अर्थ

पोखराको दुई ठाउँबाट जुवातास खेलिरहेका १७ जना पक्राउ

पोखरा, असार २३ पोखराको दुई ठाउँमा जुवातास खेलिरहेका १७ जना पक्राउ परेका छन् । जुवातास खेलिरहेका बेला पोखरा–१० रक्षा मार्गबाट ९ जना र पोखरा–१५ घलेचोकबाट ८ जनालाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ । पोखरा–१० रक्षा मार्गमा जुवातास खेलिरहेका ९ जनाको साथबाट ४ बुक तास र २ लाख २२ हजार ८० रुपैयाँसमेत बरामद भएको प्रहरीको भनाई छ । रक्षा मार्गबाट पक्राउ पर्नेहरुमा पोखरा–१९ लामाचौरका ३८ वर्षिय ईन्द्रप्रसाद छन्त्याल, पोखरा–११ फुलबारीका ३९ वर्षिय हे नारायण गर्बुजा, पोखरा–१२ माटेपानीका ४१ वर्षिय लिलप्रसाद… पुरा पढौ

गण्डकीमा उद्योग, शिक्षालय र प्रशिक्षार्थी पुरस्कृत

पोखरा ।गण्डकी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा ‘दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना’ अन्तर्गत औद्योगिक प्रशिक्षार्थी तालिम (अपे्रन्टिशीप) कार्यक्रमका उत्कृष्ट शिक्षालय, उद्योग र प्रशिक्षार्थीलाई एक कार्यक्रममा सम्मान गरिएको छ ।शिक्षालय तर्फ निर्मल मावि, व्यास तनहुँ प्रथम घोषित हुँदै रु ५० हजारसहित सम्मानित भयो भने धवलागिरी बहुप्राविधिक शिक्षालय, थासाङ मुस्ताङ द्वितीय रु ३० हजार, पोखरा प्राविधिक शिक्षालय तृतीय रु २० हजार र रणविर जनहित मावि, वालिङ स्याङ्जा चौथो रु १० हजार नगद सहित सम्मानति भए… पुरा पढौ

मेकानिक्स, व्यवसाय प्रवर्धनका लागी वर्कसप छलफल कार्यक्रम

गण्डकी अटो मेकानिक्स वक्र्स एशोसियसनले सदस्य वर्कसप संचालक र मेकानिक्स मजदुरका लागी वर्कसप छलफल कार्यको शुरुवात गरेको छ । २०४९ देखि पोखरामा शुरुवात गरीएको एशोसिएसनले मेकानिक्सको क्षमता र दक्षता अभिवृद्धि सहित विविध रचनात्मक सामाजिक कार्यहरु गर्दै आएको एशोसियसनका अध्यक्ष विष्णुप्रसाद अधिकारीले बताए । पोखरामा संचालित भएका ठुला साना ४ पाङ्गग्रे साधनको मर्मतमा कार्यरत मजदुरलाई काम जिम्मेवारी महसुस सङ्गै, सवारी साधनको वास्तविक पहिचान, मर्मतका लागी मेकानिक्सहरुलाई जिम्मेवारी बनाउन कार्यक्रम गरीएको पूर्व अध्यक्ष एंव नेपाल अटोमेकानिक्स व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष कुलबहादुर नेपालीले… पुरा पढौ

रेवान पोखराद्वारा होटल, रेष्टुरेण्टका सेफ तथा म्यानेजरहरुलाई स्वच्छ खाद्य सेवा तालिम प्रदान

२२ असार,पोखरा रेस्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल रेवान पोखराको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोग, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको प्राविधिक सहयोगमा एक दिने रेस्टुरेन्ट तथा होटलमा सुरक्षित र स्वच्छ खाद्य सेवा तालिम कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै नेपाल पर्यटन बोर्ड गण्डकीका कार्यालय प्रमुख मणीराज लामिछानेले पोखरा पर्यटकीय राजधानी सहर भएकाले यहाँ आउने पर्यटकलाई स्वास्थ्य खाना पस्किनुपर्नेमा जोड दिए । तालिम पश्चात् पोखराको खाद्य गुणस्तरमा थप सुधार आउने उनले अपेक्षा व्यक्त… पुरा पढौ

पछिल्लो साढे ११ महिनामा वैदेशिक रोजगारीमा गएका गण्डकीका १५५ जनाको मृत्यू

पोखरा, असार २१ पछिल्लो साढे ११ महिनामा गण्डकी प्रदेशबाट वैदेशिक रोजगारीमा गएका १ सय ५५ जनाको मृत्यू भएको छ । चालु आर्थिक वर्षको जेठ मसान्त सम्ममा वैदेशिक रोजगारीका लागि गण्डकी प्रदेशबाट विभिन्न देश गएका उनीहरुको मृत्यू भएको सुरक्षित आप्रवासनका लागि सामी कार्यक्रमले पोखरामा एक अन्र्तक्रियात्मक छलफल गरी जानकारी दिएको हो । सामीका अनुसार वैदेशिक रोजगारीमा गएर मृत्यू हुनेको संख्या स्याङ्जा र नवलपुरको समान २७/२७ जना रहेको छ । तर स्याङ्जाका मृतक सबै पुरुष हुन् भने नवलपुरका २६ पुरुष र १… पुरा पढौ

पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा बनाइएको हवाई ईन्धन डिपो साउन दोस्रो हप्ताबाट सञ्चालनमा आउने

पोखरा, असार १९ नेपाल आयल निगमले पहिलो पटक आफ्नै लगानीमा विमानस्थलमा हवाई ईन्धन डिपो निर्माण गरेको छ । नेपाल आयल निगमले पहिलो पटक पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा ३६ लाख लिटरको हवाई ईन्धन डिपो बनाउँदै ईतिहास रचेको विहीबार डिपो निर्माण भएको स्थल पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरेर जानकारी दिईएको हो । यसअघि ईण्डियन आयल कर्पोरेसनको सहयोगमा हवाई ईन्धन डिपो निर्माण हुँदै आएको थियो । यो डिपो निर्माणमा निगमको आफ्नै लगानी मात्र होईन, स्वदेशी प्राविधिक र स्वदेशी निर्माण कम्पनीले निर्माण गरेकालेपनि निगमको… पुरा पढौ

पोखरा लेकसाइडका ३ स्पा सेन्टरबाट ८ बालिकाको उद्धार

पोखरा, असार १७ पोखरा-छ लेकसाइडका ३ स्पा सेन्टरबाट ८ जना बालिकाहरुको उद्धार गरिएकाे छ । जिल्ला प्रहरी कार्यालय कास्की र पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाबाट खटिएको टोलीले उनीहरू‌को उध्दार गरेको हो । टोलीले लेकसाइड‌को पर्सल्यान स्पाबाट २ जना, ताराहिल लज स्पा एण्ड व्यूटी केयरबाट २ जना र इभेण्डर व्यूटी एण्ड स्पाबाट ४ जना गरेर कुल ८ जना बालिकाको उद्धार गरिएको कास्की प्रहरीले जनाएको छ! लेकसाइडका विभिन्न स्पाट सेन्टरमा बालिकाहरूलाई काममा लगाइ‌एको सूचना प्राप्त भएपछी सोमबार गरिएको अनुगमनका क्रममा १८ वर्ष… पुरा पढौ

खाल्टे मसिनामा किसान महासंघको रोपाईं महोत्सव

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले धान जीवन, संस्कृति र आत्मनिर्भरको मेरुदण्ड भएको बताएका छन् । नेपाल किसान महासंघ कास्कीको आयोजनामा पोखरा महानगरपालिका वडा नं। १४ को समन्वयमा खाल्टेमसिनामा आयोजित २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा उनले यस्तो बताएका हुन् । “धान जीवन, संस्कृति र आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड हो । माटो बचाऊ, धान फलाऊ भन्ने मूल नाराको मर्म आत्मसात गर्दै कृषि पेसाप्रति सम्मान र प्रवद्र्धन गर्न आवश्यक छ ।”,उनले भने ।… पुरा पढौ

श्रम कानून कार्यान्वयन र समस्याबारे पोखरामा छलफल

पोखरा, १० असार । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक चक्रपाणि पाण्डेले श्रमिकहरुको हक र अधिकारप्रति रोजगारदाता संवेदनशील बन्नुपर्नेमा जोड दिएका छन् । श्रमिकको सम्मान गरेमात्र उत्पादकत्व बढ्ने उनको भनाइ छ । विभागले मंगलबार पोखरामा आयोजना गरेको ‘श्रमसम्बन्धी कानून कार्यान्वयन तथा विद्यमान समस्या’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले श्रमिकहरुको हक रक्षाका लागि विभिन्न कानूनहरु रहेको र आफूलाई मर्का परेमा कानूनी प्रक्रियामा जान मजदुरहरुसँग आग्रह पनि गरे ।उद्योगी व्यवसायी तथा विभिन्न मजदुर संगठनका प्रतिनिधिहरुबीच आयोजित अन्तक्र्रियामा बोल्दै पोखरा उद्योग… पुरा पढौ

गण्डकीका माओवादी सांसदले रोष्ट्रममै च्याते बजेट पुस्तिका

पोखरा, असार ९ गण्डकी प्रदेशका नेकपा माओवादी केन्द्रका एक सांसदले रोष्ट्रममै गण्डकी प्रदेशको बजेट पुस्तिका च्यातेका छन् । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२\८३ का लागि ल्याएको बजेट असमान ढंगले ल्याएको भन्दै म्याग्दी (ख)बाट निर्वाचित सांसद रेशमबहादुर जुग्जालीले रोष्ट्रममा बोल्ने क्रममा बजेट पुस्तिका च्यातेका हुन् । भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम माथि धारणा राख्न रोष्ट्रममा पुगेका उनले बजेटमा म्याग्दीलगायतका जिल्लामाथि अन्याय गरेको टिप्पणी गरे । मुख्यमन्त्री र अर्थमन्त्रीले आफ्नो जिल्लामा मात्रै बजेट खन्याएको आरोप लगाउँदै उनले भने,‘ बजेटमा… पुरा पढौ