अर्थ

सेवाग्राहीको भीड हुँदा पेन्सन लिन सकस

लमजुङ । कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञामा सेवाग्राहीको भीड हुँदा सेवा निवृत्त कर्मचारीलाई पेन्सन लिन सकस भएको छ । लमजुङ बेँसीशहरको राष्ट्रिय बाणिज्य बैंक शाखामा एकै चोटी ठूलो भीडभाडमा कोरोना सङ्क्रमणको जोखिम मोलेर पेन्सन लिनुपर्ने बाध्यता भएको छ । सेवा निवृत्त शिक्षक लेखनाथ शर्माले भीडभाडले जोखिम उच्च रहेकाले डराई डराई पेन्सन लिन बस्नुपरिरहेको र हामीलाई जागिर खानुभन्दा पनि पेन्सन लिन बढी सकस भएको धारणा राखे । पूर्व प्रहरी हवल्दार शन्तबहादुर गुरुङ भन्छन्, “कोरोना सङ्क्रमणका बेला कम भीडभाड हुन्छ होला भनेर… पुरा पढौ

अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेल्दा खेलाडीले १० हजार भत्ता पाउने

अब, नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा १० हजार भत्ता पाउने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले हालै मात्र पारित गरेको नयाँ आर्थिक कार्यविधिमा उक्त कुरा उल्लेख छ। क्यान कार्यसमितिको बैठकले सो कार्यविधि पारित गरेको हो। दुई दशकपछि क्यानले कार्यविधिमा परिमार्जन गरेको हो। कार्यविधिमा खेलाडीको खेल भत्ता बढाइएको हो। खेलाडीले एक दिवसीय अन्तरराष्ट्रिय प्रतियोगिता खेल्दा १० हजार भत्ता पाउने छन्। यसअघि टी २० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा खेलाडीहरुले ५ हजार रुपैयाँ भत्ता पाउने गरेको थियो। यस्तै महिला खेलाडीले… पुरा पढौ

अक्सिजन प्लान्टका लागि सिद्धार्थ क्लवद्वारा रु १ लाख ५० हजार सहयोग

जेठ २६ पोखरा । सिद्धार्थ क्लब पोखराले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र आईसियू बेड थप्नका आर्थिक सहयोग गरेको छ । बतास फाउण्डेसनको पहल तथा एभरेस्ट एफएमको संचार सहकार्यमा जारी अर्थ संकलन महाअभियानमा सामाजिक क्षेत्रमा क्रियाशिल क्लवले १ लाख ५० हजार रुपैया सहयोग गरेकोे क्लवका व्यवस्थापन प्रमुख सुशिल पराजुलीले जानकारी दिए । बृहद अक्सिजन प्लान्ट स्थापना र आईसियू बेड थप्नका लागि शुरु गरिएको ‘रु १०० दान गरौं, महामारीमा प्राण राखौं’ भन्ने नाराका साथ आर्थिक… पुरा पढौ

बङ्गलादेशबाट आयो ३२ हजार ५ सय मेट्रिकटन मल

काठमाण्डौं । बङ्गलादेशबाट खरीद गरिएको ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच ९जिटुजी०मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा सो परिमाणका युरिया मल आइपुगेको हो । जिटुजी सम्झौता अनुसार बङ्गलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन युरिया मल उपलब्ध गराउनेछ । तीमध्ये बाँकी रहेको १७ हजार ५ सय मेट्रिकटन युरिया मल आउने क्रममा रहेको सो कार्यालयका प्रवन्धक गोरखनाथ केसीले बताए । बाँकी रहेको मल कोलकाता बन्दरगाहको बाटो गरी रेलमार्गवाट… पुरा पढौ

टान पश्चिमाञ्चलद्वारा पदयात्रा मजदुरहरुलाई राहत वितरण

पोखरा । ट्रेकिङ एजेन्सीज एशोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रिय संघ पोखराले अति बिपन्न पदयात्रा गाईड तथा मजदुरहरुलाई राहत वितरण गरेको छ । टान पोखराले कर्मा फ्लाईट्स फाउन्डेसन नेपालको साझेदारी, नेपाल पर्यटन बोर्डको सहयोग र पोखरा–६ को समन्वयमा १३० जना अति विपन्न पदयात्रा मजदुरहरु, गाईड तथा सहयोगीहरुका लागि खाद्यान्न राहत सामाग्री वितरण गरिएको टान पश्चिमाञ्चल क्षेत्रिय संघ पोखरा अध्यक्ष शुसीलराज पौडेलले जानकारी दिए । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि भन्दै जारी गरिएको निषेधाज्ञाका कारण… पुरा पढौ

