पोखर, असार ३१ कास्कीका उत्कृष्ट चार कृषक पुरस्कृत भएका छन् । कृषि ज्ञान केन्द्र कास्कीले वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाईको अवसर पारेर आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट हुन सफल चार कृषकहरुलाई पुरस्कृत गरेको हो । कार्यक्रममा पोखरा महानगरपालिकाकी पिन शोभा गुरुङ, अन्नपूर्ण गाउँपालिकाका नरेन्द्रप्रसाद पौडेल, रूपा गाउँपालिकाका जोरेली मिया र माछापुच्छ्रे गाउँपालिकाका कृष्णप्रसाद दाहाललाई जनही दश/दश हजारसहित दोषल्ला र सम्मान पत्रले पुरस्कृत गरिएको हो । पुरस्कृत कृषकहरुलाई जिल्ला समन्वय समिति (जिसस) कास्कीका प्रमुख लीलाधर पौडेल, रुपा गाउँपालिकाका प्रमुख नवराज ओझा,…
पुरा पढौ