कार्यक्रमका सहभागीले स्थानीय सरकारसँग सम्बन्धित गुनासाहरु राखेका थिए । माछापुच्छ्रे–५ रिभानका प्रचण्ड शक्ति गुरुङले सार्वजनिक कार्यक्रममा युवालाई सहभागी नगराउने रोग अझै कायम रहेको गुनासो गरे । स्थानीय केदारनाथ पौडेलले राजनीतिक दलहरुले जनताको हित नगरे पनि सरकारी कर्मचारीले सेवाग्राहीलाई छिटोछरितो सेवा दिए नागरिकले राहत महसुस गर्ने बताए । उनले भने, “सरकारी कार्यालयका कर्मचारीले पनि पहुँचका आधारमा सेवाग्राहीको काम गर्नु भएन ।” स्थानीय सुरज अधिकारीले पोखरा महानगरपालिकाको खानेपानीको मुहान माछापुच्छे«को मर्दी खोला… पुरा पढौ

वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री

गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरुलाई कुनै दलप्रति ढल्कने छुट नभएको बताएका छन् । गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजना भइरहेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले वर्तमान सरकारको ‘म्यान्डेट’ तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु रहेको बताए । सरकार निर्वाचनमा होमिइसकेकाले तोकिएको मितिमा नै निर्वाचन हुनेमा शङ्का नगर्न सम्बन्धित सबै पक्षलाई उनले आग्रह गरे । जेनजी आन्दोलन सुशासन कायमका लागि भएको उल्लेख गर्दै मन्त्री अर्यालले सुशासन कायम राख्न सरकार कटिबद्ध भएको बताए… पुरा पढौ

घान्द्रुक पर्यटन महोत्सव फागुन ६ देखि ९ गतेसम्म

पोखरा, पुष २४ गते ।कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुकमा आगामी फागुन ६देखि ९ गतेसम्म हुने घान्द्रुक पर्यटन महोत्सवको सन्दर्भमा पोखरामा च्यारिटी डिनर कार्यक्रम आयोजना गरिएको छ ।घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब घान्द्रुकको संयुक्त आयोजनामा हुने महोत्सवको सन्दर्भको पोखरामा च्यारिटी डिनर कार्यक्रम आयोजना गरिएको हो ।घान्द्रुक पर्यटन महोत्सवको सन्दर्भमा पोखरामा आयोजना गरिएको च्यारिटी डिनर कार्यक्रममा ९ लाख ६ हजार ६सय रुपैयाँ आार्थिक संकलन भएको रोधीं क्लब घान्द्रुकमा उपाध्यक्ष अमृत गुरुङले बताए ।घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले… पुरा पढौ

संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त भएको बताएका छन् । मानवअधिकार सङ्गठन र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले आज काठमाण्डौंमा आयोजना भएको कार्यक्रममा उनले संविधानको रक्षा र लोकतन्त्रको स्थायित्वको लागि निर्वाचन अनिवार्य भएको बताएका हुन् । “मानवअधिकार र पीडितको पक्षमा सँधै लाग्नेछु । दण्डहिनताका पक्षमा म छैन, मुलुक कालोसूचीमा पर्ने गरी दण्डहिनतालाई प्रश्रय दिँईदैन,”गृहमन्त्री अर्यालले भने । उनले निर्वाचनको सुरक्षाका लागि सरकारले सबै व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । जेनजी पुस्तालाई भोट हाल्न पाउने र राज्यको मूल… पुरा पढौ

महिला उद्यमी संघ नेपाल, कास्कीको अध्यक्षमा एलिना बराल

सन्देश श्रेष्ठपोखरा, पुस २४ महिला उद्यमी संघ नेपाल, कास्कीको अध्यक्षमा एलिना बराल चयन भएकी छन् । संघ, कास्कीको पोखरामा बुधबार भएको दशौं साधारण सभा तथा छैटौं अधिवेशनले बराललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । अध्यक्षमा निर्वाचित बराल निवर्तमान प्रथम उपाध्यक्ष हुन् । अधिवेशनले संघ, कास्कीको प्रथम उपाध्यक्षमा बालकुमारी गुरुङ, द्वितीय उपाध्यक्षमा रुपा गुरुङ, महासचिवमा वसन्ती खत्री र कोषाध्यक्षमा जमुना पराजुलीलाई चयन गरेको छ । त्यस्तै, सदस्यहरुमा ऋतु घले र लक्ष्मी अधिकारी बास्तोला चयन भएका छन् । थप दुई जना भने… पुरा पढौ

जन्म मृत्यु संस्कार जोडिएको पोखराको सिताघाट व्यवस्थित गरिदै

पोखरा महानगरपालिका वडा नं. १७ सेतीनदीस्थित सिता घाट व्यवस्थित गरिने भएको छ । जन्मदेखि मृत्यु संस्कारसंग जोडिएको सो घाटको स्थानीयवासिन्दाको सकृयतामा व्यवस्थित गरिन लागिएको हो । विभिन्न पर्वमा नदीमा स्नानका लागि जाने भक्तजन तथा अन्तिम दाह संस्कारकामा अप्ठेरो भोग्दै आएका स्थानीयको पलमा घाटसम्म मोटरेवल वाटो निर्माण अभियान सञ्चालन गरिएको सिताघाट वाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष लोकराज कोइरालाले जानकारी दिए । उनका अनुसार पोखरा महानगरपालिका वडा नं. १७ को दश लाख रुपैया आर्थिक सहयोगमा कच्चि मोटर बाटोको ट्रयाक खोल्ने कार्य सम्पन्न… पुरा पढौ

जानकीका विद्यार्थीलाई चेतना महिलाको न्यानो स्वीटर

चेतना महिला सिप विकास परियोजनाद्धारा जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो स्वीटर वितरण गरेको छ । पोखरा १७ महतगौडामा सञ्चालित सो विद्यालयका असहाय एवम् विपन्न वर्गका २४ जना विद्यार्थीलाई १३ हजार मुल्य वरावरका स्वीटर वितरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बास्तोलाले विद्यार्थीलाई स्वीटर वितरण गर्दै समाजका विपन्न एव् असहाय वर्गका विद्यार्थीको अध्ययनको थलो बनेका सामुदायिक विद्यालयले पछिल्लो समय शैक्षिक गुणस्तरमा जोड दिंदै आएको बताए । विद्यालयका प्रधानाध्यापक अर्जुन कडेलले विभिन्न संघसंस्थाको सहयोगबाट विद्यार्थीलाई आवश्यक शैक्षिक सामाग्री र पोषाकको… पुरा पढौ