देश

महिला उद्यमी संघ नेपाल, कास्कीको अध्यक्षमा एलिना बराल

सन्देश श्रेष्ठपोखरा, पुस २४ महिला उद्यमी संघ नेपाल, कास्कीको अध्यक्षमा एलिना बराल चयन भएकी छन् । संघ, कास्कीको पोखरामा बुधबार भएको दशौं साधारण सभा तथा छैटौं अधिवेशनले बराललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । अध्यक्षमा निर्वाचित बराल निवर्तमान प्रथम उपाध्यक्ष हुन् । अधिवेशनले संघ, कास्कीको प्रथम उपाध्यक्षमा बालकुमारी गुरुङ, द्वितीय उपाध्यक्षमा रुपा गुरुङ, महासचिवमा वसन्ती खत्री र कोषाध्यक्षमा जमुना पराजुलीलाई चयन गरेको छ । त्यस्तै, सदस्यहरुमा ऋतु घले र लक्ष्मी अधिकारी बास्तोला चयन भएका छन् । थप दुई जना भने… पुरा पढौ

जन्म मृत्यु संस्कार जोडिएको पोखराको सिताघाट व्यवस्थित गरिदै

पोखरा महानगरपालिका वडा नं. १७ सेतीनदीस्थित सिता घाट व्यवस्थित गरिने भएको छ । जन्मदेखि मृत्यु संस्कारसंग जोडिएको सो घाटको स्थानीयवासिन्दाको सकृयतामा व्यवस्थित गरिन लागिएको हो । विभिन्न पर्वमा नदीमा स्नानका लागि जाने भक्तजन तथा अन्तिम दाह संस्कारकामा अप्ठेरो भोग्दै आएका स्थानीयको पलमा घाटसम्म मोटरेवल वाटो निर्माण अभियान सञ्चालन गरिएको सिताघाट वाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष लोकराज कोइरालाले जानकारी दिए । उनका अनुसार पोखरा महानगरपालिका वडा नं. १७ को दश लाख रुपैया आर्थिक सहयोगमा कच्चि मोटर बाटोको ट्रयाक खोल्ने कार्य सम्पन्न… पुरा पढौ

जानकीका विद्यार्थीलाई चेतना महिलाको न्यानो स्वीटर

चेतना महिला सिप विकास परियोजनाद्धारा जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो स्वीटर वितरण गरेको छ । पोखरा १७ महतगौडामा सञ्चालित सो विद्यालयका असहाय एवम् विपन्न वर्गका २४ जना विद्यार्थीलाई १३ हजार मुल्य वरावरका स्वीटर वितरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बास्तोलाले विद्यार्थीलाई स्वीटर वितरण गर्दै समाजका विपन्न एव् असहाय वर्गका विद्यार्थीको अध्ययनको थलो बनेका सामुदायिक विद्यालयले पछिल्लो समय शैक्षिक गुणस्तरमा जोड दिंदै आएको बताए । विद्यालयका प्रधानाध्यापक अर्जुन कडेलले विभिन्न संघसंस्थाको सहयोगबाट विद्यार्थीलाई आवश्यक शैक्षिक सामाग्री र पोषाकको… पुरा पढौ

रास्वपा सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता भएको छ । राप्रपाद्वारा यही पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा आयोजित चियापानको निम्तो दिन अध्यक्ष लिङ्देन हात्तीगौडास्थित लामिछाने निवास पुगेका हुन् । सभापति लामिछानेले कार्यक्रममा सहभागिता जनाउने प्रतिबद्धता व्यक्त जनाएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । सो अवसरमा दुई पार्टीका अध्यक्षबीच आसन्न चुनाव तथा निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउने विषयमा छलफल भएको उनले जानकारी दिए । मुलुकको राजनीतिक स्थिरता, समसामयिक राजनीतिक परिस्थिति,… पुरा पढौ

श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय

सरकारले दक्षिण कोरिया जाने प्रयोजनका लागि रोजगार अनुमति प्रणाली ९इपिएस० परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका तर, विभिन्न कारणले हालसम्म अवसर नपाएका व्यक्तिको पक्षमा तीन वटा निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इपिएस प्रणालीबाट कोरिया जान तयार गरिएको रोस्टरको हालको सीमाले रोजगारीको लागि कोरिया जान इपिएस परीक्षा पास गरेका तर रोजगारी प्राप्त गर्न नसकेका उम्मेदवारसमेत अवसरबाट वञ्चित भएकाले हालको प्रणालीमा देखिएको रोस्टर मान्य अवधि थप गर्ने विषयमा कोरिया सरकार समक्ष कूटनीतिक पहलमार्फत अनुरोध गर्ने निर्णय गरेको छ… पुरा पढौ

आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाटसमेत स्वीकृत भइसकेकाले सोहीअनुसार फौज परिचालन हुने जानकारी दिए । उनले भने, “निर्वाचनका लागि एकीकृत सुुरक्षा योजनाले मार्ग निर्देशन गरेअनुरुप निर्वाचनको एक महिना अघिबाट फिल्डमा सेना परिचालन हुनेछ ।” एकीकृत सुरक्षा योजना सरकारबाट अनुमोदन र सेनाको परिचालनका सम्बन्धमा राष्ट्रिय सुरक्षा परिषद्बाट पनि स्वीकृत भइसकेको… पुरा पढौ

‘महिला उद्यमी बन्न अझै चुनौतिपूर्ण’

सन्देश श्रेष्ठपोखरा, पुस २३ पोखराका अगुवा उद्योगी व्यवसायीले महिला उद्यमशीलता अझै पनि चुनौतिपूर्ण रहेको बताएका छन् । राजनीतिक परिवर्तनसँगै शिक्षा र सचेतनामा फड्को मारे पनि समाज र परिवारमा व्यवहारिक परिवर्तन नहुँदा महिला उद्यमशीलता अझै पनि चुनौतिपूर्ण रहेको बुधबार महिला उद्यमी संघ नेपाल, कास्कीको दशौं साधारण सभा तथा छैटौं अधिवेशनमा बोल्ने वक्ताहरुले बताए । कार्यक्रममा बोल्दै महिला सीप विकास तालिम केन्द्रकी प्रमुख रामकली खड्काले महिला उद्यमशीलता पहिले भन्दा केहि सहज भए पनि व्यवहारिक कठिनाई ज्यूँका त्यूँ रहेको बताईन् । भनिन्,‘पहिले भन्दा… पुरा पढौ

गण्डकीमा कांग्रेस एमालेको गठबन्धनको जित सुनिश्चित

सन्देश श्रेष्ठपोखरा, पुस २३ राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा ६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । गण्डकी प्रदेशमा दुई सदस्यका लागि हुन लागेको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेको तर्फबाट २ जना, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट २जना र राष्ट्रिय जनमोर्चाबाट २ जनाले उम्मेदवारी दर्ता गरेका हुन् । गण्डकी प्रदेशमा पुरुष र महिलातर्फ एक÷एक जनाको सिट खाली छ । दुबैतर्फ तीन÷तीन जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालय गण्डकीले जनाएको छ । देशैभर कांग्रेस र एमालेबीच गठबन्धन भए अनुसार गण्डकीमा… पुरा पढौ

चर्को विवादबीच कांग्रेसको विशेष महाधिवेशन पुस २७ र २८ मा आह्वान (विज्ञप्ती सहित)

चर्को विवादका बीच नेपाली कांग्रेसमा विशेष महाधिवेशन आह्वान गरिएको छ । विशेष महाधिवेशन सञ्चार तथा प्रचार प्रसार समितिले काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै यही पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने निर्णय सार्वजनिक गरेको हो ।काठमाण्डौंमा हुने विशेष महाधिवेशनका लागि भृकुटीमण्डप ‘बुकिङ’ गरिसकेको जनाईएको छ । सचिवालयले विशेष महाधिवेशनका लागि विभिन्न १८ वटा उपसमिति गठन गरि संयोजकहरू पनि तोकिएको समितिले जानकारी गराएको छ । व्यवस्थापन, जनपरिचालन, मञ्च व्यवस्थापन लगायतका विभिन्न उपसमिति गठन गरिएको हो ।पूर्वजिल्ला सभापति, पूर्व के।स। समन्वय… पुरा पढौ

पोखरा लेडी जेसिजले दियो व्यक्तित्व विकास तालिम

पोखरा लेडी जेसिजले नव निर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यलाई व्यक्तित्व विकास सम्वन्धि तालिम दिएको छ। वर्ष २०२६ का लागि चयन भएको कार्यसमितिलाई आत्मविश्वासी र नेतृत्व तहमा सक्षम बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताईएको छ । तालिमको उद्घाटन गर्दै नेपाल तथा साउथ एसियाका पूर्व जनरल डाइरेक्टर, नेपाल जेसिजका पूर्व अध्यक्ष तथा जेसिआई सिनेटर चाँदनी जोशीले महिलाहरू आत्मविश्वासी र सक्षम भए मात्र समाज समृद्ध बन्ने धारणा व्यक्त गरेकी थिइन् । उनले जेसिजले महिलालाई नेतृत्वमा ल्याउन खेलेको भूमिकाको प्रशंसा गर्दै सहभागीहरूलाई निरन्तर… पुरा पढौ