पोखरा । सेलाउँदो पर्यटकीय गतिविधिलाई चलायमान बनाउने उद्देश्य सहित पोखरा २३ मा ‘चापाकोट देउराली सामुदायिक होमस्टे साँस्कृतिक महोत्सव २०७८’ आयोजना हुने भएको छ । चापाकोट पर्यटन प्रवद्र्धन समितिले पोखरा महानगरपालिका २३ मा पर्यटन भित्राउने लक्ष्य सहित तेस्रो संस्करणको विविध प्रतियोगिता सहित मेला आयोजना गर्ने समितिका अध्यक्ष एवम् कार्यक्रम संयोजक भिम पराजुलीले बताए । उनका अनुसार उक्त मेला पौषको १ देखि ५ गतेसम्म सञ्चालन हुनेछ ।संयोजक पराजुलीले सो मेलामा संस्कृति संरक्षण गर्ने उद्देश्य सहित भजन प्रतियोगिता, बाजा प्रतियोगिता, रत्यौली प्रतियोगिता तथा…
पुरा पढौ