अर्थ

तिहार पछि बढ्यो सुनको मूल्यः प्रतितोला रु. ९२ हजार ५००

काठमाडौँ । तिहारपछिको पहिलो कारोबारका दिन आज नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मुल्य प्रतितोला रु. एक हजार ५०० ले उकालो लागेर ९२ हजार ५०० कायम भएको छ । पहेँलो धातु गत बिहीबार प्रतितोला रु. ९१ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९२ हजार रहने छ जसको मूल्य बिहीबार प्रतितोला रु. ९० हजार ५०० तोकिएको थियो। त्यस्तै आज चाँदीको मूल्य बिहीबारका तुलनामा रु. २५ ले उकालो लागेर एक हजार… पुरा पढौ

जन्म दिनमा समाजसेवी टीका गुरुङद्वारा वृद्धाश्रमलाई सहयोग

समाजसेवी तथा युवा व्यवसायी टीका कुमारी गुरुङ र पत्रकार एमवि आस्था मगरले आफ्नो छोराको जन्म दिन वात्स्यायन वृद्धाश्रममा पुगेर मनाएका छन् । उनीहरुले वात्स्यायन वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुसँग जन्म दिन मनाएका हुन् । समाजसेवी गुरुङले आफ्नो जन्म दिनको अवसरमा वात्स्यायन वृद्धाश्रमलाई १० हजार १ सय रुपैया प्रदान गरिन् । समाजसेवमा सँधै मन फुकाउने समाजसेवी गुरुङले जन्म दिनको अवसरमा पोखरा १४ बाच्छेवुडुवामास्थित वात्स्यायन वृद्धाश्रमलाई सो रकम प्रदान गरेकी हुन् । वृद्धाश्रमका वृद्धवृद्धाहरुसँग जन्म दिन मनाउन भनेर पुगेकी उनी र उनको श्रीमान मुनेश… पुरा पढौ

सुन तोलाको रु. ९२ हजार

काठमाडौँ । नेपालको सुनचाँदी बजारमा आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. २०० ले बढेर रु ९२ हजार कायम भएको छ। पहेँलो धातु सोमबार प्रतितोला रु. ९१ हजार ८०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९१ हजार ५०० रहने छ जसको मूल्य सोमबार प्रतितोला रु. ९१ हजार ३०० तोकिएको थियो । महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. पाँचले बढेर एक हजार… पुरा पढौ

सामलिङ्ग पावर कम्पनीको आइपिओ बाँडफाँट

काठमाडौँ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ) बाँडफाँट गरेको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको कार्यालयमा आज शेयर बाँडफाँट भएको हो । बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्काशन गरेको आइपिओमा कूल २१ लाख ९८ हजार ७६४ जनाले दुई करोड ५२ लाख १९ हजार ९०० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए । आवेदन दिएकामध्ये नौ हजार ९८६ जनाको आवेदन रद्द भएको र बाँकी २१ लाख ८८ हजार ७७८ योग्य… पुरा पढौ

यस वर्षको यमपञ्चक (तिहार) आजदेखि सुरु हुँदै

आज कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन। हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ। आज बेलुका यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यस वर्ष यमदीपदान आजदेखि सुरु हुने भएपनि काग र कुकुर तिहार भने भोलि परेको छ। आजको बेलुका यमदीपदान सुरु हुन्छ। यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ। भोलि बिहान सवा ७ बजेसम्म त्रयोदशी तिथि छ। त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ।… पुरा पढौ

पोखराका गुफाहरुको विकासका लागी सरकार प्रतिवद्घ छ : मन्त्री खड्का

पोखरा । गण्डकी प्रदेशका भौतिक पुर्वाधार तथा शहरी विकास मन्त्री कुमार खड्काले प्रदेश सरकारले जनताका समस्यालाई उच्च प्राथामिकता राखेर काम गरेको बताएका छन् । महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिले सोमवार आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई सम्वोधन गर्दै उनले वर्तमान गठवन्धन सरकारले जनमुखी काम गरेर प्रदेशलाई समृद्घ बनाउने बताए । मन्त्री खड्काले पोखरामा रहेका गुफाहरुको विकासका लागी प्रदेश सरकारले संभाव्यता अध्ययन गर्ने र छुट्टै अधिकार सम्पन्न समिति बनाएर काम थाल्ने समेत बताए । महेन्द्र गुफाको विकासका… पुरा पढौ

