अर्थ

पोखरामा ६ दिने टुरिस्ट गाइड तालिम सुरु

पोखरा, साउन १८ पोखरामा ६ दिने टुरिस्ट गाइड तालिम सुरु भएको छ । नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको संयुक्त आयोजनामा पोखरामा टुरिस्ट गाईड तालिमको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले उद्घाटन गरे । अन्तराष्ट्रिय टुरिस्ट गाइड उत्पादन गर्ने उद्देश्यले आयोजित तालिममा गण्डकी अल्पाइन क्लब र काठमाण्डौं इन्भायरोनमेण्टल एजुकेशन प्रोजेक्टको प्राविधिक सहयोग रहेको छ । तालिममा ७ महिलासहित २३ जना टुरिस्ट गाईडहरु सहभागी छन् । पोखरामा अन्तर्राष्ट्रिय स्तरका टुरिष्ट गाइडहरुको अभाव महशुष… पुरा पढौ

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ गण्डकी प्रदेश अध्यक्षमा जितु

पोखरा, साउन १७ अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ गण्डकी प्रदेश अध्यक्षमा अमरजंग गुरुङ (जितु) चयन भएका छन् । महासंघको शनिबार पोखराको वरपिपल रिसोर्टमा भएको भेलाले गुरुङको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो । महासंघ गण्डकीको वरिष्ठ उपाध्यक्षमा हरि भुजेल, उपाध्यक्षमा शान्ती श्रेष्ठ(उदास) र सुनील न्यौपाने, महासचिवमा चिरञ्जिवी गौतम, सचिवमा प्रसुन्ना भण्डारी र राजकुमार सुनार, कोषाध्यक्षमा पोषराज पौडेल र सह–कोषाध्यक्षमा रुद्र रेग्मीलाई चयन गरेको छ । महासंघ गण्डकीको प्रवक्तामा टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य चयन भएका छन् भने सदस्यहरुमा अस्मिता… पुरा पढौ

आरयू फेष्ट : फोहोरलाई अवसर देखाउँदै

पोखरा, साउन १५ पर्यटकीय राजधानी पोखरामा आरयू फेष्ट शुरु भएको छ । रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत उत्पादन भएका सामग्रीहरुको प्रदर्शनीसँगै उत्पादनको प्रत्यक्ष अवलोकन गराउने कार्यक्रम आरयू फेष्ट शुरु भएको हो । पोखरा–६ बुलौंदीस्थित पोखरा इभेन्ट सेन्टरमा शनिबारसम्म आयोजना हुने फेष्टको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । फेष्टमा फोहोरबाट उत्पादन भएका सामग्रीहरुको प्रदर्शनी गरिएको छ । जहाँ दर्जन भन्दा बढी कम्पनीहरुले आफूले फोहोरबाट उत्पादन भएका सामग्रीहरु प्रदर्शनीमा राखेका छन् । कसैले हिमालमा छाडिएका प्लाष्टिकजन्य सामग्रीबाट उत्पादित गरेका सामग्री फेष्टमा… पुरा पढौ

भौतिक मन्त्रालयको प्रगति ७९ प्रतिशत

पोखरा, १५ साउनगण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था कार्यालयले गएको वर्ष चार वर्ष यताकै उच्च प्रगति हाँसिल गरेको छ । आर्थिक वर्ष २०८१÷८२ मा ८० प्रतिशत प्रगति गर्ने लक्ष्य लिइएकोमा ७९.५ प्रतिशत भौतिक प्रगति भएको हो । मन्त्रालयको वित्तीय प्रगति ७६.५२ प्रतिशत छ ।बिहीबार पोखरामा भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठक तथा वार्षिक प्रगति समीक्षामा यस्तो जानकारी दिइएको हो । भौतिक मन्त्री प्रकाशबहादुर केसीले गएको वर्ष लक्ष्य नजिक… पुरा पढौ

पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघको उपहार कुपन योजना आजदेखि लागु

पोखरा, साउन १५ पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघले प्रथम ऐतिहासिक चाडपर्व उपहार कुपन योजना आजदेखि लागु भएको छ । संस्था दर्ता भएको २५ औं वर्ष प्रवेशको अवसरमा संस्थाले आजदेखि उपहार कुपन योजना लागु गरेको हो । आजदेखि शुरु भएको चाडपर्व उपहार योजना आगामी पुस १५ गतेसम्म लागु हुने पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ कास्की अध्यक्ष तथा उपहार कुपन योजनाका मूल आयोजक समिति संयोजक चिन्तामणि खरेलले जानकारी दिए । यस योजना अन्तर्गत इलेक्ट्रनिक्स सामान तथा मोबाइल खरिद गर्ने ग्राहकले… पुरा पढौ

