शिक्षा

१८औँ गणितीय हाजिरीजवाफमा एस ओ एस प्रथम

गणित शिक्षा परिषद् कास्कीले आयोजना गरेको गणितीय हाजिरीजवाफ प्रतियोगितामा पोखराको एसओएस विद्यालय प्रथम भएको छ । १८औँ संस्करणको सो प्रतियोगितामा मदरल्याण्ड मावि द्वीतिय, ,धौलागिरी बोर्डिङ स्कुल तृतीय र ब्रह्मरूपा मावि, माछापुच्छ्रे मावि र ग्लोबल स्कुलले सान्त्वना स्थान प्राप्त गरेको परिषद्का सूचना तथा सञ्चार संयोजक जयराम पौडेलले जानकारी दिए । कास्कीका चारवटा गाउँपालिकास्तरमा प्रतियोगिता सम्पन्न भई प्रत्येक गाउँपालिकाबाट एक–एक टिम सेमिफाइनलमा प्रवेश गरेका थिए भने पोखरा महानगरपालिकाका विद्यालयहरूमध्ये लिखित परीक्षाबाट ४२ टिम छनोट भई स्टेज अन क्विज चरणमा सहभागी भएका थिए।… पुरा पढौ

गणित शिक्षा परिषद् कास्कीले गर्यो शिक्षक सम्मान

गणित शिक्षा परिषद् कास्कीको विभिन्न विधामा योगदान पुर्याउने शिक्षकलाई सम्मान गरेको छ । परिषद्को आयोजनामा १८ औं गणितीय हाजिरीजवाफ तथा शिक्षक सम्मान कार्यक्रम विभिन्न विधामा विशिष्ट योगदान पु¥याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको हो। सामुदायिक विद्यालयतर्फ इन्द्रराज्यलक्ष्मी मा विका प्रधानाध्यापक केशव अमागाईं, संस्थागत विद्यालयतर्फ सेन्ट मेरीज स्कुलका श्यामचन्द्र अगान्जा, विश्वविद्यालयतर्फ पृथ्वी नारायण क्याम्पसका डिल्लीराम अधिकारी, गणित शिक्षा परिषदका सदस्य मध्ये विद्यावारीधी सम्मानतर्फ त्रिभुवन विश्वविद्यालयका बद्री पगेनी र पोखरा विश्वविद्यालयका प्राध्यापक माधवप्रसाद पौडेललाई सम्मान प्रदान गरिएको थियो। त्यस्तै परिषद्का संस्थापक सदस्य राम हाडालाई… पुरा पढौ

पिसिएम स्पोट्र्स मिट–२०२६ सुरु

पोखराको नदीपुरस्थित पोखरा कलेज अफ म्यानेजमेन्टमा आइतबारदेखि पिसिएम स्पोट्र्स मिट–२०२६ सुरु भएको छ । कलेजका निर्देशकद्वय प्राञ्जल कायस्थ र समीर शर्माले एक समारोहका बिच संयुक्त रुपमा प्रतियोगिताको उद्घाटन गरे । उद्घाटन समारोहमा कलेजका प्राचार्य लिना नेगी, वि.सी.एस. आइटी संयोजक हरि बराल, पिसिएम प्रशासक सुशान पौडेल लगायतको उपस्थित रहेको थियो । उद्घाटन समारोहमा बि.बि.ए.सातौं सेमेष्टरका छात्राहरुले स्वागत नृत्य प्रस्तुत गरे । सप्ताहव्यापी खेलकुद कार्यक्रममा बास्केटबल, फुटसल, भलिबल, टेबल टेनिस, ब्याडमिन्टन, चेस, रसाकसी, ई–गेम्स तथा अन्य रमाइला खेलहरू हुने छन् । प्रतियोगितामा… पुरा पढौ

क्वेस्ट नेपालको १९ औं राष्ट्रिय विद्यार्थी गुणीय चक्र सम्मेलन सम्पन्न

१९ औं राष्ट्रिय विद्यार्थी गुणीय चक्र सम्मेलन सम्पन्न भएको छ । पोखराको सेन्ट मेरिजमा पुष ३० देखि माघ २ गते सम्म आयोजित विद्यार्थी गुणीय चक्र सम्मेलनको समापन गर्दै पोखरा महानगरका मेयर धनराज आचार्यले क्वेष्ट नेपालले विद्यार्थीको गुणस्तर सुधारका लागि विद्यार्थीहरुलाई अलराउण्डर बनाएर सञ्चालन गरिने विद्यार्थी गुणीय चक्र कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने र उक्त कार्यक्रम महानगरका विद्यालयहरुमा लागू गर्न आफू तत्पर रहेको बताए । शिक्षा क्षेत्रमा सरकारको कतिपय कुराहरु नमिल्ने, पाठ्यक्रम बनाउने सन्दर्भमा होस् वा शिक्षकहरु समेत पुस्तक बिना कक्षाकोठामा नजाने… पुरा पढौ

पोखरामा १९ औँ राष्ट्रिय विद्यार्थी गुणीय चक्र सुरु

पोखरा । पोखरामा विद्यार्थी गुणीय चक्रको १९ औँ राष्ट्रिय सम्मेलन सुरु भएको छ । क्वेष्ट नेपाल र सेन्ट मेरीज सेकेण्डरी स्कुल पोखराको संयुक्त आयोजनामा विद्यार्थीको नेतृत्व विकास, नैतिक मूल्य र सामाजिक उत्तरदायित्व प्रवर्धन गर्ने उद्देश्यसहित गुणीय चक्र सम्मेलन सुरु भएको हो । सम्मेलनको नेपाल सरकारका महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले उद्घाटन गरिन् । सम्मेलनको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले विद्यार्थी गुणीय चक्र पाठ्य पुस्तकभन्दा बाहिरको जीवनोपयोगी शिक्षा भएको बताईन् । आजका बालबालिका प्रतिभाशाली र प्रविधिमैत्री भए पनि तीव्र… पुरा पढौ

