अर्थ

लेखा इकाईमा कार्यरत कर्मचारी अर्थका सिपाई नै हुनः अर्थ मन्त्री बराल

तनहुँ । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले लेखा इकाई कार्यालयहरुमा कार्यरत कर्मचारीलाई अर्थ क्षेत्रका सिपाई नै भएको बताएका छन् । गण्डकी प्रदेश सरकारको बजेट कार्यान्वयन र निकासा सम्बन्धमा लेखा इकाई कार्यालयका प्रतिनिधिहरुसंगको तनहुँको बन्दीपुरमा आइतबार आयोजना भएको अन्तरक्रिया कार्यक्रममा वोल्दै मन्त्री बरालले उक्त कुरा बताएका हुन् । उनले भने “स्वभाविक रुपमा समयको कुनै प्रवाह नै नगरी शान्ति सुरक्षा दिने सिपाईको रुपमा सेना, पुलिस हुन भने अर्थ क्षेत्रका सिपाई लेखा इकाईमा कार्यरत कर्मचारी हुन, उनीहरुको प्रोत्साहनको लागि सरकारले… पुरा पढौ

सुनगाभा सहकारीको अध्यक्षमा थापा

पोखरा । सुनगामा बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–१८ सेदीभिलेजको सञ्चालक समितिको अध्यक्षमा कृष्ण बहादुर थापा निर्विरोध चयन भएका छन् । सहकारीको शनिबार सम्पन्न पाँचौ अधिवेशन तथा १२ औँ वार्षिक साधारणसभाले थापाको अध्यक्षतामा नौ सदस्सीय सञ्चालक समिति र लेखा समिति चयन गरेको हो । थापा तेस्रो कार्यकालका लागि अध्यक्ष चुनिए हुन् । यसैगरी समितिको उपाध्यक्षमा पार्वती कोइराला, सचिव कृष्ण थापा र कोषाध्यक्ष राजु थापा रहेका छन् । सदस्यहरुमा रमेश थापा(सुमन),सुरेन्द्र थापा,निर्मल गौतम,रमेशबहादुर थापा र देवकी पहारी छन् । लेखा… पुरा पढौ

तरकारी बेचेरै लाखौँ आम्दानी

बाग्लुङ । मेहनत गरेमा किसानले आफ्नै बारीमा सुन फलाउन सक्छन् भन्ने उदाहरण बागलुङको काठेखोला–८ की एक महिलाले दिएकी छन् । काठेखोला–८ लेखानीकी ४५ वर्षीया लालमाया पुनले तरकारी बेचेरै मासिक लाखौँ कमाउन थालेकी छन् । आफ्नै जग्गामा लगाएकाले नपुगेपछि भाडामा लिएको जग्गासमेत उपयोग गरेर उनले कमाइ गरेकी हुन् । गाउँमा उत्पादन भएको तरकारी बजार पुग्छ, बजारमा भएको पैसा गाउँ पुगेको छ । उनले आफ्नो जमिनबाहेक मासिक ६ हजार रुपैयाँ भाडा तिरेर आठ रोपनी जमिन भाडामा लिएकी छन् । त्यही भाडाको बारीले… पुरा पढौ

म्याग्दीमा व्यावसायिक कालिजपालन

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२१ ले डाँफे, मुनाल, कालिजलगायतका वनजंगलमा पाइने पंक्षी पाल्न तथा सिकार गर्न प्रतिबन्ध लगाएको छ। विदेशबाट आयात गरिएको ‘रिङनेक’ जातको कालिज पाल्न तथा सिकार गर्न पाइने कानूनी व्यवस्थासँगै पछिल्लो समय कालिज पाल्नेको लहर चलेको छ। केही वर्षअघिसम्म दुर्लभ मानिने कालिज (वनकुखरा)को मासु होटल, रेष्टुरेन्टदेखि व्यक्तिका भान्छामा सहजरूपमा उपलब्ध हुन थालेको छ।भारतीय गोरखा सैनिकबाट सेवानिवृत्त भएपछि व्यावसायिक कालिजपालन सुरुआत गरेका बेनी नगरपालिका–२ फापरखेतका नवीन घिमिरे छोटो समयमै राम्रो व्यावसायिक सफलता मिलेको बताउँछन्। ‘पल्टनमा हुँदा दार्जिलिङमा कालिजपालन… पुरा पढौ

