शिक्षा

लोक साहित्य परिषदद्वारा अमात्य र बज्राचार्य पोखरामा सम्मानित

लोक साहित्य परिषद ललितपुरले पोखराका अग्रज पत्रकार उदय बहादुर अमात्यलाई सम्मान गरेको छ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले स्थापना गरेका परिषदले भाषा, कला, साहित्य र संस्कृतिमा पत्रकारीताको माध्यमबाट पुर्याएको योगदानको कदर गर्दै अग्रज पत्रकार अमात्यलाई सम्मान गरेको हो । परिषदले शनिबार पोखरामा आयोजना गरेको सम्मान तथा साहित्य सम्मेलनमा प्रमुख अतिथि नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले अमात्यलाई सम्मानपत्र सहित दोसल्लाले सम्मान गरेका हुन् । सोहि कार्यक्रममा संस्कृतिविद् डा चन्द्रा बज्राचार्यलाई पनि सम्मान गरिएको छ ।भाषा, कला, साहित्य तथा संस्कृतिको… पुरा पढौ

गण्डकी विश्वविद्यालय पहिलो संशोधन विधेयक २०८२ बहुमतले पारित

गण्डकी विश्वविद्यालय पहिलो संशोधन विधेयक, २०८२ गण्डकी प्रदेश सभाले बहुमतले पारित गरेको छ । २०८२ कात्तिक २४ गते सभामा प्रस्तुत भई सामान्य छलफलमा परेको विधेयक शुक्रबार दफावार छलफलपछि पारित भएको हो। गण्डकी विश्वविद्यालय ऐन, २०७६ लाई समयअनुकूल सुधार गर्ने उद्देश्यले तयार गरिएको यस संशोधनले विश्वविद्यालयको नेतृत्व चयन, न्यासिक संरचना र पदाधिकारी नियुक्ति प्रक्रियामा महत्वपूर्ण परिवर्तन गरेको छ। विधेयक पारित भएपछि प्रतिक्रिया व्यक्त गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले यो कदमलाई विश्वविद्यालय सुधार यात्राको “ऐतिहासिक… पुरा पढौ

विन्ध्यवासिनीको आधाभुत तहमा हाजिरी जवाफ सम्पन्न

पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माविले आधारभुत तहमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । कक्षा १ देखि ३ सम्मका विद्यार्थी सहभागि सदनात्मक प्रतियोगितामा हरियो सदन ‘क’ प्रथम, निलो सदन ‘क’ द्वितीय र रातो सदन ‘ख’ तृतीय भएको क्वीज माष्टर शिक्षक सपना रेग्मीले जानकारी दिईन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दीप थापा,अतिरिक्त क्रियाकलाप ईन्चार्ज कृष्णप्रसाद पौडेल, प्राथामिक तह ईन्चार्ज गोविन्द शर्मा पौडेल लगायतले उत्कृष्ट विद्यार्थीलाई बधाई दिदै, अतिरिक्त क्रियाकलापमा नियमित रुपमा भाग लिन सुझाव दिए । कक्षा २ ‘क’ का… पुरा पढौ

परिवार नियोजन संघको अभियान छोरेपाटन र सरस्वती टिका मा.विमा

नेपाल परिवार नियोजन संघ कास्की शाखाले संचालन गरेको यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी रहेको छ । पछिल्लो समय पोखरा महानगरपालिका वडा नं १७ को छोरेपाटन मा.वि र पोखरा महानगरपालिका वडा नं ३३ को सरस्वती टिका मा.विमा अभियान संचालन गरिएको छ । अभियानमा कक्षा ११ र १२ का किशोर किशोरी र युवाहरु सहभागि गराइएको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिए । अभियान २४ वटा विद्यालय तथा कलेजसम्म लगिनेछ । छोरेपाटन मा.विमा आयोजित कार्यक्रम शुभारम्भ गर्दै… पुरा पढौ

एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता मंसिर तेस्रो सातामा

नेसनल प्याब्सन, कास्कीको आयोजनामा मंसिरको तेस्रो सातामा दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिता–२०८२ हुने भएको छ । बाल प्रतिभा पहिचान मंसिर २४ देखि २६ गते सम्म पोखरा प्रदर्शनी केन्द्र र खेलकुद प्रतियोगिता मंसिर २० देखि २२ गते सम्म पोखरा रङ्गशालामा हुनेछ । कार्यक्रमको औपचारिक उद्घाटन भने मंसिर २४ गते हुनेछ । बाल प्रतिभा पहिचान अन्तर्गत सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि, हस्तकला अन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामग्रीहरु, र अंङ्ग्रेजी वक्तृत्वकला… पुरा पढौ