रतनपाण्डे माविमा पहिलो महिला प्रधानाध्यापक

शिशिर उजाडपोखरा पोखरा महानगरपालिका १३ आर्वामा रहेको रतनपाण्डे माविले पहिलो पटक महिला प्रधानाध्यापक पाएको छ । विद्यालय स्थापना भएको ६८ वर्षको ईतिहासमा पहिलो पटक शिक्षक संगीता पोखरेल प्रधानाध्यापक नियुक्त भएकी छिन् । पोखरेललाई केही दिन अघि बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले प्रअ नियुक्त गर्ने निर्णय गरेको थियो ।पोखरा महानगर शिक्षा महाशाखाबाट औपचारिक रुपमा प्रअ नियुक्तिको पत्र प्राप्त भएपछि मंगलबार पदस्थापन गरिएको अध्यक्ष विष्णुप्रसाद बरालले जानकारी दिए । यसअघि राहत करारका विष्णुप्रसाद दाहाललाई प्रअ नियुक्त गरेपछि चौतर्फी आलोचना खेपेको विद्यालयले निमावि… पुरा पढौ

स्वजागरण अभियान प्रयोगात्मक जीवन पद्धति हो: प्रधानमन्त्री कार्की

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको पनि उपस्थिति रहेको कार्यक्रममा जीवन विज्ञानका संस्थापक एलपी भानु शर्माले स्वजागरणसम्बन्धी प्रवचन दिएका थिए । प्रधानमन्त्री कार्कीले स्वजागरण अभियानले नैतिकता, सदाचारिता र सेवाभावयुक्त जनशक्ति निर्माण गरी मुलुकमा सुशासन स्थापनामा सघाउ पुग्ने विश्वास व्यक्त गरिन् । विभिन्न कालखण्डमा मुलुकमा भएका विविध सामाजिक–राजनीतिक आन्दोलनहरू तथा जेनजी पुस्ताको सदाचार र सुशासनको मागलाई ध्यानमा राख्दै अब स्वजागरणलाई सबै तहमा संस्थागत गरी दैनिक जीवनको हिस्सा बनाउनु अपरिहार्य… पुरा पढौ

नेपाल रेडक्रस सोसाइटी पोखरा १८ उपशाखा सराङ्कोटको २९औं वार्षिक साधारण सभा तथा अन्तर मावि वकृत्वकला प्रतियोगिता सम्पन्न

नेपाल रेडक्रस सोसाइटी पोखरा १८ उपशाखा सराङ्कोटको २९औं वार्षिक साधारण सभा तथा माध्यमिक विद्यालय स्तरीय वकृत्वकला प्रतियोगिता यही २०८२ साल पुष २६ गते शनिबारका दिन एक समारोहबिच सम्पन्न भएको छ ।उपशाखा सभापति दामोदर तिमिल्सिनाको सभापतित्व तथा पोखरा १८ का जनप्रतिनिधि कल्पना ढकाल क्षेत्रीको प्रमुख आतिथ्यता एवम् जिल्ला कार्यसमिति सदस्य बविता सुवेदी र सूर्यप्रसाद तिमिल्सिना पालुवाको विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमले सभापतिद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन तथा कोषाध्यक्षबाट पेश भएको लेखा परीक्षण प्रतिवेदन पारित गर्नुका साथै सचिवद्वारा पेश भएको कुल ३‚९६‚३०० रुपैयाको… पुरा पढौ

नेपाल रेडक्रस सोसाइटी पोखरा १८ उपशाखाको वार्षिक साधारण सभा सम्पन्न

नेपाल रेडक्रस सोसाइटी पोखरा १८ उपशाखा सराङ्कोटको २९औं वार्षिक साधारण सभा तथा माध्यमिक विद्यालय स्तरीय वकृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । उपशाखा सभापति दामोदर तिमिल्सिनाको सभापतित्व तथा पोखरा १८ का जनप्रतिनिधि कल्पना ढकाल क्षेत्रीको प्रमुख आतिथ्यता एवम् जिल्ला कार्यसमिति सदस्य बविता सुवेदी र सूर्यप्रसाद तिमिल्सिना पालुवाको विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमले सभापतिद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन तथा कोषाध्यक्षबाट पेश भएको लेखा परीक्षण प्रतिवेदन पारित गर्नुका साथै सचिवद्वारा पेश भएको कुल ३‚९६‚३०० रुपैयाको चालु वर्षको बजेट तथा कार्यक्रमहरू समेत अनुमोदन गरेको थियो… पुरा पढौ

फुलवारी मन्टेश्वरीले मनायो २६ औं वार्षिकोत्सव

पोखरा ३ नदीपुरमा रहेको पोखराको अग्रणी मन्टेश्वरी फूलवारी मन्टेश्वरी कटेजले आइतबार २६औं वार्षिकोत्सव तथा ११औं स्पोर्टस् डे सम्पन्न गरेको छ । कार्यक्रम प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ३ का निवर्तमान अध्यक्ष रविन्द्र बहादुर प्रजु, प्रिन्सिपल अरुणा शेरचन, विद्यालय प्रमुख निर्देशक जिवन कुमार शेरचन लगायतले बेलुन उडाएर उद्घाटन गरिएको थियो । सो अवसरमा राष्ट्र निर्माता पृथ्वी नारायण शाहको फोटोमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रजुले फुलवारी मन्टेश्वरी कटेजको कार्यक्रममा सहभागि हुन पाउँदा अत्यन्तै खुशी लागेको बताए ।… पुरा पढौ