शिक्षा

गीतकार रमिल अधिकारीद्वारा रत्नशोभाका विद्यार्थीलाई सहयोग हस्तान्तरण

गीतकार डा रमिल अधिकारीले पोखरा २८, माझठानास्थित रत्नशोभा माविका विद्यार्थीका लागि आर्थिक सहयोग प्रदान गरेका छन् । गीतकार प्रतिष्ठान, नेपालको समन्वयमा डा। अधिकारीले आफ्ना छोरा अंश अधिकारीको जन्मदिनको अवसर पारेर सोमवार विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि ११ हजार १११ रुपियाँ प्रदान गरेका हुन् । विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि ३० रुपियाँमा खाना खुवाइएको समाचारबाट प्रभावित भएर आफूले छोराको जन्मदिनमा नगद हस्तान्तरण गरेको डा। अधिकारीले बताए । डा। अधिकारी हाल न्युजिल्यान्डमा रही चिकित्सा क्षेत्रमा कार्य गर्दै आएका छन् । गीतकार प्रतिष्ठानका अध्यक्ष अनुराग… पुरा पढौ

कुमुदिनी होम्समा बृहत् स्टिम प्रदर्शनी सम्पन्न

पोखरा महानगरपालिका वडा नं ४ मा अवस्थित कुमुदिनी माध्यमिक विद्यालयले आफ्नो वार्षिक कार्यतालिकाअनुसार सहिद दिवसको अवसर पारेर बृहत् स्टिम प्रर्दशनी सम्पन्न गरेको छ । कोही विद्यार्थीहरू विज्ञानका विषयवस्तु समेटिएका वस्तुहरू प्रदर्शनी र अवलोकन कर्ताहरूको जिज्ञासाका बारेमा बताउन व्यस्त देखिन्थे। कोही सामाजिक जनजीवनका बारेमा आगन्तुकहरूलाई जानकारी गराउनमै व्यस्त देखिन्थे ।कार्यक्रम विभिन्न तहगत रूपमा सञ्चालन गरिएको थियो। जसअन्तर्गत कक्षा १ देखि ४, कक्षा ५ देखि ८ र कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूको प्रदर्शनीलाई निर्णायकहरूले प्रत्येक स्टलमा पुगेर मूल्याङ्कन गरेका थिए ।… पुरा पढौ

अल्फा स्कुलको ३७ औं वार्षिकोत्सव सम्पन्न, शिक्षक,कर्मचारी र विद्यार्थी सम्मानित

पोखराको लामाचौरमा रहेको अल्फा बोर्डिङ स्कुलले विद्यालयमा कार्यरत शिक्षक,कर्मचारी सहित विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालयको ३७ औं बार्षिकोत्सव एवं अभिभावक दिवसको अवसरमा बिहीबार विद्यालयमा आयोजित कार्यक्रममा दीर्घसेवा सम्मानबाट शिक्षक भारती गौतम, रुपा थापा, सपना थापा र कर्मचारी रनशोभा गुरुङ सम्मानित भए । त्यस्तै माध्यमिक शिक्षा परीक्षामा २०८० मा उत्कृष्ट जिपिए ल्याउने प्रनिता गुरुङ र २०८१ मा उत्कृष्ट जिपिए ल्याउने नशिव पुन, वर्ष उत्कृष्ट विद्यार्थीमा अभिषेक श्रेष्ठ तथा विभिन्न गतिविधीमा उत्कृष्ट भएका कंचनजङ्गा, मनास्लु र जुगल सदन सम्मानित भए ।… पुरा पढौ

सरोकारवालाको सक्रिय सहभागिता बिना शैक्षिक सुधार असम्भव ः मन्त्री थापा

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गुणस्तरीय, समावेशी र व्यवहारिक शिक्षामै गण्डकी प्रदेशको भविष्य निर्भर रहेको बताएका छन् । मन्त्रालय अन्तर्गत शिक्षा विकास महाशाखाद्वारा आयोजित प्रदेशस्तरीय शिक्षक तथा विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम उनले शिक्षा नै समृद्ध समाज निर्माणको मूल आधार भएको उल्लेख गरे । उनले गण्डकी प्रदेश सरकारले शिक्षालाई दीर्घकालीन सामाजिक रूपान्तरणको मुख्य आधारका रूपमा लिँदै गुणस्तरीय, समावेशी र व्यवहारिक शिक्षामा निरन्तर प्राथमिकता दिँदै आएको बताएका छन् । मन्त्री थापाले शिक्षक र विद्यार्थीको प्रतिभा पहिचान,… पुरा पढौ

प्रतिभा माविमा गणित हाजिरीजवाफ

पोखरा, माघ १३विद्यार्थीमा रहेको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउन यहाँस्थित प्रतिभा माविले मंगलबार गणित सम्बन्धि हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ । विद्यालयमा विज्ञान विषय अध्ययन गर्ने कक्षा ११ र १२ का विद्यार्थीहरुले उक्त प्रतियोगितामा प्रतिश्पर्धा गरेका थिए ।विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार विद्यार्थीमा रहेको अन्तरनिहीत ज्ञान बाहिर ल्याउनका लागि नियमित शैक्षिक गतिविधिबाहेक अतिरिक्त क्रियाकलाप अन्तर्गत गणित हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको हो । उक्त प्रतियोगिताको प्रमुख अतिथि हिसान केन्द्रीय कार्यसमितिका सल्लाहकार बाबुराम पन्तले उद्घाटन गरेका थिए ।प्राचार्य सापकोटाका अनुसार विद्यालय… पुरा पढौ