ट्राफिक प्रहरीलाई आयुर्वेद औषधी व्यवसायी संघले दियो स्वास्थ्य सामग्री

नेपाल आयुर्वेद औषधी व्यवसायी संघ कास्कीले ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । संघले मंगलबार जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई कोरोना माहामारीबाट बच्नका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री प्रदान गरेको हो । कार्यक्रममा संघका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश संयोजक कृष्णप्रसाद तिमिल्सिनाले जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी निरिक्षक अमृतबहादुर बस्नेतलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको संघका सचिव पुष्पराज पौडेलले जानकारी दिए । संघले ५० हजार बराबरको स्वास्थ्य सामग्री वितरण गरिएको संघका कास्की अध्यक्ष पवन अधिकारीले बताए । श्रद्धा आयुर्वेद फर्मा,… पुरा पढौ

चेम्बर अफ कमर्सद्वारा अस्पताललाई अक्सिजन सिलिण्डर हस्तान्तरण

गण्डकी प्रदेश चेम्बर अफ कमर्सले विभिन्न सरकारी अस्पतालहरुलाई मंगलबार अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ ।कास्की पोखरा समाज जापानको व्यवस्थापनमा चेम्बरले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई २५, संक्रामक तथा सरुवा रोग अस्पताल गण्डकी प्रदेशलाई १५, पोखरा महानगरपालिका वडा नम्बर २१लाई ५, म्याग्दीलाई ५ गरी ५० थान सिलिण्डर हस्तान्तरण गरिएको हो । चेम्बरले २० र समाजले ३० थान सिलिण्डर व्यवस्थापन गरेको हो ।गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले सरकारले प्रदेशका कोभिडका बिरामीको उपचारको लागि स्वास्थ्य सामाग्रीको व्यवस्थापनमा प्रयाप्त ध्यान दिएको… पुरा पढौ

‘अक्सिजन प्लान्टका लागि सहयोग आउने क्रम जारी, पोखरा- २३ का अध्यक्षद्वारा रु १ लाख सहयोग ’

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र आईसियू बेड थप्नका लागि पहल गरिएको ‘रु १०० दान गरौं, महामारीमा प्राण राखौं’ आर्थिक संकलन महाअभियानमा सहयोग आउने क्रम जारी छ ।बतास फाउण्डेसनको पहल तथा एभरेस्ट एफएमको संचार सहकार्यमा जारी अर्थ संकलन महाअभियानमा पछिल्लो पटक पोखरा महानगरपालिका वडा नम्बर २३ ले रु १ लाख सहयोग गर्ने घोषणा गरेको छ । पोखरा- २३ का अध्यक्ष बिष्णुप्रसाद पराजुलीले मानविय सवालमा वडाको तर्फबाट संस्थागत निर्णय गराई सहयोग गरेको जानकारी… पुरा पढौ

हावाहुरीका कारण मकै बालीमा क्षति

पोखरा । हावाहुरीसहितको पानीका कारण पोखरा र आसपासका क्षेत्रका मकैबालीमा क्षति पुगेको छ । आज दिउँसो ४:३० बजेको समयमा एकाएक आएको ठूलो हावाहुरीसहितको पानीका कारण पोखरा महानगरपालिका वडा नं ३२ गगनगौंडा, बेलबुटे, मालमुल, राजाको चौतारा, वडा नं ३३ को बागमारा, लामगादी, पुडीटारलगायतका स्थानका मकै बालीमा क्षति पुगेको स्थानीयवासी भक्तिराम सुवेदीले जानकारी दिए। आइतबार पनि हावाहुरीका साथ पानी आउँदा मकै भाँचेकामा आजको पानीले थप क्षति पु¥याएको उनले बताए। मकै लगाउने बेलामा खडेरी परेर समस्यामा परेका कृषकहरू पछिल्ला केही दिन यता दिउँसो… पुरा पढौ

“हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं” अभियानबाट ११ सय बढीले लिए सेवा

कोरोना सङ्क्रमणका कारण जारी निषेषाज्ञाले समस्यामा परेका व्यक्तिहरुको गर्जो टार्ने लायन्स क्लब अफ पोखरा अभियानद्धारा शुरु गरिएको “हुनेले दिएर जाऊ नहुनेले लिएर जाऔ” अभियानको सातौंदिनसम्म ११ सय बढीले सेवा लिएका छन् । पोखराको विपी चोक स्थित चिप्लेढुंङ्गामा सञ्चालन भइरहेको खाद्य बैंकमा चामल, दाल, तेल, नुन, चना लगायत सामाग्री छन् । अहिलेको विषम परिस्थितीले खाद्य समस्यामा परेका व्यक्ति, अलपत्र बटुवा लगायतकालाई लक्षित गरि अभियान शुरु गरिएको पोखरा अभियानका संस्थापक अध्यक्ष विनोद ढुगांनाले जानकारी दिनुभयो । “हामीले जेठ १६ गतेदेखी अभियानमा शुरु… पुरा पढौ