नेकपा एमालेले गण्डकी प्रदेश संयोजकमा सचिव खगराज अधिकारीलाई तोकेको छ । पार्टीको आज बसेको सचिवालय बैठकले प्रदेश र निर्वाचनको संयोजन गर्नेगरी अधिकारीलाई संयोजक तोकेको हो ।उपमहासचिव लेखराज भट्टका अनुसार कोशीमा शेरधन राई,मधेश प्रदेशमा लीलानाथ श्रेष्ठ,बागमतीमा महेश बस्नेत,राजधानीमा डा। राजन भट्टराई,कर्णालीमा यामलाल कँडेल,सुदूरपश्चिममा गणेश ठगुन्ना र संगठन विभागमा भानुभक्त ढकाललाई तोकिएको छ । एमालेले राष्ट्रियसभा निर्वाचनमा चुनावी तालमेल गर्दा ७ सीट दाबी गरेको छ।अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग छलफल गर्ने र उम्मेदवारको टुंगो लगाउने जिम्मा पनि बैठकले दिएको बताए । बैठकले…
पुरा पढौ