शिक्षा

एसईईको नतिजा आजै प्रकाशित हुने

राष्ट्रिय परीक्षा बोर्डले २०८१ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबार साँझ सम्म प्रकाशित गर्ने भएको छ । परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले प्राविधिक समस्या नभए आजै साँझ सम्म प्रकाशित गर्ने बताएका हुन् । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएको परीक्षा बोर्डले जनाएको छ । पुरा पढौ

कास्की मोडनाइज्डमा खुल्ला एस.ई.ई. प्रतिभा प्रस्तुत कार्यक्रम सम्पन्न

पोखरा-१४, चाउथेमा रहेको कास्की मोर्डनाइज्ड एकेडेमीले एस.ई.ई. दिएर बसेका विद्यार्थीहरुको “कास्की मोर्डनाइज्ड प्रतिभा प्रस्तुत” २ दिने कार्यक्रम एक भव्य समारोहका बिचमा सम्पन्न भएको छ । कास्की मोडनाइज्ड एकेडेमी पोखरा–१४ ले अन्तर विद्यालय स्तरीय खुल्ला अङ्ग्रेजी निबन्ध प्रतियोगिता, नृत्य प्रतियोगिता, गायन प्रतियोगिता, १०० मी दौड प्रतियोगिता र छात्रा, छात्र बास्केटबल प्रतियोगिता सम्पन्न गरेको छ । असाार ८,९,१० गते सम्म सञ्चालित उक्त प्रतियोगिता असार ८ गते राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको थियो । प्रमुख अतिथिले… पुरा पढौ

पोखरा महानगरले ल्यायो ८ अर्ब ३५ करोडको बजेट, पर्यटन पूर्वाधारमा जोड

पोखरा, असार ८ पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि करीब साढे ८ अर्बको बजेट ल्याएको छ । पोखरा महानगरपालिकाको १७ औं नगरसभामा उप प्रमुख मञ्जुदेवी गुरुङले आर्थिक वर्ष २०८२÷०८३ का लागि ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । यो चालु आर्थिक वर्षको बजेट भन्दा ८३ करोड ८० लाख रुपैयाँले बढी हो । चालु आर्थिक वर्ष २०८१÷०८२ मा पोखरा महानगरपालिकाले ७ अर्ब ५१ करोड ३२ लाखको बजेट ल्याएको थियो । तर जेठ मसान्तरसम्म ४ अर्ब १६… पुरा पढौ

पोखरा इन्जिनियरिङ कलेजमा स्टिमेट ट्रेनिङ आयोजना

पोखरा, ८ असार पोखरा इन्जिनियरिङ कलेजमा रहेको सिभिल इन्जिनियरिङ विभागको प्राविधिक क्लब सिईएसआईएल (सेसिल)को आयोजनामा स्टिमेट तालिम सम्पन्न भएको छ । कलेजका रिसर्च म्यानेजमेन्ट सेल (आरएमसी) संयोजक ई.कृष्ण घिमिरेको संयोजकत्वमा भएको दुई दिने तालिममा अर्वान डेभलपमेन्ट एण्ड बिल्डिङ कन्स्ट्रक्सन अफिसर ई.अच्युत पौडेलले सहजीकरण गरेका थिए । ४० जना विद्यार्थी तालिममा सहभागीहरुलाई कस्ट स्टिमेसन गर्ने सीप सिकाइएको कलेजले जनाएको छ । तालिमले विद्यार्थीहरूलाई भवन निर्माण सम्बन्धी परियोजनाहरूको लागत अनुमान सीप प्रदान गर्नुका साथै व्यावहारिक दक्षता अभिवृद्धि गर्न ठूलो टेवा पुगेको सहभागीहरूले… पुरा पढौ

तमु साँस्कृतिक प्रतिष्ठानद्वारा गोर्खा र लम्जुङमा छात्रवृत्ति वितरण

तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा संचालित तमु विद्यार्थी छात्रवृत्ति वितरण कार्यक्रम यही असार ६ गते, शनिबार गोर्खा जिल्लाको हरमटारीमा सम्पन्न गरियो । तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद गोर्खाको समन्वय र व्यवस्थापनमा सम्पन्न यस कार्यक्रममा ३० जना गोर्खा जिल्लाका विभिन्न ग्रामीण भेगका सार्वजनिक विद्यालयका तमु विद्यार्थीहरुलाई जनही वार्षिक रु ८,०००/- को दरले छात्रवृत्ति रकम वितरण गरेको छ । यो रकम विद्यार्थीहरुले कक्षा ९ देखि १२ सम्म निरन्तर चार वर्षसम्म प्राप्त गर्नेछन् । विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकार, शिक्षक, अभिभावकहरु र… पुरा पढौ