पोखरामा भोलिदेखि आरयू फेष्ट

पोखरा, साउन १५ पर्यटकीय राजधानी पोखरामा भोलिदेखि आरयू फेष्ट हुने भएको छ । रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना (जिसीआरयू) अन्तर्गत पोखरा–६ बुलौंदीस्थित ईभेन्ट सेन्टरमा यहि साउन १६ गते शुक्रबार र १७ गते शनिबार आरयु फेष्ट हुन लागेको हो । पोखरामा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को आर्थिक सहयोग तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना चलिरहेको छ । सोहि परियोजना सञ्चालन अन्तर्गत आरयू फेष्ट गर्न लागेको पोखरा… पुरा पढौ

पोखराको सार्वजनिक यातायातमा छलाङ : विधुतीय बस सञ्चालन

पोखरा पोखराको सार्वजनिक यातायातमा पनि विद्युतीय बस सेवा सञ्चालनमा आएको छ । पछिल्लो समयमा विद्युतीय गाडीमा उपभोक्ताको आकर्षण बढेसँगै पोखरामा पनि यसको आकर्षण देखिन थालेको हो ।पोखरा यातायात सेवा प्रा। लिको व्यवस्थापन र व्यवसायी अशोक गुरुङको शेयर लगानीमा विहीवार देखि सार्वजनिक यातायातमा सेवा शुरु गरिएको छ। पोखराको लामाचौरमा एक कार्यक्रमका बीच विद्युतीय बस सेवा शुभारम्भ गरिएको हो । पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना र १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सयुक्त रुपमा बस सेवाको शुभारम्भ गरेका हुन । कार्यक्रममा… पुरा पढौ

कास्कीमा पहिलो पटक कोदो रोपाईं महोत्सव हुँदै

पोखरा, साउन १४ कास्कीमा पहिलो पटक कोदो रोपाईं महोत्सव हुने भएको छ । राष्ट्रिय कोदो दिवसको दिन यहि साउन १६ गते शुक्रबार नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेश र माछापुच्छ्रे गाउँपालिकाको संयुक्त आयोजनामा प्रथम कोदो रोपाईं महोत्सव–२०८२ हुने भएको हो । माछापुच्छ«े गाउँपालिका वडा नम्बर–४ लाहाचोक गाउँपालिका कार्यालय भन्दा ६० मिटर उत्तरतर्फको रोपनी क्षेत्रफलमा हुने नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेश अध्यक्ष सञ्जीवबहादुर कोइरालाले जानकारी दिए । शुक्रबार पूर्वाह्न १० बजेदेखि रोपाईं शुरु हुने उनले बताए । रोपाईं… पुरा पढौ

हायु परिवारको छैन घर फर्किने चाहना

पोखरा, साउन १३ सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भनिएका हायु परिवार अहिले पोखरामा छन् । चार दिनसम्म सम्पर्कमा नआएका हायु परिवार पोखरा–३० गगनगौंडामा भेटिएका हुन् । व्यापक खोजीपछि सोमबार साँझ फेला परेका उनीहरुलाई पोखरा–३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीको रोहवरमा ज्वाईं नाता पर्ने आफन्त धनबहादुर तामाङको जिम्मा लगाइएको थियो । धनबहादुर हायु परिवारकी छोरी कमला हायुका पती हुन् । उनी तनहुँको शुक्ला गण्डकी नगरपालिका–२ का बासिन्दा हुन् । सिन्धुलीबाट २० हजार रुपैयाँमा हायस गाडी रिजर्भ गरेर उनीहरु पोखरा आएका थिए ।… पुरा पढौ

पोखरामा लागूऔषध सहित ३ जना पक्राउ

पोखरा, साउन १२ पोखरामा लागूऔषध सहित ३ जना पक्राउ परेका छन् । पोखरा–२७ तालचोकस्थित पृथ्वी राजमार्गमा सवारी साधन चेकजाँच गर्दा लुकाईछिपाई ब्राउनसुगर जस्तो देखिने ४ ग्राम ३ सय मिलिग्राम पदार्थ पोखरा ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई कास्की प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट ३ थान मोवाइलसमेत बरामद गरिएको प्रहरीको भनाई छ । पक्राउ पर्नेहरुमा तनहुँ म्याग्दे गाउँपालिका वडा नं. १ गुणादीका ३८ वर्षिय कमल थापा, धादिङ स्थायी घर भई पोखरा–१४ चाउथे बस्ने वर्ष ३१ को राजन क्षेत्री र मोरङ सुन्दरहरैचा… पुरा पढौ