कालिका क्याम्पस,पोखराका प्रमुख बिरन्जी गौतम लण्डनमा सम्मानित

कालिका बहुमुखी क्याम्पस पोखराका क्याम्पस प्रमुख बिरन्जी गौतम उत्कृष्ट क्याम्पस प्रमुख २०२५ बाट सम्मानित भएका छन् । लन्डनको युनिभसिटी अफ ग्रीनवीचमा आयोजित “नेपाल एजुकेसन अवार्ड युके २०२५” का अवसरमा क्याम्पस प्रमुख गौतमलाई बेलायतका लागि नेपाली राजदुत चन्द्र कुमार घिमिरे र यूनिभर्सिटि अफ ग्रिनवीचका कार्यकारी निर्देशक कलेयर म्याथ्युजले सम्मान गरे । युनिभसिटि अफ ग्रीनवीचको सहकार्यमा नेपालबाट प्रकाशित हुने कलेज रिडर्स अंग्रेजी मासिक पत्रिकाले आयोजना गरेको कार्यक्रममा शैक्षिक उत्कृष्टता, नवप्रर्वतन, नेतृत्व, सामुदायीक संलग्नता अनुसन्धान प्रशान्त विश्व दृष्टिकोणका आधारमा गौतमलाई छनौट गरी उत्कृष्ट… पुरा पढौ

जाडो छल्न माथिल्लो मुस्ताङका अधिकांस शैक्षिक संस्था पोखरामा स्थानान्तरण

उत्तरी चीनसँग सिमाना जोडिएका माथिल्लो मुस्ताङका शैक्षिक संस्था जाडो छल्न बेँसीमा स्थान्तरण गरिएको छ । भारी हिमापातको जोखिम र अत्यधिक चिसोका हुने भएकाले माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाअन्तर्गत सामुदायिक तथा धार्मिक गुम्बा विद्यालयहरूलाई बेँसीमा स्थानान्तरण गरिएको हो । माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा तीन सरकारी सामुदायिक र चार वटा धार्मिक गुम्बा विद्यालय सञ्चालनमा छन् । गाउँपालिकाका सामुदायिक र गुम्बा विद्यालय सबै जाडो छल्न बेँसीमा स्थानान्तरण गरिसकिएको लोमान्थाङ गाउँपालिकाका प्रशासन प्रमुख विकास केशीले जानकारी दिए । लोमान्थाङ गाउँपालिकाको छोन्हुप झिन्जु… पुरा पढौ

पोखरा–२९ को प्रगतिटोलमा योग शिविर शुरु

पोखरा महानगरपालिका वडा नं २९ मा रहेको प्रगतिमा १५ दिने शिविर सुरु भएको छ । प्रगति टोल विकास संस्था र ओमकारेश्वर शिव मन्दिर व्यवस्थापन तथा सत्सङ्ग समितिको संयुक्त आयोजनामा तथा पतञ्जली योग पीठ गण्डकी प्रदेशको सहयोगमा सो शिविर सुरु भएको हो । “योग गरौं योग, रहौं निरोग” भन्ने उद्घोषका साथ टोलवासीहरुमा योगवारे चेतना जगाउन योग शिविर आयोजना गरिएको अध्यक्ष ललिन्द्र खड्काले वताए ।ओमकारेश्वर शिव मन्दिरका पुजारी लक्ष्मण गौतमले दीप प्रज्ज्वलन गरी उद्घाटन गर्दै टोल विकास सस्थाले आफनो टोलको विकासका लागि… पुरा पढौ

तनहुँमा एक हजार पाँच सय मतदाता थपिए

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा एक हजार पाँच सयभन्दा बढी मतदाता थपिएका छन् । असोज ९ गतेदेखि फोटोसहितको मतदाता नामावली दर्ता खुला गरिएकामा सोमबारसम्म जिल्लामा एक हजार पाँच सय ९२ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यसमध्ये नौ सय ४१ पुरुष र छ सय ५१ जना महिला रहेको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिए । गत मङ्गलबारसम्म जिल्लामा सात सय ६५ जना मतदाता थपिएकामा पछिल्लो पाँच दिनमा दोब्बर मतदाता थपिएको लम्सालले… पुरा पढौ

सिद्ध माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना

पोखरा महानगरपालिका वडा नं. १५ अलकापुर टोल विकास संस्थाका अध्यक्ष तथा समाजसेवी व्यक्तित्व बेल बहादुर विश्वकर्माले श्री सिद्ध माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरे छन्। विश्वकर्माले आफ्नो स्वर्गीय बुवाको स्मृतिमा तथा परिवारको सु–स्वास्थ्य, दीर्घायु र सुखमय जीवनको कामना गर्दै रु २५,०२५ (पच्चीस हजार पच्चीस रुपैयाँ) को अक्षयकोष स्थापना गर्नुभएको छन् । विद्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच उहाँले उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको हो। न्यून आय भएका तथा विपन्न परिवारका बालबालिका अध्ययनरत यस विद्यालयमा अक्षयकोषमार्फत छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरी… पुरा पढौ