नेलम्बो नेपालद्वारा विरेठाँटीमा निःशुल्क शिविर

पोखरा ४ ग्रह्रापाटनमा रहेको नेलम्बो नेपाल र अन्नपूर्ण गाउँपालिकाको संयुक्त आयोजनामा कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ८ मा रहेको विरेठाँटी मा.वि मा निःशुल्क दन्त शिविर आयोजना गरिएको छ । स्थानिय विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरुलाई लक्षित गरेर निःशुल्क दन्त शिविर आयोजना गरिएको हो । शिविरमा निःशुल्क रुपमा दाँतको चेक जाँच, औषधी उपचार, दाँत भर्ने, दाँत निकाल्ने, दाँतको जरै देखि उपचार, दाँत सफा गर्ने, दाँतको एक्सरे, गिजाको उपचार आदि जस्ता मुख तथा दाँत सम्बन्धी औषधी उपचार गरिएको नेलम्बो… पुरा पढौ

लायन्स क्लब अफ पोखरा फेवा फुलवारीद्वारा विद्यालयलाई न्यानो कपडा, युरोगार्डलगायत सहयोग

लायन्स क्लव अफ पोखरा फेवा फुलवारीले पोखरा महानगरपालिका वडा नं २९ स्थित श्री नव दुर्गा आधारभुत विद्यालयमा युरो गार्ड, न्यानो कपडा, शैक्षिक सामाग्री, खेलकुद सामाग्री, आँखा शिविर र जेहेन्दार दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।कार्यक्रमका प्रमुख अतिथि एवम् लाइन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी १ का गभर्नर लायन विश्वेश्वर आचार्यले सहयोग सामाग्री हस्तान्तरण गर्दै विद्यालय र विद्यार्थीलाई अत्यावश्यक वस्तुहरु हस्तान्तरण गरेको तथा डिष्ट्रिक्टको उद्देश्य अनुसार दीर्घकालीन रूपमा स्कुललाई सहयोग गर्ने योजना राखेकोमा फेवा फूलबारी परिवारको प्रशंसा गर्नुभयो ।उक्त अवसरमा… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले शुक्रबार एक विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको जानकारी दिएको हो । निगमका अनुसार शुक्रबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साबिक बिक्री मूल्यमा ३ रुपैयाँले वृद्धि गरिएको हो । पुरा पढौ

भण्डारीको व्यावसायिक अनुसन्धान विधि बजारमा

नेपाल कमर्श क्याम्पस, त्रिभुवन विश्वविद्यलायका उपप्राध्यापक तथा अनुसन्धानकर्ता डिलाराम भण्डारीद्वारा लिखित व्यवसायिक अनुसन्धान विधि-Businesh research methods_को तेस्रो प्रकाशन बजारमा आएको छ ।राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न अनुसन्धानात्मक लेख रचना प्रकाशित गर्नुभएका भण्डारीको नेपाली र अंग्रेजी दुबै माध्यममा लिखित पुस्तक सुकुन्दा पुस्तक भवन भोटाहिटीले प्रकाशन गरेको हो । जम्मा सात अध्याय सहित विभिन्न उदाहरण र सिलसिलावद्ध रहेको पुस्तक विश्वविद्यालयका विद्यार्थी, अनुसन्धाता एवम् अनुसन्धानमा रुचि राख्ने जोकोहीका लागि बहुउपयोगी बन्ने विश्वास लिइएको छ ।कुल २२८ पृष्ठमा समेटिएको पुस्तकको मूल्य ३८० रुपैयाँ छ… पुरा पढौ