विद्यार्थीलाई लायन्स फेवा फुलवारीको सहयोग

लायन्स क्लव अफ पोखरा फेवा फुलबारीले पोखराका दुईवटा सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक गतिविधीमा सहयोग पुर्याउने उदुधेश्यले पोखराको आटीघरस्थित सीता आधारभुत विद्यालय र ज्ञानोदय रघु आधारभूत विद्यालयका करिव ३० जना विद्यार्थीलाई विद्यालय झोलासहित शैक्षिक सामाग्री प्रदान गरिएको क्लवका अध्यक्ष लायन गोविन्द अधिकारीले जानकारी दिए । सो सामाग्री शिक्षासेवी अञ्जु कँडेल, क्लवका पूर्व अध्यक्ष लायन माधव प्रसाद कँडेल,लायन राम पौडेललगायतले वितरण गरे । कार्यक्रममा शिक्षासेवी कँडेलले शिक्षा, स्वास्थ्य जस्ता मानवीय सेवाका क्षेत्रमा… पुरा पढौ

पोखरा लेडी जेसीजका पदाधिकारीलाई तालिम

पोखरा लेडी जेसीज बर्ष २०२६ ले शाखाका पदाधिकारीलाई तालिम दिएको छ । पदाधिकारीहरुको पदिय दायित्व तथा जिम्मेवारी बोध गराउने तथा जेसीजका बारेमा जानकारी दिने उद्धेश्यले तालिम दिईएको कोषाध्यक्ष रेजीना कटुवालले जानकारी दिईन् । तालिममा पोखरा जेसीज बर्ष २०२१ का अध्यक्ष जेसिआइ सिनेटर इन्जीनियर किरण के सीले जेसीजले मानवीय सेवा र सहयोगका क्षेत्रमा खेलेको भुमिकाको चर्चा गर्दै, संस्थाको सदाचार र यसको गरिमाको विषयमा प्रशिक्षण दिएका थिए ।कार्यक्रममा पोखरा लेडी जेसिजका पुर्व अध्यक्ष संगिता पौडल, गायत्री फुयाँल,कार्यक्रम संयोजक जेसी सरीता भुजेल लगायतले… पुरा पढौ

न्यायिक सहजकर्तालाई पोखरामा क्षमता अभिवृद्वी तालिम

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा न्यायिक सहजकर्ताका लागी क्षमता अभिबृद्वी तथा आत्ममूल्यांकन तालिम पोखरामा सुरु भएको छ । तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्य न्याधिवक्ता चिरन्जीवी शर्मा पौडेलले न्याय सम्पादन गर्दा लहड र भावनाका आधारमा नभई कानुनको आधारमा हुनुपर्ने बताए । उनले स्थानीय तहका न्यायिक समिति निष्पक्ष र कामकाजी बन्दा समग्र न्याय प्रणाली प्रतीको गरिमा नै बढ्ने बताउँदै त्यस तर्फ केन्द्रित हुन सुझाव दिए । दुइ दिन सम्म संचालन हुने तालिममा गण्डकी प्रदेशका चार जिल्लाका २८ वटा पालिकामा कार्यरत न्यायिक… पुरा पढौ

नेपालमा पहिलो एलायन्स क्लव इन्टरनेशल डिस्ट्रिक्ट १०५५ को पदस्थापन सम्पन्न

नेपालमै एलायन्स क्लव इन्टरनेशलको पहिलो डिस्ट्रिक्टको स्थापना भएको छ । भारतको नयाँ दिल्लीमा प्रधान कार्यालय रहेको यस संस्थाको डिस्ट्रिक्ट १०५५ को पोखरामा उद्घाटन सहित पदस्थापन भएको हो । डिस्ट्रिक्टको पोखरामा सम्पन्न कार्यक्रमले पोखरा, लामाचौर निवासी थिर बहादुर थापालाई गभर्नरमा निर्वाचित गरेको हो । प्रथम भाइस गभर्नरमा तनहुँ खैरेनीटारका डा लक्ष्मण तिम्सिना, सेकेन्ड भाइस गभर्नरमा भक्तपुरकी प्रमिला ढुङ्गाना, क्याविनेट सेक्रेटरीमा ताराप्रसाद पोखरेल, क्याविनेट कोषाध्यक्षमा घनश्याम ढुङ्गाना र जन सम्पर्क अधिकृतमा भक्तपुरका रामेश्वर पौडेल चयन भएका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी… पुरा पढौ

आज अन्तरराष्ट्रिय शिक्षा दिवस,विश्वभरका २५ करोड बालबालिका तथा किशोरकिशोरीहरू विद्यालय बाहिर

आज अन्तरराष्ट्रिय शिक्षा दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१९ देखि हरेक वर्ष जनवरी २४ मा यो दिवस मनाउन थालिएको हो । शिक्षा मानव अधिकार, सार्वजनिक हित तथा सार्वजनिक जिम्मेवारी भएकाले शान्ति, समावेशी विकास र दिगो भविष्यको आधार भएकाले यसको प्रवद्र्धनलाई केन्द्रमा राखेर आज यो दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदै छ । शिक्षा प्राप्त गर्ने अधिकार मानव अधिकारको विश्वव्यापी घोषणापत्रको धारा २६ मा सुनिश्चित गरिएको छ । घोषणापत्रले आधारभूत शिक्षालाई निःशुल्क र अनिवार्य हुनुपर्ने व्यवस्था गरेको… पुरा पढौ