शिक्षा

क्यू.ए.ए. पाएकाेमा पोखरा बहुमुखीले मनायाे उत्सव

पोखरा, जेठ ३१विश्वबिद्यालय अनुदान आयोग बाट गुणस्तरिय सुनिश्चतता (क्यू.ए.ए.) प्रमाणपत्र प्राप्त भएको उपलक्षमा शनिबार पोखरा बहुमुखी क्याम्पसले विशेष कार्यक्रमहरु सहित विजय उत्सव मनाएको छ । यस अवसरमा क्याम्पसले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा क्याम्पसलाइ सहयोग पुर्याउने व्यक्ति, संस्था ,सरोकारवाला, बिद्यार्थी तथा क्याम्पस परिवार सदस्यहरुलाइ लक्षीत गर्दै धन्यवाद समारोह आयोजना गर्यो ।पोखरा बहुमुखी क्याम्पस बिसं २०४४ सालमा स्थापना भएको कास्की जील्लाकै सबैभन्दा पूरानो सामुदायिक क्याम्पस हो । क्याम्पसले यहि जेठ २१ गते विश्वबिद्यालय अनुदान आयोग बाट गुणस्तरिय सुनिश्चतता (क्यू.ए.ए.) प्रमाणपत्र  प्राप्त गरेको… पुरा पढौ

पश्चिमाञ्चलका विद्यार्थीलाई ‘हस्पिटालिटी’ सेवाबारे अभिमूखिकरण

पोखरा, जेठ ३०पोखराको गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले माध्यमिक शिक्षा परीक्षा (एसइइ)दिएर बसेका विद्यार्थीलाई होटल व्यवस्थापन तथा हस्पिटालिटी सेवा सम्बन्धि प्रशिक्षण दिएको छ । पाँचदिन अवधिको उक्त तालिममा विभिन्न विद्यालयबाट यो वर्ष एसइइ दिएका ३५ जना छात्रछात्रा सहभागि थिए ।विद्यालयका प्राचार्य सरोज कोइरालाका अनुसार विद्यार्थीको फुर्सदको समयलाइ सदूपयोग गर्नका लागि विद्यालयले पाँचदिन अवधिको कार्यक्रममार्फत उनीहरुलाई सीप सिकाइएको हो । पाँचदिन अवधिको यो प्रशिक्षण शुक्रबार सकिएको छ । विद्यार्थीलाई निशुल्क प्रशिक्षण दिइएको हो ।‘होटल व्यवस्थापनमा बढी चाँसो हुने विद्यार्थी यसमा सहभागि थिए ।… पुरा पढौ

बालश्रमबिरुद्धको दिवसमा महेन्द्रपुल युथ क्लवद्वारा शैक्षिक सामग्री वितरण

पोखरा, जेठ २९ अन्तर्राष्ट्रिय बालश्रमबिरुद्धको दिवसको अवसरमा महेन्द्रपुल युथ क्लवले पोखरा–३ नदीपुरस्थित ज्ञानभूमि माविमा शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ । क्लवले आज विद्यालयमा एक औपचारिक कार्यक्रम गरेर त्यहाँ अध्ययनरत न्यून वर्ग तथा जेहेन्दार बालबालिकाहरुलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको हो । आर्थिक अवस्थाका कारण कोहिपनि विद्यालय जानबाट र अध्ययनबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरिएको कार्यक्रम संयोजक दीपराज थापाले जानकारी दिए । क्लवका अध्यक्ष आनन्दकाजी तझ्याको अध्यक्षतामा भएको शैक्षिक तथा खेलकुद सामग्री… पुरा पढौ

पश्चिमाञ्चल बास्केटबल प्रतियोगिताको उपाधि मर्दिखोला र बेनपा टिमलाई

पोखरा, जेठ २५पोखराको गैहपाटनस्थित पश्चिमाञ्चल माविमा संचालित छात्र तथा छात्रा बास्केटबल प्रतियोगितामा छात्रातर्फ मर्दिखोला टिमले उपाधि हात पारेको छ । छात्रातर्फ एमिसि टिम द्वितीय भएको छ । त्यस्तै छात्रतर्फ बेनपा टिमले उपाधि हात पारेको छ । घान्द्रुक टिम छात्रतर्फ द्वितीय भएको छ ।छात्रातर्फ साइना बुद्धाचार्य सर्वाेत्कृष्ट खेलाडी बनिन भने स्वइच्छा पुन हाइ स्कोरर बनिन । छात्रतर्फ भने सञ्जय घताने सर्वाेत्कृष्ट खेलाडी बन्दा अखण्ड गुरुङ हाई स्कोरर बने । विद्यालयका प्लस टु इन्चार्ज देव क्षेत्रीका अनुसार छात्रतर्फ १७ र छात्रातर्फ ५… पुरा पढौ

तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा छात्रवृत्ति वितरण

तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा संचालित "तमु विद्यार्थी छात्रवृत्ति वितरण" कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ । शैक्षिकसत्र २०८२ का लागि छात्रवृत्ति वितरण गरिएको यस प्रथम चरणको कार्यक्रमका प्रमुख अतिथी चिल्ड्रेन एकेडेमीका संस्थापक प्राचार्य हिमाल तमुले कडा मेहनत गरि राष्ट्रको सेवा गर्न विद्यार्थीहरुलाई प्रोत्साहन दिनुभएको थियो । कार्यक्रममा संस्थाका कानूनी सल्लाहकार कर्णबहादुर तमु, बनस्थली मा.वि. लम्जुङमा कक्षा ११ अध्ययनरत विद्यार्थी सङ्गीता तमु र संस्थाका प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक श्रीजङ तमुले मन्तव्य राख्नुभएको थियो । कास्की, स्याङ्जा, पर्वत, तनहुँ र लम्जुङ… पुरा पढौ