जिल्ला अलैची उत्पादक कृषक संघ कास्कीको अध्यक्षमा क्षेत्री

जिल्ला अलैची उत्पादक कृषक संघ कास्कीको तेस्रो साधारणसभा तथा अधिवेशनले सुरेन्द्रजङ्ग क्षेत्रीको अध्यक्षतामा नया कार्य समिति चयन गरेको छ । समितिको शुक्रबार भएको अधिवेशनले उपाध्यक्षमा विशाल गुरुङ, महासचिवमा रामचन्द्र पौडेल, सचिवमा सुरेश सापकोटा र कोषाध्यक्षमा लालशोभा गुरुङलाई निर्विरोध चयन गरेको हो । अधिवेशनले सदस्यहरुमा नेत्रप्रसाद अधिकारी, नरेशराज लामिछाने, क्याप्टेन मन्त्रीजुङ्ग गुरुङ, रुपेश गुरुङ, माया गुरुङ र बिनु बस्नेतलाई चयन गरेको छ । अधिवेशनले समितिको सल्लाहकारहरुमा निवर्तमान अध्यक्ष जितबहादुर बस्नेत, जसबहादुर गुरुङ, बाशुदेव तिवारी, इन्द्र गौचन, जीवनाथ लामिछाने र कुन्तीकुमारी गुरुङलाई… पुरा पढौ

न्यादी हाइड्रोपावरको साधारण शेयर बाँडफाँट

काठमाडौँ । न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँट गरिएको हो । कम्पनीले निष्काशन गरेको आइपिओमा कूल २२ लाख ५५ हजार ८४ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये १३ हजार ९४६ जनाको आवेदन रद्द भएको र बाँकी २२ लाख ४१ हजार १३८ योग्य आवेदकमध्ये दुई लाख नौ हजार २५० आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ ।… पुरा पढौ

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाण्डौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । सेयर कारोबार हुने साताको आज अन्तिम दिन नेप्से परिसूचक १४.७० अङ्कले ओरालो लागेर दुई हजार ५५६.९५ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक 0.६५ अङ्कले घटेर ४८३.३९ मा ओर्लेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम समेत खुम्चिएको छ । कूल २१६ कम्पनीको ६१ लाख ६ हजार ४५२ कित्ता शेयर रु दुई अर्ब ६३ करोड ५३ लाख ९० हजार… पुरा पढौ

बैंकिङ प्रणालीमा तरलता प्रवाह हुँदै रु १० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले भोलि अर्थात् कात्तिक ४ गते रु १० अर्ब बराबरको सात दिन अवधिको रिपो जारी गर्ने भएको छ । केही समय अघिदेखि बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनमा समस्या देखिँदा राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गर्न लागेको हो । राष्ट्र बैंकले बुधबार जारी गरेको सूचनाअनुसार बैंकले आगामी कात्तिक ११ गते परिपक्व हुने रु १० अर्ब बराबरको रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको छ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका बैंक वित्तीय… पुरा पढौ

मध्यभोटेकोसीको शेयर नपरेको पैसा फिर्ता

काठमाडौँ । मध्यभोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई निष्काशन गरेको प्राथमिक शेयरको बाँडफाँटमा आंशिक परेका तथा नपरेकाको शेयरबापतको रकम बैंक खातामा रकमान्तर गरेको छ । बाँडफाँटमा आंशिक परेको तथा नपरेकाको शेयरबापतको रकम आवेदकले उल्लेख गरेको बैंक खाता हुबहु मिलेको हदसम्म रकम रकमान्तर गरेको कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । त्यस्तै बिक्री प्रबन्धक र सह–निष्काशन तथा बिक्री प्रबन्धकमार्फत आवेदन दिई बैंक खाता नम्बर उल्लेख नगरेका तथा बैंक विवरण नमिलेका आवेदकको बाँडफाँटमा नपरेका शेयरबापतका… पुरा पढौ

मन्त्री बराललाई गृह गाउँमा भव्य सम्मान : वडादेखि पुम्दीकोटसम्मको सडक स्तरोन्नती गर्ने मन्त्री बरालको बाचा

प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले गण्डकी प्रदेशको गौरवको योजना अन्र्तगत पर्ने पुम्दीकोटको बिशाल महादेवको मुर्तिसम्म जाने सडक हाल निकै जिर्ण भएकोले उक्त सडक स्तरोउन्नती गर्ने बताउनु भएको छ । पोखरा २२ (पुम्दी—भुम्दी) को वडा कार्यालय देखि बिशाल महादेवको मुर्ति स्थलसम्म जाने बाटो तत्काल मर्मत संहार गर्न चौतर्फी दबाब आएकोले उक्त सडक स्तरोन्नती गर्न बिषेश पहल गर्ने मन्त्री बरालले बताउनु भएको हो । पोखरा २२ को पुम्दीकोट टोल विकास संस्था र ढलेपिपल टोल विकास संस्थाले बुधबार संयुक्त रुपमा आयोजना… पुरा पढौ