प्रतिभा माविमा हाजिरीजवाफ र वक्तृत्वकला

पोखरा, असार ७पोखरा–३ नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयमा शनिबार विज्ञान हाजिरीजवाफ तथा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । दुवै प्रतियोगितामा गोरखाको ओल्ड क्यापिटल स्कुलका विद्यार्थी प्रथम भएका छन् ।हाजिरीजवाफ प्रतियोगिता संयोजक रामप्रसाद सुवेदीका अनुसार प्रतियोगितामा विभिन्न विद्यालयका ५० टिमले भाग लिएका थिए । हाजिरीजवाफमा गोरखाको ओल्ड क्यापिटल स्कुलका प्रसिद्धिका अर्याल, विशेष महरट्ठा र ऋचा मरहट्ठाको टिम प्रथम हुँदै २० हजार रुपैयाँ नगद पुरस्कार सहित प्रमाणपत्र पाए । त्यस्तै पोखराको भास्कर मेमोरियल स्कुलकी अदिती पौडेल र कृति पाण्डे तथा वेष्ट प्वाइन्टका सम्देश… पुरा पढौ

सामाजिक अध्ययन मञ्च कास्कीको प्रतिवेदन लेखन प्रतियोगिता सम्पन्न

सामाजिक अध्ययन मञ्च कास्कीको आयोजनामा क्षेत्र भ्रमण तथा अवलोकनमा आधारित प्रतिवेदन लेखन प्रतियोगिता जनप्रिय बहुमुखी क्याम्पस पोखरामा सम्पन्न भएको छ।विद्यार्थीहरूलाई अध्ययन र अनुसन्धानमा प्रेरित गर्नको लागि गण्डकी प्रदेशको पोखरा उच्च अदालतमा क्षेत्र भ्रमण गराइयो जहाँ उनीहरूले प्रत्यक्ष रूपमा अदालती प्रक्रियाहरू, न्यायालयको संरचना र न्याय प्रणालीका विविध पक्षहरूको अवलोकन गरी महत्त्वपूर्ण जानकारीहरू सङ्कलन गरी प्रतिवेदन लेखेका थिए। मंचका अध्यक्ष गोविन्द काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन समारोहको प्रमुख अतिथि जनप्रिय बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख कृष्णबाबु बराल रहनुभएको थियो । मंचका सचिव तिलक… पुरा पढौ

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौं सेमेस्टरका विद्यार्थीहरुले शुक्रबार नमुना पत्रकार सम्मेलन अभ्यास गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा दुईवटा सेक्सनका ६९ जना विद्यार्थीहरुले ६ वटा समूहमा बाँडिएर पत्रकार सम्मेलन अभ्यासको प्रस्तुतिकरण गरेका हुन् । बिबिए अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीहरुले कार्यक्रममार्फत मिडियासँग समन्वय गर्ने कला सिकेको कलेजका कार्यक्रम संयोजक सरोज कुँवरले बताए । कार्यक्रममा क्याम्पस प्रमुख लिना श्रेष्ठ नेगीले विद्यार्थीहरुले यस्ता कार्यक्रमबाट आफ्नो व्यवसायीक जीवनमा अत्यन्त काम लाग्ने सीप सिकेको बताइन् ।… पुरा पढौ

कन्या क्याम्पसमा मन्टेश्वरी तालिम

कन्या क्याम्पस पोखराको आयोजना एवम् पोखरा मन्टेश्वरी ट्रेनिङ सेन्टरको प्राविधिक तथा सांग्रिला बैंकको आर्थिक सहयोगमा ३ महिने मन्टेश्वरी शैक्षिक तालिम शुरु भएको छ ।कन्या क्याम्पस पोखरामा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको लागि लक्षित गरी शुरु भएको तालिम बुधबारदेखि सुरुवात भएको छ । कन्या क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष शिवलाल मल्लको अध्यक्षतामा भएको उद्घाटन सत्रको प्रमुख अतिको रुपमा सांग्रिला बैंकका प्रदेश प्रमुख रेवन्तले वोल्दै क्याम्पसले पोखरा मन्टेश्वरी जस्तो बिस्वासिलो संस्थासंग सहकार्य गरि आफ्ना विद्यार्थीलाई पाठ्यक्रम सहित अतिरिक्त भोकेसनल तालिम दिई दक्ष जनशक्ति तयार… पुरा पढौ

गण्डकीमा ३२ अर्बको बजेट, प्राथमिकतामा पूर्वाधार र पर्यटन

पोखरा, असार १ गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि करीब ३२ अर्बको बजेट ल्याएको छ । गण्डकी प्रदेश सरकारको तर्फबाट अर्थमन्त्री डा.टकराज गुरुङले आज प्रदेश सभा आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन् । यो चालु आर्थिक वर्षको भन्दा करीब एक अर्ब कम हो । चालु आर्थिक वर्षमा ३२ अर्ब ९७ करोड ८५ लाखको बजेट कार्यान्वयन भइरहेको छ । गण्डकीको बजेटमा चालुतर्फ १२ अर्ब ६३ करोड, ६६… पुरा पढौ