म्याग्दी । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मिनबहादुर श्रेष्ठले नेपालमा हरियाली मोडेलको कृषि फार्म प्रभावकारी हुने बताएका छन् । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा शनिबार हरियाली ग्रुप प्रालिको तेस्रो र हरियाली कृषि सहकारी संस्थाको दोस्रो साधारणसभालाई सम्बोधन गर्नुहुँदै डा श्रेष्ठले जल, जमिन र जङ्गललाई समृद्धिको आधार बनाउनुपर्ने बताए । “आयात घटाउन, उत्पादन बढाउन र रोजगारी सिर्जनाका लागि जमिनको खण्डीकरण रोकेर चक्लाबन्दी गरी ठूलो परिणाममा खेती गर्न प्रोत्साहन गर्ने नीति लिनुपर्छ”, उनले भने, “जमिन बाँझो राख्ने समस्या घटाएर उत्पादनमूलक क्षेत्रमा जमिनको उपयोग…
पुरा पढौ