प्रतिभा माविले जित्यो एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट प्रतियोगिताको उपाधि

पोखरा, जेठ २५ पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीपको उपाधि पोखरा–३ नदीपुरस्थित प्रतिभा माविले जितेको छ । पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा भएको प्रतियोगिताको आईतबार भएको उपाधि भिडन्तमा प्रतिभा माविले सृजना माविलाई ८ विकेटले पराजित गर्दै उपाधि चुमेको हो । टस जितेर प्रतिभाले फिल्डिङ रोजेपछि पहिलो व्याटिङमा उत्रिएको सृजना माविले १४.४ ओभरमा १० विकेटको क्षेतीमा ६० रन बनाएको थियो । प्रतिभा माविका बलरहरुसामु सृजनाका व्याटरहरु निरीह देखिए । शुरुदेखि नै दवाबमा खेलेको सृजनाका व्याटरहरुमध्ये अभय विक… पुरा पढौ

प्रतिभाले प्रदेश स्तरिय ‘क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर’ आयोजना

पोखरा, जेठ २३पोखरा–३ नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले गण्डकी प्रदेशस्तरिय क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर २०८२ आयोजना गर्ने भएको छ ।माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै आउँदो असार १ देखि ७ गतेसम्म विभिन्न खेलकुद सहित रचनात्मक गतिविधिका प्रतियोगिता हुने विद्यालयले बताएको छ । विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार असार १ देखि ३ गतेसम्म खेलकुद गतिविधि र असार ७ गते हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता हुनेछन ।यो अवधिमा छात्रा र छात्रको बास्केटबल, भलिवल, टेवलटेनिस, ब्याडमिन्टन प्रतियोगिता हुने प्राचार्य सापकोटाले जानकारी दिए… पुरा पढौ

पोखरा-२६ का तीन सामुदायिक विद्यालयमा बुक फ्रि डे शुरु

लेखनाथ/जेठ २२पोखरा महानगरपालिका वडा नं. २६ ले तीन वटा सामुदायिक विद्यालयमा बिहिबार देखी वुक फ्रि डे कार्यक्रम शुभारंभ गरेको छ ।वडाका रामज्योति सक्नेरी, भवानी कालिका विजयपुर र लक्ष्मी मा.वि अर्घौमा बुक फ्रि डे कार्यक्रम शुरु भएको हो ।बुक फ्रि डे को शुभारंभ गर्दै वडा अध्यक्ष नरेन्द्र थापाले सामुदायिक विद्यालयका विद्यार्थीलाई हप्तामा एक दिन व्यवहारिक ज्ञान र शिपमुलक तालिम दिईने उल्लेख गरे । एक दिन किताबको बोझबाट विद्यार्थीलाई टाढा राखेर सिर्जनशिल बनाउने गरी कार्यक्रम तयार पारिएको स्पष्ट पारे ।विद्यार्थीलाई विज्ञान प्रविधि… पुरा पढौ

विश्व वातावरण दिवसको अवसरमा सिद्ध वनवाटिकामा वृक्षरोपण सम्पन्न

विश्व वातावरण दिवसको अवसरमा सिद्ध मावि पोखरा १५, फलेपाटनले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । सिद्ध मावि, डिभिजन वन कार्यालय, कास्की र नेपाल वन प्राविधिक संघ गण्डकी प्रदेशको संयुक्त आयोजनामा श्री सिद्ध वनवाटिका वृक्षरोपण स्थल पोखरा १५, रातीखहरेमा वृक्षरोपण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक गुरुदत्त कोइरालाले बताए । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले वातावरण प्रदूषण गरी जलवायु परिवर्तन गर्नमा औद्योगिक राष्टहरु प्रमुख दोषी भए तापनि त्यसको असर भने प्रदूषणमा खासै भूमिका नखेलेका राष्टले पनि… पुरा पढौ

कालिकामा अभिभावक भेला : पढाईमा अब्बल बनाउन अभिभावकको मूख्य भूमिका

पोखरा । पोखरा महानगरपालिका, वडा नम्बर ३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयमा अभिभावक भेला सम्पन्न भएको छ । शिक्षक अभिभावक सङ्घका अध्यक्ष लालकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशीले अभिभावक शिक्षासम्बन्धी सहजीकरण गरेका थिए । उनले विद्यार्थीको पढाइ राम्रो बनाउन अभिभावकले पनि केही त्याग गर्नुपर्ने बताए । आफ्ना बालबालिकालाई पढ्नका लागि वातावरण निर्माण गर्दै निरन्तर विद्यालयको सम्पर्कमा रहन उनले अभिभावकलाई सुझाव दिए । विद्यालय, अभिभावक र विद्यार्थीबिचको त्रिपक्षीय सम्बन्ध सुमधुर हुन सके मात्र पठनपाठन राम्रो हुने बताउँदै प्रधानाध्यापक जोशीले असल… पुरा पढौ